Posts By सम्पादक

चित्रादविेवद्याि अाबिका विद्यार्थीलाई न्यानाे कपडा वितरण

धादिङ ।
नेकपा एमाले पाेखरा धादिङ सम्पर्क मञ्चले बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ८ मा रहेकाे चित्रादेबी आधारभूत विद्यालयमा न्यानाे कपडा वितरण गरेकाे छ ।
विद्यालयमा अध्यायनरत ४१ जना छात्रछात्रालाई न्यानाे कपडा र स्टेसनरी सामाग्री वितरण गरिएकाे नेकपा एमाले पाेखरा धादिङ सम्पर्क मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले जानकारीदिनुभयाे ।
गरिविका कारण लुगा किन्न नसकेर कठिन जाडाेकाे समस्या भाेगिरहेका यस क्षेत्रका विद्यार्थीहरुलाई राहत पुगाेस् भनेर कपडा र स्टेसन सामाग्री वितरण गरिएको हाे ।

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा राजाराम डंगोल

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन भएको छ।
तेस्रो अधिवेशनले राजाराम डंगोल को अध्यक्षतामा २३ जना कार्य समिती चयन गरेको छ। जसमा अध्यक्ष – राजाराम डंगोल,बरिष्ट उपाध्यक्ष – रजनी लामा ,प्रथम उपाध्यक्ष – राजाराम खकुराल ,महिला उपाध्यक्ष – दुर्गा बिडारी ,उपाध्यक्ष – रभी भट्टराई,इन्द्र मगर, एम जी तामाङ ,सचिब – एसोधा बिडारि,सह-सचिव – नबराज काप्री (धादिङ्गे भाले), देबि सिटौला,प्रबक्ता बिकास घिमिरे ,कोषाध्यक्ष – दशरथ डंगोल ,सह-कोषाध्यक्ष -माया लामा र सदस्य हरुमा ,असोक रोज रेग्मी ,किसन बिनायक,दिपेन्द्र कुलु,दिपक खड्का,बिपना अधिकारी ,भगवती थापा, सीता सुवेदी ,सुमन बि टि, दिपक बराल ,आँसु थापा मगर चयन भएका छन्।

पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन निबर्तमान अध्यक्ष रुपक परियारको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जंग शाह ,विशिस्ट अतिथिमा अमृत खाती ,उमा श्रेष्ट, सोभा पाठक ,सुरेस आचार्य ,धुनिबेशी ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी, ६ का रमेश आचार्य ,निलम पन्त , तेस्तै राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका महासचिब मान बहादुर तामाङ , सचिब प्रतिमा अर्याल ,नुवाकोट का अध्यक्ष दिनेश तामाङ , सचिब कारण तामांग ,काठमाण्डौ का महिला उपाध्यक्ष पार्वती बानिया , थाक्रे ११ का पन्चे बाजा समूह लगाएत बिभिन्न विधाका कलाकर्मी हरुको सहभागिता रहेको कार्यक्रममा बिबिध सास्कृतिक कार्यकम पनि भएको थियो।

बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

 

धादिङ ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर ५ पिडा निवासी राजेन्द्र भण्डारी निर्वाचित हुनुभएकाे छ । भण्डारी ४२ मतले प्रतिपर्धीलाई पछि पार्दै संघको अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । नेकपा एमाले निकट प्रगतिशील बैदेशिक रोजगार मञ्चका तर्फबाट उम्मेदवार बनेका भण्डारीले १ सय ९९ मत पाउनुभएकाे थियाे । नेपाली कांग्रेसका बागी उम्मेदवार भुवनसिंह गुरुङले १ सय ५७ मत पाएपाउनुभएकाे थियाे । नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार कुमुद खनालले १ सय ३१ र माओवादी र एकीकृत समाजवादीको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका इश्वर जिसीले १ सय २८ मत मात्रै प्राप्त गर्नुभएकाे थियाे ।
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघकाे प्रथम उपाध्यक्षमा डिगबहादुर खत्री (कुमार), द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल निर्वाचित हुनुभएकाे छ । यस्तै महासचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा सरिता घले , सचिवमा कर्णराज कटुवाल निर्वाचित हुनुभएकाे छ । सदस्यहरुमा राजेन्द्र बस्नेत, बिक्रम श्रेष्ठ, देविमाया थापा, बैंकुण्ठ प्रसाद पौड्याल बैभव, कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित हुनुभएकाे छ ।

तामझाम सहित बागमति प्रदेश प्याब्सन परिषदकाे उद्घाटन

धादिङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपालको (प्याब्सन) बागमती प्रदेश परिषद् भेलाकाे भव्य तामझाम सहित उद्घाटन गरिएको छ ।
धादिङबेसी पुच्छाबजार देखि १३ वटै जिल्लाको ब्यानर झाँकी सहितकाे र्याली गरिएको थियाे ।
बागमती प्रदेशका १३ जिल्ला अध्यक्षहरुको वार्षिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरि त्यस उपर छलफल गर्ने, कार्यक्रम संयोजकहरुको प्रतिवेदन, सचिवको साङ्गाठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत, गुणस्तरीय समयसापेक्ष र व्यवहारिक शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने बारे छलफल गर्ने बागमती प्देश कार्यसमिति अध्यक्ष केशवलाल श्रेष्ठले बताउनुभयाे
विभिन्न भेषभुषामा सहिएका विद्यार्थीले साँस्कृतिक प्रस्तुति समेत गरेका थिए ।
विचार विमर्श गर्नु, प्याब्सन केन्द्रका नीति तथा कार्यक्रमलाई जिल्ला, पालिका हुँदै विद्यालयसम्म पुर्याउन योजना बनाउनु, विभिन्न जिल्ला तथा पालिकाका प्याब्सन पदाधिकारी सदस्यहरुको सम्बन्ध थप प्रगाढ बनाउन, राज्य संयन्त्रसम्म प्याब्सनका धारणा, योजना र योगदानको विषयहरु पुर्याई थप सकारात्मक सम्बन्ध विकासका लागि पहल गर्ने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।

कप्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यतामा उद्ध्घाटन समारोहमा बागमती प्रदेश साम्सद गाेबिन्द लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विक निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विक लगायतले शुभकामना अातिथ्य रहेकाे थियाे ।

प्याब्सन बागमति प्रदेशले धादिङ घाेषणा जारी गर्ने

धादिङ ।
प्रथम बागमती प्रदेश प्याब्सन परिषद् भेला धादिङबेशीमा हुदै छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपालको (प्याब्सन) प्रदेश कार्य समिति बागमती प्रदेशको आयोजनामा भेला हुन लागेकाे पत्रकार सम्मेलन गरेर जानकारि गराईयाे
निजी विद्यालयका समस्या, सम्भावना र वृद्धि विकासका बारेमा छलफल गर्ने उद्धेश्यले माघ ६ र ७ गते भेला आयोजना गरिएको हो ।
१३ वटै जिल्लाका अध्यक्षहरुको वार्षिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरि त्यस उपर छलफल गर्ने, कार्यक्रम संयोजकहरुको प्रतिवेदन, सचिवको साङ्गाठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत, गुणस्तरीय समयसापेक्ष र व्यवहारिक शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउने बारे विचार विमर्श गर्नु, प्याब्सन केन्द्रका नीति तथा कार्यक्रमलाई जिल्ला, पालिका हुँदै विद्यालयसम्म पुरयाउन योजना बनाउनु, विभिन्न जिल्ला तथा पालिकाका प्याब्सन पदाधिकारी सदस्यहरुको सम्बन्ध थप प्रगाढ बनाउन, राज्य संयन्त्रसम्म प्याब्सनका धारणा, योजना र योगदानको विषयहरु पुर्याई थप सकारात्मक सम्बन्ध विकासका लागि पहल गर्ने उद्धेश्य रहेको आयोजकले जनाएको छ । भेलाले धादिङ घाेषणापत्र जारि गर्ने प्याब्सन बागमति प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयाे ।

सहुलियत कर्जाका लागि समझदारीपत्रमा हस्ताक्षर

धादिङ ।
ग्लाेबल आईएमई बैक र नीलकण्ठ नगरपालिका बीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम ग्लाेबल आईएमई बैंकमार्फत कार्यान्वयन गर्ने गरी व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे ।
धादिङबेशीमा आयोजित एक समारोहमा नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र ग्लाेबल आईएमई बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले सम्झौतामा हस्ताक्षर गर्नुभयाे । सम्झौता अनुसार चालू आर्थिक वर्षमा नीलकण्ठ नगरपालिकाका उद्यमशिलता विकास तालिम लिएका २८० उद्यमीले प्रत्यक्ष लाभ लिने छन् ।
सम्झौता लागू भएसँगै उद्यामीले नगरपालिकाको सिफारिसमा ग्लाेबल आईएमई बैंकबाट सहुलियत व्यजमा
कर्जा प्राप्त गर्नेछन् । उक्त कर्जामा उद्यमीले व्याजमा अनुदान पाउने छन् ।
सम्झौता बमोजिम महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्नेछन् । २ लाखसम्मकाे ऋण परियाेजना धिताे राखेर उपलब्ध गराईने व्यवस्था मिलाईएकाे छ भने यसभन्दा बढी १५ लाखसम्मकाे ऋण लिन धिताे राख्नुपर्ने छ

कृषि र पशुपंक्षी उद्याेग तथा व्यवसायका लागि दिईने अनुदान रकमकाे कुनैपनि किस्ता राेकियमा अनुदान कटाैती हुने सम्झाैतामा उल्लेख छ ।
गत २ वर्षअघि नेपालबैकसंग कर्जा सहुलियत अनुदान का लागि सम्झाैता भएकाे थियाे तर काम नभएपछि अहिले ग्लाेबल आईएमई बैंकसंग सम्झाैता गरेकाे हाे ।
नगरपालिकाले बैकसंग सम्झाैता गर्दा उद्यमशिलता विकास कार्यक्रम काे ७ चरण भएपनि सीप तालिम र परियाेजना छनाैट नभई गरियले यसलाई सुधार गर्नुपर्ने अवस्था रहेकाे यश विषयमा लामाे समयदेखि काम गर्दै अाएका वडाअध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयाे ।

अनुत्तरित प्रश्न ः मौरी किन हरायो ?

  •  शम्भु बस्नेत

धादिङ जिल्लाको गँगाजमुना वडा नं. १ मा पर्ने ताजिम्राङ गाउँका घाम ताप्दै मकै छोडाउँदै गरेका कृषक गम्पा तामाङसँग ग्रामिण जीवन र जीविकोपार्जनका बारेमा छलफल गर्ने अवसर प्राप्त भयो । यो अवसर भने बीएमजेड र डब्लुएचएचको आर्थिक साझेदारी र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) मार्फत सञ्चालित लान प्लस परियोजना द्वारा स्वास्थ्य संंस्थाहरूको सामुदायिक अङ्क–पत्र प्रयोग गरी कार्ययोजना बनाउने क्रममा विहानको फुर्सतमा भएको थियो । छलफलका क्रममा उनले भने पहिलेको जस्तो बालीनालीको उत्पादन हुँदैन् खै किन हो रु हुन त आजकाल पशु वस्तुकोसँख्या पनि पहिलोको भन्दा धेरै कम छ । अनि भूकम्प जानु अघि यस गाउँमा धेरैजसो घरमा दुईचार घार मौरी थिए । मह प्रशस्त पाईनथ्यो । लेख तिर गोठमा बस्दा पनि ठूला–ठूला रुखको धोद्रामा बसेका मौरी काडेर खाने गरिन्थ्यो । अहिले त मौरी गाउँमा छैन् र बनमा पनि भेटिंदैैनन् रु मौरी किन हरायो होला सर रु वहाँको जिज्ञासामा लेखकले प्रति प्रश्न गरे तपाईको विचारमा किन होला त रु मलाई त घरका छाना टिनको हालेको भएर धेरै तातिएर हराएको हो कि जस्तो लाग्दछ । अर्को तरकारी लगायत कतिपय बालीमा विषादिको प्रयोगले पनि मासिएको हुन कि रु यस्तै गुराँका ठूला ठूलारुख मासिएकाले पनि चरण कम भएर अन्तै गए कि रु हेर्नुस् त सामान्य ग्रामिण कृषक पनि पर्यावरण प्रति कति सचेत छन् ।

मौरीको महत्व
प्रत्येक्ष ः मह उत्पादन, मइन उत्पादन, रोयल जेली उत्पादन, कुट (पोलेन) उत्पादन, मौरीको विष सङ्कलन,
अप्रत्येक्ष ः फूलफूल्ने धेरै जसो वनस्पतिको पराग सेचन गरी बीउ उत्पादनमा सहयोग पु¥याउने र पर्यावरण सन्तुलनमा योगदान दिन्छ ।

अल्वर्ट आईन्स्टाइनका अनुसार “यदि पृथ्वीको सतहबाट सम्पूर्ण मौरीहरू गायव हुने हो भने, पृथ्वीको मानिसको अधिक आयु चार वर्षको मात्र हुने छ ।” भन्ने भनाईले मौरी मानव जीवनका लागि कति महत्व पूर्ण छ भन्ने पुष्टि गर्दछ । त्यसैले हामीले मौरीको संरक्षण तथा पालन गर्न जोड दिनु पर्ने देखिन्छ । यस्तै आजकाल मौरीलाई दिगो कृषि उत्पादनको लागि एक महत्वपूर्ण घटक मान्न थालिएको छ ।
नेपालका तराई देखि उच्च पहाड अर्थात समून्द्री सतहबाट ४००० मिटरसम्ममा मौरीका विभिन्न प्रजातीहरू पाईन्छन् । र नेपालमा प्राचिन काल देखि नै मौरी पालन गरिदैं आएको सर्बविधितै छ । नेपालमा पुत्का, कठौरी मौरी घरमौरी, घारेमौरी, भिरमौरी गरी पाँच प्रमुख प्रजातीका मौरीबाट मह सङ्कलन गरिन्छ । पुत्का सबै भन्दा सानो मौरी हो । यो प्रायः डुडेघार या सुकेको रुखको धोद्रामा बस्ने गर्दछ । पुत्काको मह सबै भन्दा बढी औषधिय महत्व भएको मानिन्छ । कठौरी पुत्का भन्दा अलि ठूलो र अन्य घरमौरी भन्दा सानो पहेंलो रंगको मौरी हो । यो सानो पोथ्रा या झाडिमा सानो अण्डाकारको चाका बनाउने मौरी हो । कठौरी मौरी आजकाल कमै मात्रामा भेटिने गरेको छ । घारेमौरी भने ठूला सिमलका रुखमा या घरको छतको बाहिर पटिको भागमा एउटा चाका लगाएर बस्ने ठूलो आकारको मौरी हो । भिर मौरी भने पहाडी भेगका ठूला भिरमा एक वा एक भन्दा बढी चाका बनाएर बस्ने ठूलो आकारको मौरी हो । यी मध्ये पुत्का र घरमौरीको पालन गर्ने गरिएको पाईन्छ । घरमौरीमा पनि तराईमा एपिस मेलीफेरा प्रजातिको मौरी ९युरोपिएन मौरी०को व्यवसायिक रुपमा पालन गर्ने गरिएको छ । एपिस मेलिफेराका पनि नेपालमा तीन उपप्रजाती भित्रिएको मानिएको छ । तर नेपालमा स्थानीय एपिस सेराना (एशियन) प्रजातिको मौरीे बेसी देखि उच्च पहाडसम्म पालन गरिन्छ । यीनमा पनि उचाई अनुसार फरक फरक जातको जस्तै सबैभन्दा तल्लो भेग र तराईमा पालन गरिने एपिस सेरेना इन्डिका, मध्य पहाडमा एपिस सेरेना सेरेना र उच्च पहाडमा एपिस सेरेना हिमालय उपप्रजातिका मौरीको पालन गरिन्छ ९लेखनाथ काफ्ले, हरि बहादुर केसी। २०१९० ।
कृषक गम्पा तामाङको प्रश्न सुने पछि ताजिम्राङ गाउँका घर तथा वरपर नियाल्दा जे देखियो प्रायः सबै घरका छाना देखि भ्याल्सी, टुडाल सबै स्थानमा ठूलो माकुराको जालोले ढाकिएको थियो । यस्तै विजुलीका तार र खम्बामा पनि माकुराको जालोले राम्रैसँग पासो थापिएको भान हुनेगरी ढाकेको देखियो । अन्य कुराको जानकारी लिन भने समयले भ्यइएन । गम्पा तामाङले भन्नु भयो “म अलि तलको बारीमा एउटा सानो ढुङ्गाले छाएको गोठ बनाएर मौरी पाल्ने सोचेको छु ।” कृषक पनि आफ्नो मन छुने विषयमा आफैं अनुसन्धान गर्दछन भन्ने कुरा तामाङको विचाले पुष्टि गर्दछ ।
मौरी कम हुनु या मासिनुमा थुप्रै कारणहरू हुनसक्दछन् । यसमा जानिफकारले थप्ने नै छन् । यहाँ केही कारणहरू उल्लेख गर्ने कोशिस गरिएको छ । जस्तै ः प्रतिकुल स्थानीय वातावरण, चरणमा कमि, माउसुली, माकुरा, अरिंगाल, बच्छौं, मलसाप्रो, चिवेचरा, मह खाने पुतली, कमिला आदि मौरीका प्रमुख सत्रु लाग्नु । मौरीको घरमा मौरीको सुलसुले ९mष्तभक० पर्नु । यस बाहेक मानिसले अनावश्यक रुपमा जथाभावि विषादिको प्रयोग गर्नुले पनि मौरीको संख्या घट्न जान्छ ।
नेपालको तराई देखि उच्च पहाड सम्ममा विभिन्न प्रकारका शुक्ष्म जलवायु पाईने र मौरीका पनि धेरै प्रजाति पाईने भएकाले पालन गर्नका लागि उपयुक्त वातावरण छ । सानो लगानी र थोरै मिहनतले मौरी पालन गर्न सकिन्छ । अध्ययनका अनुसार सेरेना प्रजातिका मौरीले प्रति वर्ष प्रति घार १० देखि ३० किलोग्रामसम्म महको उत्पादन गर्न सकिन्छ । मौरी पालक कृषकहरूका अनुसार १० देखि १५ घार मौरी व्यवस्थित तरिकाले पाल्न सकेको खण्डमा कतिपय अरवीय देशहरूमा गएर कमाएको भन्दा बढी आम्दानी घरपरिवारसँग बसेर कमाउन सकिन्छ । मौरीको चरणको विचार गर्ने, रोग तथा शत्रु जीवको व्वस्थापन गर्ने र मौसम अनुसार तातो चिसोबाट बचाउने हो भने धेरै मिहेनतको आवश्यकता पर्दैन् ।
—-
ली–बर्ड, पोखरा
ईमेल:-
[email protected], [email protected]

सेती खाेचमा विमान दुर्घटना, उद्धार हुँदै

पाेखरा/
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिनुभयो ।

तिनसय वर्ष पुरानाे पिण्डेश्वरी मन्दिरमा जात्रा

पिण्डेश्वरी मन्दिरमा जात्रा सम्पन्न
०१ माघ /गजुरी
गजुरीगाउँपालिका वडा नं.५ मा पर्ने पिण्डेश्वरी मन्दिरमा मघेसंक्रान्तिकाे अबसरमा (पाैष मसान्त)काे दिन श्रद्धालु भक्तजनद्वारा महादिप बालेर जाग्राम बसि रातभरि भजनकृतन गरेर जात्रा सम्पन्न भएकाे छ ।
हरेक वर्षको पुस मसान्तमा जात्रा लाग्ने पिण्डेश्वरी
मन्दिर विक्रम संवत् १७५५ पुस २४ मा निर्मित शिलालेखमा उल्लेख छ।
मन्दिरमा पितृकाे नाममा रातभर बत्ती बालेर जागाराम बस्ने गरिन्छ । गजुरी, पीडा, किराञ्चाेक, कुम्पुर लगायतका स्थानबाट बत्तिबाल्न र जात्रामा सहभागी हुन तिर्थालुहरु अाउने गरेका छन् ।
मन्दिर संरक्षण गर्न हामी सबैकाे दायित्व भएकाेले लागिरहेका छाैँ हाे,। मन्दिर भएकाे ठाउँ साँगुराे भएकाेले फराकिलाे बनाउन तलैबाट पर्खाल उठाउनु पर्ने देखिन्छ । मन्दिर समितिका अध्यक्ष शंकर थापाले सबैलाई मन्दिर संरक्षण र प्रवर्द्धन मा लाग्न अाग्रह गर्नुभयाे ।
निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत हुँदा अबिर केसरी लगायत पूजा खर्च भनेर बार्षिक ७२ हजार उपलब्ध गराएकाे थियाे , नवनिर्वाचित जनप्रतिनिधी आएपछि झन् पूजा खर्च बढेर आउला भनेकाे दस हजार घटेर जम्मा ६० हजार मात्र अायाे । ” मन्दिरकाे लागि यस्ताे राजनिती गर्नु राम्राे हाेइन । ” पुजारी नारायण तिमल्सिना बताउनुहुन्छ ।
“मन्दिरकाे लागि कुनै राजनिती गरेकाे हाेइन । मन्दिरकाे लागि म धेरै बाेल्दिन केही साेचेकाे छु हामी काम गर्छाैँ ।” वडाध्यक्ष गाेविन्द लामिछानेले बताउनुभयाे ।
“सधैँ मन्दिरमा बाजा बजाउने गरेकाे थियाे व्रतालुले नाचगान, भजनकृतन गरेर जाग्राम बस्न सजिलाे हुन्थ्याे । याे पटक त याे पनि नभएकाे र मन्दिरकाे गुठीकाे जग्गाकाे खाेजि गरेर मन्दिर संरक्षणमा प्रयाेग हाेस् भक्तजनको भनाई छ । सधैँ बज्ने गुठिकाे बाजा नराेकियाेस् ” व्रतालु भक्तजनहरुकाे गुनासाे रहेकाे छ ।
पिण्डेश्वरी बारे पाईएकाे कथा अनुसार एक जना गाेठाले गाई चराउन जङ्गल गएकाे र गाईकाे दुध बाच्छाले खाने क्रममा गाईकाे थुनबाट तपतप चुहिएर पिण्डेश्वरी पछाडि रहेकाे ढुङ्गामा परेकाे र गाेठालेलाई राति सपनामा याे दुङ्गामा यसरी दूध चुहिएकाे छ ।

याे ठाउँमा पिण्डेश्वरी देवीकाे रुपमा उपस्थित भएकाे र यहाँ मन्दिर निर्माण गरि पुजा गर्नु तर मन्दिर बनाउदा थाेरै आकास देखिने गरि बनाउनु भने अनुसार मन्दिर स्थापना गरि याे मन्दिर बनाइएकाे किम्बदन्ती रहेकाे कुरा निवर्तमान पुजारी गाेविन्द तिमल्सिना बताउनुहुन्छ ।

“मुटु भित्रकाे देश छ” सार्वजनीक

 

धादिङ /
केही समय अघि मात्र शार्वजनीक गरिएको चर्चित गीत “चोखो माया” गीतका गीतकार तथा कलाकार स्पन्दन विनोदको राष्ट्रिय भावले भरिएको गीत “मुटुभित्र देश छ” को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल बाहिर रहेर पनि साहित्यकारको छवि बनाउन सफल स्पन्दन विनोदको उक्त लिरिकल म्यूजिक भिडियो आफ्नै यूट्यूब च्यानल “स्पन्दन विनोद” मार्फत सार्वजनिक गरिएको हो ।

गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ। विशेषतः विभिन्न बाध्यात्मक परिस्थितिका कारण आफ्नो देश छोडेर विदेसिएका नेपालीहरूले आफू जहाँ गए पनि आफ्नो देशसँगै आफ्नो भाषा- साहित्य, कला, सँस्कृति सहितको नेपाली पहिचानलाई मुटुभित्र बोकेर हिडेका हुन्छन् भन्ने मार्मिक अभिब्यक्ति शशक्त रुपमा प्रस्तुत गरिएको छ।

कमल अधिकारीको संगीत संयोजन रहेको उक्त गीतमा पूजन मिश्रले स्वर दिनुभएकाे छ। उक्त म्यूजिक भिडियो ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो।

सुचनाको प्रभाव:गजुरी-५ चिसापानीमा भेटिएकि बृद्दाको आफन्त सम्पर्कमा आए

नवराज लामिछाने

धादिङ/गजुरी -धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ चिसोपानीमा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आएका छन् ।

नाम ठेगाउन बताउन नसक्ने मानसिक सन्तुलन ठिक नभएकी वृद्धा विगत एक हप्तादेखी चिसोपानी लगाएत आसपासमा  देखिनुभएको थियो । धादिङका विभिन्न मिडियाहरुमा वृद्धा फेला परेको सूचना समाचार प्रकाशन प्रशारण भएपछि वृद्धाको आफन्त सम्पर्कमा आएको सागर मिजार,दिपक मिजार लगाएत स्थानीय युवाले जानकारी दिनुभयो।

ति वृद्धा सिद्धलेक गाउँपालिका नलाङ घर भएकोे र उहाँको बुहारी र अरु आफन्त सम्पर्कमा आएपछि बुधबार जिम्मा लगाएर पठाएको मिजारले बताउनुभयो ।

गजुरी गाउँपालिकामा १७६ जना करार कर्मचारी:तलब खुवाउन मुस्किल

धादिङको गजुरी गाउँपालिकामा करार कर्मचारी १७६ जना रहेका छन्।त्यस भित्र गाउँपालिका,वडा,स्वास्थ्यमा १०२ जना र शिक्षक ७४ जना रहेका छन्।एमालेका राजेन्द्र बिक्रम बस्नेतको सरकारको पालामा गाउँपालिका र वडामा ३१ जना स्वास्थ्यमा २८ जना र शिक्षक भने ७४ जना नै रहेका थिय।

राजेन्द्र बस्नेत स्थानीय निर्वाचन २०७४ मा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिय।भने गणेशलाल श्रेष्ठ स्थानीय निर्वाचन २०७९ मा तत्कालीन गठबन्धनको तर्फबाट माओबादी केन्द्र बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिय।केही कर्मचारी बिज्ञापन प्रकाशन गरेर परिक्षा लिएर नियुक्त गरेर भने केही कर्मचारी विज्ञापन प्रकाशन नगरी राजनीतिक आधारमा नियुक्त गरे।

विज्ञापन निकालेर परिक्षामा सफल भएको कर्मचारीले काम गर्न नसकेपछि असफल बनाईएका परिक्षार्थि लाई पुनः नियुक्ति दियर काम गर्न लगायका सराेकारवाला बताउँछन्।त्यसले एउटै तहमा २ देखि ३ जनासम्म कर्मचारी छन्।एउटै वडा कार्यालयमा ७ जनासम्म कर्मचारी छन।वडा कार्यालयमै ३ जनासम्म कार्यालय सहयोगी रहेको पनि पाईयको छ।

प्रमुख प्रशासकीय अधिकृत लालबहादुर याेगि भने गाउँपालिका आउदैनन्।डकुमेन्ट लिएर हस्ताक्षर गराउन काठमाडौं जाने गरेको पाईन्छ।कहिले त प्रमुख प्रशासकियले हस्ताक्षर गर्नै नमानेको शाखा प्रमुखहरु बताउछन्।

कर्मचारी सङ्ख्या बढे सङ्गै कर्मचारीलाई तलब खुवाउन धौधौ परेको बताउँछन्।गाउँपालिका घाटामा गएको भन्दै याेजनाका विकास निर्माण काम ठप्प छन्।

गजुरी प्रथामिक स्वास्थ्य केन्द्रमै ७ जना कार्यालय सहयोगी

धादिङको गजुरी गाउँपालिका प्रथामिक स्वास्थ्य केन्द्रमा ७ जना कार्यालय सहयोगी रहेका छन्।अघिल्लो सरकारको पालामा ३ जना मात्र रहेको कार्यालय सहयोगी अहिले माओबादीबाट तारानाथ भण्डारी वडा अध्यक्षमा निर्वाचित भए सङ्गै कार्यकर्ता भर्ती केन्द्रको रूपमा कार्यालय सहयोगी नै ७ जना राखेका छन्।

एमालेका राजकुमार पण्डित वडा अध्यक्ष हुदा१ जना स्थायी दरबन्दी र दुई जना करार गरेर ३ जना मात्र सहयोगी रहेका थिय।सात जना कार्यालय सहयोगी हुदा पनि सरसफाइ र सेवा प्रवाहमा भने ढिलासुस्ती रहेका स्थानीय बताउछन्।कर्मचारी सङ्ख्या बढाय सङ्गै तलब खुवाउन गजुरी गाउँपालिका लाई धौधौ परेको छ।राजकुमार पण्डित स्थानीय निर्वाचन २०७४ मा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिय।भने तारानाथ भण्डारी माओबादीबाट गत स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षमा निर्वाचित भएका हुन।वडा अध्यक्षनै स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष हुने प्राबधान सङ्गै तारानाथ भण्डारी स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष भएका छन्।

प्रदेश १ मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गरेका थिए । कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

कथित बाेक्सि अराेपित पीडित महिलाद्वारा न्यायकाे माग

सिद्धलेक गाउँपालिका –२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई ०७९ पुस १७ गते कथित बाेक्सि आराेप लगाएर कुटपिट गर्ने छाेरीहरुसहित पतिलाई कारबाहि गर्न ०७९ पुस २४ गते इन्सेक जिल्ला प्रतिनिधि मार्फत आग्रह गर्नु भयो।पीडित का पति ५० वर्षीय बिरबहादुर सिलवाल, छाेरीहरु २७ वर्षीय सीता सिलवाल, २४ वर्षीय सिर्जना सिलवालले पुस १७ गते बिहान बाेक्सि बुढी भनेर कुटपिट गरेकाे आफु घाईते अवस्थामा भागेर ज्यान जाेगाएकाे पीडितले बताउनुभयाे।

धादिङ अस्पतालकाे ओसिएमसि मा पुस २४ गते ईन्सेककाे पहलमा उपचार भयाे।पटक पटक कुटपिट गरेर घाईते भएकाे बताउने पीडित अस्पताल उपचार गरेर पुस १८ गते घर जाँदा घरभित्र बस्न नदिएर २ रात चिसाेमा बाहिर बस्नुपरेपछि पुस २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयाे।जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भईरहेकाे बताएकाे छ । हाल माइतिपक्षकाे संरक्षणमा बस्नुभएका पीडितले आफुले हुर्काएकाे सन्तान र आफ्नाे भनिएकाे श्रीमानले घाईते हुनेगरि कुटेर घर निकाला गरेकाेले न्याउ दिलाउन ईन्सेकसंग आग्रह गर्नुभयाे।

आराेपित र पीडितलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पुस २१ गते उपस्थित गराएर अनुसन्धानका लागि भनेर छाडेकाे छ।घरबाट विस्थापित पीडित माईतिमा आश्रय लिएर बस्नुभएकाे छ।