क्यानाडाको ब्राम्पटन शहर मा हुने नेपाली मेला का लागी उडिन शान्ति श्री परियार कार्यक्रमको टाइटल स्पोनर्स पोख्रेल ल ले गरेको छ।

  सम्पादक | २० असार २०८२, शुक्रबार १५:१२

जुलाई ४, ब्राम्पटन क्यानाडा
बसन्त कार्की

क्यानाडाको सबै भन्दा पुरानो क्लब लाली गुराँस कल्चर एण्ड स्पोर्टस क्लबले आयोजना गर्ने नेपाली मेलाका लागी नेपालकी बहुचर्चित गायिक शान्ति श्री परियार नेपाल बाट क्यानाडाका लागी प्रस्थान गरेकी छन् । नेपाल बाट क्यानाडा आएर बसोबास गरेका नेपालहरुका माझ गर्बिलो ईतिहास बोकेको लाली गुराँस क्लबले बर्षेनी नेपाली मेला संचालन गर्दे आईरहेको छ । बिगत केही बर्षहरुमा नर्थ अमेरिकामा नै सबैभन्दा ठुलो धनराशीको भलिबल खेल आयोजना गर्दे आएका्े क्लब ले गत बर्ष देखी नेपाली मेला आयोजना गर्दै आईरहेको छ । नेपाली कला संस्कृती मार्फत क्यानाडमा नेपाल चिनाउने अभियान स्वरुप यो मेला आयोजना गरीएकाृे क्लबका अध्यक्ष कृजल के.सी.ले माउन्ट एभरेष्ट टेलिभिजन लाई बताउनु भयो । कार्यक्रममा स्थानिय कला संस्कृति नेपाली परिकार का रेष्टुरेन्ट नेपाली भेषभुषाका स्टल तथा स्थानिय कलाकारहरु को मनोरन्जनात्मक प्रस्तुती हुने आयोजक सदस्य दिनेश बिष्ट ले जानकारी दिनुभयो । कार्यक्र सफल पार्नका लागी क्यानाडको ग्रेटर टोरन्टो क्षेत्रका सबै नेपाली समुदाय,व्यपारी,समाजसेवी एकजुट भएर लागीरहेको एन.आर.एन.ए.अभियान्ता अभिमन्यु बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको टाइटल स्पोनर्स पोख्रेल ल ले गरेको छ।

प्रतिक्रिया