चर्चित गायीका तृष्णा गुरुङ्गको टोरोन्टो कन्सर्टको तयारी पुरा ।

  सम्पादक | १२ मंसिर २०८२, शुक्रबार १७:२२

बसन्त कार्की, टोरन्टो — नेपाली चर्चित गायिका तृष्णा गुरुङ्गको कन्सर्ट तयारी पूरा

नेपालकी लोकप्रिय गायिका तृष्णा गुरुङ्गको बहुप्रतिक्षित टोरन्टो कन्सर्टका सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। क्यानडाको चर्चित इभेन्ट म्यानेजमेन्ट संस्था हाम्रो इभेन्ट र नमो बुद्ध इभेन्ट कम्पनीको आयोजनामा हुन लागेको “तृष्णा गुरुङ्ग एण्ड कोल्याब” कार्यक्रम यही नोभेम्बर २९ मा टोरन्टो पेभिलोन (Toronto Pavilion) मा आयोजना हुन लागेको हो।

कार्यक्रममा तृष्णा गुरुङ्गका लोकप्रिय गीतहरूका साथसाथै क्यानाडामा सक्रिय विभिन्न व्याण्ड र कलाकारहरूको प्रस्तुति रहनेछ। तीमध्ये रीता बुर्लाकोटी, मधु कुमार थापा मगर, बिप्लब थापा मगर, बेनिषा शाह लगायतका चर्चित गायक–गायिकाहरू पनि सहभागी हुने हाम्रो इभेन्ट का सिइयो दिपक लामा ले जनाएका छन्। साथै स्थानीय व्याण्डहरूले समेत आकर्षक प्रस्तुति दिनेछन्।

र नमो बुद्ध र नमो बुद्ध इभेन्टडा अध्यक्ष अनिल घलेका अनुसार, जी.टी.ए. आसपासका सुगम संगीत तथा नेपाली गीत–संगीतप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

‘देशको धुन परदेशमै’ नामक क्यानडा टुरको व्यवस्थापनका लागि क्यानडाको प्रतिष्ठित ल फर्म पोख्रेल ल कर्पोरेशनले टाइटल प्रायोजन गरेको छ। साथै अन्य विभिन्न व्यवसायिक प्रतिष्ठान र क्यानाडाका सामाजिक संघ–संस्थाहरूले कार्यक्रमलाई सहयोग र सहकार्य गरेका छन्।

कन्सर्ट साँझ ७ बजेबाट राति १२ बजेसम्म सञ्चालन हुने बताइएको छ।

प्रतिक्रिया