जसले मनि चेन्जर चलाएर अवैध कारोबार गरे

  सम्पादक | ११ श्रावण २०८२, आईतवार ११:१४

पोखरा

अवैध रुपमा विदेशी विनिमय कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झन्डै ७६ लाख रुपैयाँसहित कास्की प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय महुमुद्विन एम अहमद, झापाको दमक नगरपालिका–४ चियादोकन घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहमदले कास्की र रुपेन्देहीमा रेष्टुरेन्ट सञ्चालन गर्दछन् । बुढाथोकीले पोखराको लेकसाइडमा हिलारी मनि चेन्जर र पौडेलले सगरमाथा मनि चेन्जर सञ्चालन गर्दै आइरहेका छन् ।

अवैध रुपमा विदेशी विनिमय कारोबार भइरहेको सूचना पाएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अमेरिकी १०० डलर १९६ थान, ५०० यूरोको ३ थान, २९९ यूरोको ८ थान, १०० यूरोको १ थान, नेपाली १००० रुपैयाँको ४ हजार ३७३ थान, नेपाली १०० रुपैयाँको ७ थान बरामद गरिएको छ ।

बरामद भएको रकम हालको मुद«ा दर अनुसार नेपाली ७५ लाख ९६ हजार ९०० रुपैयाँ हुन आउने कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कसुरमा पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेको तीनै जनालाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थपेर अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

कसैले यो ऐन अन्तर्गत विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा प्रचलित कानून बमोजिम बैंकबाट ईजाजतपत्र लिनु पर्नेमा सो नलिई त्यस्तो कारोवार गरेमा वा परिच्छेद ९(क) बमोजिमको फरफारखको प्रक्रियामा बाधा पु¥याएमा यस ऐन बमोजिम कसूर गरेको मानिने उल्लेख छ ।

प्रतिक्रिया