क्यानडा
लोकप्रिय गायिका समिक्षा अधिकारी तीज विशेष कार्यक्रमका लागि क्यानडा आउने भएकी छन् । उनले क्यानडाका विभिन्न शहरमा सांगीतिक प्रस्तुती दिनेछिन् ।
क्यानडामा रहेका नेपालीलाई गायिका समिक्षा अधिकारीको सांगीतिक प्रस्तुतीमा झुमेर तीज मनाउने तारतम्य माउण्ट एभरेष्ट टेलिभिजन र गन्तव्य इन्टरटेनमेन्टले मिलाएको हो ।
क्यानडाका मुख्य शहर मिसिसागा, टोरन्टो, क्यालगरी, एडमन्टन लगायतका शहरमा समिक्षाका विशेष प्रस्तुती रहने माउण्ट एभरेष्ट टेलिभिजन क्यानडाका सञ्चालक वसन्त कार्कीले बताए ।
नेपालको झल्को मेटाउन संगीतिक प्रस्तुतीसहितको तीज विशेष कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।
कोकिल स्वरकी धनी समिक्षाले गाएका तीज गीत यतिबेला निकै चर्चामा छन् । पछिल्लो साता सार्वजनिक भएको ‘नाँइ भनेसी नाँइ’ ले चर्चा बटुल्दैछ ।
‘पृथ्वी छोडेर’, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतलाई दर्शकस्रोताले निकै मन पराएका छन् ।
प्रतिक्रिया