जेन–जी आन्दोलनः तनहुँमा ३१ भवन र ७८ सवारीमा क्षति

तनहुँ

जेन–जी समूहको प्रर्दशनका क्रममा तोडफोड र आगजनी हुदाँ तनहुँमा ३१ भवनमा क्षति पुगेको छ । सरकारी र निजी गरेर ३१ भवनमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सरकारी कार्यालयका ४ वटा भवन पूर्ण रुपमा क्षति भएको छ । १७ वटामा आशिंक र एउटा भवनमा सामान्य क्षति पुगेको हो । व्यक्तिगततर्फ ९ वटा भवनमा आशिंक क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, मालपोत कार्यालय, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समितिको कार्यालय, आन्तरिक राजस्व कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका १२ मध्य ८ वडामा तोडफोडसँगै आगजनी गरिएको छ ।

यस्तै ३४ वटा दुई पांग्रे सवारीसाधान जलेर पूर्ण क्षति भएको छ । तीन वटामा आशिंक र एउटा दुईपांग्रेमा सामन्य क्षति भएको जनाइएको छ । निजि ४ वटा दुईपांग्रेमा पूर्ण क्षति हुदाँ ७ वटामा आशिंक र एउटामा सामान्य क्षति पुगेको छ । १७ वटा सरकारी चारपांग्रे सवारी जलेर ध्वस्त भएका छन् । ११ वटा चार पांग्रे सवारीमा क्षति पुगेको हो । यो प्रारम्भिक तथ्याङ्क भएकाले अझै थपिने सम्भावना छ ।