Posts By सम्पादक

कर छुट र कर्जामा सहुलियत मागेको निजी क्षेत्रलाई अर्थमन्त्रीको ‘एकीकृत पुनरुत्थान योजना’

३१ भदौ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल मंगलबार दिनभरिजसो निजी क्षेत्रका प्रतिनिधिसँगको छलफल र भेटघाटमा व्यस्त रहे । उनले २४ भदौका दिन भएको आगजनी र क्षतिको अवलोकनका लागि क्षतिग्रस्त भवनहरूमा पुगे ।

उनी थापाथलीका गाडी शोरुम, भाटभटेनी, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण दैनिकको कार्यालयमा पुगे । साथै उनले ट्राफिक प्रहरी कार्यालयको क्षतिग्रस्त संरचनाको समेत अवलोकन गरे ।

मंगलबार नै उनले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरे । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुप समेतका उद्योगी र व्यवसायी सहभागी थिए ।

सो अवसरमा अर्थमन्त्री खनालले उद्योग व्यवसायीको समस्या सरकारको समेत समस्या भएको बताए । यसबाट बाहिर निस्कन सरकारले एकीकृत व्यवसाय पुनरुत्थान योजना ल्याउन लागेको जानकारी अर्थमन्त्रीले दिए । कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको समेत अर्थमन्त्रीले बताए ।

एकीकृत व्यवसाय पुनरुत्थान योजना बनाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्रबैंक सम्मिलित टिम नै अर्थमन्त्रीले बनाइदिएका छन् । दुई दिनभित्र याेजना बनाइसक्ने जिम्मेवारी सो टिमलाई दिइएकाे अर्थ स्रोतले जानकारी दियो ।

सो टिममा अर्थ मन्त्रालयका तर्फबाट सहसचिवहरु उत्तरकुमार खत्री र धनीराम शर्मा छन् भने राष्ट्रबैंकका तर्फबाट कार्यकारी निर्देशकहरु गुरुप्रसाद पौडेल र किरण पण्डित सदस्य रहेको अर्थ स्रोतले जनाएको छ ।

उनले अबका दिनमा निजी क्षेत्र तथा नागरिकले सरकरको मुहार सार्वजनिक सेवा प्रदान गर्ने बिन्दुबाट अनुभूति गर्नसक्ने गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई निर्देशन दिइएको जानकारी दिए । आन्दोलनका क्रममा भएको क्षतिको आकलन गरी पुनर्निर्माणका लागि सरकारले कोष समेत खडा गरिसकेको छ ।

आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको अवलोकन गर्ने क्रममा सञ्चालक मिनबहादुर गुरुङसँग अर्थमन्त्री रामेश्वर खनाल ।
त्यस्तै अर्थ मन्त्रालयले कर विवरण र कर बुझाउने अवधि एक महिना थप गर्ने निर्णय पनि गरेको छ । क्षतिपूर्तिका लागि बीमा संयन्त्रलाई सक्रिय बनाउने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ ।

दशैंबाहेकका अन्य विदाका दिनमा भन्सार र बैंक खुला गर्ने निर्णय पनि अर्थ मन्त्रालयले गरेको छ ।

अर्थमन्त्री खनालले पदभार सम्हाल्ने क्रममा पहिलो निर्णय नै बजेटमा परेका तर डीपीआर नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने भनेर गरेका थिए ।

मंगलबार नै अर्थमन्त्री खनालले आन्दोलनकारीले आगजनी र तोडफोड गरेका भाटभटेनी सुपरस्टोर, थापाथलीस्थित विभिन्न गाडीका शोरुमहरु कान्तिपुर मिडिया ग्रुपलगायत भ्रमण गरी क्षतिको विवरण लिएका थिए । त्यस क्रममा उनले पुनरुत्थानमा सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए ।

निजी क्षेत्रको ढाडस

बैठकमा अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

‘हामी आफैंले पनि क्षति बेहोरेका छौं’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘हामी पनि उठ्दै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न तयार छौँ ।’

