Posts By सम्पादक

धादिङको विकासको लागि गर्नुपर्ने कामको फेहरिस्ता तयार गरि उपलब्ध गराउन गजेन्द्र थपलियाको अनुरोध

नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय महासचिव ईन्जिनियर गजेन्द्र थपलियाले शनिबार आफ्नाे फेसबुक सामाजिक सञ्जाल मार्फत पाँच अनुरोध सहित आफ्नाे निर्वाचन क्षेत्र सङ्गै धादिङ जिल्लाको समग्र बिकासको लागि नेकपा एमाले सरकारमा रहे पनि नरहे पनि आफ्नाे बलबुताले सकेको काम गर्ने बताएका छन्।थपलिया प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा धादिङ क्षेत्र नं.१प्रदेश सभा २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका थिय।उक्त निर्वाचनमा थपलियाले १२४९८ मत ल्याएका थिय।

पूर्व प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिको बिकास विज्ञ सल्लाहकार समेत रहेका थपलिया पाटिको सहरी विकास विभाग केन्द्रीय सचिव समेत हुन्।युवा पुस्ताले रुचायको र स्वच्छ छवि भएको नेता भित्र पर्ने थपलिया जिल्लाको पाटि कार्यक्रममा सक्रिय रूपमा लागिरहेका छन्।

थपलियाको फेसबुक स्टाटस्:
हार्दिक अनुराेध
१. सके भष्ट्राचार राेक्छु नसके आफू गर्दिन
२.सके बनाउँछु नसके बिर्गादिन
३.सके सहयाेग गर्छु नसके असहयाेग गर्दिन
४.सके जनतालाइ सुखी बनाउँछु नसके दुखी बनाउँदिन
५..सके विकास गर्छु नसके विनाश गर्दिन
नेकपा एमाले २०७९ मंसिर ४ को चुनावमा देशैभर लाेकप्रिय मतकाे आधारमा पहिलाे पार्टी हाे।भने धादिङ जिल्लामा पनि पहिलाेकाे साथै क्षेत्र नं.१ मा पनि पहिलाे र प्रदेश सभा १ (२) मा पनि पार्टी हुँदाहुँदै पनि धादिङ जिल्ला भरमा कुनै पनि प्रतिनिधीसभा तथा प्रदेशसभामा सदस्य निर्वाचित नभएकाे तिताे यथार्थ पनि हाे। चुनाव पश्चात गाउँपालिका स्तरसम्म धन्यवाद कार्यक्रम र समिक्षा बैठकमा सहभागिता भइसकेकाे छु।भने वडा र टाेलसम्म पछि आउने कुराकाे जानकारी गराउँदै मलाइ मत दिनुहुने १२४९८ मतदाता तथा प्राविधिक कारणले मत दिन नसके पनि मनैदेखि माया गर्नुहुने सम्पूर्ण धादिङका आदरणिय व्याक्तित्वहरूमा माथिका प्रतिवध्दता पालना गर्ने कुरा जानकारी गराउँदछु।
नेकपा एमालेको संघ र प्रदेशकाे सरकारमा भए पनि नभए पनि मेराे निर्वाचन क्षेत्रका २५ वडा मात्र हाेइन धादिङका १०४ वडा भरि बाटै विकास निर्माणका लागि गर्नुपर्ने कामहरूका फेहरिस्ता तयार गरि उपलब्ध गराइदिन पार्टी कमिटीलाइ अनुराेध गरियता भए पनि आम मतदाताले पनि यस कामलाइ सहयाेग गरिदिनुहुनेछ भन्ने आशा एवं अपेक्षा राखेकाेछु ।

इ.गजेन्द्र प्रसाद थपलिया
धादिङ

स्थानीय सरकारको प्राथमिकतामा पनि बालविवाह

लामो समय सामाजिक अभियन्ताको परिचय बनाएका देवनाथ योगी अहिले फरक भूमिकामा छन् । उनी अहिले सान्नी त्रिवेणी गाउँपालिका वडानं. ४ को अध्यक्षमा निर्वाचित भएका छन् । शिक्षण पेशाबाट राजिनामा दिएर स्थानीय निर्वाचनमा होमिएका योगीले सामाजिक अभियन्ताका रुपमा गरेको कामको राम्रो प्रतिफल पाए ।
सादा नेपाल र प्लान नेपालले सञ्चालन गर्ने बालविवाह बिरुद्धका अभियानमा प्रमुख अभियानकर्ताका रुपमा उनले काम गरे । किशोरी क्लव र युवा क्लवको सल्लाहकार भएर उनले सँधै सामाजिक अभियानमा हौशला थप्ने काम गरे । धार्मिक अगुवा, सामाजिक अभियन्ता र शिक्षकका रुपमा उनी चेतना अभियानमा लागिरहे ।
कालीकोटका धेरैजसो गाउँमा धामी, झाँक्रीहरुको कुरामा बिश्वास गर्छन् । त्यस्तो अबस्थामा धामी, झाँक्रीहरुलाई नै चेतना प्रवाहमा सामेल गराउने योजना बन्यो । त्यो योजनाको अगुवाई पनि योगीले नै गरे । संस्थाहरुले बनाएका योजना सफल बनाउन उनले गाउँगाउँमा धामी, झाँक्रीहरुको भेला गर्ने र त्यसको अगुवाई गर्ने काम गरे ।
सानो उमेरमा विवाह गर्नु धार्मिक तथा कानूनी रुपमा ठिक हुँदैन भन्ने सन्देश दिन धामी, झाँक्रीहरुको सहायता लिइयो । ‘बालविवाह बिरुद्धका सबैखालका अभियानहरु प्रभावकारी भएका छन् । मैले अभियन्ताका रुपमा काम गरें, अहिले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएको छु,’ उनले भने,‘विगतमा सिकेका सिपलाई अहिले स्थानीय सरकारमा पनि लागू गरिरहेको छु । बालविवाह न्यूनिकरण, सामाजिक गलत अभ्यासबिरुद्ध चेतना प्रवाहका कार्यक्रम तय गरिरहेको छु ।’
गाउँघरमा अहिले पनि वडा र सादा नेपालको सहकार्यमा किशोरकिशोरीलाई सचेत बनाउने बिभिन्न अभियानहरु चलाइरहेको उनले बताए । ‘धामी, झाँक्रीहरुलाई चेतना अभियानमा सामेल गराउने काम अहिले पनि जारी छ । हामीले पनि यस कार्यक्रमलाई महत्व दिएका छौं,’ उनले भने,‘शिक्षकका रुपमा लामो समय काम गरें । शिक्षक हुँदा पनि यस्ता चेतना दिने काम गरें । अहिले जनप्रतिनिधि भएर पनि त्यही कामलाई निरन्तरता दिएको छु ।’
अहिले बालविवाह न्यूनिकरणका लागि बालसंरक्षण समिति बनाएर बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको योगीले बताए । ‘टोलटोलमा पुगेर छलफल, भेला, सचेतना कार्यक्रम गर्ने काम भैरहेको छ । सादा नेपाल संस्थाको भूमिका निकै प्रभावकारी छ,’ उनले भने,‘बाल विवाहबिरुद्धको अभियान र सादा नेपाल पर्यायवाची जस्तो भएको छ । स्थानीय सरकारलाई पनि विगतमा भएका कामलाई निरन्तरता दिन सहज भएको छ ।’
हालसम्म भएका राम्रा अभ्यासहरुको अभिलेख राखेर थप योजनाहरु बनाइरहेको योगीले बताए । ‘हालसम्म संस्थाको अगुवाईमा भएका राम्रा र उदाहरणीय कामहरुको अभिलेख बनाएका छौं । त्यसबाट थप शिक्षा लिएर आगामी योजना बनाउन सहज भैरहेको छ,’ उनले भने,‘बालविवाह न्यूनिकरणलाई स्थानीय सरकारले पनि महत्व दिएको छ । संस्थाले गरेका राम्रा कार्यक्रमलाई हामीले अपनत्व ग्रहण गरिरहेका छौं ।’
सामाजिक चेतनाको अभियान निरन्तर चल्नुपर्ने भएकाले संघ संस्थाको सहकार्य स्थानीय तहका लागि आबश्यक हुने उनले बताए । ‘हामीले सँधैभरी सामाजिक चेतनाका अभियान चलाउनुपर्छ । स्थानीय सरकारले स्थानीय स्तरमा चेतना प्रवाहमा नै काम गर्ने हो,’ उनले भने,‘त्यसमा गैरसरकारी संस्थाले गरिरहेको सहयोग र सहकार्यले कार्यक्रमको दिगोपना हुन्छ । स्थानीय सरकारको सपना साकार पर्न मद्धत मिल्छ ।’ बालविवाह !!!

लामो समय सामाजिक अभियन्ताको परिचय बनाएका देवनाथ योगी अहिले फरक भूमिकामा छन् । उनी अहिले सान्नी त्रिवेणी गाउँपालिका वडानं. ४ को अध्यक्षमा निर्वाचित भएका छन् । शिक्षण पेशाबाट राजिनामा दिएर स्थानीय निर्वाचनमा होमिएका योगीले सामाजिक अभियन्ताका रुपमा गरेको कामको राम्रो प्रतिफल पाए ।
सादा नेपाल र प्लान नेपालले सञ्चालन गर्ने बालविवाह बिरुद्धका अभियानमा प्रमुख अभियानकर्ताका रुपमा उनले काम गरे । किशोरी क्लव र युवा क्लवको सल्लाहकार भएर उनले सँधै सामाजिक अभियानमा हौशला थप्ने काम गरे । धार्मिक अगुवा, सामाजिक अभियन्ता र शिक्षकका रुपमा उनी चेतना अभियानमा लागिरहे ।
कालीकोटका धेरैजसो गाउँमा धामी, झाँक्रीहरुको कुरामा बिश्वास गर्छन् । त्यस्तो अबस्थामा धामी, झाँक्रीहरुलाई नै चेतना प्रवाहमा सामेल गराउने योजना बन्यो । त्यो योजनाको अगुवाई पनि योगीले नै गरे । संस्थाहरुले बनाएका योजना सफल बनाउन उनले गाउँगाउँमा धामी, झाँक्रीहरुको भेला गर्ने र त्यसको अगुवाई गर्ने काम गरे ।
सानो उमेरमा विवाह गर्नु धार्मिक तथा कानूनी रुपमा ठिक हुँदैन भन्ने सन्देश दिन धामी, झाँक्रीहरुको सहायता लिइयो।‘बालविवाह बिरुद्धका सबैखालका अभियानहरु प्रभावकारी भएका छन् । मैले अभियन्ताका रुपमा काम गरें, अहिले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएको छु,’ उनले भने,‘विगतमा सिकेका सिपलाई अहिले स्थानीय सरकारमा पनि लागू गरिरहेको छु । बालविवाह न्यूनिकरण, सामाजिक गलत अभ्यासबिरुद्ध चेतना प्रवाहका कार्यक्रम तय गरिरहेको छु ।’
गाउँघरमा अहिले पनि वडा र सादा नेपालको सहकार्यमा किशोरकिशोरीलाई सचेत बनाउने बिभिन्न अभियानहरु चलाइरहेको उनले बताए । ‘धामी, झाँक्रीहरुलाई चेतना अभियानमा सामेल गराउने काम अहिले पनि जारी छ । हामीले पनि यस कार्यक्रमलाई महत्व दिएका छौं,’ उनले भने,‘शिक्षकका रुपमा लामो समय काम गरें । शिक्षक हुँदा पनि यस्ता चेतना दिने काम गरें । अहिले जनप्रतिनिधि भएर पनि त्यही कामलाई निरन्तरता दिएको छु ।’
अहिले बालविवाह न्यूनिकरणका लागि बालसंरक्षण समिति बनाएर बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको योगीले बताए।‘टोलटोलमा पुगेर छलफल, भेला, सचेतना कार्यक्रम गर्ने काम भैरहेको छ । सादा नेपाल संस्थाको भूमिका निकै प्रभावकारी छ,’ उनले भने,‘बाल विवाहबिरुद्धको अभियान र सादा नेपाल पर्यायवाची जस्तो भएको छ । स्थानीय सरकारलाई पनि विगतमा भएका कामलाई निरन्तरता दिन सहज भएको छ ।’
हालसम्म भएका राम्रा अभ्यासहरुको अभिलेख राखेर थप योजनाहरु बनाइरहेको योगीले बताए । ‘हालसम्म संस्थाको अगुवाईमा भएका राम्रा र उदाहरणीय कामहरुको अभिलेख बनाएका छौं । त्यसबाट थप शिक्षा लिएर आगामी योजना बनाउन सहज भैरहेको छ,’ उनले भने,‘बालविवाह न्यूनिकरणलाई स्थानीय सरकारले पनि महत्व दिएको छ । संस्थाले गरेका राम्रा कार्यक्रमलाई हामीले अपनत्व ग्रहण गरिरहेका छौं ।’
सामाजिक चेतनाको अभियान निरन्तर चल्नुपर्ने भएकाले संघ संस्थाको सहकार्य स्थानीय तहका लागि आबश्यक हुने उनले बताए । ‘हामीले सँधैभरी सामाजिक चेतनाका अभियान चलाउनुपर्छ । स्थानीय सरकारले स्थानीय स्तरमा चेतना प्रवाहमा नै काम गर्ने हो,’ उनले भने,‘त्यसमा गैरसरकारी संस्थाले गरिरहेको सहयोग र सहकार्यले कार्यक्रमको दिगोपना हुन्छ । स्थानीय सरकारको सपना साकार पर्न मद्धत मिल्छ ।’

राजेन्द्र पाण्डेले आशा मात्र देखाए, चार वर्ष बित्यो गजुरीका पहिरो विस्थापितका पीडा उस्तै

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्याे। जमिन चिरा पर्याे। घर र वस्तुभाउ बाँध्ने गोठहरू पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरू बारबिसेमा बस्दै आएका छन् । तीन वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । विस्थापित सुनमाया तामाङ भन्नुहुन्छ, “धेरै पटक आश्वासन पाइयो, टेन्ट छोड्ने दिन कहिल्यै आएन ।”

चामबास बारबिसेका २१ घरपरिवारका ९२ जना पहिराबाट प्रभावित छन् । सबैको व्यथा एकै छन् । कोही टेन्टमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालयले फेरिदिएको टेन्टमा पनि अहिले चिसोका कारण बसिसक्नु छैन । “पछिल्लो केही दिनयता चिसो बेस्सरी बढेको छ । बिहान ढिलोसम्म घाम लाग्दैन, साँझ चाँडै ओझेल आउँछ”, काखमा दूधे बच्चा च्यापेर घाम ताप्दै गर्नुभएकी सानुमाया तामाङ भन्नुहुन्छ, “जाडोमा बच्चा र वृद्ध बचाउन साह्रै गाह्रो भयो, अब त हामीलाई नझुक्याउनु, हाम्रो बासस्थानको व्यवस्था चाँडै गरिदिनुस् सरकार ।”

अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन।बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन्।सर्प, गड्यौलालगायत जनावर टेन्टमैै पस्छ।टेन्ट र जस्तापाताबाट तपतपी चुहिएको शीतले ओछ्यान नै छर्लप्प भिज्छ । हिजोआज वृद्धवृद्धाले आगो तापेरै साँझबिहान बिताइरहेका छन् । यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले पनि पटकपटक प्रत्यक्ष देखेका छन् । तर स्थायी प्रबन्ध मिलाउन सकेका छैनन्।आशैआसमा गुजारा गरिरहेका छन्।

बस्तीका गरा कान्लामा परेको चिरा अहिले पनि उस्तै छ । धाँजाहरू पुरिएका छैनन्, झन् बढ्दो छ । भूगर्भविद्ले पनि त्यो बस्तीमा पुनः बस्ती बसाउन मिल्दैन भनेका छन् । एक्काइस परिवारका हरेक घरमा छ र सातजना छन् । एउटा घरमा बच्चाहरु मात्रै दुईरतीनजना छन् । हिउँद र बर्खाको महिना जसोतसो कटाए पनि जाडो बढेसँगै उनीहरूको बिचल्ली छ ।

सुरक्षित स्थानमा पुनर्वास गराइदिन माग गर्दै थुप्रै पटक स्थानीय सरकारसामु गुहार माग्न पुगे । प्रदेश सरकार र केन्द्र सरकारसम्म पनि पटकपटक पुगेका छन् । नेताहरूले बस्ती सारिदिने आश्वासन पनि धेरै पटक दिए । स्थानीय तह चुनावअघि नै बस्ती सारिदिने ठूलै आशा देखाए । तर चार वर्ष आशैआशमा बित्न लाग्यो । न गाउँ नै फर्केर जान सकेका छन् न आफ्नै सुरले अन्त कतै सर्न सक्छन् ।

बस्ती सारिदिने आश्वासन पाएका उनीहरू स्थानीय तह चुनावमा नेताकै पछि लागेर पनि हिँडे । तर अहिले त्यही नेताले पनि बस्ती स्थानान्तरण गराउन सकिरहेका छैनन् । स्थानीय चुनाव अघिका आश्वासन पनि अहिले ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै भएको छ । गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरु अहिले निराश भएका छन् ।

स्थानीय तहको चुनाव अघिको वाचा पूरा नभए पनि गत भदौमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै आएर तपाइँहरूलाई तत्काल बसोबास सारिदिन्छु भन्नु भएर ठूलो विश्वासमा बसेको भए पनि अहिलेसम्म कुनै काम अघि नबढेको विस्थापित आइतराम तामाङले गुनासो सुनाउनुभयो । “मुख्यमन्त्रीज्यू नै आउनु भएर मिटिङमा तत्काल बसोबास सारिदिन्छु भन्नुभएको थियो । चुनाव सकिने बित्तिकै पनि सार्छौँ भन्नुभएको थियो । अहिलेसम्म केही गर्नुभएन । अब त फेरि सरकार परिवर्तन हुन लाग्यो अब त आशै मरिसक्यो”, तामाङले दुखेसो सुनाउनुभयो ।

विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरूमा खाद्यान्नको अभाव खड्किएको हो । पहिरो विस्तापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराउँदै आएको छ । तर दीर्घकालीन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

सम्झिनसक्नुको त्यो दिन

विसं २०७६ साउन ५ गतेको त्यो दिन । धनमाया तामाङ त्यो दिन सम्झँदै आँखाबाट आँसु झार्छिन् । आफ्नै घरमा बसिरहेको बेला एक्कासि हावाहुरी सहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो । घर, जमिन चिराचिरा पर्न थाल्यो । ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरूको भागाभाग हुन थाल्यो । त्यतिबेलै बस्ती छोडेकी धनमाया र उनका छिमेकीहरू आजसम्म फर्किएकै छैनन् ।

धनमायाको भन्दा कम्ता छैन सुनबहादुर तामाङको पीडा । भूकम्पले बाह्रबिसेको घर भत्काइदियो, अनुदानमा बन्दै गरेको घरमा बस्नसमेत पाउनुभएन । बाढीपहिराले डाँडै बग्यो, चार वर्षदेखि टेन्टभित्र श्रीमती आइतमाया तामाङसहित छ जनाको परिवार जसोतसो गुजारिरहेका छन् ।

सुनबहादुरको टेन्टभित्र एउटा खाट छ । नजिकै भान्छाको सामानहरू छरपष्ट छ । कोही त्यही खाटमा सुत्छन्, कोही भुइँमा । बर्खाको बेला हावाहुरी, पानी आउँदा भागाभाग, रुवाबासी चल्थ्यो । अहिले चिसोले त्यस्तै सताएको छ । साना बालबच्चा रुने, कराउने गर्छन् । सुनबहादुर भन्नुहुन्छ, “अहिले त जाडो बेस्सरी बढेको छ, रात कटाउन निकै कठिन छ ।” आफ्नो परिवारको विलाप सम्झेर बेलाबेलामा भक्कानिने गर्नुहुन्छ, सुनबहादुर । बारबिसेका २१ घरधुरी सबैको व्यथा एकै छन् ।

कागजमै सीमित छ सुरक्षित ठाउँमा सारिने निर्णय

स्थानीय सरकारले जग्गाको बन्दोबस्ती मिलाउने र प्रदेश सरकारले आवासको व्यवस्था गराइदिने पछिल्लो निर्णय भएको पनि चार महिना हुन लाग्यो लाग्यो । यस बीचमा देशमा दुईवटा निर्वाचन पनि सकियो । देशले नयाँ सरकार पाउँदैछ । प्रदेशमा पनि नयाँ सरकार आउँदैछ । तर विस्थापितको समस्या ज्यूँका त्यूँ छ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्षहरू र विस्थापितहरूबीच गत भदौ २६ गते भएको छलफल र तत्काल बस्ती सारिरिदिने निर्णय भएको थियो ।

जग्गा खरिद उपकमिटी बनाएर त्यो कमिटीले बुझाएको रिपोर्टअनुसार कार्यपालिकाले निर्णय गरेर जग्गा खरिद प्रक्रियामा अगाडि बढाउने निर्णय भएको थियो । चाँडोभन्दा चाँडो फास्ट ट्र्याकबाट जग्गा खरिद गर्न लागिपरेको जनप्रतिनिधिहरुले भनेका पनि थिए । अहिले पनि निरन्तर लागिरहेको र कार्यविधिअनुसार काम अघि बढिरहेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो।

मुख्यमन्त्री पाण्डेले विस्थापितहरूका नाममा जग्गा आएपछि प्रदेश सरकारले घर बनाउने बजेट व्यवस्थापन गरिदिने बताउनुभएको थियो । “प्रदेश सरकारसँग जग्गा खरिद गर्ने बजेट छैन, जतिसक्दो छिटो जग्गाको बन्दोबस्त गर्नुहोस्, घर बनाइदिने जिम्मा प्रदेश सरकारको भयो”, पाण्डेले भन्नुभएको थियो । तर अहिले प्रदेश सरकारको पनि त्यत्ति चासो देखाएको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भने विस्थापितको समस्यालाई उच्च प्राथमिकतामा राखेर छिटोभन्दा छिटो नयाँ बस्ती पहिचान गरेर कार्यविधिले तोकेअनुसारको प्रक्रिया अघि बढाइएको बताउनुभयो।रासस

ट्रमा सेन्टर र वीर अस्पतालको टसलका कारण धादिङको ठाकुर न्यौपानेको मृत्यु !

काठमाडौं । राजधानीको रत्नपार्कस्थित राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनामा परेका विरामीहरुलाई ल्याइने गर्दछ । विशेषगरि हाडजोर्नी सम्बन्धी समस्या परेका विरामीहरुको उपचार हुने ट्रमा सेन्टर राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान मातहत नै पर्दछ।सोही प्रतिष्ठानले वीर अस्पताललाई पनि चलाउँछ । तर, वीर अस्पताल र ट्रमा सेन्टरको समन्वय नहुँदा एक विरामीको ज्यान गएको छ ।

पृथ्वीराजमार्ग स्थित धादिङको गजुरीस्थित चालिसेमा गाडीको ठक्करबाट गम्भिर विरामी परेका ठाकुर न्यौपानेको चिकित्सकले बेवास्था गर्दा निधन भएको परिवारजनले बताएका छन् । आइतबार दुर्घटनामा परेपछि उनलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । दुर्घटनाका कारण पीसाबनली ब्लक भएपछि सो सम्बन्धी विज्ञ डाक्टरलाई उपलब्ध गराइदिन ट्रमा सेन्टरका प्रशासन समक्ष परिवारका आफन्तले अनुरोध गरेका थिए ।

उनीहरुले वीर अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई समेत खबर गरेका थिए । तर, मंगलबार विहानसम्म पनि विरामीलाई ट्रमा सेन्टरको ईमरजेन्सीमा राखियो । कुनै पनि विशेषज्ञ डाक्टरले हेरचाह गरेनन् । ‘ट्रमा सेन्टरमा छट्पटाइरहेका विरामीलाई वीर अस्पतालका डाक्टरले नहेर्दा रहेछन् । हामीले सबैलाई हारगुहार गर्यौँ । तर, कुनै विशेषज्ञ डाक्टर उपलब्ध भएनन्,’ विरामीका आफन्तले भने,‘अन्तिममा डाक्टरले नै हेर्न नपाई विरामीको निधन भयो।दियो पाेष्टबाट

आठौँ धादिङ महोत्सवको तेस्रो दिन आज यी कलाकार आउदै

धादिङबेशीमा जारी आठौँ धादिङ महोत्सवको आज तेस्रो दिन चर्चित गायक गायिका प्रकाश सपुत र प्रिति आले आउने भएका छन्।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित खुल्लामञ्चमा “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ जारी आठौँ धादिङ महोत्सवको आज तेस्रो दिन प्रकाश सपुत, प्रिति आले, रितु कँडेल, शोभा त्रिपाठी,बाल गायिका कमला घिमिरे,जानुका पौडेल(प्याकुली), सुदिप खतिवडा लगाएतका राष्ट्रिय तथा स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।पुष ७ गतेदेखि सुरु भएको महोत्सव पुष १७ गतेसम्म चल्नेछ।

धादिङ महोत्सवको सबै तयारी पुरा,आज २ बजे मुख्य मन्त्री पाण्डेले उद्घाटन गर्ने

धादिङ
आज देखि धादिङबशीमा हुने आठौँ धादिङ महोत्सवको तयारी पुरा भएको छ । बिहान १२ बजे पुछारबजार बाट झाँकी सहितले बजार परिक्रमा गरि दिउसो २ बजे महोत्सवको उद्घाटन हुने भएको छ ।

महोत्सवको उद्घघाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने भएका छन् । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुने छ ।
उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ।

धादिङको गजुरी २ बिहानि पम्पमा दुर्घटना एक जना महिलाको मृत्यु, १५ घाइते

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं.२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जना महिलाको मृत्यु भएको छ।भने१५ जना घाइते भएका छन् ।

बेलहियाबाट काठमाडौंतर्फ़ आउदै गरेको लु२ख २६४४ नम्बरको बस र लमजुङको बेशीतर्फ जादै गरेको बा२ख ४७६२ नम्बरको माइक्रोबस एक आपसमा ठोकिएको हो । माइक्रोबस बसमा सवार महिलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाईतेहरु केहिको गजुरी अस्पताल र गजुरी प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ।भने गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ।

आफ्नै सक्रियतामा सुरक्षित पानी पिउने गाउँ बन्दै गजुरीको सानोबाङ्गे

– नवराज लामिछाने

धादिङको गजुरी गाउँपालिका वडा नम्वर ८ साविक किराञ्चोक सानोबाङ्गेमा पानी शुद्दिकरणका लागि फिल्टर वितरण कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी “ भन्ने मुल नाराका साथ फिल्टर वितरण कार्यक्रम भएको थियो । स्थानीय सानोबाङ्गे जागरण कृषि समुहको पहल र शान्ती नेपालको सहजिकरणमा सानोबाङ्गे गाउको २१ घरधुरीलाइ फिल्टर बितरण गरेको हो । दुषित पानीजन्य रोगहरुबाट बच्नको लागि पानी शुद्दीकरण गर्ने भर्पर्दो माध्यम फिल्टर नै भएकोले आफ्नो समुहको सदस्यहरुलाइ समुहको कोषबाट फिल्टर खरिद गरि बितरण गरेको समुहका अध्यक्ष अक्कल बहादुर तामाङले बताउनुभयो । सबैका लागि र सधैका लागि सुरक्षित पानी पिउनका लागि फिल्टर प्रयोग गर्ने प्रतिबद्दता सहित २१ घरधुरीमा फिल्टर बितरण गरिएको हो।

पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । समुदायकै सक्रीयतामा सुरक्षित पानी पिउने गाउँ बनेपछी सफा र स्वच्छ गाउँ घोषणाका लागि सहजिकरण गर्ने शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठले जानकारी दिनुभयो ।

टीका भुजेलको पहलमा पल्लवी पण्डितलाई आर्थिक सहयोग

धादिङ । धादिङको गजुरी १ निवासी डरमाटोसाइटिस रोगका कारण विगत ३ वर्ष देखि उपचार गराई रहेकी २८ वर्षिय पल्लवी पण्डितलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

नेपाली कांग्रेश धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ का प्रदेश सचिव टीका भुजेलको पहल र विभिन्न व्यक्तिहरुको सहयोगमा रु.५१ हजार २४ रुपैयाँ रकम पल्लवी पण्डितलाई प्रदान गरिएको सचिव टीका भुजेलले जानकारी दिनु भएको छ।

डरमाटोसाइटिस रोगले पिडित पल्लवी पण्डित नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नं.१ की पुर्व कार्यालय सचिव समेत रहेकी थिइन्। पल्लवी पण्डितको सहयोगार्थ खोलिएको खातामा विभिन्न व्यक्तिबाट प्राप्त रकम आज शनिबार उनलाई प्रदान गरिएको हो ।

नेपाली काङ्ग्रेसका नेता बद्री अर्याल, सुर्यनारायण अधिकारी र धादिङ काठमाडौं ट्याक्सी सेवा समितिका बाबुकाजि श्रेष्ठको उपस्थितिमा उक्त रकम प्रदान गरिएको सचिव भुजेलले बताउनु भयो।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष पौडेल सम्मानित

काठमाडौँ
“न्याय, सम्मान र मर्यादित रोजगार, हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर आयोजित १४ औँ मानव अधिकार महाभेला काठमाडौँमा सम्पन्न भएको छ ।
पौरखी नेपालको संयोजनमा भएको महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था महासंघ, जागृति बाल तथा युवा सरोकार नेपाल, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, हामी, क्रिड्याक, युथ एडभोकी नेपाल, इन्सेक, स्वतन्त्रता अभियान, मानव अधिकार एलाइन्स, सिविन, चाइल्ड नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगायत १५० भन्दा बढी संस्थाहरूको सहकार्यमा सम्पन्न भएको छ । पौरखीका अध्यक्ष मञ्जु गुरुङको अध्यक्षतामा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर सहित राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगका पदाधिकारी, मानव अधिकारकर्मीहरू, नागरिक संघसंङ्गठनका प्रमुखहरु सहभागिता सम्पन्न कार्यक्रमको अवसरमा नेपालको मानव अधिकार संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बाल तथा युवामैत्री अभियान्ता जागृति बाल तथा युवा सरोकार नेपाल तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेल सम्मानित हुनुभएको छ। उहाँसँगसँगै युवा मानव अधिकारकर्मी गणेश घिमिरे, गिता पाण्डे, अधिकारकर्मी भोला भट्टराई, देविका तिमिल्सिना, मेनुका श्रेष्ठ, कृष्णबहादुर गुरुङ लगायतलाई पनि सम्मान गरिएको थियो । गत मंसिर २२ मा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उद्घाटन गर्नुभएको महाभेलाको अवसरमा देशभरी विभिन्न कार्यक्रम आयोजना गरी प्राप्त सुझावहरु समेटी घोषणापत्र समेत मस्यौदा गरिएको छ । समापन कार्यक्रममा शान्ति न्याय मानव अधिकारको संरक्षण प्रवद्र्धन, दण्डहिनता अन्त्यको लागि आवाज गोलबन्द बनाउँदै अघि बढ्ने प्रतिवद्धता अतिथिहरुले व्यक्त गरेका छन् । अधिकारकर्मीहरु डा. कपिल श्रेष्ठ, मिन बहादुर शाही, विदुर सुवेदी, नरेन खतिवडा, गणेश घिमिरे, प्रदिप पोख्रेल, भवानी खरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

पृथ्वीको भत्किन लागेको डिल डिलै हिँड्दा !!!

– लक्ष्मण शर्मा
——————

नेपालमा भूकम्पको कुरा गर्दा सानै छँदा भारतीय र तिब्बती जमिनका पाटाहरु सरेर, खप्टिएर भूकम्प जाने कुरा सुनेको हो। पछि नि मा वि तिर पढ्दा ती दुई पाटाहरुको बिचमा परेको टेथिस सागरको दुःखद अवसान भएको कुरा समेत थपियो। मि सु नारायण प्रसाद श्रेष्ठद्वारा लिखित सामाजिक शिक्षा ६ को पाठ्यपुस्तकमा त्यसको शीर्षक नै “टेथिस सागरको कथा” थियो । साइन्स पढ्न थाले पछि कतै “टेक्नोटिक ड्रिफ़्ट” को सिध्दान्त पढियो।यो सिद्दान्तका आविश्कारक Alfred Wegner ले के कसरी तथ्य जुटाएर, विष्लेषण गर्दै सिध्दान्त प्रतिपादन गरेकाथिए, मलाई अझै थाहा छैन। त्यो पनि कथा जस्तै त भयो। त्यो तिलस्मी लाग्ने कथामा पूर्वी अफ्रिकाबाट भाँचिएर सरेको जमिनको टुक्रा भारत बनेर हालको तिब्बती भूभागसंग ठोकिएको कुरा थियो। त्यहि ठक्करले महान हिमालय पर्वत श्रृंखला बनेर अझै अग्लो हुँदै छ रे। अझै पनि साइन्स भनेर के गर्नु, प्रयोग न प्रमाणमा सुनेको कुरा कथा जस्तै लाग्ने नै भयो।

