एन.आर.एन.क्यानाडको महासचिबमा युवा व्यवशायी रमेश भट्टराईको उम्मेदवारी सबै नेपाली समुदायको साझा उम्मेद्वार भएको उनको दाबी छ ।

  सम्पादक | ८ श्रावण २०८२, बिहीबार ०१:५७

एन.आर.एन.क्यानाडको महासचिबमा युवा व्यवशायी रमेश भट्टराईको उम्मेदवारी
क्यानाडको नेपाली समुदायमा छोटो समयमा स्थापती व्यवशायी हुन रमेश भट्टराई । लमजुंग घर भई काठमान्डौलाई कर्म थलो बनाएका रमेश क्यानाडमा मात्र नभई नेपाल मा स्थापती व्यवशायी हुन । केही बर्ष देखी परिवार सहित क्यानाडा बस्दै आएका रमेश रियल स्टेट,बिमा एड्भाइजर तथा रेष्टुरेन्ट व्यबशायी समेत हुन । क्यानाडका बिभिन्न सामाजिक संघ सस्थांमा समेत आवद्ध रमेश यसपाली एन.आर.एन.ए. मार्फत नेपाली क्यानाडियेन समाजमा समाज सेवा गर्नका लागी अगाडी बढेका छन् । एन.आर.एन.ए. क्यानाडको २०२५ २७ का लागी महासचिब पदका लागी उनले उम्मेदवारी प्रस्तुत गरेका छन् । सामाजिक भाबले स्वस्फुर्त भएकोले आफै सबैको साझा उम्मेद्वार भएको र आफु कुनै गुट दल बिशेषको नभै सबै नेपाली समुदायको साझा उम्मेद्वार भएको उनको दाबी छ । सबै नेपाली संघ संस्था,साथी भाई तथा व्यबशायीहरुको पनि उनले आफुलाई साथ रहेको उनको दाबी छ । उनले आफु निर्बाचित भए खास गरी क्यानेडियन सरकारले प्रदान गर्ने बिभिन्न सेवा सुबिधा लाई नेपाली समुदाय संग जोड्ने,क्यानेडियन दुताबास नेपालमा खोल्नका लागी एन.आर.एन.ए. को बोर्ड मार्फत बिशेष पहल गर्ने,नब आगन्तुक र बिधार्थीहरुको सहयोगको लागी बिशेष प्याकेज निर्माण गर्ने साथै क्यानाडमा बिशेष नेपाली बहुउदेश्यि भवन निर्माणका लागी पहल गर्ने आफनो योजना रहेको उनको जिकिर छ । २०२५ जुलाई २७ मा हुने निर्बाचनमा सहभागी भई हाम्रो लाई होइन राम्रो लाई र महासचिबको पदमा आफुलाई मतदान् गरी बिजयी गराइदिनुहुन नेपाली समुदाय संग अपिल समेत गरेका छन् ।

प्रतिक्रिया