

नि-शुल्क शिविरको लागि ड़ा.सैयदको टोली ओखलढुंगा आउदै
ओखलढुंगा जिल्लाको शिद्धिचरण नगरपालिकामा यहि असोज महिनाको ४ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
सामाजिक संस्था जुनेली नेपालको प्रमुख सहकार्यमा हुन लागेको उक्त शिविरमा स्वयम्भु स्थित मनमोहन मेमोरिअल अस्पतालका बरिष्ठ चिकित्सक डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती ) लगायतको टोलि आउने संस्थाका परियोजना निर्देशक करुणा थापाले जानकारी दिनुभयको छ ।
शिविरमा नि-शुल्क स्वास्थ्य परीक्षण,परामर्श, पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक जाच VIA साथै नि-शुल्क औषधि वितरण गरिने छ । देशका अधिकांश बिकट स्थानहरुमा स्वास्थ्य सेवा र समाजसेवामा सक्रिय चर्चित चिकित्सक ड़ा.सैयदले पालिकाबासीहरुलाई शिविरमा सहभागी हुन आव्हान गर्नु भएकोछ ।
मनमाेहन अस्पतालकाे सामाजिक उत्तरदायीत्त्व कार्यक्रम अन्तर्गत नि-शुल्क शिविर संचालनलाई निरन्तरता दिने गरेकाे अस्पतालका कार्यकारी निर्देशक डा.एन. शर्माले बताउनु भयो ।