पर्वत पहिरो खस्दा एक जनाको शव फेला, एक वेपत्ता

  सम्पादक | ४ श्रावण २०८२, आईतवार ०६:२२

पोखरा–पर्वतमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका–३ लाङ्दीका छविलाल विश्वकर्माको घरमाथिबाट आइतबार बिहान पहिरो खसेको हो ।

प्रहरीले पहिरो पन्छाउने क्रममा ७६ वर्षीय छविलालको शव फेला पारेको छ । बेपत्ता उनकी श्रीमति विष्णुमतिको खोजी भइरहेको छ ।

‘बुहारीले भागेर ज्यान बचाउन सफल भएकी छन्’, जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए ।

पर्वतका ग्रामिण सडकहरु बाढी पहिरोले अबरुद्ध बनेको डिएसपी विष्टले बताए ।

 

प्रतिक्रिया