अध्यक्ष ढकालले अर्थमन्त्रीलाई अर्थतन्त्र पुनर्स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न, राजस्व बुझाउने समय थपेर जरिबाना र दण्ड हटाउने व्यवस्था गर्न सुझाव दिए ।

नि-शुल्क शिविरको लागि ड़ा.सैयदको टोली ओखलढुंगा आउदै

ओखलढुंगा जिल्लाको शिद्धिचरण नगरपालिकामा यहि असोज महिनाको ४ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

सामाजिक संस्था जुनेली नेपालको प्रमुख सहकार्यमा हुन लागेको उक्त शिविरमा स्वयम्भु स्थित मनमोहन मेमोरिअल अस्पतालका बरिष्ठ चिकित्सक डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती ) लगायतको टोलि आउने संस्थाका परियोजना निर्देशक करुणा थापाले जानकारी दिनुभयको छ ।

शिविरमा नि-शुल्क स्वास्थ्य परीक्षण,परामर्श, पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक जाच VIA साथै नि-शुल्क औषधि वितरण गरिने छ । देशका अधिकांश बिकट स्थानहरुमा स्वास्थ्य सेवा र समाजसेवामा सक्रिय चर्चित चिकित्सक ड़ा.सैयदले पालिकाबासीहरुलाई शिविरमा सहभागी हुन आव्हान गर्नु भएकोछ ।

मनमाेहन अस्पतालकाे सामाजिक उत्तरदायीत्त्व कार्यक्रम अन्तर्गत नि-शुल्क शिविर संचालनलाई निरन्तरता दिने गरेकाे अस्पतालका कार्यकारी निर्देशक डा.एन. शर्माले बताउनु भयो ।

प्रधानमन्त्रीलाई नारायणकाजीको सुझावः निर्वाचन एक दिन धकेल्न मिल्दैन

काठमाडौं

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचनको मिति एक दिन पनि धकेल्न नमिल्ने बताएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री शुसिला कार्कीले विविसी नेपाली सेवामा दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाउदै श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।

उनले माओवादी पनि फागुन २१ मा निष्पक्ष निर्वाचन गराएर अन्तरिम सरकारलाई सफल बनाउन लागेको दाबी गरे । तर, प्रधानमन्त्री कार्की नै यो विषयमा स्पष्ट, दृढ र गम्भीर हुनुपर्ने उनको भनाइ छ । समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलित भइ सार्वभौमिकता, संविधान र लोकतन्त्रलाई कमजोर पार्ने काम हुने भएकाले गम्भिर बन्न श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘विविसी नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुन सक्छ भन्नुभएको छ । तपाईंलाई त्यो कार्यादेश छैन । निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन’, चेतावनिसहित नारायणकाजी लेख्छन्, ‘तपाईंले अहिलेदेखि त्यसरी सोच्नु र सार्वजनिकसमेत गर्नु घातक सवित हुन सक्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर संकटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस । अन्यथा सोच्न, गर्न मिल्दैन ।’

अन्तरिम सरकारको मुख्य कार्यभार घोषित मितिमौ आम निर्वाचन गराउने रहेको उनले स्मरण गराएका छन् । माओवादी अन्तरिम सरकारको उदेश्य सफल पार्न प्रतिबद्ध रहेको श्रेष्ठले दोहो¥याएका छन् ।

कार्कीले प्रधानमन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन गरेको औल्यांएका छन् । ‘राष्ट्रपतिले तपाईंलाई सबै राजनीतिक दलहरुको तर्फबाट एक–एक जना व्यक्ति सरकारमा प्रतिनिधित्व गराउन सल्लाहा दिनु भएको र आफूले नमानेको उल्लेख गर्नुभएको छ’, उनी भन्छन्, ‘विषयको हिसाबले म प्रधानमन्त्रीज्यूसँग सहमत छु । मैले मन्त्रिपरिषद्मा मन्त्रीहरु थप गर्नु अघि सार्वजनिक रुपमा नै राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, स्वच्छ, देशभक्त एवं क्षमतावान व्यक्तिहरूलाई सामेल गरेर छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस भनेको पनि थिए । तर राष्ट्रपतिले तपाईंलाई सल्लाहा दिनुभएको कुरा त्यसरी हलुका रुपमा सञ्चार माध्यममार्फत सार्वजनिक गर्न मिल्दैन ।’

प्रधानमन्त्री कार्कीलाई के बोल्ने के नबोल्ने विषयमा गम्भीर ध्यान दिन सुझाव दिएका छन् । ‘…प्रधानमन्त्री जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्ने हुन्छ । कम बोल्नुस् । काममा केन्द्रित हुनुहोस्’, उनको सुझाव छ, ‘बोल्नै पर्दा पनि गलत नबोल्नुहोस् । गल्ती बोलेको कुरा सच्याईहाल्नुस र अब आइन्दा त्यस्तो गल्ती नदोहो¥याउनुहोस् । ’

जेन–जी प्रदर्शनले क्षति भएका कार्यालयमा मुख्यमन्त्री पाण्डेको निरीक्षण (तस्बिरहरु)

पोखरा

जेन–जी समूहको प्रदर्शनका क्रममा क्षति भएका कार्यालयहरुको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् । आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् ।

पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरा, मुख्यमन्त्री निवास लगायत क्षतिग्रस्त स्थानको निरीक्षण गरेका हुन् । भदौ २३ र २४ गते भ्रष्टचार विरुद्ध जेन–जी समूह प्रदर्शनमा उत्रदा मुख्यमन्त्री पाण्डे युनाइटेड अरब इमिरेट्स थिए । मंगलबार पोखरा आइपुगेका उनी आन्दोलनका क्रममा भएका क्षतिको निरीक्षण गरेका छन् ।

निरीक्षणपश्चात पुननिर्माणमा जुट्न उनको आग्रह छ । पुननिर्माणमा सकेको सहयोग गर्न आम नागरिकसमक्षसमेत उनको आग्रह छ । ‘नागरिकको सेवालाई ध्यान दिँदै प्राथमिकताका आधारमा काम सुरु गरेका छौं । सहज सेवा प्रदान गर्नतर्फ प्रदेश मातहतका कार्यालयलाई सक्रिय बनाइसकिएको छ’, उनले भने ।

जेन–जीको आन्दोलन भड्काएर ध्वंश गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । युवाहरुको जायज मुद्धा र मागका सन्र्दभमा सबै तहका सरकार गम्भिर हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए । प्रदेश मातहतका भौतिक संरचना पुननिर्माणको विषयमा संघ सरकारले लिने नीति र प्रदेशलाई दिने बजेट अनुसार थप योजना बनाएर अघि बढ्ने उनले बताए ।

जेन–जीको प्रदर्शनका क्रममा गण्डकीमा मुख्यमन्त्रीको कार्यालय निवाससहित ६ मन्त्रालयमा आगजनी र तोडफोड भएको छ । जेन–जीले मच्चाएको विध्वंशबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा भने क्षति भएको छैन ।

प्रदेश सरकार र मातहातका कार्यालयका ४३ वटा चारपांग्रे सवारी प्रर्दशनकारीले जलाइदिएको प्रदेश सचिव रमेश ढकालले जानकारी दिए । उनका अनुसार १०२ वटा दुईपांग्रे सवारी पनि जलेका छन् ।

पोखरामा प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्लास्थित सरकारी कार्यालय, पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालयहरु मात्रै नभइ व्यक्तिगत सम्पत्ति समेत जलेर नष्ट भएका छन् । होटल, रेष्टुरेन्ट, सवारीका सोरुम पनि प्रर्दशनकारीले जलाइदिएका हुन् ।

