काठमाडौँ
जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा गोली लागेका एकजनाको निधन भएको छ।
उपचारका क्रममा बानेश्वरकै सिभिल अस्पतालमा मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दियो। मृतकको पहिचान भने खुलाइएको छैन।
प्रर्दशनको रिपोटिङ गर्न पुगेका तीन पत्रकार पनि घाइते भएका छन्। उनीहरुको सिभिल अस्पतालमै उपचार भइरहेको छ।
घाइते हुनेमा नेपाल प्रेसकर्मी उमेश कार्की, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना कान्तिपुर टिभीका श्याम श्रेष्ठ छन् ।
पोखरा
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बालबालिकालाई रुची भएको विषयमा परिवारले साथ दिनुपर्ने बताएकी छन् । परिवारको समर्थनबिना लक्ष्यमा पुग्न नसकिने उनको भनाइ छ ।
मंगलबार तनहुँमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी नगरपालिका–४ ले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले समाजका तर्कहरु कहिलेकसो नसुनेजस्तै गर्नुपर्ने उल्लेख गरिन् ।
बाल्यकालमा मोजाको भकुन्डे खोल्दा परिवारले दिएको साथलाई स्मरण गर्दै उनले भनिन्, ‘समाजबाट नकरात्मक तर्कहरु आउन सक्छन् । ती तर्कहरु सुनेर पनि नसुनेको जस्तै गर्दिनुपर्छ ।’ सही बाटोमा हिँडेको बेला बालबालिकाको रुची अनुसार अगाडि बढ्न दिनुपर्ने उनको भनाइ थियो ।
‘मलाई मेरो बुबाममीले खेलको लागि कहिल्यै पनि रोक्नुभएन । तर, काम सकाउनुपथ्र्यो घरको’, सावित्रा भन्छिन्, ‘काम सकेपछि जहाँ जानपनि छुट थियो ।’
खाली खुट्टा मोजाको बल खेलेर आफूले सुरुवात गरेको उनको भनाइ थियो । ‘म काठमाडौं जाने अघिल्लो दिनसम्म पनि जुत्ता थिएन । मोजाको बल छाडेर गाउँबाट विदा भएकी थिए । त्यो अवस्थादेखि आजको ठाउँमा आइपुगेको छु’, बालबालिकालाई प्रेरित गर्दै उनले सुनाइन् ।
समाज परिवर्तनका लागि पहिला आफू परिवर्तन हुनुपर्ने साम्बाले सुझाइन् । सामाजिक सञ्जाल र मोबाइलबाट बालबालिकालाई टाढा राख्नुपर्ने उनले बताइन् । कार्यक्रममा साम्बासँग तस्बिर खिचाउने र हस्ताक्षर लिने बालबालिकाको भीड नै लागेको थियो ।
पोखरा
गण्डकी प्रदेशमा घरेलु मदिरालाई ब्राण्डिङ गर्न बनाइएको विधयेक पारित भएको छ । ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ मंगलबारको प्रदेश सभा बैठकले सर्वसम्मत गरेको हो ।
गण्डकीको नीति तथा कार्यक्रम र बजेटमा जहिले अटाउने नारा थियो, ‘स्थानीयरूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न कानुनी व्यवस्था गरिनेछ ।’ तर, कानुन बन्न सकेको थिएन ।
गत चैतमा प्रदेश सभा सचिवालयमा दर्ता भएको विधयेकमाथि लामो समय छलफल चल्यो । अर्थ तथा विकास समितिमा दफावार छलफल गरेपछि उपसमिति गठन गरेर प्रतिवेदन तयार पारिएको छ । सोमबारको बैठकमा समिति सभापति भोजराज अर्यालले प्रतिवेदनसहितको विधयेक प्रस्तुत गरेका थिए ।
मंगलबार संसदबाट पारित भएसँगै घरेलु मदिराको उत्पादन, विक्री, ब्रान्डिङ र गुणस्तर नियमन गर्न बाटो खुलेको छ । अब यो विधयेकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएसँगै कार्यन्वयनमा जानेछ ।
कोदो, फापर, उवा, जौँ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पाने, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर, जडीबुटी मध्य कुनै एक खाद्य पदार्थको मात्रै ब्राण्डिङ हुने गरेर मर्चाको प्रयोगमार्फत मदिरा उत्पादन गर्न पाइनेछ ।
