प्रेस चौतारी नेपाल धादिङको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

  सम्पादक | १९ माघ २०८१, शनिबार १६:३६

धादिङ
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन भएका छन् । शनिबार धादिङबेसीमा सम्पन्न एघारौं जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा रेख बहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिल अछामी , सहसचिवमा विनोद तमु र विरमान तामाङ तथा कोषाध्यक्षमा उपेन्द्र अधिकारी लाई सर्वसम्मत चयन गरेको छ।
यस्तै सदस्यहरुमा सुदिप अधिकारी, रिता कुमारी सारु ,अशोक श्रेष्ठ र शर्मिला शाक्य चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्रीहजुर सिलवाल र नानु कार्की तथा प्रदेश प्रतिनिधिहरुमा लक्ष्मी भुजेल, रिता कुमारी सारु,सुदिप अधिकारी र विरमान तामाङ चयन भएका छन् ।

धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा आयोजना गरिएको अधिबेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज डा.खेम लोहनीले गर्नु भएको थियो ।श्रीहजुर सिलवाल ( राजन) को अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रमलाई एमालेका केन्द्रिय सदस्य डा. लोहनीका साथै प्रेस चौतारी नेपालका नेता विश्वमणि सुवेदी,उपाध्यक्षद्धय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, केन्द्रिय सदस्य शालिग्राम नेपालले सम्वोधन गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अधिबेशनको अवसर पारेर प्रेस चौतारी धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार २०८१ का लागि कृषि रेडियोका कार्यरत पत्रकार उपेन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।यसै गरी अधिबेशनको अवसर पारेर नेपाल पत्रकार महासंघ धादिङको कार्य समिति तथा प्रदेश र केन्द्रमा निर्वाचित हरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया