Posts By सम्पादक

प्रधानमन्त्री प्रचण्ड भाेलि धादिङको गजुरी आउने

नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धादिङको गजुरी आउने भएका छन् ।

गजुरी गाउँपालिका वडा नं.१ मा अवस्थित नेपाल भारत मैत्री आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न भाेलि असार ११ गते आउन लागेको क्याम्पस प्रमुख रामचन्द्र अर्यालले जानकारी दिनुभयो।

प्रधानमन्त्री  प्रचण्ड सँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल,परराष्ट्र मन्त्री,नेपालका लागि भारतिय राजदुत पनि कार्यक्रममा आउने स्रोतले जनाएको छ।

नेत्रावती डबजाेङ गाउँपालिकामा पारदर्शिताकाे माग गरेपछि गाउँसभा नै स्थगित

सीताराम अधिकारी
नेत्रावती डबजाेङ गाउँ पालिकामा चालू आर्थिक वर्ष ०७९/८० मा भएका खर्च र कार्यक्रम बारे गाउँपालिका उपाध्यक्ष सीतामाया गुरुङ सहित कार्यपालिका सदस्यहरुले पारदर्शिताको माग गरेपछि गाउँसभा स्थगित भएको छ ।

गाउँसभा भनी गाउँसभा सदस्यलाई समेत बोलाएर पारदर्शिताको विषय उठेपछि गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले सूचना टाँसेर गाउँसभा स्थगित गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले गाउँपालिकामा भएका कर्मचारी संख्या, कर्मचारी पारिश्रमिक, संचार महसुल, सवारी साधन मर्मत खर्च, इन्धन खर्च, मसलन्द खर्च, पत्रपत्रिका छपाई सूचना प्रकाशन खर्च, सेवा तथा परामर्श खर्च, औषधी खरिद तथा स्वास्थ्य शाखाको खर्च, लगायत १९ बुँदामा असहमति जनाएपछि विवाद भएको थियो।

करार सेवा शुल्क, सरसफाइ सेवा शुल्क, कार्यक्रम खर्च, फर्निचर तथा फिक्चर्स खर्च, पूजीगत परामर्श खर्च, भैपरि आउने पूजिगत खर्च, मेसिनरी तथा औजार खर्च आदीबारे गाउँपालिकामा सम्बद्ध पक्षलाई स्पष्ट पार्न आग्रह गरिएपछि कार्यपालिका सदस्यहरुलाई पटक पटक माग गर्दा पनि जानकारी नदिएपछि आफूहरु बाध्य भएर गाउँसभाको समयमा नै खरो उत्रिनु परेका वडा नम्बर ४ का वडाअध्यक्ष तिलबहादुर गुरुङले बताउनुभयो ।

३ नम्बर वडा अध्यक्ष सुरेश गुरुङले हिसाब माग्दा नदिएपछि आफूहरुले गाउँपालिका अध्यक्ष समक्ष उपाध्यक्ष सितामाया गुरुङ समेत १६ जना गाउँसभा सदस्यले चालु आर्थिक वर्षको बजेट खर्च स्पष्ट नपारेकोरआगामी वर्षका लागि नीति प्रशासनिक खर्च लगायतका बजेट चित्तबुझ्दो नआएकोले हिसाब किताब नआएसम्म गाउँसभामा सहभागी नहुने लिखित पत्र बुझाएको बताउनुभयो ।

आर्थिक पारदर्शिता आफूले खोजेकोले सबै कार्यपालिका सदस्यहरु समेत सहमत भएपछि एक भएर आवाज उठाउनु परेको गाउँपालिका उपाध्यक्ष सितामाया गुरुङ (चोदेन) ले बताउनुभयो ।

आफू गाउँपालिका राष्ट्रिय महासंघमा समेत रहेकोले अनियमितता हेरेर बस्न नसकिएको बताउँदै उपाध्यक्ष गुरुङले पार्टीको सिद्धान्तले पनि जनतालाई धनी बनाउन लाग्नु पर्नेमा लाग्न नसकोले जनताको तर्फबाट हिसाब किताब खोजेको बताउनुभयो ।

गाउँ सभाका लागि पालिका अगाडी पुगेका गाउँसभा सदस्य पत्रकार र अन्य सर्वसाधारण समेत सभा नभएपछि घर फकिएका छन् । संचारकर्मीहरुले भने किन गाउँसभा भएन भनेर गाउँपाकिला अध्यक्ष रिजाललाई प्रश्न गर्दा जवाफ दिन मान्नु भएन ।

औषधी खरिद, प्रशासनिक खर्च, कर्मचारी तलब लगायतका विषयमा समेत जानकारी नभएका कारण स्पष्ट पारेर मात्र गाउँसभा हुनु पर्ने बताउँदै प्रशासनिक तलब भत्ताभन्दा धेरै कम विकास खर्च देखाएको र आगामी वर्षका लागि बजेट उपाध्यक्षको सहमति विना ल्याउन खोजेपछि जनप्रतिनिधिहरु रुष्ट भएका छन् ।

खेलकुद महासंघ जिल्ला कमिटी धादिङद्वारा गल्छीबजार सरसफाइ

७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले गल्छी बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।देशभर नै अहिले लामखुट्टेबाट सर्ने डेङ्गुले आक्रमण गरिरहेको हुँदा आफ्नो वरपर सफा राख्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय कमिटी उपाध्यक्ष निरेशलाल महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै मदन जयन्तीको अवसर पारेर खेलकुद महासंघले देशभर नै सन्देशमुलक कार्यक्रमहरूको आयोजना गरी भण्डारीको स्मरण गरिरहेको बताउनु भयो ।

 

सरसफाई कार्यक्रममा खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज सगुन थापा मगर, खेलकुद महासंघको बागमती प्रदेश कमिटी सदस्य विवेक गिरी, जिल्ला कमिटी सदस्यहरु विज्ञान इटानी, शिव गिरी, प्रकाश श्रेष्ठ, खेलकुद महासंघ गल्छी गाउँपालिका इन्चार्ज निरज ढुंगाना, छाङगेश्वरी महिला समुहकी अध्यक्ष गीता खरेल, गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामबाबु खड्का, महिला समुहकी प्रतिनिधि देवकी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

छाङगेश्वरी महिला समुहको सहयोगमा आयोजना भएको कार्यक्रम नेपाल खेलकुद महासंघ जिल्ला कमिटीका अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अनेरास्ववियु धादिङको २४ औं जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा श्याम लामा

अनेरास्ववियु धादिङको २४ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ।गजुरीको आदर्श बहुमुखी क्याम्पसमा असार ८ र ९ गते भएको अधिबेशनले श्याम लामाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

अध्यक्ष रक्तिम रेग्मीको अध्यक्षतामा भएको अधिबेशनको खुल्ला सत्रमा अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता रहेको थियोे।भने बन्दसत्रको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष नारायण घर्ती रहेका थियोे।

अधिबेशनले अध्यक्ष श्याम लामा उपाध्यक्ष सविन नेपाल ,गगन सिंह बस्नेत,सचिव रेशम श्रेष्ठ,सह-सचिव उज्वल के.सी,नवीना थापा,अन्दाज श्रेष्ठ,आमोश तामाङ,कोषाध्यक्ष सदिक मियाँ चयन गरेको छ।

आदिपुरुष’ बाट विवादित संवाद नहटाए देशभरका हलमा फिल्म चल्न नदिने अध्यक्ष:बडाल

विवादमा तानिएकाे दक्षिण भारतिय चलचित्र ‘आदिपुरुष’ले भ्रामक सन्देश दिने संवाद नहटाए काठमाडाैं महानगरमा मात्र नभएर देशभर चलचित्र प्रदर्शन राेक्ने एमाले निकट अनेरास्ववियुले बताएकाे छ ।

अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले बालेनले उठाएकाे यस फिल्मकाे कुरालाई समर्थन गर्दै फेसबुक मार्फत चलचित्र निर्माण पक्षले गलत सन्देश दिन खोजेको भए चलचित्र काठमाडाैंमा मात्र नभएर देशभर चल्न राेक लगाउनु पर्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

अनेरास्ववियु अध्यक्ष वडालले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।दक्षिण भारतीय फिल्म आदिपुरुष नेपालमा रिलिज नहुदै मिथिला राजकुमारी जानकीलाइ भारतिय छोरीको उपमा दिएर गलत सन्देश प्रबाह गरेको सन्देश काठमाण्डौका मेयर वालेन जि ले बाहिर ल्याउनु भएको छ।यस्ताे गलत सन्देश निर्माण पक्षले दिन खोजेको हो भने उक्त निर्माण पक्षको चलचित्र काठमाडाैंमा मात्र होइन देशैभरी चलाउन बन्द गर्नुपर्छ’ उहाँले उल्लेख गर्नुभएकाे छ- ‘तत्काल निर्माण पक्षले चलचित्रको उक्त भ्रामक सन्देश सच्याएर सहि सन्देश चलचित्र मार्फत दर्शकलाइ प्रस्तुत गर्न अनेरास्ववियु सम्बन्धित पक्षलाइ आग्रह गर्न चाहन्छ ।

बालेनको तीन दिने अल्टिमेट,गलत कुरा नसच्चिए भारतीय फिल्म चल्न नदिने

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भारतीय चलचित्रमा नेपाली चेली जानकीका बारेमा राखिएको झुटो कुरा नसच्चिए काठमाडौँ महानगरभित्रका कुनै पनि हलमा उक्त चलचित्र चल्न नदिने घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत मेयर शाहले यस्तो घोषणा गरेका हुन ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द प्रयोग भएको भन्दै प्रमुख शाहले आपत्ति जनाएका छन । प्रमुख शाहले उक्त चलचित्रको आपत्तिजनक शब्द हटाउनका लागि तीन दिनको अल्टिमेटमै दिएका छन ।

उनले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

नीलकण्ठ नगरपालिकाद्वारा १४४ दलित विद्यार्थीलाई ६ देखि ८० हजारसम्म छात्रवृत्ती सहयोग

धादिङको नीलकण्ठ नगरपालिकाले १४४ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७९।८० को दलित छात्रवृत्ति अन्तर गत ८० हजार छात्रवृत्ति पाउनेमा रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् । उनिहरु एमबिबिएसका विद्यार्थीहुन्।
गतवर्ष मणिपाल कलेजमा एमबिबिएस अध्यायनका लागि नाम निकालेका सुनिल सुनारले आर्थिकअभावका कारण अध्यायन गर्नसकेका थिएनन्। नगरपालिकाको दलित छात्रवृत्ति कार्यक्रम दुई वर्षअघि देखि नै लागु गर्नेभनिएपनि विवादका कारण लागु भएकोथिएन । यस वर्ष नगरपालिकाले पुरानो कार्यविधिलाई आधार मानेर दलित छात्रवृत्ति दिएको नगरपालिका शिक्षा शाखाका प्रमुख नारायणप्रसाद वाग्लेले जानकारी दिनुभयो।

नीलकण्ठ नगरपालिकाले बीडीएका विद्यार्थी सिजा विश्वकर्माले ४० हजार, प्राविधिक धारका विद्यार्थीहरु विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा, प्रकाश विश्वकर्मा, सविता सिजालीले २५÷२५ हजार छात्रवृत्ति पाएका छन् ।स्नातक अध्यायन गर्ने २५ जनाले ८ हजारका दरले, कक्षा ११, १२ का १ सय ५ जनाले ६ हजारका दरले छात्रवृत्ति पाएका छन्।

नीलकण्ठ नगरपालिकाले १३ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा दलित छात्रवृत्तिका लागि निवेदन माग गर्दा संख्या धेरै परेपछि कार्यविधिमा तोकिएभन्दा केही थोरैरकम उपलब्ध गराएको थियो।दलित छात्रवृत्ति कार्यक्रमले शिक्षाबाट वंचित गरिव समूदायले शिक्षा हासिल गर्न अबसर पाएको नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो।

नीलकण्ठ नगरपालिकाको छात्रवृत्ति सम्बन्धी विषयमा ०७९ चैत चैत ९ गते इन्सेक अनलाइनमा “आन्तरिक विवादले नीलकण्ठमा दलित छात्रवृत्ति रोकियो” शिर्षकमा समाचार प्रकाशन भएपछि नगरपालिकाले दलित विद्यार्थीको छात्रवृत्तिका लागि निवेदन दिने समय एक साता थप गरेर निवेदन संकलन पछि छात्रवृत्रि दिइएको थियो ।
नगरपालिकाले छात्रवृत्रि व्यवस्थापन समितिको निर्णय अनुसार छात्रवृत्ति वितरण गरेको थियो ।

 

समाचार प्रभाव:कालिका आधारभुत विद्यालयका ३६ जना विद्यार्थीलाई स्टेशनरी सहयोग

धादिङको गल्छी गाउँपालिका वडा नं.५ सिरुवानीमा रहेको कालिका आधारभुत विद्यालयका आमा गुमाएका बाबु नभएका गरिब तथा दलित ३६ जना विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरिएको छ ।

अभिभावक गुमाएर अति कष्ट अवस्थामा विद्यालयमा अध्यायन गरिरहेका १२ जना सहित ३६ जना विद्यार्थीलाई आधा दर्जनका दरले कापी, २/२ ओटा कलम वितरण गरिएको विद्यालयमा प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनुभयो ।

इन्सेक अनलाइनमा विद्यार्थीको अवस्था झल्कने गरि “आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता” शिर्षमा ०७९ माघ ३ गते समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन पछि हाइवे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव भण्डारीले बालबालिकालाई नयाँ शैक्षिक सत्रको सुरुमा सहयोग गर्ने बताउनुभएको थियो। सोही बमोजिम सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत स्टेशनरी सहयोग गरेको भण्डारीले जानकारी दिनुभयो ।

गल्छीमा रहेको कालिका आधारभुत विद्यालयमा दलित जनजातीका विद्यार्थी अध्ययन गर्छन जसले विद्यालय पोशाक समेत लगाउन पाएका छैनन् । गरिबीका कारण आधा जसो विद्यार्थी भोकै विद्यालय आउन बाध्य छन् ।

 

राजेन्द्र पाण्डेले गरे तुदी खोलामा पक्की पुलको शिलान्यास

प्रतिनिधि सभा धादिङ क्षेत्र नं. १ का संसद तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङको गजुरी गाउँपालिका वडा नं.२ स्थित तुदीखोलामा निर्माण सुरु हुन लागेको पक्की पुलको शिलान्यास गर्नुभएको छ।

बिहीबार शिलान्यास कार्यक्रममा गजुरी गाउँपालिका पुर्व उपाध्यक्ष डा.सीता ढुङ्गाना, बेनिघाट राेराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल जिल्ला भुमि आयोग अध्यक्ष कृष्णप्रसाद अर्याल,साविक गजुरी गाविस अध्यक्ष शुक्ल उप्रेती,वडा अध्यक्ष द्रोण कडेल ,पुर्व वडा अध्यक्ष चुडामणि कडेल लगायत स्थानीयको उपस्थिति रहेको थियोे।पक्कि पुल शिलान्यास भए संगै स्थानीयमा खुसियाली छाएको छ।

पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुदा उक्त पुलका लागि बजेट बिनियोजन गरेका थिए । उक्त पुलको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले भरतपुर स्थित भद्रकाली निर्माण सेवालाइ रु. ४ करोड ४४ लाख ९६ हजार ३८३ मा ठेक्का लगाएको छ । उक्त पुल आगामी २०८१ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेशको अध्यक्षमा घतानी र सचिवमा मिजार

नेकपा (एमाले)को भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेशको अध्यक्षमा नवीन घतानी र सचिवमा रामचन्द्र मिजार चयन भएका छन् । अध्यक्ष नविन घतानि सिन्धुपाल्चोकका हुन्,भने सचिव रामचन्द्र मिजार धादिङका हुन। मिजार नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य पनि हुन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश स्तरीय प्रथम सम्मेलनबाट बागमती प्रदेश आयोजक कमिटी सदस्य रहेका सिन्धुपाल्चोकका घतानीको अध्यक्षमा ७७ सदस्यीय बागमती प्रदेश समिति गठन भएको हो ।

उपाध्यक्षमा सन्तबहादुर विक (चितवन) र नारायण दुलाल (नुवाकोट) सचिवमा रामचन्द्र मिजार (धादिङ), उपसचिवमा किरण खाती (दोलखा), र दीपेश परियार (काभ्रेपलाञ्चोक) तथा कोषाध्यक्ष चन्द्रमान रोक्का (काठमाडौं) चयन भएका छन् ।

निजामती कर्मचारीले कार्यालय समयमा,पाेशाक लगाएर टिकटक बनाए कारबाही

निजामती कर्मचारीले कार्यालय समयमा,पाेसाक लगाएर टिकटक बनाए कारबाही गरिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ ।

कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए ।

उनले भने, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।”

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

गजुरी गाउँपालिकाको वडा सदस्य भ्रमणको नाममा: पार्टी कार्यकर्ता देखि नातेदार सम्मको भ्रमण

धादिङको गजुरी गाउँपालिकाले वडा सदस्यहरुको भ्रमणको नाममा पार्टी कार्यकर्ता देखि नातेदार सम्मलाई भ्रमण गरायको छ।गाउँपालिकाले जेठ २२ गते देखि २४ गतेसम्म असल अभ्यास आदानप्रदानको नाममा मनपरि गरेको छ।वडा सदस्यहरुको नाममा भ्रमण जाने गैर वडा सदस्यहरुमा नेकपा माओबादी केन्द्र गजुरी गाउँपालिका वडा नं.५ वडा कमिटी उपाध्यक्ष ज्वारिका विक र वडा कमिटी सदस्य तारा बस्नेत,गजुरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती सिलवालका बाबू आमा र गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले आफुलाई एकजना साथी लगेको खुलेको छ।नाम के हाे।भनेर बुज्दा हामीलाई स्रोतले जानकारी दिन चाहेन।

गाउँपालिकाले कार्यपालिका सदस्य तथा वडा सदस्यलाई लगेको ३ दिने भ्रमणमा सत्ता र शक्तिको आधारमा गैर वडा सदस्यलाई भ्रमण लगेपछि चौतर्फी बिराेध भएको छ। हाेटल रेड एप्पलमा बाग्लुङ नगरपालिका मेयर र उपमेयर सङ्गको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा गैर वडा सदस्य ज्वारिका विक र तारा बस्नेतले भने परिचय दिदा वडा नं.५ को महिला वडा सदस्य भनेर परिचय दिएको भ्रमण गएका एक सदस्यले बताउनुभयो।भ्रमण जाने नाममा यसरी गैर वडा सदस्यले आफु वडा सदस्य भन्दै परिचय दिदा वडा सदस्यको गरिमा माथिनै आच आएको एक वडा सदस्य बताउँछन्।

वैदेशिक रोजगारमा सुधार पुर्‍याएको भन्दै व्यवसायीले गरे सचिव अर्याललाई बिदाइसँगै सम्मान

म्यानपावर व्यवसायीहरूले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव एकनारायण अर्याललाई बिदाईसँगै सम्मान पत्र प्रदान गरेका छन्।

सचिव अर्यालले वैदेशिक रोजगारी क्षेत्रका धेरै समस्या समाधान गरेको भन्दै व्यवसायीहरूले उनलाई बिदाइ समारोहमा सम्मान पत्र प्रदान गरेका हुन्।

करिब डेढ वर्षदेखि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सचिव अर्यालको प्रधानमन्त्री कार्यालयमा सरूवा भएको हो।

मन्त्रालयको जिम्मेवारीमा रहँदा अर्यालले निजी क्षेत्रमा सकारात्मक धारणा सिर्जना हुनेगरी काम गरेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।

‘यो ठूलो क्षेत्र हो। सचिव ज्यूबाट धेरै सुधारका काम भए। ठगी नियन्त्रण केही हदसम्म भयो। पछिल्लो समय व्यक्तिगत ठगीका घटना बढे पनि म्यानपावर व्यवसायीबाट हुने ठगी घटेको छ,’ उनले भने।

सचिव अर्यालले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने बाटोमा पुर्‍याएको पनि उनले बताए।

बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै सचिव अर्यालले आफूले वैदेशिक रोजगार क्षेत्रलाई पेपरलेस, क्यासलेस र फेसलेस बनाउन कदम चालेको बताए।

‘मैले ताहाचल कार्यलयमा लाग्ने लामो लाइन कसरी हटाउने सोचेको थिएँ। ठगी नियन्त्रणको योजना थियो,’ उनले भने, ‘सोहीअनुसार श्रम स्वीकृति अनलाइन गरियो। ठगी नियन्त्रणको काम भयो।’

अर्यालले म्यानपावर व्यवसायलाई मर्यादित बनाउने सन्दर्भमा पनि केही कामको सुरूआत गरेको बताए।
सेतोपाटी अनलाइनबाट

नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण महासंघ अध्यक्ष:कंडेल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले राज्यले गर्ने काम सहकारीले गरेको बताउनुभएको छ ।

शनिबार धादिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङबेशीमा भएको ‘धादिङ साकोस शिखर गोष्ठी’लाई सम्बोधन गर्दै कँडेलले सो कुरा बताउनुभएको हो।

उहाँले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । हाल सहकारी क्षेत्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको भएतापनि बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उहाँको भनाई छ।

सहकारी क्षेत्रका समस्या समाधानका लागि महासंघ लागि परेको बताउनुभयो। महासंघले १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै कँडेलले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले अहिलेको सरकार सहकारी अभियानप्रति सकारात्मक नरहेको आरोप लगाउनुभयो ।सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै आयकरको दर पुरानै कायम गर्न सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव दामोदर अधिकारीले सहकारीलाई अर्थतन्त्र विकासको प्रमुख एक खम्बाको रुपमा राखिएको स्पष्ट पार्दै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पुरा गर्नेमा सहकारीको भूमिका अहम रहने बताउनुभयो ।

उहाँले सहकारी मार्फत समुदायको चाहनालाई उजागर गरी सामाजिक जिवन तथा सामाजिक दायित्वलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

धादिङ बचत तथा ऋण सहकारीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कँडेलको प्रमुख आतिथ्य तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका महासचिव अधिकारी,गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा,बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ लगाएतको बिशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा वर्तमान सहकारी ऐनका कमजोर पक्षहरु र नयाँ साकोस एैनको आवश्यकता,साकोस व्यवस्थापनका नयाँ आयामहरु र असल अभ्यासहरु, सहकारीको दिगोपनःस्वनियमन र सुशासनमा साकोसको वर्तमा अवस्था र भूमिका लगाएतको विषयमा प्रश्नोत्तर तथा छलफल गरिएको थियो ।

गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम् प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ ।गोष्ठीमा धादिङ जिल्लाभरका ४ सय बढि बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रले चारसय प्रहरीलाई जीवन बचाउने प्राथमिक उपचारका विधि सिकाउदै

सीताराम अधिकारी
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको आयोजनामा कास्किमा प्रहरीहरुको लागि “तपाईंले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ” वा यु क्यान सेभ फाइभ लाइभ्स” तालिम सम्म्पन्न गरेकाे छ। कार्यक्रममा गण्डकी प्रदेशभित्रका प्रहरी अफिसर र प्रहरी जबानहरु पहिलो पटक ७४ जना र दोश्रोपटक ३ सय २६ जना सहभागी भएका थिए।

तालिमकाे सहजिकरण गर्दै डा. लक्ष्मी पन्थीले आपतकालिन अबस्थामा घटना स्थलमा नै ५/७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा घट्नास्थल्मा देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने विषयमा अभ्यास गराउनुभएकाे थियाे ।

घाँटीमा तत्काल केही अड्किएर या सर्किएर निसासिदै गरेको बिरामिलाइ तीन मिनेटमा बचाउन गरिने बिधि, हृदयघात हुँदा तत्काल र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी, घटना स्थलमा रक्तस्राव तत्काल रोक्ने बिधि, प्राइमरी सर्बे र बेहोस हुदा अपनाउनु पर्ने CPR विधि तथा संघात जस्ता अत्यन्तै आपतकालीन अबस्थाहरु जसलाई र आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु अभ्यास र सैद्धान्तिक तरिकाले तालिम दिईएकाे थियाे तालिम सहयाेगी प्रतीक्षा पन्थीले जानकारी दिनुभयाे ।

तालिममा सहभागी प्रहरीहरु यो तालिम लिएपछी कार्यस्थलमा खटिदा पाँच ब्यक्ती मात्र होइन सयौं ब्यक्तिहरु बचाउन सक्ने हुनाले तालिम आयोजक र प्रशिक्षकलाई धन्यवाद दिएका थिए । सशस्त्र प्रहरी नायब उपरीक्षक डि एस पि कृष्ण कार्की डाक्टर लक्ष्मीको एक जनाले पाँच जनाको जीवन बचाउने तालिम आफुले २ पटक लिसकेको हुनाले सम्पुर्ण प्रहरीलाई दिदा जिल्लामा खटिएका प्रहरीहरुले हजारौं जीवन बचाउन सक्छ्न भन्ने उदेश्यले तालिम केन्द्रको नियमित तालिम अन्तर्गत संचालन गरिएको बताउनु भयो।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एस एस पि अरुन पौडेलले तालिम केन्द्रका सबै प्रहरीलाइ यो तालिम गराउने
प्रतिबद्धता व्यक्त गर्दै तालिमका कल्पनाकार डा लक्ष्मी लाई धेरै धन्यवाद एब शुभकामना दिनुभयो।

डाक्टर लक्ष्मी पन्थीले यो अभियान २०१८ देखि निरन्तर भेरहेको र नेपालभरी लैजाने लक्ष्यरहेकाे जानकारी गराउनु भयो । आभियान यसअघि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ ओटा जिल्लामा र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्यक्रम अन्तर्गत हालसम्म १२ वोटा जिल्लामा बिद्यालय, प्रहरी, अस्पताल लगायत विभिन्न निकायमा संचालन भएकाे छ । डा. लक्ष्मी पन्थी हातेमालो अभियान नेपालकि संस्थापक अध्यक्ष हुन।