जेन–जी प्रदर्शनका क्रममा पोखरामा तीन जनाले आगोमा जलेर ज्यानसमेत गुमाए ।

तोडफोडमा र लुटपाटमा संलग्नलाई कारबाही गर्ने प्रदेश सुरक्षा समितिको निर्णय

पोखरा

जेन–जी समूहको प्रदर्शनका क्रममा तोडफोड र चोरीमा संग्लनको पहिचान गरि कारबाही गरिने भएको छ । मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले कानुनी कारबाहीका लागि मातहातका निकायलाई निर्देशित गर्ने निर्णय गरेको हो ।

‘आन्दोलनका क्रममा भएका सार्वजनिक, निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानून बमोजिम कारवाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ–आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गर्ने’ बैठकले निर्णय गरेको हो ।

भदौ २३ र २४ गते जेन–जी समूहको प्रदर्शनल् गण्डकीमा उत्पन्न असामान्य स्थिति र त्यसले प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावबारे सुरक्षा निकायका प्रतिनिधिले मुख्यमन्त्री पाण्डेलाई ब्रिफिङ गरेका थिए ।

सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार हालसम्म फिर्ता नभएको उनीहरुले बताएका थिए । हतियार फिर्ता गर्न आह्वान गरिएको छ । समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रुपमा कानून बमोजिम कारवाही प्रक्रियामा लैजाने समितिले निर्णय भएको हो ।
चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णयमा उल्लेख छ ।

बल्ल बोल्यो कांग्रेस- देउवा दम्पतीमाथिको आक्रमण बर्बरतापूर्ण

काठमाडौं

अघिल्लो दिनको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवामाथिको आक्रमणबारे एक शब्दै नबोलेको नेपाली कांग्रेसले आइतबार अर्को विज्ञप्ति निकालेर भदौ २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण अमानवीय र बर्बर रहेको बताएको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार निकालेको विज्ञप्तिमा संसद विघटन असंवैधानिक भनेसँगै देउवा दम्पतीमाथिको आक्रमण अमानवीय र बर्बरतापूर्ण रहेको उल्लेख गरिएको छ।

‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवा माथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सनायोग्य छ। उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’, खड्काले भनेका छन्।

खड्काले कतिपय घटनाक्रममाथि महामन्त्रीले पनि विज्ञप्ति तथा सार्वजनिक वक्तव्य जारी गरिरहेको उल्लेख गरेका छन्।

‘जेएनजी पुस्ताको प्रदर्शन, प्रदर्शनको क्रममा भएको मृत्यु एवं खर्बौंको भौतिक संरचनाको विनाश, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा र अन्य कयौं राजनीतिक नेतृत्व माथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र बिषयमा पार्टीको धारणा महामन्त्रीद्वयको वक्तव्यबाट र पछिल्लो समय कार्यसम्पादन समितिको बैठकको निर्णयबाट सार्वजनिक गरिएको छ। वर्तमानमा पार्टीको भूमिका संयोजन गरिरहेको नाताले हाम्रा धारणाहरू बारे कुनै अस्पट्ता र अन्यौल नरहेको सम्बन्धमा हामी स्पष्ट छौं,’ उनले भनेका छन्।

जेएनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा युवाहरूको मृत्यु हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति भएको सम्पूर्ण घटनाको छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ।

भवन जलेपछि कहाँबाट सेवा दिदैछ पोखरा महानगरले ?

पोखरा

पोखरा महानगरपालिकाले असोज १ गतेदेखि सेवा सुचारु गर्ने भएको छ । जेन–जी प्रदर्शनकारीले न्यूरोडमा रहेको महानगरपालिकाको मुख्य प्रशासनिक भवनमा आगो लगाएदिएपछि जलेर ध्वस्त भएको छ ।

महानगरको प्रशासनिक भवनको भौतिक संरचना र जिन्सि सामाग्री नष्ट भएपछि अहिले सेवा बन्द छ । आगामी बुधबारदेखि विभिन्न स्थानबाट महानगरले सेवा सुचारु गर्न लागेको हो ।