व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ, लेबलिङसँगै बिक्री वितरण पाउनेछैनन् । उद्योग तथा वाणिज्य हेर्ने जिल्लास्थित कार्यालयमा दर्ता भई इजाजत लिएर मात्रै घरेलु मदिरा उत्पादनसँगै बिक्री गर्न पाइनेछ । व्यक्तिले मात्रै नभइ सहकारीले पनि घरेलु मदिरा उत्पादन, विक्री सम्बन्धी उद्योग दर्ता गर्न सक्नेछन् ।
विधेयकले घरेलु मदिरा र मर्चा उत्पादनका लागि छुट्टाछुट्टै इजाजतपत्रको व्यवस्था गरेको छ । चाडपर्व, सांस्कृतिक रितिरिवाज र घरायसी प्रयोजनमा वार्षिक ६० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न रोकतोक लगाइएको छैन ।
‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि प्रदेश सभा सदस्य कुशुम बुढामगर र गणेशमान गुरुङले संशोधन प्रस्ताव पेश गरेका थिए । अर्थ तथा विकास समितिले मर्चालाई परिभाषित गर्दै उत्पादन तथा नियमनको विषयहरु थपेको थियो । मर्चाको विषयमा विधयेकले परिभाषा गर्न सकेको थिएन ।
तनहुँ
ताल्चाबिनाकै कोठामा जीर्ण बनेका धुलाम्मे ¥याक । ¥याकमा उस्तै धुलाम्मे अवस्थामा च्यतिनै आँटेका पुस्तकको चाङ । टेबलमा असरल्ल कम्प्युटरको मनिटर, किबोर्ड, फोटो फ्रेम, टुटफुट भएका शिलालेख, फाइल आदि इत्यादि ।
आडैको अर्को कोठामा यत्रतत्र छरिएका छन् कुर्सी, टेबल र बेञ्चहरु । भुईँमा त्रिपाल बिछ्याएर कोदो सुकाइएको छ । रङरोगन गरेर बाँकी रहेका काम नलाग्ने सामाग्री र फोहोर उस्तै असरल्ल छन् ।
अन्तर्राष्ट्रिय स्तरको बनिरहेको पृथ्वी राजमार्गसँगै जोडिएको चिरिच्याट्ट भवनमा जर्जर लाग्ने दृश्य तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जनपुस्तकालय हो । जहाँ ज्ञानको ज्योतिलाई जीर्णता र जर्जरताले उजाड बनाएको छ । वर्षौंदेखि बेवास्तामा रहेको पुस्तकालयले अहिले न नियमित सेवा दिन्छ न त भएका ऐतिहासिक पुस्तकको संरक्षण नै गरेको छ ।
पाठक बिनाको अस्तव्यस्त पुस्तकालयको कन्तविजोग दृश्य देखेपछि साहित्यकार त्रिवेणीको मन चसक्क दुख्यो । ‘यस्तो पनि पुस्तकालय हुन्छ’, उनको मनमा लाग्यो । व्यवस्थापन समितिसँगै पारिश्रमिक लिएर खटिने कार्यालय सहयोगीले निकै हेलचक्रयाँइ गरेको उनले बताए । ‘पूर्वशिक्षक व्यवस्थापन समितिको अध्यक्ष भएपछि कम्तिमा गतिलो व्यवस्थापनले चलाउनुपर्दैन ?’, आक्रोशका साथ प्रश्न तेर्साउदै उनी भन्छन्, ‘ज्ञानको काम गर्ने मान्छेको नेतृत्वमा भएको पुस्तकालय यस्तो पनि हुन्छ ।’ जनपुस्तकालय लापरवाहीको हद भएको उनी बताउँछन् ।
यो पुस्तकालय २०२५ सालमा स्थानीय उत्साही वुद्धिजीवि मिलेर स्थापना गरेका हुन् । चन्दा संकलन गरेर ठड्याइएको पुस्तकालयमा ३ हजार बढी पूराना पुस्तक, पत्रपत्रिका र अध्ययन सामग्रीहरु उपलब्ध छन् । तर, वेहाल अवस्थामा छन् ।
६० दशकसम्म विद्यालयका विद्यार्थीदेखि साहित्यप्रेमी, राजनीतिज्ञहरू यहीं पुस्तकालय बसेर घण्टौं बिताउथे । प्रविधिको विकास, इन्टरनेटको पहुँचसँगै पुस्तकालय सुनसान भयो । तर, हेलचक्रयाँइका नमुना व्यवस्थापनले पुस्तक र पुस्तकालयलाई माया गर्ने सीमित पाठकलाई पनि आकर्षण गर्न सकेन ।
व्यवस्थापन समितिको लापरवाहीले शुक्लागण्डकी नगरपालिकाकै एकमात्र सार्वजनिक पुस्तकालय मृतशैय्यामा पुगेको हो । ११ वर्षदेखि पुस्तकालय व्यवस्थापन समितिका अधिवेशन भएको छ । एक दशकदेखि पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा राज गरिरहेका छन् रिटायर्ड शिक्षक राजेन्द्रप्रसाद शर्माले ।
उनीसँगै व्यवस्थापन समितिका सदस्यहरु नै असन्तृष्ट छन् । ‘न मिटिङ हुन्छ न साधरणसभा हुन्छ । पोहोर एकैपटक रिन्यू र अडिट भएको हो’, पुस्तकालय व्यवस्थापन समितिका एक सदस्य भन्छन्, ‘रकम भुक्तानी दिने बेलामा पनि हामीसँग सरसल्लाह हुदैन ।’
पुस्तकालयमा एक जना कार्यालय सहयोगी कार्यरत छन् । मासिक ५ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ । तर, ती कार्यालय सहयोगीले पुस्तकालयको सरसफाइ गर्ने, पुस्तक मिलाउने त परको कुरा हो सिन्को भाँच्ने काम गर्दिनन् ।
व्यवस्थापन समितिका ती सदस्य कार्यालय सहयोगी पनि अध्यक्ष शर्माले आफू खुशी राखेको आरोप लगाउछन् । अब पूरानो मानसिकताले पुस्तकालय नचल्ने भएकाले अधिवेशन गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तानतरण गर्न आवश्यक रहेको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शर्मा भने आर्थिक अभावका कारण पुस्तकालय सञ्चालनमा समस्या भएको बताउँछन् । ‘एकदमै आर्थिक अभाव भयो । नगरपालिकाले कर्मचारीको तलब मात्रै खुवाइदिने हो भनेपनि बार्षिक ६० हजार रुपैयाँ खर्च घट्थ्यो’, उनी भन्छन्, ‘त्यो रकमले केही गर्न सकिन्थ्यो । नगरपालिकालाई अनुरोध गरेर फाइल पठाइदेको छु ।’
ऋण लिएर भवन निर्माण गरेकाले अझै एक लाख एक हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए । पुस्तकालय भवनको पहिलो र दोस्रो तला मासिक ३८ हजार रुपैयाँ भाडा लिने गरेर हार्डवयर पसललाई दिइएको छ । अब क्याफेसहित पुस्तकालय सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले सुनाए ।
शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले अधिवेशन नभएकै कारण पुस्तकालय कन्तविजोग अवस्थामा पुगेको बताउँछन् । ‘वडाबाट धेरै पटक भनेका छौं । नविकरण र अडिट बल्लबल्ल भएको छ’, उनी भन्छन्, ‘संस्था सिस्टममा नचलेसम्म विकास हुदैन ।’
उनले पुस्तकालय सञ्चालनमा आर्थिक अभावलाई समस्या देखाउन नमिल्ने बताए । यसअघि वडाले पनि बजेट दिदैं आएकोमा अधिवेशन, नविकरण, अडिट लगायतको काम नभएपछि रोकिएको बताए । अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर प्रक्रिया अनुसार काम भएमा वडासँगै नगरपालिकाले पनि बजेट दिने जनाएका छन् ।
पोखरा
नेपालमा ३१ औं विश्व आदिवासी दिवस धूमधामले मनाइएको छ । शनिबार देशका विभिन्न स्थानहरुमा कार्यक्रम गरेर अधिकारको माग गर्दै दिवस मनाइएको छ ।
आदिवासी, जनजातिसँग सम्बन्धित संघसंस्थाले पालिकास्तरमै विभिन्न कार्यक्रमहरु गरेका छन् । अधिकांश स्थानमा बृहत ¥याली र शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवस मनाइएको हो ।
आदिवासी जनजातिका कला, संस्कृति, रितीरिवाज र पोशक प्रदर्शनसँग अधिकारको माग गरिएको छ । जल र जमिनको संरक्षण गर्नुपर्नेमा उनीहरुको जोड छ ।
प्रत्येक वर्ष अगस्त ९ तारिखमा मनाइने विश्व आदिवासी जनजाति दिवसलाई संयुक्त राष्ट्र संघले सन् १९९३ मा घोषणा गरेपश्चात् विश्वव्यापी रूपमा मनाउन थालिएको हो । विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजाती समुदायले विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
यस वर्षको दिवसमा नेपाल आदिवासी जनजाति महासंघले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको थियो ।
काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ
बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।
क्यानडा
एनआरएनए क्यानडाको महिला उपाध्यक्षमा समिक्षा कार्कीले उम्मेदवारी दिएकी छन् । सशक्त नेपाली समुदाय निर्माणको दिशामा लाग्ने उद्घोषका साथ समिक्षाले उम्मेदवारी दिएकी हुन् ।
