क्यानाडाको सबै भन्दा ठुलो नेपाली मेला १७ औ हिमालयन मेला अगष्ट ९ मा हुदै कार्यक्रमको टाइटल प्रायोजन पोख्रेल ल ले गरेको छ ।

  सम्पादक | १४ श्रावण २०८२, बुधबार १४:२६

क्यानाडका नेपाली समुदायको सांस्कृतिक पहिचान र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन मेलाको १७औं संस्करण अगस्ट ९ का दिन हुने भएको छ।

टोरन्टोको नेथन फिलिप स्क्वायरमा आयोजना हुने मेला नेपालीज कम्युनिटी सर्भिसेज एन सी सी एस को २५औं रजत जयन्तीसँगै परेकाले विशेष बनाउने तयारी गरिएको छ। क्यानाडामा नेपाली संस्कृती,कला,पहिचान लाई चिनाउने सबै भन्दा पुरानो र जेठो संस्था ले बर्षेनी यो मेलाको आयोजना गर्ने गरेको छ ।

संस्थाका का महासचिव सुदर्शन सापकोटाका अनुसार यसपटकको मेला विगतका वर्षहरूभन्दा फरक हुने र धेरै दर्शका को उपस्थिती हुने छ। दिउँसो १ बजे औपचारिक उद्घाटन भई साँझ ९ बजेसम्म चल्ने मेलामा हजारौ दर्शकको उपस्थिति हुने छ।

त्यस अवसरमा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ। ‘भ्वाइस अफ नेपाल’ सिजन–६ र ‘भ्वाइस अफ किड्स’ सिजन–२ का कोचसमेत रहेका खेम सेन्चुरी लगायत क्यानामा मा रहनुे हुने नेपाली कलाकार तथा व्याण्डहरुको प्रस्तुति रहने जनाइएको छ।

यसका साथै, नेवा, तामाङ, थारु, गुरुङ र मधेसी समुदायले आफ्नो परम्परागत नृत्य, बाजागाजा र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन्। यी झाँकीहरूमा प्रत्येक समुदायको पहिरन, चालचलन र सांस्कृतिक प्रतीकहरू समावेश हुनेछन्।

खाना र व्यवसायिक स्टलहरू पनि मेलाको अर्को महत्वपूर्ण पक्ष हुनेछ। करिब २० वटा फुड स्टलमा मम, सेलरोटी, आलु अचारजस्ता परम्परागत नेपाली परिकारका साथै बर्गर, फ्राइज र आइसक्रिमजस्ता लोकप्रिय खानेकुराहरू उपलब्ध हुने आयोजकले जनाएको छ।

यसबाहेक, कन्सल्टिङ सेवा, अध्यागमन, घरजग्गा, बीमा, गहना व्यवसाय, हस्तकला र कपडा लगायत १० भन्दा बढी व्यवसायिक स्टलहरूले नेपाली व्यवसायीहरूलाई आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछन्।

महासचिब सापकोटाका अनुसार क्यानाडाका प्रधानमन्त्री, प्रान्तीय प्रिमियर, संघीय र प्रान्तीय सांसदहरू, टोरन्टोका मेयर र नगरस्तरीय अधिकारीहरूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको छ। कार्यक्रमले नेपाल र क्यानाडा बिचको द्धिपक्षिय सम्बन्धलाई थप सुमुधुर बनाउन टेवा पुग्ने छ ।कार्यक्रमको टाइटल प्रायोजन पोख्रेल ल ले गरेको छ ।

प्रतिक्रिया