पृथ्वीचोकमा रहेको दमकलको भवनमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङको कार्यकक्ष बनाएर सेवा दिइने महानगरपालिकाले जनाएको छ । दमकलबाटै प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन, सरसफाई र सूचना प्रविधि शाखा खडा गरेर सेवा दिइनेछ ।

सभागृह चोकमा रहेको पोखरा सभागृहमा पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहनेछ । प्रशासन, राजस्व र सहरी विकास महाशाखाको सेवा अब पोखरावासीले सभागृहबाट पाउनेछन् । भण्डार, तथ्याङ्क, उजुरी फस्र्यौट, विपद्, अभिलेखीकरण, पञ्जीकरण र लेखा शाखासँगै महानगरीय प्रहरी बल पनि सभागृहमा रहनेछ ।

ड्यामसाइडमा रहेको शिक्षा महाशाखामा आर्थिक प्रशासन महाशाखा र कोष प्रशासन शाखा रहेको छ । यहाँ सहकारी शाखा, श्रम तथा रोजगार शाखा र व्यवसाय प्रबद्र्धन केन्द्रलाई लगिनेछ ।

सामाजिक विकास महाशाखाले सृजनाचोकमा रहेको पूरानो आफ्नै भवनबाट सेवा दिनेछ ।

न्यूरोडमा रहेको पूर्वाधार महाशाखामा योजना, आन्तरिक लेखा परीक्षण, भूमि प्रशासन, खरिद शाखा रहनेछन् ।

जेनी–जी प्रर्दशनमा पोखरा महानगरपालिकासँगै सहरी क्षेत्रमा रहेका अधिकांश वडा कार्यालय पनि जलेका छन् । अहिले वडा कार्यालयहरु स्थानीयवासीको ढाडसमा सरसफाई गर्न जुटेका छन् । प्रदर्शनकारीले मेयर धनराज आचार्यको घरमासमेत आगो लगाएका थिए ।

गगनको कार्यकर्तालाई भिडियो सन्देशः हामी सच्चिनेछौं, अनि झन् बलियो भएर उठ्नेछौं

काठमाडौं

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्ने र सुधार गर्नेबारे १६ मिनेट लामो भिडिओ सन्देश जारी गरेका छन्।

‘पार्टीका साथीहरूमा अपिल- हामी सच्चिनेछौं, अनि झन् बलियो भएर उठ्नेछौं’ भन्दै महामन्त्री थापाले शुक्रबार जारी गरेको भिडिओ सन्देशमा पार्टीको गति र मति जिम्मा लिएर मिलाउने उल्लेख छ।

उनले पार्टी शुद्धीकरणका लागि साथ खोजेका छन्।

‘हामीभित्र भएको सारा फोहोरहरू सफा गरौं, सारा दागहरू मेटाऔं, कांग्रेस यस्तो संस्थाको रूपमा प्रस्तुत गर्छौं- हामी कानुनको शासनभित्र रहेर काम गर्छौं। कुनै पनि व्यक्ति कांग्रेस सदस्य भएकोले गर्दा राज्यबाट केही अतिरिक्त सुविधा प्राप्त गर्दैन,’ उनले भने।

जहाँ पनि पार्टीको मानिस चाहने र विश्वविद्यालयसमेत दलीयकरण हुँदा मानिस रिसाएको उनको भनाइ छ।

‘कांग्रेस पार्टी अब नेपाली समाजलाई र राज्यलाई तीब्र दलीयकरणबाट बाहिर निकाल्छ, हामीलाई तपाईंको साथ भने चाहिन्छ, यो गर्ने हो,’ उनले भने, ‘अर्को, पार्टीको पुनर्संरचना। यत्रा भ्रातृ र शुभेच्छुक छन् पार्टीमा तर भदौ २४ गते हामीले के महसुस गर्‍यौं? निरिहता। हाम्रो पार्टी गुटउपगुटमा टुक्राटुक्रा भएको छ। यसलाई हामीले बदल्ने हो। विधानमा रहेका पार्टीको तह अब चाहिँदैन। पार्टीले छानेका व्यक्ति नेतृत्व र उम्मेदवार हुने हो अब। पार्टीमा नचाहेका संस्थाहरू नराख्ने, स्वतन्त्र ढंगले चल्न दिने। यति गर्‍यो भने पार्टी नागरिकतर्फ फर्कन्छ।’

घर र पार्टी कार्यालय आगोलागी गर्न आउँदा र सभापति शेरबहादुर देउवामाथि आक्रमण गर्न आउँदा कांग्रेस कति खोक्रो भएको रहेछ भन्ने देखाउने उनले उल्लेख गरेका छन्।

पोखरामा शनिबार विहानसम्म कर्फ्यू

पोखरा

पोखरामा शनिबार विहानसम्मलाई कर्फ्यू आदेश जारी गरिएको छ । शुक्रबार साँझ ७ बजेदेखि लागू हुने गरेर शनिबार विहान ५ बजेसम्मलाई कर्फ्र्यू आदेश जारी गरिएको हो ।

पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि ३३ सम्म यो आदेश लागू हुनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । कर्फ्यू अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी साधनहरु सञ्चानलन हुन पाउनेछ ।

शनिबार विहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि पोखरा महानगरपालिकाको ३३ वटै वडामा निषेधाज्ञा जारी गरिएको थियो ।
पोखराको माछापुच्छ्रे, अन्नपूर्ण, रुपा र मादी गाउँपालिका क्षेत्रमा भने कर्फ्यू र निषेधाज्ञा लगाइएको छैन ।

जेन–जी आन्दोलनः तनहुँमा ३१ भवन र ७८ सवारीमा क्षति

तनहुँ

जेन–जी समूहको प्रर्दशनका क्रममा तोडफोड र आगजनी हुदाँ तनहुँमा ३१ भवनमा क्षति पुगेको छ । सरकारी र निजी गरेर ३१ भवनमा क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सरकारी कार्यालयका ४ वटा भवन पूर्ण रुपमा क्षति भएको छ । १७ वटामा आशिंक र एउटा भवनमा सामान्य क्षति पुगेको हो । व्यक्तिगततर्फ ९ वटा भवनमा आशिंक क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, मालपोत कार्यालय, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समितिको कार्यालय, आन्तरिक राजस्व कार्यालय, खानेपानी कार्यालय, डिभिजन वन कार्यालय, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका १२ मध्य ८ वडामा तोडफोडसँगै आगजनी गरिएको छ ।

यस्तै ३४ वटा दुई पांग्रे सवारीसाधान जलेर पूर्ण क्षति भएको छ । तीन वटामा आशिंक र एउटा दुईपांग्रेमा सामन्य क्षति भएको जनाइएको छ । निजि ४ वटा दुईपांग्रेमा पूर्ण क्षति हुदाँ ७ वटामा आशिंक र एउटामा सामान्य क्षति पुगेको छ । १७ वटा सरकारी चारपांग्रे सवारी जलेर ध्वस्त भएका छन् । ११ वटा चार पांग्रे सवारीमा क्षति पुगेको हो । यो प्रारम्भिक तथ्याङ्क भएकाले अझै थपिने सम्भावना छ ।

पोखराका युवा सडक सरसफाइ गर्दै

पोखरा– पोखराका युवा सडक सरसफाइमा जुटेका छन् । जेन–जी आन्दोलनले अस्तव्यस्त बनेको सडक सरसफाइमा युवाहरु स्वतस्फूर्त निस्किएका छन् । पोखराको नयाँबजार, महेन्द्रपुल, न्युरोड क्षेत्रको सडक सफा गरिएको हो ।

सरसफाइमा सहभागी युवा रिदेश सुनारले सडक सफा गर्ने जिम्मा पनि जेन–जी पुस्ताकै भएको बताए । घर वरपर आन्दोलनका क्रममा भएको फोहोर सफा गर्न उनको आग्रह छ ।

मंगलबारको जेनजी आन्दोलनले पोखरामा रहेको प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकीका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसीको घर, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, व्यवसायिक प्रतिष्ठान, पूर्वमुख्यमन्त्री खगराज अधिकारीको घर, एनसेलको कार्यालय, इलाका प्रहरी कार्यालय बैदाम, नेपाल रेडक्रस सोसाइटी, एमाले र कांग्रेसको पार्टी कार्यालय, शिक्षाा कार्यालय, परिक्षा नियन्त्रक कार्यालय, गण्डकी विश्वविद्यालय लगायतका कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । अबेर रातीसम्म उनीहरुले आगो लगाएपछि पोखराको आकाश धुवाँले ढाकिएको थियो ।

पूर्वगृहमन्त्री शर्मा भन्छन्ः सरकारले जनतासँग माफी माग्नुपर्छ, दमनले आन्दोलन रोकिन्नँ

पूर्वगृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले आन्दोलनलाई दमन गरेर रोक्न नसकिने बताएका छन् । दमनले आन्दोलन रोक्न नसक्ने इतिहासले पुष्टि गरिसकेको उल्लेख गरे ।

‘यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ । सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन’, नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्माले भने ।

जेन–जी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभइ गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन सरकारसमक्ष उनको आग्रह छ । यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने बताए ।

‘सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउनुपर्नेछ’, फेसबुकमा उनी लेख्छन्, ‘भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्नुपर्छ र २०४६ साल यताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न सरकारले ढिलाइ नगर्नु आवश्यक छ ।’

संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न आन्दोलनकारी समक्ष उनले अनुरोध गरेका छन् ।

आफ्नै जनता मार्ने आतंकवादी मानसिकताको सरकार होः सोविता गौतम

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोवित गौतमले वर्तमान सरकारलाई आतंकवादी मानसिकताको सरकार भएको टिप्पणी गरेकी छन् । सरकारले आफ्नै जनता मारेर आतंकवादी मानसिकता देखाएको उनको प्रस्टोक्ति छ ।

सरकारले बन्दुकको साहरामा देशको भविष्य हत्या गरेको उनको भनाइ छ । जेन–जी आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै रास्वपा नेता गौतमले जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार भएको बताएकी छन् ।
‘प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधैं गोली चलायो । बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो’, उनको आरोप छ ।

कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोलेको उनको भनाइ छ । उनि भन्छिन्, ‘यो हत्या हो । यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति हो । जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो ।’

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार भएको उनको भनाइ छ । ‘यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो’, उनले भनिन् ।

पोखरामा २४ आन्दोलनकारी प्रहरीको नियन्त्रणमा

पोखरा

पोखरामा २४ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेन–जी पुस्ताको आन्दोलनमा सहभागी भएका युवालाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।

पोखराको सभागृहबाट सुरु भएको आन्दोलन विभिन्न स्थान हुँदै मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यलय सहिदचोकसम्म पुगेको थियो । मुख्यमन्त्री कार्यालयमा पुगेपछि प्रहरी र आन्दोलनकारीबीच मुठभेडको स्थिती सिर्जना भएको थियो । प्रहरीले भिडलाई नियन्त्रणमा लिनलाई अश्रृग्याँससँगै पानीको फोहोर प्रहार गरेको थियो ।

कास्कीको जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञासमेत जारी गरिएको छ ।

जेन– जी आन्दोलनः माओवादीको मध्यपहाडी जनजागरण अभियान स्थगित

काठमाडौं

देशभर जेन–जी पुस्ताको आन्दालेन चर्किएपछि नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित स्थगित गरेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ टारिफाँटमा उपब्लध पदाधिकारीको आकस्मिक बैठक बसेर अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

मंगलबार काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बस्ने निर्णय माओवादीले गरेको छ । जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै अभियान स्थगित गरेको जनाइएको छ ।

जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माओवादीले माग गरेको छ । स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको हो ।