क्यानडामा जन सम्पर्क समिति पुनर्गठन हुँदै वसन्त कार्कीको नेतृत्वमा संगठन सुदृढिकरणतर्फ कदम

  सम्पादक | २३ पुष २०८२, बुधबार १७:२९

क्यानडामा क्रियाशील जन सम्पर्क समितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित पुनर्गठन प्रक्रिया सुरु गरिएको छ। संस्थागत क्षमता अभिवृद्धि, समुदायसँगको सम्बन्ध मजबुत बनाउने तथा भावी कार्यदिशा स्पष्ट गर्ने लक्ष्यका साथ यो पुनर्गठन अघि बढाइएको हो।
पुनर्गठन अभियानको संयोजन वसन्त कार्कीले गर्दै आउनु भएको छ। उहाँले क्यानडामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जन सम्पर्क समितिलाई अझ सक्रिय, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस पुनर्गठनले नयाँ नेतृत्वको विकास, जिम्मेवारीको स्पष्ट बाँडफाँड र कार्यक्रमहरूलाई थप जनमुखी बनाउने अपेक्षा गरिएको छ। समितिले निकट भविष्यमा विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ।
क्यानडामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस अभियानमा सहभागी भई संगठनलाई सशक्त बनाउन आह्वान गरिएको छ।

प्रतिक्रिया