अलब्रेटाको एक कर्पोरेट ल फर्ममा ह्युमन रिर्सोसेस म्यानेजरका रुपमा कार्यरता समिक्षाले नेपाली समुदायसँग सहकार्य गर्दै आपतकालीन सहयोग, महिला सशक्तिकरण र सामाजिक सेवाका अभियानमा उल्लेखिय भूमिका निभएकी छन् ।
अग्रज र अनुजलाई सँगै लिएर अगाडि बढ्न सक्ने क्षमता आफूमा भएको उनले बताइन् । ‘एनआरएनएलाई क्यानाडाको सरकारसँग सहकार्य गर्दै अगाडि बढाउने कोशिष रहनेछ’, उनले सुनाइन् ।
महिला पुरुषलाई सँगै डो¥याएर हिँड्ने उनको भनाइ छ । ‘महिलालाई विशेषत त उद्यमसँग जोड्नेछुु’, समिक्ष भन्छिन्, ‘आत्मनिर्भर कसरी बनाउने ? संस्कार, संस्कृति र मौलिकता कसरी नबिर्सने ? र जोगाउन के–के गर्न सक्छौं सबै मिलेर काम गर्नेछु ।’
‘सामाजिक परिवर्तन शब्दले होइन, कामले मात्र सम्भव हुन्छ । र म गर्न सक्छु’, समिक्षाको उद्घोष छ ।
क्यानाडा बसाइको छोटो अवधिमै नेपाली समुुदायमाझ लोकप्रिय उनी महिला र युवतीहरूका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न रुचाउछिन् । ‘गोपनीयता, सहज पहुँच र सहानुभूतिको आधारमा परामर्श, समर्थन र आत्मबल बढाउने कार्यक्रम मेरो पहिलो प्राथमिकता हुनेछन् । यस क्षेत्रमा मेरो प्रयास सदैव रहनेछ । जुन मैले विगतमा पनि गर्दै आएकी छु’, आफ्ना योजना सुनाउदै उनले भनेकी छन् ।
आफूले जितेमा आपतकालिन उद्धार कोष स्थपना गर्ने उनको लक्ष्य छ । ‘प्रकृतिजन्य प्रकोपको बेला समयमै राहत पु¥याउने उद्देश्यले अग्रिम तयारीसहितको विशेष आपतकालीन कोषको व्यवस्था गर्नु संस्थागत रूपमा दूरदर्शी निर्णय हुने छ । यसले संकटको समयमा सहकार्य, समन्वय र प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय सुधार ल्याउनेछ’, उनको विश्वास छ ।
नेपाल क्यानडा डायास्पोरा फोरम नीति निर्माण गर्दै लगानी, शिक्षा र आपसी सहकार्यलाई प्रवद्र्धन गरिने योजना रहेको समिक्षा बताउछिन् । युवापुस्तालाई ‘इन्र्टनसिप’, ‘मेन्टरसिप’ र ‘भोलेन्टियरिङ’ जस्ता अवसरले नेतृत्व विकास क्षमता तिर्खान आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
सामाजिक उत्तरदायित्व वहन अन्तर्गत निजि कम्पनीबाट आर्थिक संकलन गर्ने उनले लक्ष्य राखेकी छन् । आफू महिला उपाध्यक्ष पदमा निर्वाचित भएमा क्यानडामा रहेका नेपाली समुदाय र संस्थाबीचको पुल बन्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘जसले हाम्रो साझा पहिचानलाई सशक्त बनाउनेछ । हरेक अन्त्यमा मेरो प्रयास रहनेछ ‘म गर्न सक्छुु’ भन्ने आत्मविश्वासका साथ । म केवल उम्मेदवार होइन, तपाईंहरूको आवाज, तपाईंहरूको प्रतिनिधि बन्नेछु ।’
क्यानडामा रहेका नेपाली समुदायको सामूहिक भविष्य निर्माणमा आफूलाई मतदान गरेर जिताउन उनको अपिल छ ।
काठमाडौ – नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका संघीय सांसद पूर्णबहादुर तामाङ कान्छारामले आफुले पाउदै आएकाे तीन महिनाकाे तलब सुविधा रसुवाका बाढी पिडितका लागि प्रदान गर्ने घाेषणा गरेका छन् ।
नेपाल सरकारले आफुलाई प्रदान गर्ने गरेकाे सुविधाबापतकाे रकम बाढी पिडितका लागि प्रदान गर्ने बताएका हुन । सांसद तामाङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए ।
रसुवामा आएको बाढीबाट प्रभावित परिवार र उक्त क्षेत्रको पुनः निर्माण तथा राहतका लागि साे रकम उद्वारकाेषमा जम्मा गरेर सहयाेग गर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयलाई पत्र मार्फत रसुवाका बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको आफनो तलब कोषमा जम्मा गर्ने जानकारी गराएकाे सांसद तामाङकाे सचिवालयले जानकारी दिएकाे हाे ।
प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै सांसद तामाडले उक्त अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन् ।
जुलाई ४, ब्राम्पटन क्यानाडा
बसन्त कार्की
क्यानाडाको सबै भन्दा पुरानो क्लब लाली गुराँस कल्चर एण्ड स्पोर्टस क्लबले आयोजना गर्ने नेपाली मेलाका लागी नेपालकी बहुचर्चित गायिक शान्ति श्री परियार नेपाल बाट क्यानाडाका लागी प्रस्थान गरेकी छन् । नेपाल बाट क्यानाडा आएर बसोबास गरेका नेपालहरुका माझ गर्बिलो ईतिहास बोकेको लाली गुराँस क्लबले बर्षेनी नेपाली मेला संचालन गर्दे आईरहेको छ । बिगत केही बर्षहरुमा नर्थ अमेरिकामा नै सबैभन्दा ठुलो धनराशीको भलिबल खेल आयोजना गर्दे आएका्े क्लब ले गत बर्ष देखी नेपाली मेला आयोजना गर्दै आईरहेको छ । नेपाली कला संस्कृती मार्फत क्यानाडमा नेपाल चिनाउने अभियान स्वरुप यो मेला आयोजना गरीएकाृे क्लबका अध्यक्ष कृजल के.सी.ले माउन्ट एभरेष्ट टेलिभिजन लाई बताउनु भयो । कार्यक्रममा स्थानिय कला संस्कृति नेपाली परिकार का रेष्टुरेन्ट नेपाली भेषभुषाका स्टल तथा स्थानिय कलाकारहरु को मनोरन्जनात्मक प्रस्तुती हुने आयोजक सदस्य दिनेश बिष्ट ले जानकारी दिनुभयो । कार्यक्र सफल पार्नका लागी क्यानाडको ग्रेटर टोरन्टो क्षेत्रका सबै नेपाली समुदाय,व्यपारी,समाजसेवी एकजुट भएर लागीरहेको एन.आर.एन.ए.अभियान्ता अभिमन्यु बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको टाइटल स्पोनर्स पोख्रेल ल ले गरेको छ।
गजुरी/धादिङ
धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं.१ गजुरीमा अबस्थित आदर्श बहुमुखी क्याम्पसमा आज माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट केही बिद्यार्थी र गैरविद्यार्थीहरु जम्मा गरी विद्यार्थीको पठनपाठन कार्यलाई नै दख्खल पुऱ्याई एकलौटी तरिकाले स्ववियु गठनको घोषणा गरेको एमाले निकट अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले संयुक्त वक्तव्य सार्वजनिक गर्दै आरोप लगाएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्ध प्राप्त आङगीक तथा सामुदायीक क्याम्पसहरुमा विद्यार्थी हकहित संरक्षणको निमित्त गठित विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी यूनियन गठनको लागि २०८१।१२।०५ वा १५ दिन सम्ममा निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सोही सन्दर्भमा हामीलाई प्राप्त जानकारी अनुसार आदर्श बहुमुखी क्याम्पस गजुरीको २०८१।११।१९ मा बैठक बसी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको महसुस गरी सर्वसम्मत स्ववियु गठनको निमित्त पहल गर्ने गरी कार्यदल गठन गरिएको थियो। सो कार्यदलको बैठक बसि सर्वसम्मत स्ववियु गठनको निमित्त पहल भैरहेको अवस्थामा सो कार्यदललाई कुनै जानकारी बिना आज एक्कासि गैर विद्यार्थी जम्मा भई स्ववियु नामक कमिटी घाेषणा गरेको अनेरास्ववियुका नस्विन उप्रेतीले बताए।
समाजिक सञ्जालमा माओबादी कार्यकर्ताले आज स्ववियु कमिटी सार्वजनिक गरे सङ्गै निति र विधि बिपरित सत्ता र शक्तिको आडमा मनलाग्दि गरेको चर्काे बिराेध भएको छ।एमाले नेता एवं कार्यदल सदस्य माधब भण्डारी भन्छन् क्याम्पसलाई बिधार्थी को थाहा छैन? सहजिकरण समितिको बैठक बसिरहेको छ। हरेक तवरले सहमतिको बाटो अपनाई रहेका छौ।त्यो कुनै मतलब छैन,क्याम्पसमा क्रियाशिल बिधार्थी संगठन अनेरास्ववियु ,नेबिसंघ र अनेरास्ववियू (समाजबादि) लाई बाहिर राखेर रबैया देखाए।उता नेपाली काङ्ग्रेस गजुरी गाउँपालिका सभापति भुमि कडेलले पनि यहीँ हाेत सहमति भनेको भनेर प्रश्न गरेका छन्।
एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले क्याम्पस प्रशासनको अनुमती बेगर आफुखुसी विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने गाउँपालिका अध्यक्ष,आदर्श बहुमुखि क्याम्पसका विद्यार्थीहरुको भविष्यलाइ ध्यानमा राखेर फोहोरी राजनैतिक बिभाजनमा नजाने संचालक समितिको निर्णय बिपरित दम्भ देखाएर एकलौटी घोषणा गरिएको कमिटी माओबादीको मात्र सभापति हाेकि सबैको हो? भन्ने प्रश्न गरेका छन्।बिद्यार्थीहरु भने क्याम्पसमा भर्ना गरीएको विद्यार्थी भर्नाको छानविन गरी वास्तविक विद्यार्थीको नामावली सार्वजनीक गरी यथाशिघ्र सहमतिमा वा निर्वाचन प्रक्रियाद्धारा स्ववियु गठनको माग छ।
उता माओबादी स्थानीय देखि केन्द्र सम्मका नेताले भने सभापति लगायत कमिटीलाई सामाजिक सञ्जाल मार्फत बधाई दिने ओईरो लागेको छ।चुनाव गराउन पटक-पटक ध्यानाकर्षण गराईयो, क्याम्पस प्रशासन र चुनावी कार्यदल दुबैले स्ववियु चुनाव गराउन खोजेनन् तसर्थ ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षर सहित स्ववियु कमिटी घाेषणा गरेको माओबादी पार्टी र अखिल क्रान्तिकारीको जिकिर छ।यी हुन् आज गठन गरिएको स्ववियु समिति:
सभापति:गणेश पाण्डे
उप सभापतिः सुस्मिता बरुवाल
सचिवः गरिमा लामिछाने
सह सचिव: सुमन डीसी
कोषाध्यक्ष: कुशल सुवेदी
सदस्यहरुः सुनिल वि.क., सलिना सुवेदी, अस्मिता चेपाङ, प्रमिला अधिकारी, नारायण पराजुली, सजिता तामाङ
धादिङ/अकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा धादिङको वेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठक इन्टेग्रिटी आइकनमा छनौट हुनु भएको छ ।
आइकनमा छनौट भएका पाँच जनाको नाम सोमबार सार्वजनिक भएको हो । यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट धादिङका पाठक सहित ३४९ वटा मनोनयन प्राप्त भएकोमा विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जनाको नाम सार्वजनिक गरेको जनाएको छ ।
छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप-समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको थियो।
छनोट भएका पाँचै जनालाई यहीँ आउँदो माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिनेछ।
मकवानपुर क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रुपमा गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेल मुक्त गर्न माग गरेका छन् ।
‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन् । जेलबाट ती युवाहरुलाई, सरकारले घोषणा गरोस्– तिनिहरुलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’, शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले भने ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ।गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो।
धादिङ । १७ बैशाख
बहुप्रतिक्षित बुढीगण्डकी जलासययुक्त बुढीगण्डकी जलविद्युत परियाेजनाकाे बजेट रकमान्तर विरुद्ध राष्ट्रिय युवा संघ धादिङ र गाेरखाले ज्ञापनपत्र बुझाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय धादिङमा राष्ट्रिय युवासंघ नेपाल धादिङले आईतबार बुढिगण्डकि आयोजनाको गरिएकाे रकमान्तर राेकेर परियाेजनामा काम गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हाे ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत उर्जा तथा जलस्रोत,सिचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।
राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी नदीमा निर्माण हुन लागेको १२ सय मेगावाट विद्युत आयोजनाको प्रभावित क्षेत्र भित्र पर्ने आवादी जग्गाको मुआब्जा वितरण गरि नसकेको, घरगोठ र वोटबिरुवाको मुआब्जा वितरणको अन्तिम चरणमा नेपाल सरकारले २०७९/८० को विनियोजित बजेट मध्ये १ अर्व रकम सुनकोसी मरिन डाईभर्सन बहुउद्धेश्यीय आयोजना ४० करोडरकम चितवनको नदी नियन्त्रण प्रयोजनको लागि रकमान्तर गरी बजेट कटौती गरेको विराेधमा राष्ट्रिय युवासंघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ ।
यसै गरि उक्त निर्णय तत्काल नेपाल सरकारले फिर्ता नलिगेमा राष्ट्रिय युवासंघ नेपाल धादिङले आन्दोलन गर्ने वाध्य हुने कुरा ध्यानाकर्षण पत्रमा जानकारी समेत गराइएको छ ।
यसैगरि सिउरीनिटार स्थित बुढीगण्डकी परियाेजनाकाे कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएकाे राष्ट्रिय युवा संघ धादिङका सचिव हरिशरण जम्कट्टेलले बताउनुभयाे ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो ।
नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको बताए ।
महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।
यी हुन् सर्वसम्मत पदाधिकारी
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव
सुमन पुरी
उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा
सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव
नेपाल प्रेसबाट
व्यक्तिगत विवरण
नाम:ई.गजेन्द्र प्रसाद थपलिया
ठेगाना:सिद्धलेक ६ धादिङ
जन्म मिति:२०३३/०३/२७
सम्पर्क:९८४१२५११०१
इमेल:thapaliya.gajendra@
सांगठनिक विवरण
२०४७ सालमा स्कुलमा अनेरास्ववियुको सदस्यता प्राप्त
२०५१ मा कविता बाचन गर्दै गाउँगाउँमा चुनाव प्रचार प्रसारमा संलग्न
२०५२ मा अस्कल क्याम्पसमा अनेरास्ववियुमा सक्रिय
२०५५ मा थापाथली ईन्जिनियरिङ क्याम्पसको अनेरास्ववियु प्राक सचिव
२०५७ मा थापाथली ईन्जिनियरिङ क्याम्पसको अनेरास्ववियु प्राक अध्यक्ष
२०५७ मा थापाथली ईन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार
२०५८ मा नेविसंघको गुण्डाहरुबाट थापाथली हाेस्टेलमा सांघातिक हमलाबाट १ महिनासम्म उपचाररत
२०५८ मा अनेरास्ववियु धादिङ काठमाडौं सम्पर्क कमिटीको सह-सचिव
२०५८ मा अनेरास्ववियु काठमाडौं क्याम्पस जिल्ला कमिटी सदस्य
२०५८ डिप्लोमा ईन्जिनियर्स एसाेसियसन काठमाडौं जिल्ला कमिटी सचिव
२०५८ नेपाल ईन्जिनियर्स एसाेसियसनको चुनावमा नेकपा एमालेको तर्फबाट बिभिन्न कमिटी सदस्य हुदै २०७० को चुनावमा स्टाेरिङ् कमिटीको सदस्यको हैसियतले काम गरेको
२०५९ मा अनेरास्ववियु बागमती अञ्चल सम्मेलन आयोजक कमिटी सदस्य
२०६० मा अनेरास्ववियु बागमती अञ्चल कमिटी सदस्य एवं शैक्षिक बिभाग प्रमुख
अनेरास्ववियुको १५,१६,१७,१८अौ सम्मेलनबाट राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रूपमा सक्रिय सहभागीता
२०६० सालमा राजतन्त्र विराेधि आन्दाेलनमा प्रहरीको दमनबाट शक्त घाइते भइ २ महिनासम्म उपचाररत
२०६० देखि नेकपा एमालेको बिद्यार्थी बिशेष जिल्ला कमिटी अन्तर्गत प्रार्बिधिक ईलाका कमिटी सदस्य
२०६१ अनेरास्ववियुको १७ अौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित
२०६३ अनेरास्ववियु १८ अौ सम्मेलन आयोजक कमिटी सदस्य
२०६४ नेकपा एमाले प्राबिधिक ईलाका कमिटी सदस्य
२०६८ नेकपा एमाले उपत्यका पेशागत बुद्धिजीवी बिशेष जिल्ला कमिटी अन्तर्गत ईन्जिनियरिङ ईलाका कमिटी उप-सचिव
२०६८ नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति काठमाडौं सदस्य
२०६९ प्रगतिशिल पेशागत ईन्जिनिर्यस एसाेसियसनको अवधारणा ल्याई बिधानको मस्यौदा कमिटीको सक्रिय सदस्यको रूपमा बिधान तयार पारी नेकपा एमाले माेर्चा संगठनमा दर्ता गराउने कार्यमा सक्रिय सहभागीता
२०७० नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कार्यसमिति सदस्य
२०७१ नेकपा एमाले शहरी विकास विभाग सदस्य
२०७२ नेपाल बुद्धिजीवी परिषद् सह काेषाध्यक्ष
२०७२ प्रधानमन्त्री केपि शर्मा ओलिको बरिस्ठ आर्थिक विकास विज्ञ भएर सल्लाहकार समुहमा रहि जिल्ला निर्वाह गरेको
२०७४ प्रगतिशिल पेशागत ईन्जिनियर्स एसाेसियसनको केन्द्रीय सदस्य
२०७६ प्रधानमन्त्री केपि शर्मा ओलिको विकास व्यवस्थापन विज्ञ सल्लाहकारको जिम्मेवारी निर्वाह गरेको
२०७७ नेकपा एमाले उपत्यका विशेष प्रदेश जिल्ला कमिटी सदस्य
२०७७ प्रगतिशिल पेशागत ईन्जिनियर्स एसाेसियसनको केन्द्रीय कार्यालय सदस्य
२०७८ नेकपा बुद्धिजीवी परिषद् महासचिव
२०७८ देखि नेकपा बुद्धिजीवी परिषद्को १० अौ राष्ट्रिय महाधिवेशन बाट पुनःहालसम्म महासचिव
सदस्यता
नेकपा एमाले संगठित सदस्य
डिप्लोमा ईन्जिनियर्स एसाेसियसन नेपाल
नेपाल ईन्जिनियर्स एसाेसियसन
नेपाल ईन्जिनियरिङ परिषद्
शैक्षिक विवरण
आर्किटेक्चर ईन्जिनियरिङ डिप्लोमा
राजनीतिक शास्त्रमा स्नातक
सिभिल ईन्जिनियरिङ बिषयमा स्नातक
समाजशास्त्र तथा मानवशास्त्र स्नातकोत्तर राजनीतिक शास्त्रमा स्नातकोत्तर
ईन्जिनियरिङमा चिनबाट बिशेष अध्ययन
पेशागत विवरण
२०५८ सालदेखि २०६८ कम्बाईनड ईन्जिनियरिङ कन्सल्टको निर्देशकको रूपमा काम गरेको
२०६१ सालदेखि २०६९ कान्तिपुर एजुकेसन ईन्स्टिच्युटको संस्थापक निर्देशकको रूपमा कार्यरत
२०६९ देखि २०७२ सम्म गाइडेन्स ईन्जिनियरिङ कन्सल एण्ड रिसर्च प्रालिको प्रबन्धक निर्देशकको रूपमा कार्य
गरेको
संलग्न क्षेत्रहरु
विभिन्न आवासिय व्यापारिक भवनको डिजाइन सुपरभिजनमा संलग्न
झाेलुङ्गेपुल डिजाइन र निमार्णमा संलग्न
सडक निर्माण र पुल निर्माणमा संलग्न
काठमाडौंको सडकको खाल्डाखुल्डी पुरेर सौर्न्दर्यकरणका लागि विशेष भुमिका
काठमाडौं उपत्यकाको २ बर्षदेखि बन्द ट्राफिक लाईट निमार्ण गरि सञ्चालनमा ल्याउन बिशेष भुमिका
२२ वटा गौरवका आयोजना मध्ये निर्माणधिन आयोजनाको समस्या समाधान गरि निमार्ण छिटो गर्नको लागि पहलकदमि
४५६ मेघावाटको माथिल्लो तामाकोसी निमार्ण सम्पन्न गर्ने काममा विशेष पहल कदमि
नागढुङ्गा टनेल निमार्णमा महत्त्वपूर्ण भुमिका
कम विकास भएको कर्णाली र सुदुरपश्चिममा बजेट बिनियोजन र विकास निर्माणमा बिशेष पहलकदमि
१८ वटा गेम चेञ्जर आयोजना छिटो सम्पन्न गर्न बिशेष भुमिका
राष्ट्रिय महत्त्वका भवनहरु संघिय संसद भवन,प्रधानमन्त्री निवास,मन्त्रीपरिषद्,मुख्य मन्त्री निवास,विर अस्पताल निमार्णमा उल्लेखनीय भुमिका
तुईन विस्थापनमा निर्णायक भुमिका
ठुला नदिको छेउका टारहरु लिफ्ट सिंचाइबाट सिञ्चित गरि न्युनतम मुल्यमा बिधुत् उपलब्ध हुने कुराको पक्षमा
पहुँचको आधारको विकास भन्दा आवश्यकताको आधारको विकास हुनुपर्छ भन्नेमा जाेड
विकास निर्माणको अध्ययन र कार्यनयनको सन्दर्भमा ७० भन्दा बढि जिल्लाको स्थलगत भ्रमण गरेको