काठमाडौ – नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका संघीय सांसद पूर्णबहादुर तामाङ कान्छारामले आफुले पाउदै आएकाे तीन महिनाकाे तलब सुविधा रसुवाका बाढी पिडितका लागि प्रदान गर्ने घाेषणा गरेका छन् ।
नेपाल सरकारले आफुलाई प्रदान गर्ने गरेकाे सुविधाबापतकाे रकम बाढी पिडितका लागि प्रदान गर्ने बताएका हुन । सांसद तामाङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए ।
रसुवामा आएको बाढीबाट प्रभावित परिवार र उक्त क्षेत्रको पुनः निर्माण तथा राहतका लागि साे रकम उद्वारकाेषमा जम्मा गरेर सहयाेग गर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयलाई पत्र मार्फत रसुवाका बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको आफनो तलब कोषमा जम्मा गर्ने जानकारी गराएकाे सांसद तामाङकाे सचिवालयले जानकारी दिएकाे हाे ।
प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै सांसद तामाडले उक्त अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया