नेपाल कम्युनिष्ट पार्टी एमाले धादिङले २०८० बैशाख १३गते पार्टीको कामका सिलसिलामा झापाको बुधवारे जाने क्रममा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको घटनाप्रति प्रेस विज्ञप्ती निकालेको छ।
जिल्ला अध्यक्ष भुमी त्रिपाठीको हस्ताक्षर भएको विज्ञप्तीमा पहिचानको आन्दोलनको नाममा भएको उदण्ड र अराजक समुहले ढुङ्गामुढा सहितको आक्रमण गरेको घटनाप्रति हामी गम्भीर छौं, उक्त असहिष्णु र अप्रजातान्त्रिक कार्यको घोर भर्त्सना गर्दछौं ।
कोशी प्रदेशको नामाकरण संवैधानिक प्रकृयाबाट भएको हो । सत्ताको बागडोर सम्हालेर बसेका जिम्मेवार प्रतिनिधिहरुले यस्तो संवेदनशील विषयमा कट्मेरो व्यवहार देखाइ भीडलाई अराजक र उत्सृङ्गखल बनाउनु दुखद विषय हो ।
हाम्रो पार्टीका श्रदेय अध्यक्ष माथिको आक्रमण हाम्रो पार्टी र सिङ्गो लोकतन्त्र माथिको आक्रमण हो भन्ने हामीले महसुस गरेका छौं । यो निन्दनीय घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कार्वाहीको माग गर्दै यस्ता अराजक घटनाहरु पुनः नदोहोरिने वातावरण सिर्जना गर्न सरकारसंग जोडदार माग गर्दछौं भनिएको छ।
नेपालका लागि अन्तराष्ट्रिय मेडल जिताउने खेलाडीहरुको जिल्लाका रुपमा परिचय बनाउँदै गरेको धादिङबाट १९ औं एसियाली खेलकुद प्रतियोगिताको लागि धादिङ बेनीघाट रोराङका अभिशेक डल्लाकोटी छनोट भएका छन् ।
विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका डल्लाकोटी तेक्वान्दो ५४ केजी तौल समुहमा नेपालबाट १९ औं एसियाली खेलकुद प्रतियोगिताको लागि छनोट भएको नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले बताए।
बैशाख १२ र १३ गते दुई दिन सम्म चलेको खेलाडी छनोट प्रतियोगिताबाट डल्लाकोटी उक्त प्रतियोगिताको लागि छनोट भएका हुन् । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ। नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ।धादिङ पाेष्टबाट
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी धादिङका सदस्य गाेकर्ण लाल श्रेष्ठ नेकपा एमालेमै फर्किएका छन्।मंगलबार धादिङबेशिमा नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रमको समापन र ७५ औ कम्युनिस्ट पार्टी स्थापना दिवशको अवसरमा पार्टीका संस्थापक,सेल्टरदाता,सहिद परिवार र द्वन्द्व पिडितहरूलाई सम्मान कार्यक्रममा श्रेष्ठ पार्टीमा फर्किएका हुन।गाेकर्ण लाल श्रेष्ठ सङ्गै नेकपा एस गजुरी गाउँपालिका ३ नं.वडा कमिटी अध्यक्ष भक्त बहादुर बस्नेत पनि नेकपा एमालेमा फर्किएका छन् ।नेकपा एमालेका उपमहासचिव बिष्णु रिमाल श्रेष्ठलाई खादा माला लगायर पार्टीमा स्वागत गरेका थिय।श्रेष्ठ लाई द्वन्द पिडित अन्तर्गत पार्टीले सम्मान समेत गरेको थियोे।
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताउनुभएको छ ।
पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आउनुभएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनुभयो ।
उपमहासचिव रिमालले देश गम्भीर आर्थिक संकटउन्मुुख रहेकाले अर्थतन्त्र संकटमा पर्न नदिनका लागि एमालेले जिम्मेवार भूमिका खेल्ने बताउनुभयो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षको रुपमा एमालेले खबरदारी जारी राख्ने उहाँको भनाइ छ ।
देशको हितमा काम गर्नका लागि एमाले आवश्यक भएको भन्दै उहाँले संसदीय चुुनावमै एमालेले अर्थतन्त्र सुधारका लागि अवधारणा बनाएर सार्वजनिक गरेको स्मरण गर्नुभयो । एमालेको नेतृत्वमा एक वर्षमा देशका सबै परिसूचकहरु सुधार्ने गरी स्थायित्वको प्रयास गरेको भए पनि नेकपा (माओवादी केन्द्र)को अस्थिर निर्णयका कारण सम्भव नभएको उहाँको भनाइ छ ।
एमालेले देशको नेतृत्व गरेर एक वर्षमा आर्थिकसँगै सबै सूचकहरुमा सकारात्मक दिशा दिने अवधारणासहित चुनावमा गएको र चुनावलगत्तै त्यसको प्रयासमा तुलनात्मक रुपमा सानो दललाई प्रधानमन्त्री बनाएको रिमालले स्पष्ट पार्नुभयो । तर, प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले अस्थिर चरित्र फेरि देखाएर देशलाई गलत दिशा दिनेतर्फ अग्रसर भएको बताउनुभयो ।
फरक प्रसंगमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउँदै चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा एमालेले केही नपाए पनि केही गुमाउन नपरेको उहाँको भनाइ छ ।
“यो चुनावी नतिजाले एमालेलाई फरक पर्दैन । हामी प्लस, माइनस शून्यमा छौँ,” उहाँले बताउनुभयो, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।”
धादिङको गजुरी गाँउपालिका वडा नं. ५ घाटवेशी बगरमा नदीजन्य पदार्थहरुको अवैध उत्खनन् बढेको भन्दै त्यसलाई संरक्षण गर्न माग गरेका छन्।
मंगलवार नेकपा एस पार्टी निकट युवा संघ धादिङले गजुरी गाँउपालिका कार्यलयमा घाटवेशी बगरमा स्थानिय तह र प्रशासनसंगको मिलेमतोमा अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन् बढेको भन्दै त्यस्ता कार्य रोक्न माग गर्दै ज्ञापनपत्र पेश गरेको हो। गाँउपालिका कार्यलयमा प्रमुख प्रशासकिय अधिकृत र उपाध्यक्ष सर्मिला विसुराललाई ज्ञापन पत्र बुझाँउदै युवा संघ धादिङका सहसचिव सन्दीप बस्नेतले यथासिघ्र उक्त कार्य रोक्न आग्रह गरे ।
त्यस्तै बस्नेतले उक्त बगरमा हुनेगरेको उत्खनन् तत्काल रोकी त्यस स्थानमा खेलमैदान निर्माण गर्नपनि प्रमुख प्रशासकिय अधिकृत सामु आग्रह गरेका छन् ।
घुरुक्क मनको दैलो खोल्दिनौ किन
हिजोआज ओठ खोलेर बोल्दिनौ किन
प्रतीक्षामै प्रहर बित्यो राज सन्नटाको
अन्धकार यो आकाशमा झुल्दिनौ किन
रहर थियो सिउँदोभरि साजसज्जा भर्ने
गुराँस बनी पाखाभरि फुल्दिनौ किन
उताको मौनताले यता व्यथा बढ्यो
यो सृष्टिको प्रकृतिमा डुल्दिनौ किन
रीस राग अहंकार पैतालाले कुल्ची
महाप्राण वायु भई घुल्दिनौ किन
गम्भीर दुवाडी
गजुरी, धादिङ्ग
सीताराम अधिकारी
नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको जग्गाको छेउमा रहेको कमेरे सामुदायिक बन क्षेत्रमा निर्माणाधीन पार्क निर्माणको काम आइतबारबाट रोकिएको छ ।
नगरपालिकाले पार्क निर्माणको बहानामा वन क्षेत्र अतिक्रमण गरी बन क्षेत्रमा प्रतिबन्ध गरिएको स्थायी संरचनाको काम स्थानीय बासीलाईसमेत थाहै नदिई गरेपछि विवाद उत्पन्न भएको हो ।
सामुदायिक बन क्षेत्रभित्र पर्ने स्थानमा बोटबिरुवा मासेर डोजर लगाएपछि सो क्षेत्रका नागरिकहरु आन्दोलिन नै भएका छन्।
जिल्ला सदरमुकाम धादिङ बेसीबाट करिब एक किलोमिटर पर तीन तले भीरको नामले चिनिने स्थानमा एक महिनादेखि डोजर लगाएर ढुङ्गा निकालिएको छ। बिचको डाँडामा सिँढी बनाइएको छ भने छेउका जंगल मासेर सिमेन्टका पर्खाल गाइन थालिएको छ।
सामुदायिक बन क्षेत्रमा पार्क निर्माण गरिँदा उपभोक्ता समितिसँग समन्वय गर्नु पर्ने, बन कार्य योजना बनाएर स्वीकृत गराएपछि मात्र अस्थाइ संरचना निर्माण गर्नुपर्नेमा स्थानीय बासी, सामुदायिक बनमा उपभोक्तालाईसमेत जानकारी नदिई स्थाइसंरचना बन्न सुरु गरेको थियो ।
सामुदायिक बनमा निर्माण भएको संरचनाबारे सामुदायिक बन उपभोक्ता समितिका सचिव होमनाथ कोइरालाले वन क्षेत्रमा पार्क बनाउने, मन्दिर निर्माण गर्ने कुरासुनेपछि कहाँको कुन बजेटबाट कसरी योजना निर्माण भयो केही जानकारी नभएको बताउनुभयो।
स्थानीयको विवाद, सामुदायिक बनमा स्वीकृति नलिइ अवैध रुपमा संरचना निर्माण भएको जानकारी आएकोले हाललाई योजना निर्माण कार्य रोक्न बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले पत्रनै पठाएपछि काम रोकिएको हो। वैशाख ७ गते पत्र लेखिएको भएपनि काम नरोकिएपछि आइतबार बन डिभिजन कार्यालय धादिङको टोलीले निर्माणस्तलमै पुगेर आयोजनाको कोम रोकेको छ।
कमेरे सामुदायिक वनभित्र पर्ने तीनतले भीरको मुनी अर्थात् कमेरे डाँडामाथि बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको ८० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत तिनतले पार्क निर्माण गर्ने जग्गा सम्म्याउने काम गरिरहेको बताइएको छ। यस कामका लागि वडा कार्यालयले अयोजनालाई पत्र लखेर सार्वजनिक जग्गा भएकोले उपलब्ध गराउने प्रतिबद्धता पत्र पठाएको थियो।
नीलकण्ठ नगरपालिकाले पनि यो वर्ष नै त्यही ठाउँमा नीलकण्ठेश्वर मन्दिर निर्माण र सिडि निर्माणको लागि भन्दै ९० लाखको टेन्डर मार्फत काम सुरु गरेको छ ।
सार्वजनिक क्षेत्र तथा सामुदायिक बनमा ठूलो धेरै जंगल नष्ट गरि निर्माण गरिने संरचना भएपनि आइईई समेत गरिएको छैन । पार्क निर्माणको यो ठूलो परियोजनाको सर्भे, स्टमेट तथा डिपिआर गरिएका कुनै पनि दस्ताबेज माग गर्दासमेत उपलब्ध हुन सकेन ।
पार्क निर्माण स्तथलबाट ढुङ्गा उत्खनन् गरी अन्यत्र लगेको देखेपछि रोक्दा जाँदा उल्टै धम्की आएको स्थानीय उपभोक्ता तथा सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।
पार्क बनाउन भन्दै धमाधम डोजर लगाएर ढुङ्गा उत्खनन् र निकासी भइरहेको देखेर विरोधमा उत्रिएका स्थानीयले पार्कको नाममा अवैध काम भएको आरोप लगाएका छन् । उपभोक्ता समितिले गर्ने काम र ठेक्का मार्फत हुने दुवै कामको बारेमा आफूहरू अनविज्ञ रहेको स्थानीय समेत रहेका नेकपा एमाले धादिङका नेता भरत ढुंगानाले बताउनुभयो ।
उत्खनन् भइरहेको नजिकैका उपभोक्ता समेत रहेका अनिल कोइराला उपभोक्ता समिति गठनबारे समेत कुनै जानकारी नभएको र यस क्षेत्रका उपभोक्ताहरु समितिमा नराखी काम गरिएको बताउनुहुन्छ ।
विकासको काम गर्ने बहानामा भ्रष्टहरुले कमाऊ धन्दा सुरु गरेको भन्दै स्थानीय उपभोक्ताहरु चिन्तित बनेका छन् ।
सामान्य तया सामुदायिक वन भित्र स्थायी संरचना निर्माण गर्न पाइँदैन । बनाउन परे डिभिजन बन कार्यालयसँग समन्वय गरी कार्य योजना स्वीकृत गराएर अस्थाई प्रकृतिका संरचना निर्माण गर्न सकिने छ । तर त्यस्ता काम गर्दा ठुला मेसिनको प्रयोग गर्न पाइँदैन । वन ऐन अनुसार वन क्षेत्रबाट चट्टान, ढुङ्गा, काइलाखानी, माटो, बालुवा आदि निकाल्न वा ओसारपसार गर्न पाइँदैन । तर बन ऐन विपरीतका सबै काम भएको उपभोक्ता कोइरालाको भनाइ छ।
२०७२ को वातावरण दिवसको अवसरमा तत्कालीन जिल्ला वन कार्यालय धादिङ नै वृक्षारोपण गरेको स्थानमा पार्क र मन्दिर निर्माणको नाममा भइरहेको दोहन र अतिक्रमण बारे उपभोक्तहरुले जानकारी समेत गराएका छन् ।
सामुदायिक वनमा मनाई गरिएको कार्यहरु गरेको पाइएमा वन ऐन २०७६ को दफा ४९ हेरी दफा ५० अनुसार सजाय तोकिएको भएपनि यसको नियमन गर्नुपर्ने डिभिजन वन कार्यालयले उपभोक्ताले आवाज उठाएपछि बन फडानी भइसकेपछि मात्र आयोजनाको पत्र पाएपछि रोकेको थियो।
उपभोक्ता समितिका पदाधिकारीहरुले भने सबै प्रक्रिया पुरा गरेरै काम थालेका बताइरहेका छन् । ८ नं. वडा कार्यालयले उपभोक्ता समितिका अध्यक्ष केशवराज थपलियाको नाममा रकम सम्झौता गरिदिन पर्यटन विकास आयोजनाको कार्यालय हेटौँडालाई सिफारिस पनि पठाएको पाइएको छ । पार्क निर्माण स्थल सार्वजनिक जग्गामा पर्ने र सो स्थानमा पार्क निर्माणको लागि उपलब्ध गराउन सकिने ब्यहोरा खुलाइएको सिफारिस समेत वडा कार्यालयले पर्यटन विकास आयोजनालाई दिएको थियो।
तर, रोचक कुरा के छ भने, प्रदेश सरकारले हालेको योजना भएकोले नीलकण्ठ नगरपालिकासँग कुनै समन्वय भएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त बताउनुहुन्छ।
स्थानीय तहले सार्वजनिक क्षेत्र भनी योजना माग गरेपछि रकम विनियोजन गरेको पर्यटन विकास आयोजनाले बताई रहँदा नगरपालिकाकाले दिएको प्रतिक्रियाले राज्यका निकायका बिचमा समन्वयको अभाव मात्र देखाउँदैन, आयोजानाहरुको कानुनी प्रक्रियामा समेत पश्न चिन्ह खडा गरेको छ । पार्क निर्माण स्थलको वरीपरिरहेको कुमालगाउँ, साँघुटार,ज्यामिरे, बिर्ताबेसी, डिही गाउँका बासिन्दा सामुदायिक बन क्षेत्रका उपभोक्ता हुन् तर उनीहरूलाई बेवास्ता गरी यसभन्दा बाहिरका मानिस राखेर उपभोक्ता समिति बनाइएको छ। उपभोक्ता समितिका अध्यक्ष केशवराज थपलिया पूर्व वडा अध्यक्षका छोरा हुन् । थपलियालाई यसबारे प्रतिक्रिया लिन ९७४१६९९०६४ नम्बरमा फोन गर्दा आफैँले बोरेर पनि आफू उपभोक्ता समितिमा नभएको बताउनुभयो ।
कमेरे सामुदायिक वन ४२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब दुई सय घरधुरीले यो वनको संरक्षण गर्दै आएको छ।तर, वन संरक्षणमा लागेका उपभोक्तालाई नै थाहा नदिई नियम र कानुन हातमा लिएर प्राकृतिक श्रोत र सम्पदाको अनधिकृत प्रयोग रोक्न स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकायहरुलाई अनुरोध गरिरहेका छन् ।
नेकपा एमाले उपमहासचिव बिष्णु रिमाल १२ गते धादिङ आउने भएका छन्।नेकपा एमालेले देशैभर चलाएको दुई महिने मिसन ग्रासरुट:पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्न आउन लागेका हुन्।१२ गते पार्टीका पुराना नेतालाई सम्मान गर्दै पहिलो चरणको ग्रासरुट अभियानको समापन गरिने नेकपा एमाले धादिङले जनाएको छ।कार्यक्रम धादिङबेशि नेकपा एमाले पार्टी कार्यालय मदन आश्रित भवनमा हुने भएको छ।
जिल्ला होटल संघ धादिङको आयोजना,चरौदि समाज सुधार युवा क्लबको सह-आयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा यहि बैशाख १४ देखि २४ गते सम्म बेनीघाट रोराङ ७ चरौंदी बजारमा दोस्रो चरौदि कृषि तथा पर्यटन मेला हुने भएको छ ।
धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने यस मेलामा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहने जिल्ला हाेटल संघ अध्यक्ष रामशरण सिलवालले जानकारी दिनुभयो।
काठमाडौं, बैशाख १०
नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा नेकपा (एमाले) ले नेपालको कम्युनिष्टआन्दोलनमा अमूल्य योगदान गर्नुभएका १४ जनालाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको छ ।
नेकपाको ७५औं स्थापना दिवसका अवसरमा पार्टीद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित ‘नेकपास्थापनाको हिरक महोत्सव २०८०’ विशेष कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका १४ जना कमरेडहरूलाई कम्युुनिष्ट योद्धाका रूपमा सम्मानगर्नुभयो ।
सम्मानित हुनेहरूमा कृष्णा अधिकारी (स्याङ्जा), छविलाल आचार्य (चितवन), जीवन राई (कैलाली), टेकबहादुर राई (मोरङ), डिल्लीराज भट्ट (कैलाली), दलबहादुर श्रेष्ठ (काभ्रे), दलु छायाँ (सुनसरी), निरसन पासमान (धनुषा), बालकृष्ण बिसी (सुर्खेत), बालाराम शर्मा (सुर्खेत), मोहनलाल शर्मा (बागलुङ), लिलामणि ढुङ्गाना (अर्घाखाँची), शिवदयाल विश्वकर्मा (सिरहा) र हरिप्रसादज्ञवाली (गुल्मी) हुनुहुन्छ ।
उहाँहरूलाई प्रदान गरिएको सम्मान पत्रमा मुलुकमा सामाजिक जागरण, मानव अधिकार प्रबद्र्धन र राजनीतिक परिवर्तनमापुर्याउनुभएको योगदान अतुलनीय रहेको र नेकपाको ७५औं स्थापना दिवसका अवसरमा अभिनन्दन गर्न पाउँदा पार्टी गौरवान्वित भएकोउल्लेख गरिएको छ ।
सम्मानपत्रमा भनिएको छ– ‘मुलुकमा सामाजिक जागरण, मानव अधिकार प्रवद्र्धन र राजनीतिक परिवर्तनमा तपाईंले पु¥याउनुभएकोयोगदान अतुलनीय छ । तपाईंले सामाजिक परिवर्तन र कम्युनिष्ट आन्दोलनको यात्रामा अनवरतरूपमा निर्वाह गर्नुभएको भूमिकाप्रतिनेकपा (एमाले) उच्च सम्मान र कदर गर्दछ । राजनीतिक परिवर्तनका लागि क्रियाशील रहँदा भोग्नुपरेका तमाम कठिनाइ र चुनौतीबाटविचलित नभई नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय तपाईंलाई नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसकाअवसरमा कम्युनिष्ट योद्धाका रूपमा अभिनन्दन गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । तपाईंबाट सामाजिक परिवर्तनको यात्रामा थपयोगदान हुने विश्वाससहित सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौँ ।जनता टाईम्सबाट
माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बागमती प्रदेशको प्रथम भेलाले पार्टी केन्द्रिय सदस्य रामेछाप निवासी सुनिता गौतमको नेतृत्वमा १७५ सदस्यीय प्रदेश कार्य समिति गठन गरेको छ। बैशाख ८र९ गते भएको प्रदेश भेलाले गौतमलाई अध्यक्षमा चयन गरेको हाे। समितिको सहसचिवमा धादिङको दिपा कडेल चयन भएका छन्।
यी हुन् प्रदेश कार्यसमिति पदाधिकारी:
अध्यक्ष -सुनिता गौतम(रामेछाप)
उपाध्यक्ष – कल्पना रिमाल(नुवाकोट)
उपाध्यक्ष – दिपा बोहोरा(सिन्धुलि)
उपाध्यक्ष -लक्ष्मि माजी(मकवानपुर)
सचिव- अनिता कार्की ढोली(काठमाडौ )
सह सचिव- दिपा कंडेल(धादिङ )
सह सचिव-अम्बिका लामिछाने (चितवन)
सह सचिव- अम्बिका नेपाल( सिन्धुपाल्चोक )
कोषाध्यक्ष – सृजना थिङ्ग(काभ्रे)
सिताराम अधिकारी
धादिङबेशीमा शनिबार भएकाे नि:शुल्क मुटु परिक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् ।
मुटुकाे समस्या भाेगिरहेका, र मुटु सम्बन्धि समस्याहरु देखा परेका विरामीहरुका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे विशेषज्ञ टाेलीले एकदिने शिविर संचालन गरेकाे हाे ।
धादिङ अस्पतालकाे सहकार्यमा संचालन गरिएकाे शिविरमा ७५ जनाकाे ईकाे र ९० जनाकाे ईसिजि गरिएकाे थियाे ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रबिन्द्र सिंखडाकाे नेतृत्वमा शिविर संचालन भएकाे धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनुभयाे ।
हरेक महिनाकाे पहिलाे र तेस्रो शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे सहयाेगमा धादिङ अस्पतालमा मुटु परिक्षण हुने छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटा क्रान्तिकारी परिवर्तनका लागि निरन्तर वर्गशत्रुका विरुद्ध लडिरहने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा एमाले महासचिव पोखरेलले एउटा क्रान्तिकारी परिवर्तनका लागि निरन्तर वर्गशत्रुका विरुद्ध लड्नुपर्ने बताउनु भएको हो ।
महासचिव पोखरेलले एउटा अवसरवादी भने आफैँभित्र लडेर परिवर्तनलाई रोक्न मद्दत पुर्याउने बताउनु भएको छ।‘एउटा क्रान्तिकारी परिवर्तनका लागि निरन्तर वर्गशत्रुका विरुद्ध लडिरहन्छ,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘एउटा अवसरवादी भने आफैभित्र लडेर परिवर्तनलाई रोक्न मदत पुर्याउँछ।’
गत वर्ष एमालेमा बस्न नसकेर एउटा समूह बाहिरिएको थियो। माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी एकीकृत समाजवादी गठन भएपनि गत निर्वाचनमा एस पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सकेन। तर प्रत्यक्षमा दोस्रो दल बनेपछि एमाले समानुपातिकमा भने पहिलो पार्टी बनेको छ। पार्टी टुटफुटले एमाले पहिलो दल बन्न चुकेपछि पोखरेलले माधव समुहलाई अवसरवादीको रुपमा प्रहार गर्दै आउनु भएको छ।
२२ अप्रिल १९४९ का दिन राणाकालमा नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गर्नुभएको थियो । पुष्पलाल पार्टीका महासचिव बन्नुभएको थियो ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनसक्नु भएको थिएन ।जनता टाईम्सबाट
नेकपा एकीकृत समाजवादी परित्याग गर्नुभएका बरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमै फर्कने निर्णयमा पुग्नुभएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको तेस्रो बरियतामा रहनुभएका न्यौपानेले गत चैत २५ गते सो पार्टी परित्याग गर्नुभएको थियो । अध्यक्ष माधव नेपाल राष्ट्रियता र कम्युनिष्ट आन्दोलनबिरुद्ध लागेको र जनताले अस्वीकृत गरेको पार्टीमा नरहने निश्कर्षसहित पार्टी परित्याग गर्नुभएका बरिष्ठ नेता न्यौपाने आफ्नो टीमसहित कम्युनिष्ट पार्टीको स्थापनाको दिन अर्थात अप्रिल २२ (बैशाख ९) गते आयोजना हुने बिशेष कार्यक्रमबीच एमालेमै समाहित हुन लाग्नुभएको हो ।
बरिष्ठ नेता न्यौपानेसहित उपाध्यक्ष त्याग्नुभएका केदार न्यौपाने, स्यायी कमिटी सदस्य चुडामणि जंगली बिश्वकर्मासहित मकवानपुर, दाङ, रुकुम, रोल्पासहित २७ जिल्लाका नेताहरु एमालेमा समाहित हुन लाग्नुभएको हो । ७७ वटै जिल्लामा एमालेमा समाहित हुने छलफल भइरहेकोल जिल्ला जिल्लामा पनि कार्यक्रम गरी समाहित हुने कार्यक्रम तय भएको नेता न्यौपानेले बताउनु भयो ।
‘नेकपा एकीकृत समाजवादी पार्टीको भविश्य छैन भन्नेमा सवै सहमत भइसक्नु भएको छ, माधव नेपालले पार्टी चलाउनु हुन्न भन्ने कुरा पनि स्थापित भइसकेको छ । त्यसैले अव कम्युनिष्ट आन्दोलनबिरुद्ध लागेको र जनताबाट अस्वीकृत भइसकेको पार्टीमा होइन, एमालेमै समाहित हुनुपर्छ भन्ने निश्कर्षमा अधिकांश साथीहरु पुग्नुभएको छ, भोलि नै नभए पनि छिटोभन्दा छिटो सवै साथीहरु एमालेमा फर्कनुहुन्छ,’ न्यौपानेले जनताटाइम्स डटकमसँग भन्नुभयो ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी स्थापनाको दिन शनिवार (बैशाख ९ गते) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा न्यौपानेसहितका नेताहरु एमालेमा समाहित हुने कार्यक्रम तय भएको हो ।जनता टाईम्सबाट
कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् । महालेखा परीक्षकको गत पाँच वर्षको प्रतिवेदन अध्ययन गर्दा हरेक वर्ष गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेको उल्लेख छ । स्वकीय सचिव र सल्लाहकारका लागि प्रदान गरिने पारिश्रमिक खर्च नियन्त्रण गर्नुपर्ने भनी महालेखाको हरेक प्रतिवेदनमा उल्लेख गरे पनि स्थानीय तहले भने त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा १८८ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी वार्षिक आठ करोड ५३ लाख रुपियाँ पारिश्रमिक भुक्तानी दिएका छन् । आर्थिक वर्ष २०७७र७८ मा २३२ स्थानीय तहले स्वकीय सचिव र सल्लाकार नियुक्त गरी वार्षिक १० करोड २९ लाख २३ हजार रुपियाँ पारिश्रमिकस्वरूप भुक्तानी दिएको देखिएको छ ।
आर्थिक वर्ष २०७६र७७ मा १३१ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी नौ करोड २९ लाख १६ हजार रुपियाँ पारिश्रमिकस्वरूप भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै २०७५–७६ मा १४० स्थानीय तहले पाँच करोड ६१ लाख रुपियाँ तथा २०७४र७५ मा १० वटा स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी ३५ लाख ३० हजार रुपियाँ पारिश्रमिकस्वरूप रकम भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७४ मा पहिलो पटक स्थानीय तहको निर्वाचन भएकाले सो वर्ष अन्य वर्षभन्दा केही कम सङ्ख्यामा स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेको पाइएको छ ।
महालेखा परीक्षक कार्यालयका प्रवक्ता रवीन्द्रप्रसाद देवकोटाले स्थानीय तहका जनप्रतिनिधिले नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारलाई उनीहाँहरूको पारिश्रमिक शीर्षकमा नै भुक्तानी दिने गरेको आफूहरूले पाएको बताए । उनका अनुसार जनप्रतिनिधिले स्वकीय सचिव र सल्लाहकार राख्ने हो भने नियम एवं मापदण्ड बनाएर राख्नुपर्छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।