नेकपा एमाले धादिङले उम्मेदवारी दर्ता गराएकाे छ ।
धादिङ प्रतिनीधि सभा क्षेत्र नं. १ मा भुमी त्रिपाठी र क्षेत्र नं. २ मा खेम लोहनीले उम्मेदवारी दर्ता गराउनुभयाे
यस्तै प्रतिनीधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्य ख मा गजेन्द्र थपलियाले उम्मेदवारी दर्ता गराए भने प्रतिनीधि सभा क्षेत्र नं.२ क मा यस अघि चुनाव जितेका डा. रामकुमार अधिकारी र ख मा र संबिधानसभा सदस्य भईसकेका एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेले उम्मेदवारी दर्ता गराउनुभयाे ।
धादिङका दिपक खतिवडा एन्फा केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा अखिल नेपाल फुटबल संघ (एन्फा) काे उपाध्यक्षमा विजयी भएका हुन्।बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आज सोमबार भएको निर्वाचनमा पंकज विक्रम नेम्वाङ काे प्यानलबाट उम्मेदवारी दिएका धादिङका खतिवडाले ८४ मतमा ४६ मत ल्याउदै विजयी भएका हुन् ।
निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका लागि पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए।
राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजतको प्रस्तावमा बस्नेतलाई चार वर्षका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
माओवादी केन्द्रका युवा नेता बस्नेत अनेरास्ववियू क्रान्तिकारीका पूर्व उपाध्यक्ष पनि हुन् । बस्नेतलाई राज्यमन्त्री सरह सुविधा पाउनेगरि चार वर्षका लागि नियुक्त गरिएको हो।युवा नेता बस्नेत माओबादी केन्द्रको उपत्यका बिशेष प्रदेश कमिटी सचिव पनि हुन्।
यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका माधव ढुङ्गेललाई सरकारले हटाएको थियो । ढुंगेल नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।उनी पुनर्वहालीका लागि अदालत नगएपछि बस्नेतलाई नियुक्तिको बाटो सहज भएको हो।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु खोटाङ जिल्ला अध्यक्षमा मोहन संङ्ग्राम निर्वाचित भएका छन्।शनिबार भएको २३ औ जिल्ला सम्मेलनबाट सर्वसम्मत रूपमा मोहन संङ्ग्रामलाई अध्यक्षमा निर्वाचित गरेको हो। संङ्ग्रामको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको छ।कमिटीको उपाध्यक्षमा यम खड्का,सचिब बिष्णु उपरकोटी,सह-सचिब घनश्याम ढकाल,सुरेश प्रधान,सुनिता राई,कोषाध्यक्ष मुस्कान राई निर्वाचित भएका छन् ।भने संगठन बिभाग प्रमुख अभिषेक घिमिरे,प्रचार बिभाग प्रमुख प्रकाश पौडेल,महिला बिभाग प्रमुख पुजा रेग्मी,प्रशिक्षण बिभाग प्रमुख शखर खनाल,रचनात्मक बिभाग प्रमुख बिप्लव कोइराला चयन भएका छन्।
जिल्ला अध्यक्ष खेमराज राईको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा रहेको थियोे ।भने नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रदेश नं.१ का पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको बिशेष आतिथ्यता रहेको थियोे।
काठमाडौ,मङ्सिर ५
अखिल क्रान्तिकारी आर.आर.क्याम्पस कमिटीले बढ्दो मूल्य वृद्धि विरुद्ध साङ्केतिक विरोधसभामा गरेको छ।आईतबार आर.आर क्याम्पस अगाडि सडकमानै दाउरामा खाना र गुन्द्रुक पकाएर जनतालाई चौतर्फी मूल्य वृद्धिका कारण चुलो बाल्न अप्ठ्यारो भएको सन्देश दिदै दैनिक उपभोग्य बस्तु जनताको पहुँच भन्दा बाहिर गएको देखाउन खोजिएको क्याम्पस कमिटी अध्यक्ष शिशिर बश्यालले बताए । अखिल(क्रान्तिकारी)गोकर्णेस्वर नगर अध्यक्ष प्रतिक कार्कीले भने सरकार हामी सङ्ग ग्यास किन्ने पैसा भएन अब हामी यहि दाउरामा खाना पकाएर खान बाध्य भयौं ।
हिजो राजनैतिक प्रतिगमन विरुद्ध हामीलाई सडकमा उतार्ने नेताहरु आज सत्तामा छन। तर आज जनताको पेटमा प्रतिगमन हुन थालेको छ। हामी हाम्रो नेताहरुलाई सजक गराउन चाहन्छौ। र यो अवस्था नसुध्रीय हामी आफ्नै नेता विरुद्ध पनि सङ्घषमा उत्रिने बताए। क्याम्पस कमिटी अध्यक्ष शिशिर बश्यालले भने हामी आफ्नो सरकार हुदा जे गलत भए पनि ताली बजाउने विध्यार्थी संगठन होइनौ, सम्पुर्ण गरिब जनताको सारथि र विध्यार्थीहरुको केन्द्र अखिल क्रान्तिकारी हौ।साथै सम्पुर्ण उपभोग तथा अत्याआवश्यक वस्तुमा विधार्थी लाई सहजता दिने गरी सरकारले Minimum Support Program for Student (MSPS) को विशेष व्यवस्था गर्न पर्ने माग पनि अध्यक्ष बश्यालले राखेका छन।
क्याम्पस कमिटी सचिब सुरेन्द्र बहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा क्याम्पस कमिटी अध्यक्ष शिशिर बश्याल,इकाइ कमिटी इन्चार्ज मिनराज पाण्डे ,आर.आर इकाइ निवर्तमान अध्यक्ष देवेन्द्र राज शर्मा अखिल(क्रान्तिकारी)गोकर्णेस्वर नगर अध्यक्ष प्रतिक कार्की लगाएतका बिद्यार्थी नेताले सम्बाेधन गरेका थिय।
धादिङ
नेपाली काङ्ग्रेस धादिङका युवा नेता राधे भण्डारीद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा नेपाली काँग्रेस धादिङ क्षेत्र नं १ को केन्द्रिय महाधिवेशन प्रतिनिधी गल्छी गाँउपालिका निवासी राधे भण्डारीले उम्मेद्वारी दिने घोषणा गरेका छन्।
लामो समय देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका भण्डारी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुणदलका जिल्ला उपाध्यक्षमा पनि हुन्।भण्डारी निडर र तार्किक कुरा गर्न सक्ने नेता हुन्। पछिल्लो समय जिल्लाका युवा बर्ग सङ्गै पाटिको लोकप्रीय नेतामा भण्डारी परेका छन्। पाटिको राजनीति सङ्गै समाजसेवा पनि गर्दै आएका राधे भण्डारीले बाल गृहका बालबालिकालाई सहयोग,अशक्त बृद्धबृद्धाहरुलाई सहयोग गर्दै आएका छन् ।
हाल भण्डारी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य पनि हुन्। राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय भण्डारीलाई धादिङमा मानवअधिकार तथा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ ।नेपाल तरुणदलका उपाध्यक्ष सहित राधे भण्डारी अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध छन्।युवा नेता भण्डारीको उम्मेदवारी घाेषणाले जिल्लाका युवा बर्गमा खुसियाली र रौनक छाएको जिल्ला तरुण दल धादिङका सदस्य अजय भण्डारीले बताए ।
साउन२१/२०७८
प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय (TSAN-AFU) र युथ थिङ्कर्स सोसाइटी – चितवन(YTS Chitwan)को सहकार्यमा डिजिटल कृषि सम्मेलन हुने भएको छ। कोरोना महामारीबाट सिर्जित प्रतिकूल अवस्थाका कारण सम्मेलन भर्चुअल रूपमा नै सञ्चालन गरिने भएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय स्तरको कृषि सम्मेलन आयोजना हुन लागेको यो पहिलो पटक हो । उक्त सम्मेलन आउँदो असोज २ र ३ गते जुम मिटिङ एप मार्फत सञ्चालन हुने बताइएको छ ।
