Posts By सम्पादक

प्रेस चौतारी धादिङको कार्यवाहाक अध्यक्षमा : श्री हजुर सिलवाल

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको कार्यवाहाक अध्यक्षको जिम्मेवारी श्री हजुर सिलवाललाइ दिएको छ । शुक्रबार सदरमुकाम धादिङबेसीमा बसेको प्रेस चौतारी जिल्ला समिति धादिङको बैठकले सिलवाललाइ उक्त जिम्मेवारी दिएको हो ।

वर्तमान अध्यक्ष सानुबाबु तिमिल्सिना आफ्नो व्यक्तिगत कामले केहि समय विदेश जान लागेको जानकारी समितिलाइ गराएको हुँदा जिल्ला समिति धादिङका उपाध्यक्ष सिलवाललाइ कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।सिलवाल बाह्र खरी डिजिटल अनलाईन पत्रिकामा कार्यरत छन्।

धादिङमा ८० करोड बेरुजु थप हुदाँ साढे तीन अर्ब पुग्यो

स्थानीय तहको स्थापना भए पश्चात महालेखा परिषदको कार्यालयले गरेको पाँचौ लेखा परिक्षण प्रतिवेदनमा धादिङ जिल्लाको बेरुजु ८० करोड थपिएको छ । आर्थिक वर्ष २०७८।०७९ मा १८ अर्ब ९१ करोड १० लाख ८३ हजार लेखा परिषण गर्दा ७९ करोड ९७ लाख ७९ हजार बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७।०७८ सम्म २०७७।०७८ सम्म दुई अर्ब ६३ करोड ९१ लाख ५२ हजार बेजुरु रहेकोमा आर्थिक वर्ष २०७८।०७९ को लेखा परिक्षण पश्चात ती अर्व ४३ करोड ८९ लाख ३१ हजार पुगेको छ । महालेखा परिक्षकको कार्यालयले २०७९ चैत्र ३० गते राष्ट्रपति समक्ष ६०औ लेखा परिक्षको प्रतिवेदन बुझाएको छ ।
१३ स्थानीय तह रहेको धादिङ जिल्लामा आर्थिक वर्ष २०७८।०७९ को लेखा परिक्षकको प्रतिवेदन अनुसार थाक्रे गाँउपालिकाको एक अर्ब ८६ करोड ५८ लाख ८७ हजारको लेखा परिक्षण गर्दा १५ करोड आठ लाख ३८ हजार बेरुजु थप भई २८ करोड ७७ लाख ८९ हजार बेरुजु पुगेको छ । नीलकण्ठ नगरपालिकाको दुई अर्ब ६७ करोड ७० लाख ११ हजारको लेखा परिक्षण गर्दा १० करोड ९० लाख १६ हजार बेरुजु थप भई ९७ करोड २१ लाख ८७ हजार बेरुजु पुगेको छ । धुनीवेसी नगरपालिकाको एक अर्ब ७६ करोड ६६ लाख ४० हजारको लेखा परिक्षण गर्दा पाँच करोड ६४ लाख ४० हजार बेरुजु थप भई ३३ करोड करोड १८ लाख ५२ हजार बेरुजु पुगेको छ । यसैगरी गल्छी गाँउपालिकाको एक अर्ब ६५ करोड ४८ लाख ३० हजारको लेखा परिक्षण गर्दा सात करोड ४७ लाख १७ हजार बेरुजु थप भई ३५ करोड ८५ लाख ९० हजार बेरुजु पुगेको छ । गजुरी गाँउपालिकाको एक अर्ब १७ करोड ५१ लाख १७ हजारको लेखा परिक्षण गर्दा सात करोड २९ लाख ४५ हजार बेरुजु थप भई ३० करोड १७ लाख ८० हजार बेरुजु पुगेको छ ।
यसैगरी बेनीघाट रोराङ गाँउपालिकाको एक अर्ब ५४ करोड १५ लाख ५७ हजारको लेखा परिक्षण गर्दा दुई करोड ४१ लाख ५६हजार बेरुजु थप भई आठ करोड ९० लाख २५ हजार बेरुजु पुगेको छ । सिद्धलेक गाँउपालिकाको एक अर्ब ८० करोड ५४ लाख ८८ हजारको लेखा परिक्षण गर्दा एक करोड ९६ लाख ३५ हजार बेरुजु थप भई १५ करोड ६६ लाख ३४ हजार बेरुजु पुगेको छ । ज्वालामुखी गाँउपालिकाको एक अर्ब ३६ करोड २४ लाख ७३ हजारको लेखा परिक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु थप भई ११ करोड पाँच लाख ३६ हजार बेरुजु पुगेको छ । यसैगरी त्रिपुरासुन्दरी गाँउपालिकाको एक अर्ब ५० करोड ८४ लाख १६ हजारको लेखा परिक्षण गर्दा सात करोड ५१ लाख २४ हजार बेरुजु थप भई २६ करोड ६७ लाख १४ हजार बेरुजु पुगेको छ । गंगाजमूना गाँउपालिकाको एक अर्ब ४४ करोड ७८ लाख ४४ हजारको लेखा परिक्षण गर्दा छ करोड ८३ लाख २२ हजार बेरुजु थप भई १९ करोड २६ लाख ४६ हजार बेरुजु पुगेको छ । यसैगरी रुवीभ्याली गाँउपालिकाको ५५ करोड ९६ लाख ६० हजारको लेखा परिक्षण गर्दा दुई करोड २८ लाख ७३ हजार बेरुजु थप भई १७ करोड ६१ लाख एक हजार बेरुजु पुगेको छ । खनियाँवास गाँउपालिकाको ७८ करोड ६८ लाख १० हजारको लेखा परिक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु थप भई ११ करोड पाँच लाख ३६ हजार बेरुजु पुगेको छ । नेत्रावती दवजोङ गाँउपालिकाको ७५ करोड ९३ लाख ५० हजारको लेखा परिक्षण गर्दा एक करोड १२ लाख ४४ हजार बेरुजु थप भई तीन करोड ७२ लाख बेरुजु पुगेको छ ।
बेरुजु दुई किसिमको हून्छ । एउटा सेद्धान्तिक बेरुजु र अर्को लगती बेरुजु हुन्छ । लगती बेरुजुमा असुली गर्नु पर्ने बेरुजु, नियमित गर्नु पर्ने बेरुजु र पेश्की बाँकी हुन्छ । नियमित गर्नु पर्ने बेरुजुमा अनियमित भएको, प्रमाणका कागजात नभएको र शोधभर्ना नलिएको पर्छ । पेश्की बाँकीमा कर्मचारी पेश्की र अन्य पेश्की पर्छ । समयमै वेरुजु फछ्यौट नगर्ने हो भने स्थानीय तहका जनप्रतिनिधि माथी जनताले प्रश्न उठाउने छन् । बेरुजुको किसिम हर्दा धेरै जसो बेरुजु नियमित गर्नु पर्नेमा पर्दछ।

मिसन ग्रासरुट:अभियानले कार्यकर्ता माझ नयाँ उत्साह ल्याएको छ

मिसन ग्रासरुट अभियानले कार्यकर्ता माझ नयाँ उत्साह र तरंग ल्याएको र यो अभियानलाई अगामी निर्वाचनको समयसम्म निरंतरता हुनुपर्ने कुरामा नेकपा एमाले
निलकण्ठ नगर कमिटिका कार्यकर्ताहरुले जोड दिएका छन्।नेकपा एमाले धादिङको मिसन ग्रासरुट अभियान अन्तर्गत निलकण्ठ नगरकमिटिको नगर स्तरीय समिक्षा बैठकमा कार्यकर्ताहरुले पार्टीलाई सुदृढ बनाउन यो अभियान प्रभावकारी भएको बताएका हुन् ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कैलाश ढुंङ्गेलको प्रमुख आतिथ्यतामा मंगलबार सप्पन्न भएको कार्यक्रममा फागुन १० गतेदेखि शुरु भएको दुई महिने मिसन ग्रासरुट अभियानको निलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा भएको गतिविधिको समिक्षा गरिएको छ । निलकन्ठ नगरपालिकाको १४ वटै वडामा वडा भेलाहरु गरिएको,टोलि टोलमा टोल कमिटी गठन गरिएको , किसान , युवा ,महिला , विद्यार्थी ,जनजाती लगायतका जनवर्गीय संगठनहरु निर्माण गरिएको प्रतिवेदन वडा कमिटीका अध्यक्षहरुले पेश गर्नुभयो । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नरेश खतिवडाले मिसन ग्रासरुट अभियानमा निलकण्ठको १४ वटै वडामा पुग्दा कार्यकर्ताहरुले निर्वाचनको समय बाहेक नेता कहिल्यै गाउँ नफर्किने गुनासो गरेकोमा यस पटक केन्द्रीय नेता घर घरमा भेट्न पाएर खुशी प्रकट गरेको बताउनुभयो।

कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कैलाश ढुंङ्गेलले अहिलेको दुई महिने मिसन ग्रासरुट अभियानले नेकपा एमालेको तल्लोतहमा रहेको समस्या र गुनासा पहिचान गर्न मद्दत गरेको बताउनुभयो । धेरै कार्यकर्तामा नयाँ तरंग ल्याएकोले यस अभियानलाई जिल्ला र नगर कमिटीले निरंतरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । युवा पुस्ताहरुमा नेकपा एमालेको निति बिचार र सिद्धान्त पुर्याउन जरुरी रहेको बताउनुभयो । अरु पार्टी भन्दा नेकपा एमाले के कारणले फरक छ भन्ने बुझाउन जरुरी रहेकोले त्यो जिम्मेवारी जिल्ला कमिटीका नेताहरूको भएको बताउनुभयो । कार्यक्रम निलकन्ठ नगर कमिटीका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा भएको नगर कमिटीका सचिव बेग बहादुर सुनारले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिकाद्वारा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन

धादिङको गजुरी गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरेको छ।गजुरी गाउँपालिकाको आयोजना तथा गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा रहेको आर्दश बहुमुखी क्याम्पसको व्यवस्थापनमा संघीय निजामती सेवाको नासु तथा खरिदार तयारी कक्षा, प्रदेश र स्थानी तहको हकमा सहायक चौँथो र पाँचौ तहको तयारी कक्षा तथा शिक्षक सेवा आयोगको हकमा प्रावि तहका तयारी कक्षा सन्चालन गरेको छ।गजुरी लगाएत समग्र धादिकै हकमा निजामती सेवामा अत्यन्तै न्युन जनशक्ति रहेकोले लोकसेवा तथा शिक्षक सेवा जस्ता प्रतिस्पर्धात्मक सेवामा स्थानिय यूवा वर्गको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु काठमाडौँ जानुपर्ने बाध्यता र धेरै शुल्क बुझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरेको बताउनुभयो । यो निशुल्क तयारी कक्षा भएको तर बिद्यार्थीको अपनत्व महसुस होस भन्नको लागि १ हजार प्रवेश शुल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ ।तयारी कक्षा ७० पिरियडको हुने र भौतिक उपस्थिती र अनलाईन दुबै बिधि मार्फत हुने गाउँपालिकाले जनाएको छ।हिजो आईतबार देखि बेलुकी ५ बजेबाट भौतिक कक्षा सञ्चालन भईरहेको छ।विद्यार्थीहरुको माग र सहभागिता अनुसार पछि अन्य सेवा तथा कक्षाहरु पनि संचालन गरिने गाउँपालिकाले जनाएको छ।

गजुरी गाउँपालिका स्तरीय बुद्धिजीवी परिषद्को भेला सम्पन्न अध्यक्षमा गम्भीर दुवाडि

धादिङ/गजुरी गाउँपालिका स्तरीय नेपाल बुद्धिजीवी परिषद्को भेला सम्पन्न भएको छ। नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को भेला शनिबार गजुरीमा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महासचिव गजेन्द्र थपलियाको प्रमुख आतिथ्यतामा र नेकपा एमाले केन्द्रीय सदस्य केशव स्थापितको विशेष आतिथ्यता भएको थियोे।भेलाले गम्भीर दुवाडिको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्माण गरेको छ।
अध्यक्ष-गम्भीर दुवाडि
उपाध्यक्ष-नवराज न्यौपाने
सचिव-शिव अधिकारी
कोषाध्यक्ष-रवि न्यौपाने
सहसचिव-प्रदिप जङ्ग अधिकारी
सहसचिव-अप्सरा सेढाई
सदस्यहरु:-
रामकृष्ण अधिकारी
शिवराज डल्लाकाेटि
जनक तिमल्सिना
राम बहादुर तामाङ
शंखरमान श्रेष्ठ
जगन्नाथ पाण्डे
प्रकाश सिह
रामकृष्ण अधिकारी

माओवादी नेता वर्षमान पुनको आमामाथि गोली प्रहार

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।
प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

गजुरी-७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले किसानहरुलाई पाडी किन्न ८५ प्रतिशत अनुदान उपलब्ध गराएको हो । फ्यानसेप परियोजनाले गठन गरेको चण्डेश्वरी पशुपालक कृषक समूहमा आवद्ध २४ घरधुरीलाई पाडी उपलब्ध गराइएको परियोजनाका पशुप्राविधिक विष्णुकुमार श्रेष्ठले बताए ।

पुरक अनुदान मार्फत ६ लाख रुपैंया बराबरमा उन्नत मुर्रा जातको पाढी वितरण गरिएको श्रेष्ठले बताए । ललितपुरको भैसी प्रवद्र्धन कार्यक्रम चापागाउँबाट किसानले आफै पाढी किनेर ल्याएको र त्यसमध्य ८५ प्रतिशत रकम फ्यानसेपले भुक्तानी दिएको पनि उनले जानकारी दिए ।

भैसी पालन गरी दुध उत्पादन बढाएर ग्रामीण किसानको आर्थिक स्थर उकास्ने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

कृषि र पशु क्षेत्रको बजेट फ्यानसेप परियोजनाले गाउँपालिकालाई सहयोग गरिरहेको र यस्ता किसामको सहयोगले किसानको जीवनस्तर उकास्न टेवा पुगेको गजुरी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष बद्री प्रसाद जमरकट्टेलले बताए ।

पाडी किन्न अनुदान पाएपछि किसान खुसी भएका छन् । किसानले एक वर्षदेखि १८ महिनासम्ममा बाली लाग्ने उन्नत जातको पाढी ल्याएका छन् ।

सरदर दुई वर्ष उमेरको पाडी ल्याएको कृषक समूहकी कोषाध्यक्ष पार्वती पण्डितले बताइन् । किसानले उत्पादन गरेको दुध विक्रिको लागि गाउँमै दुग्ध संकलन केन्द्र स्थापना गरिदिएको छ ।

नेकपा एस धुनिबेशि नगर कमिटी अध्यक्ष गाेकुल रेग्मी एमालेमा प्रबेश

नेकपा एकीकृत समाजवादी धुनिबेशि नगरपालिका कमिटी अध्यक्ष गाेकुल रेग्मी एमालेमा प्रवेश गरेका छन्।धादिङको धुनिबेसि नगरपालिका वडा नं.७ मा नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला अध्यक्ष भुमि त्रिपाठिकाे बिशेष आतिथ्यतामा भएको भेलामा नगर कमिटी अध्यक्ष रेग्मी एमालेमा प्रवेश गरेका हुन्।रेग्मी सङ्गै माओबादीका विनाेद तामाङ पनि एमाले प्रवेश गरेका छन्।

नेकपा एस धुनिबेशि नगर कमिटी अध्यक्ष गाेकुल रेग्मी एमालेमा प्रबेश

नेकपा एकीकृत समाजवादी धुनिबेशि नगरपालिका कमिटी अध्यक्ष गाेकुल रेग्मी एमालेमा प्रवेश गरेका छन्।धादिङको धुनिबेसि नगरपालिका वडा नं.७ मा नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला अध्यक्ष भुमि त्रिपाठिकाे बिशेष आतिथ्यतामा भएको भेलामा नगर कमिटी अध्यक्ष रेग्मी एमालेमा प्रवेश गरेका हुन्।रेग्मी सङ्गै माओबादीका विनाेद तामाङ पनि एमाले प्रवेश गरेका छन्।

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी (सूचीसहित)

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको बताए ।

महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।
यी हुन् सर्वसम्मत पदाधिकारी

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम

महासचिव
सुमन पुरी

उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा

सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई

लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव

अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव

निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव
नेपाल प्रेसबाट

ढुंगा-गिटी ठेक्कामा साढे पाँच करोड अनियमितता, प्रशासकीय अधिकृत र ठेकेदारसहित नौविरुद्ध मुद्दा

ढुंगा, गिटीको ठेक्का लगाउँदा करिब साढे पाँच करोड अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८-७९ मा महाकाली नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, ग्राभेल) को ठेक्का लगाउँदा पाँच करोड ४३ लाख ३२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ।

यसमा संलग्न नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालयसिंह ऐर, अधिकृत (छैठौँ तह) सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौँ) दिपेन्द्र चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालकद्वय ईश्वरीप्रसाद भट्ट र दिवाकर भट्टसमेतलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय भट्ट र लेखा अधिकृत उपाध्यायले ठेक्का सम्बन्धमा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ को व्यवस्थाबमोजिमको न्यूनतम दरलाई नजर अन्दाज गरी ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनले प्रत्यक्ष लाभ पाउने गरी सम्झौता गरेका थिए।

सम्झौताबाट मूल्य अभिवृद्धि करसमेत एक करोड ९५ लाख ७२ हजारबराबरको राजस्वसमेत चुहावट भएको अख्तियारको दाबी छ। उक्त रकमलाई बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र सजायसहितको मागदाबी उनीहरूविरुद्ध छ।

बैंक जमानत नलिई ठेकेदार कम्पनीसँग सम्झौता गर्दा नगरपालिकालाई मूल्य अभिवृद्धि करसमेत तीन करोड ४७ लाख ५९ हजार सरकारी रकम हानिनोक्सानी भएकोसमेत अख्तियारको ठहर छ । उनीहरूविरुद्ध सोही रकमको अर्को बिगो कायम गरी मुद्दा दायर भएको छ। हिमालयसिंह ऐरको संयोजकत्वमा सुवास अधिकारी, विष्णुदेव भट्ट, दिपेन्द्र चौधरी सदस्यसमेत भएको खरिद इकाइ बैठकले नदीजन्य पदार्थको रोयल्टी उठाउने गरी बोलपत्र पुस्तिका तयार गरी स्वीकृतिको लागि पेस गरेका थिए । त्यही बोलपत्रको आधारमा ठेक्का सम्झौता भएको थियो । सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ बमोजिको प्राकृतिक स्रोतको करको कायम दररेटअनुसार बोलपत्र पुस्तिका तयार नगर्दा एक करोड ९५ लाख ७२ हजार रुपैयाँबराबरको राजस्व चुहाबट भएको अख्तियारको ठहर छ।

सोही रकमलाई बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र कैद सजायको माग गरी अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको छ। यथार्थ रूपमा जाँचबुझ गरी बोलपत्रसहितको प्रतिवेदन तयार गर्नुपर्नेमा सो नगरी बदनियतपूर्वक भए गरेका कुरा लुकाइछिपाई खरिद प्रतिवेदन तयार गरी स्वीकृतिका लागि पेस गरेको भन्दै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम थप सजायको मागदाबीसमेत अख्तियारले गरेको छ।

नगरपालिकासँग सम्झौतामा फरकफरक दररेट उल्लेख गरी आर्थिक लाभ हुने गरी सम्झौता गर्दा राजस्व चुहावटबापत मूल्य अभिवृद्धि करसमेत एक करोड ९५ लाख ७२ हजार रुपैयाँ र कानुनविपरीत बैंक जमानतबिनै सम्झौता गर्दा तीन करोड ४७ लाख ५९ हजार ७१९ रुपैयाँसहित कुल नोक्सानी भएको पाँच करोड ४३ लाख ३२ हजारलाई बिगो र सजाय कायम गरी अख्तियारले भवानी कन्स्ट्रक्सन र त्यसका सञ्चालकद्वय भट्टलाई प्रतिवादी बनाएको छ। ईश्वरीप्रसाद भट्टको निधन भएकाले हक खाने अंशियार पत्नी खगेश्वरी भट्टबाट बिगो असुलउपरको मागदाबी अख्तियारले गरेको छ । नयाँ पत्रिकाबाट

गाउँटोल बस्ती स्तरमा हुने विवादको समस्या समाधान गर्न मेलमिलापकर्ता आवश्यक:अध्यक्ष श्रेष्ठ

धादिङको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले वडा भित्रका विभिन्न गाउँ टोल बस्ती स्तरमा हुने विवादको समस्या समाधान गर्न सामुदायिक मेलमिलापकर्ता आवश्यक रहेको बताउनु भयो ।

‘हाम्रो समस्या हाम्रै समाधान’ भन्ने मुल नाराका साथ गाउँपालिका न्यायिक समितिले आयोजना गरेको आधारभूत सामुदायिक मेलमिलाप सम्बन्धि प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोध गर्दै अध्यक्ष श्रेष्ठल भने गाउँघरमा भएका स-साना समस्या गाउँमै समाधान गर्न मेलमिलाप कर्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उनले भने ‘गाउँ घरमा भएका झैझगडा सँगै हुने विवाद अब पालिका र प्रहरीकोमा जाने हैन, हरेक वडामा भएको वडा स्तरिय न्यायिक समितीमा मेलमिलाप कर्ता मार्फत समस्या खोज्ने हो ।’

गजुरी गाउँपालिका न्यायिक समितिको आयोजनामा संचालन भएको आधारभूत सामुदायिक मेलमिलाप सम्बन्धित प्रशिक्षण कार्यक्रम मा गजुरी गाउँपालिकाका ८ वटै वडाबाट प्रशिक्षार्थि सहभागी भएको कार्यक्रम यहि चैत्र २३ गते देखि शुरु भई आज सम्पन्न भएको हो । सामुदायिक मेलमिलापकर्ताले वडा स्तरिय न्यायिक समिती मार्फत विवादको समाधान गर्ने छ ।

एमाले,स्वतन्त्र पार्टी र राप्रपाले बुझायो गजुरी गाउँपालिका अध्यक्षलाई संयुक्त ध्यानाकर्षण पत्र

स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित धादिङको गजुरी गाँउपालिकाका जनप्रतिनिधिहरुले गरेका नीतिगत निर्णय तथा गतिविधि चित्त बुझ्दो नभएको भन्दै अध्यक्ष गणेशलाल श्रेष्ठलाई तीन दलका प्रमुखले १० बुदें ध्यानार्कण पत्र बुझाएका छन् । यस आर्थिक वर्षमा १५ करोड भन्दा माथी ठेक्का लाग्नु पर्ने,ढुंगा वालुवाको आन्तरिक ठेक्कालाई बाहनामा तीन करोडमा झारी ठेक्का लगाउने र हाल आएर भएका सबै बगर तथा खोला खोल्सीमा डोजर प्रयोग गरी उत्खनन् गर्ने प्रक्रिया बन्द गर्नु पर्ने, सामुदायिक विद्यालयको स्तरोन्नती गरी अघि बढ्नु पर्नेमा सरोकार पक्षहरुको छलफल विनै विद्यालयहरुको तह घटुवा गर्ने कदम तत्काल राेेकिनु पर्ने, विगत देखि गाँउपालिकाले राखेका सवै तहका शिक्षक तथा कर्मचारीहरुका निरन्तरता कार्य गरिनु पर्ने ध्यार्नाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यार्नाकर्षण पत्र बुझाउनेमा नेकपा एमाले गजुरीका अध्यक्ष माधव भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी गजुरीका सभापति नवराज कडेंल र राष्ट्रिय प्रजातन्त्र पार्टी गजुरीका अध्यक्ष दिपेन्द्र शाह रहेको छन् ।

यसै गरी सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन गर्दा सवै राजनीतिक दल तथा पक्षको अपनत्व हुनेगरी समिति गठन गर्नु पर्ने, गत २०७९ मंसिरमा भएको निर्वाचनको सम्मुखमा गाँउपालिकाले विपदको नामबाट गरेको खर्च र भुक्तानीको विवरण सार्वजानिक गरिनु पर्ने र सार्वजानिक सडक मर्मत तथा संभारको नाममा भएको खर्च भुक्तानीलाई सार्वजानिक गरिनु पर्ने माग राखेकाछन् । यसैगरी जिल्ला खेलकुद विकास समिति धादिङ आयोजक रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को खर्च भुक्तानी गजुरी गाँउपालिकाबाट नगरियोस, सहकारी माध्यमबाट कृषकलाई दिइने मलखादको व्यवस्थापनमा गाउँपालिकाको अनावश्यक हस्तक्षेप वन्द गरी आवश्यकता अनुसार मलखाद व्यवस्थापन गरिनु पर्ने, सार्वजानिक विकास निर्माणको उपभोक्ता समितिहरुको गठन प्रक्रिया सार्वजानिक सूचना मार्फत आह्वान गरी गठन गर्नु पर्ने तथा निर्माण सम्पन्नताको सिलशिलामा गरिने सार्वजानिक सुनुवाईलाई कागजमा मात्र सिमित नगरि व्यवहारमै देखाउनु पर्ने र गाँउपालिका भित्र हुने सवै विकास निर्माण तथा कार्यक्रमहरुको सार्वजानिक सुनुवाई मार्फत खर्च तथा प्रगतिको जानकारी गरिनु पर्ने ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ ।

गजुरीमा दिवा खाजा व्यवस्थित गर्न सराेकारवालासङ्ग अन्तरक्रिया

धादिङको गजुरी गाँउपालिका र फियान नेपालको संयुक्त ओयोजना र शान्ती नेपाल, प्रयास नेपालको साझेदारीमा सामुदायिक विद्यालयमा दिवा खाजा व्यवस्थित गर्न सरोकारवालाहरु वीच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा वालवालिकालाई पोषण तथा शिक्षा, दिवा खाजा मापदण्ड र व्यवस्थापन सहजिकरण एंव अनुगमन र वालवालिकालाई दिवा खाजाले भौतिक एवं मानसिक रुपमा पार्ने प्रभाव र खाजा व्यवस्थापन अवसर र चुनौती विच छलफल गरिएको थियो ।

शान्ती नेपालका लाल प्रसाद पाख्रेलले वालवालिकालाई पोषण तथा शिक्षाका विषयमा प्रस्तुती गर्दै पोषणमा किन काम गर्नु पर्यो, गजुरी गाउँपालिकाको ग्रामिण क्षेत्रका बालबालिकामा उचाई अनुसार तौल, पोषण नै के हो, पोषण तत्व प्राप्तीका लागि सन्तुलित खाना, किन बालबालिका र किशोर किशोरीलाई बढी पोषण चाहिन्छ, पोषण सुधारका लागि बहुक्षेत्रिय योगदान र दिगो पोषण ब्यवस्थापनका चुनौतीका विषयमा सहजिकरण गर्नु भएको थियो ।

फियान नेपालको तर्फबाट राजेन्द्र बस्नेतले दिवा खाजा मापदण्ड र व्यवस्थापन सहजिकरण एंव अनुगमनका विषयमा प्रस्तुती गर्दै मानव अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र खाद्य अधिकार तथा खाद्य सम्पभुता सम्वन्धी ऐनले व्यवस्थाको कसुरजन्य कार्य र सजाय, क्षतिपुर्ति मुद्दा दायर सम्वन्धी व्यवस्थाको जानकारी गराउनु भयो । साथै सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजिकरण पुस्तिका २०७६ले गरेको व्यवस्थाका सन्दर्भमा विद्यालय दिवा खाजा कार्यक्रमको उद्देश्य, विद्यालयमा दिवा खाजा कार्यक्रमका समस्या र चुनौति, दिवा खाजाको मापदण्ड र गुणस्तर, दिवा खाजा सञ्चालन तथा व्यवस्थापन, दिवा खाजा कार्यक्रम व्यवस्थापनमा निकायगत जिम्मेवारी, स्थानीय तहको कार्यक्रम कार्यान्वयन संयन्त्र, खाजा अनुगमन समितिको काम कर्तव्य र अधिकार, अभिभावक आमा समूह गठन र काम कर्तव्य अधिकार, दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न विद्यालय व्यवस्थापन समतिको भुमिका विषयमा सहजिकरण गर्नु भयो ।

प्रयास नेपालका सन्तोष सत्यालले वालवालिकालाई दिवा खाजाले भौतिक एवं मानसिक रुपमा पार्ने प्रभाव र खाजा व्यवस्थापन अवसर र चुनौती पस्तुती गर्दै कुपोषण हुनुमा शिक्षाका कारणहरु, दिवा खाजाले सहयोग गर्ने क्षेत्र, दिवा खाजाले व्यक्ति परिवार समाजका लागि, खाजालाइ कसरी मापदण्ड अनुासर बनउने, हरेक वार खाना चार, दिवा खाजाले पार्ने प्रभाव, समस्याहरु तथा चुनौती, र सम्भावित उपायहरको विषयमा प्रस्तुतती गर्नु भएको थियो ।
महेन्द्रदय माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद पाठकले अन्तरक्रिया कार्यक्रमले दिवा खाजा कार्यक्रमको विषयमा सोच्न पर्ने बनाएको छ । दिवा खाजा व्यवस्थापन गर्न सहजिकरण गर्ने र स्पष्टता ल्याउने धारण ल्याएको छ । खाजा व्यवस्थापनमा व्यवस्थापकी समस्य तथा कम्जोरी छन् । खाजा बनाउने भान्सेको अभाव, छुट्रटै भान्सा काठो हुनु, बजेट अपुग, शिक्षक नैे खाजा व्यवस्थापनमा लाग्नु पर्ने छ । आशा गरौ समाधानका उपाय खाजि होला । यसैगरी आर्दश माध्यामिक विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले विद्यालयले नै खाजा खुवाउनु पर्ने हो वा क्यान्टिन मार्फत खुवाउन मिल्छ । विद्यालयले नै बनाए खुवाउनु पर्ने हो भने भान्सा घर, भान्से र बसेर खाने स्थानको प्रवन्ध कसरी गर्न सकिन्छ भन्ने प्रश्न गरेको थिए । कंकाल्नी आधारभुत विद्यालयका प्रधानाध्यापक रामकृष्ण पाण्डेले स्थानयि परिवेश अनुसार खाजा फरक फरक खुवाउन सकिन्छ र खुवाउनु पर्छ । मेरो विद्यालयमा दालभात नै खुुवाउन पर्ने हुन्छ दालभात खुवाउदाँ विद्याथी खुसी भएकाछन् । सकेसम्म गरी विद्यार्थीलाई खुसी बनाउन सधै पकाएका खानेचिज नै खुवाउदै आएको छु । खाजा बनाउने भान्छे व्यवस्थापन गर्नु पर्छ अनि मात्र खाजा कार्यक्रम प्रभावकारी हुने धारणा राख्नु भयो ।

वडा अध्यक्ष बद्री प्रसाद जम्कटेलले कहिलेकाही लाग्छ सुन्न र भन्न मात्र जन्मेको हुँ कि जस्तो । जता ततै सुनाउने र भन्ने काम मात्र देख्छु । कसैले काम गर्दा यस्तो समस्या आयो भन्दैनन । मेरा वडाका विद्यालयमा अनुगमन गर्दा जंग फुड खुवाएको भेटेको छैन । भेटिएमा प्रधानाध्यापकसंग स्पष्टिकरण लिन्छु । अवको शैक्षिक सत्रमा खाज ाव्यवस्थित गर्नु पर्छ । दिवा खाजा कार्यक्रमको अनुगमन गर्दा अव्यवस्थित भयो व्यवस्थित गर्न अन्तरक्रिया गरिएको हो । कयौ विद्यालयले शिक्षकलाई तलव खुवाउन वा खाजा बनाउने भान्से पाल्न खाजाको पैसाबाट निकालेको छन् । काम पवित्र होला तर मिलेनेको छैन । त्यसो गर्न हुदैन । अव साझेदार संस्थाहरले खाजाको लागि आवश्यक बजेटको कम्तिमा ३० प्रतिशत वजेट व्यवस्थापन गर्ने गरी कार्यक्रम बनाउनुस । अनि साझेदारी हुन्छ । आँउने आर्थिक वर्षबाट खाजाको लागि गाँउपालिकाले केही व्यवस्था गर्ने कुरा छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सदस्य प्रमोदराज रुपाखेतीले कुनै पनि काम गर्दा नकारात्मक र सकारतत्मक पक्ष हुन्छ । सकारात्मक पक्षको प्रर्वद्धन गर्नुपर्छ । समस्याहरु आएपछि समाधान पनि खोज्नु पर्छ । सवै भन्दा पहिला अगुवाई गर्ने व्यक्ति वा पदाधिकारीको इच्छाशक्ति हुनु पर्छ । लादिएको कुनै पनि काम सफल हुदैन । सफल भई हालेपनि दिगो हुदैन । दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन वा व्यवस्थित गर्न अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, गाँउपालिका, संघसस्थाहरु एक ठाँउमा बसेर छलफल गर्नुको विकल्प छैन । स्थानीय सरकारले पहल कदमी लिनु पर्छ । गजुरी गाँउपालिका नै दिवा खाजामा नमुना बनाउने गरी काम गरौ भन्नु भयो ।

गजुरी र्गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खाद्य अधिकार सञ्जालले भानुभक्त मावि र केउरिनि आविमा दिवा खाजा कार्यक्रम अनुगमन गरी मेरो कार्यकक्षमा चैत २१ गते छलफल गर्नु आउनु भयो । छलफलमा प्रतिवेदन बुझाउनु भयो प्रतिवेदन हेरे । प्रअ र अनुगमनकर्ताको कुरा सुने । र खाद्य अधिकारको क्षेत्रमा काम गर्ने फियान नेपाललाई र शिक्षा शाखा सुजन भण्डारीलाई भने एउटा कार्यक्रम आयोजना गरौ । त्यही कार्यक्रम आज भयो । तर सवै प्रअले समस्या राख्नु भएन । किन राख्नु भएन मलाई थाहा भएन । विद्यालय खाजा व्यवस्थित नभएको कुरा सत्य हो भन्ने लागेर पनि होला । यस अघिका भएका कमीकम्जोरीबाट पाठ सिकेर अव खाजा व्यवस्थित बनाउनु पर्छ । अव्यवस्थित हुन अव छुट हुदैन ।

गजुरी गाँउपालिकाको शिक्षा स्वास्थ्य खानेपानी पहिलो शर्त हो । दिवा खाजा कार्यक्रम शिक्षा र स्वास्थयसंग सम्वन्धित छ । विद्यालयमा दिवा खाजा कार्यक्रम क्यान्टिनबाट खुवाउन पाइदैन । खाजा व्यवस्थापन गर्न गाँउपालिकाले समन्वय सहकार्य के गर्नुपर्छ । विद्यालयमा खाजा बनाउन भान्से चाहिने होला, भान्सा कोठा बनाउनु पर्ने होला, खानेपानी व्यवस्थापन गर्नु होला । यी सवै काम गर्छ । आँउने आर्थिक वर्षबाट खाजाका लागि बजेट वृद्धि भएन भने पनि गाँउपालिकाले थप्छ । तर दिवा खाजा व्यवस्थित हुने शर्तमा भन्नु भयो ।

गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भयो :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भएको छ । एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको बताउनुभयो ।

देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्दनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो । नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीको बारेमा सुनेको स्मरण समेत गर्नुभयो ।

पहिलो पटक रुविभ्यालीमा पाइला टेकेको भएपनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्नुहँुदै रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजितलगायतका बहुमुल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताउनुभयो । यस्ता बहुमुल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकार मार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने बताउनुभयो ।

धादिङबेसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो । रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीय स्थल पाङ्साङ् पाससम्म सडक संजाल पुर्याउन सकिने र आफु त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहोयाउनुभयो ।

नेपाल र चिनसँग जोड्ने सिमा पनि रुविभ्यालीमै पर्ने भएकोले रुविभ्यालीको जनतालाई केरुङसम्म जाने, व्यवसाय संचालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकप्टर मार्फत पुगेका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गर्नुभएको छ