‘Reliable DigiCulture, Resilient Agriculture’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको सम्मेलनलाई ‘Forefront in Sustainable agriculture:Digitization and Climate Resilience’ नाम दिइएको छ । कृषि प्रविधिमा युवावर्गको ज्ञानको क्षितिज फराकिलो बनाउने अभिप्रायका साथ युवाहरूद्वारा नै सञ्चालन हुने यस सम्मेलन देशभरीका युवा क्षमतालाई जोड्ने एउटा भरपर्दो माध्यम बन्ने विश्वास रहेको आयोजना समितिले जनाएको छ ।
यस सम्मेलनले सहभागी र कृषि प्राविधिकहरूलाई आधुनिक कृषि उपकरणका बारेमा जानकारी दिनु, कृषक र प्रविधि बिचको दूरी घटाउनु, कृषि विज्ञको भूमिकाबारे सचेत बनाउनु, अव्यवस्थित प्रविधिले किसान र कृषि प्रणालीमा पार्ने असरका बारेमा जानकारी गराउनु र उद्यमीहरूबाट दिगो रूपमा आधुनिक कृषि सञ्चालन गर्न सल्लाह सुझाव प्रदान गर्ने जस्ता लक्ष्य राखेको छ । साथै, नवीनतम् प्रबिधि र डिजिटल कृषि सम्बन्धि बिषयलाई सामेल गर्नेगरि कृषि विश्वविद्यालयहरूका पाठ्यक्रमलाई परिमार्जनका लागि प्रेरित गर्नु पनि यस सम्मेलनको उद्धेश्य रहेको आयोजकले बताएको छ ।
दुई दिनसम्म चल्ने उक्त अन्लाईन सम्मेलनमा देश तथा विदेशबाट सम्बन्धित क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नुभएका बिद्यार्थी तथा बैज्ञानिक, विभिन्न बिश्वबिद्धालयका पदाधिकारी तथा प्राध्यापक , सरकारका प्रतिनिधि, कृषक तथा यस पेसामा लाग्नुभएका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने छ । जहाँ कृषिमा प्रविधि र आविस्कारको दिगो तथा उचित प्रयोगका बारेमा सहभागीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै आफ्ना अनुभव, ज्ञान, दृष्टिकोण र विचारहरू व्यक्त हुने छन् । दुई दिने यस सम्मेलनलाई भिन्नभिन्न कार्यक्रममा सञ्चालन गरिने छ । जसमा अन्तरक्रियात्मक कार्यक्रम, भिडियो प्रस्तुतीकरण र नयाँ विषयमा भएका अनुसन्धानका बारेमा परिचर्चा हुनेछ । विशेषत: कृषि क्षेत्रमा आधुनिकीकरणको अवस्था तथा आवश्यकतालाई मध्यनजर गरी कार्यक्रमहरू सञ्चालन गराइने छन् । यसको अतिरिक्त, कार्यक्रमलाई मनोरञ्जनसँग जोड्नका लागि सहभागीहरूको बौद्धिक क्षमता वृद्धि गर्ने खालका खेलहरू पनि खेलाइने बताइएको छ ।
विद्यार्थीहरुको यस किसिमको उत्साह तथा कार्यक्रम गर्ने जमर्कोबाट आफू एकदमै खुसी भएको र आफ्नो ठाउँबाट गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताउनु भएको छ । त्यस्तै विश्वविद्यालयकी रजिस्ट्रार प्रा.डा. शारदा थपलियाले यस किसिमको सम्मेलनले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने र यसबाट देशभरिका कृषिकर्मीले फाइदा उठाउन सक्ने कुरामा जोड दिनुभयो। साथै बिद्यार्थीहरुको जागरुकताबाट आफू हर्षित भएको र सम्मेलनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत विधार्थीहरूद्वारा आयोजन हुन लागेको यस सम्मेलनलाई उक्त विश्वविद्यालयको पूर्ण साथ र सहयोग रहेको छ । त्यस्तै राष्ट्रिय युवा परिषद् र कृषि विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालय (DOREX) को पनि सहयोग रहेको आयोजना समितिले जानकारी दिएको छ।
नेपालको कृषि क्षेत्रमा भएका नवीन आविष्कार र डिजिटल प्रविधिको वर्तमान अवस्था , यसको समुचित तथा दिगो प्रयोग र आगामी दिनहरूका कदम बारे छलफल तथा चर्चा गरिने यस कृषि सम्मेलनमा सम्पूर्ण कृषि विद्यार्थी , प्राध्यापक, अनुसन्धानकर्ता, कृषि उद्दमी, तथा सरकारी निकायहरूको उपस्थितिको अपेक्षा रहेको आयोजकले बताएको छ।
काठमाडौ
राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमूना युवा संसद सञ्चालन गरेको छ । देशभरिका युवालाई प्रविधि प्रयोग गरेर एकै ठाउमा जम्मा गरेर युवा संसद सञ्चालन गरेको हो ।
कोरोना भाइरसको कारणले भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि परिषद्ले प्रविधिको प्रयोग गरि युवा संसद सञ्चालन गरेको हो । परिषद्ले सातवटै प्रदेशमा ‘नमुना युवा प्रदेश सभा’ भर्चुअल विधिबाट सञ्चालन गरेको छ ।
परिषद्का उपाध्यक्ष माधबप्रसाद ढुंगेलले भर्चुअल विधिबाट पनि युवा संसदको अभ्यास सम्भव भएको बताए । छनौट परेका १६ देखि २४ बर्ष उमेर समूहका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदको भूमिकामा भर्चुअल विधिबाट युवा प्रदेश सभाको अभ्यास गराउन सम्भव भएको हो ।
परिषद्ले सातवटै प्रदेशमा छुट्टाछुट्टै जुमबाट प्रदेश सभा सञ्चालन गरेको हो । सातवटै प्रदेशमा भर्चुअल विधिबाट सभा सञ्चालन गर्नका लागि पाँच जनाको प्राविधिकको समूह रहेको छ ।
उक्त समूहले प्रत्येक प्रदेशमा एक वटा जुम आइडी उपलब्ध गराएर सभा सञ्चालन गरेको हो । भर्चुअल रुपमा सभा सञ्चालन गर्नका लागि सात वटा क्यामेराको प्रयोग गरिएको थियो ।
भौतिक उपस्थिति जस्तै भर्चुअलबाट प्रविधिको प्रयोग गरेर प्रदेश सभाको कार्यकक्ष, रोष्टम, कुर्ची, मर्यादापालकको पनि प्रदेश सभा सञ्चालन गर्दा देखाइको थियो ।
‘कोरोना भाइरसको कारणले हामीले भर्चुअल विधिबाट गरौ’ उनले भने, ‘हामीले पहिलो त सम्भव हुन्न भन्ने जस्तो लागेको थियो तर हामीले सभा राम्रोसंग सञ्चालन गरौ ।’
भर्चुअल विधिबाट गरिएको सभा सञ्चालनको समापनमा सातवटै प्रदेशमा जुमलाई एकै ठाउँमा जोडिएको थियो ।परिषद् कार्यकारी उपाध्यक्ष ढुंगेलले भर्चुलअ विधिबाट कम खर्च पनि कममा कार्यक्रम प्रभावकारी भएको बताए।
‘यही भौतिक उपस्थितिमा भएको भए हाम्रो समूह सातवटै प्रदेशमा जानुपर्दथ्यो जसले गर्दा खर्च बढी हुने गर्दथ्यो’ उनी भन्छन्, ‘तर भर्चुअलबाट युवा प्रदेश सभा सञ्चालन गर्दा खर्च पनि कम र कार्यक्रम पनि प्रभावकारी भएको छ।
परिषद्ले यहि असार २८ गते देखि नै यसै गरी संघीय नमुना युवा संसद सञ्चालन गर्ने छ । उनले प्रशिक्षण दिएका युवाले नमुना प्रदेश सभा सञ्चालन गरेजस्तै सरकारले कोरोना भाइरसको समयमा व्यवस्थापिका संसद चलाउन सकिने धारणा राखेका थिए ।
‘दुई दिन तालिम लिएका १६ देखि २४ बर्ष उमेर समूहका युवाले नमुना युवा प्रदेश सभा सञ्चालन गर्नुभयो” उनले भने, ‘नमुना युवा प्रदेश सभाजस्तै संसदीय अभ्यास गरेका सांसदबाट कोरोना भाइरसको बेला भर्चुअल विधिबाट नै प्रतिनिधी सभा र राष्ट्रिय सभा सञ्चालन गर्न सकिन्छ ।’
परिषद्ले भोलिदेखि नै दुई दिनसम्म पनि भर्चुअल विधिबाट राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा चार सय जनाको उपस्थित हुने छ ।
यसअघि परिषद् गतबर्ष अन्तराष्ट्रिय युवा दिवस भर्चुअल विधिबाट भएको थियो । उक्त कार्यक्रममा श्रीलंका, भारत र वंगलादेशका मन्त्री र सचिव पनि सहभागि भएका थिए।