२०१३ मा अमेरिकाको फूलब्राइटवाला (टिचिंग एक्सिलेन्सी अवार्ड) फेलोसिपमा छनौटमा पर्न केहि परियोजनाहरु बनाउनुपर्ने थियो। त्यहांको ग्रेड ९ को साइन्स विषयमा त्यहि पृथ्वीको पाताहरु सर्ने कुरा रहेछ, तर कसरी बुझाउलान्, पक्कै गार्हो होला, म केहि गर्छु भनेर योजना बनाएँ। कारण म हिमालयको पखेरोबाट गएको शिक्षक थिएँ, जहाँ त्यो महान घटनाको प्रमाणहरु हुनुपर्छ। यहि चुनौतिले सायद मलाई छान्यो पनि।मैले यो पाठलाई, शीर्षक ” टेक्नोटिक ड्रिफ्ट – एविडेन्सेज फ्रम द हिमालायज” बनाएकोथिएँ। त्यसको लागि मैले “अब्जेक्ट बेस्ड लर्निग” सिकाई रणनीति प्रयोग गरेको थिएँ। मैले त्यसको लागि स्वर्गीय टेथिस सागरबाट प्रमाणहरु जुटा्उनु थियो।सो समुद्री जीवको फोसिल भएको १ पाउ जतिको शालिग्राम बसन्तपुरमा ३०० रुपियाँमा किनेको थिएँ। त्यसैगरी सिरे नुन (हिमालयन साल्ट रे) को ढिक्कै जुटाएको थिएँ। अनि हाम्रो पहाडको टुप्पामा पाइने बालुवाको स्टक भएको रिपोर्ट र फोटो भिडियो भएको वेबलिंक थियो। यसले स्वाण्टन हाइस्कूल, ओहायोमा मेरो लेसन डेलिभरी र अन्तर्क्रियामा राम्रै गर्यो।पहिले त्यहाँ समुद्रको फोसिलमा जमीनवाला प्राचिन विरुवा, उन्‍युको छाप भनेर देखाउने साना साना ढुंगाहरु देखाउने गरेको रहेछ। मेरो मुठ्ठीभरिको शालिग्राम, सिरे नुन र भिडियो सामाग्री लिएर, छामेर हेरेर विद्यार्थीहरु रमाए। सधैँ सामाजिक शिक्षा जसरी पढाउनुपर्ने विषयवस्तुलाई साइन्स जसरी अवलोकन गराउँदै विशेषतामा छलफल गराउँदै, निर्कर्ष निकाल्दै पढाइयो भनेर म पनि सन्तुष्ट भएँ। मेरो गाइड गर्ने शिक्षकले खूब सराहना गरिन्, त्यो शालिग्राम, नुनको डल्लो तिनलाई नै उपहार दिैएर नेपाल फर्किएँ।

आज म केन्याको राजधानी नैरोबीबाट १०० कि मी जति पश्मिममा पर्ने नाइभाशा तालको छेउमा बसेर फुर्सदको उपयोग गर्दै यो स्ट्याटस लेखिरहेकोछु। यो ठाउँ पूर्वी अफ्रिकाको उत्तरदेखि दक्षिण हुदै जाने ६००० किमि जतिको बहुदेशीय ” ग्रेट रिफ़्ट भ्याली” मा पर्दो रहेछ। आज बिहान यता आउँदा ५०-६० फ़ीट फराकिलो र देखेजति लामो पृथ्वी चिरिएको देखेँ, के हो यो भनेर सोधेको लोकल इग्लिसमा राम्रो बुझिन। होटलमा आएर युट्युब हेरेको त यो ग्रेट रिफ्ट भनेकै अनौठो भौगर्भिक घटना पो रहेछ। अफ्रिकाको पूर्वी भाग त फेरि पहिले भारतीय खण्डले अफ्रिका छोडेर पूर्व उत्तरतिर हिन्द महासागर हुदै सरेर तिब्बतमा ठोकिन पुगे झैँ अहिले पनि छुट्टिँदै पो रहेछ। उत्तरमा येमनसंगै भएको एडेनको खाडी देखि मोजाम्बिकसम्म फाट्दै पो रहेछ। त्यो लाइमा पर्ने यो ग्रेट रिफ्ट भ्यालीमा जमिनमा अनौठा घटनाहरु भइरहेका रहेछन्। जि्उँदा र मरेका ज्वालामुखीहरु, ताल तलैयाहरु, तातो पानीका झरनाहरु, सल्फरका यौगिक आदि भएका लाभा जमेर बनेका चट्टनहरु सामान्य रहेछन।आज एउटा ज्वालामुखी पहाड पनि देखेँ। आज म पृथ्वीको अनौठो स्थान अर्थात भाँचिन लागेको डिलमा पो पुगेको रहेछु। (इच्छा हुनेले थप अध्ययन गर्नुहोला) ।

गाउँपालिका महासंघमा धादिङबाट दुई जना केन्द्रिय सदस्यमा चयन

गाउँपालिकाहरुको छाता संगठन राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो अधिवेशन सम्पन्न भएको छ। नव गठित उक्त कार्य समितिमा धादिङबाट दुई जना केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न उक्त अधिवेशनले धादिङबाट राष्ट्रिय गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा एमालेबाट निर्वाचित थाक्रे गाउँपालिकाकाका प्रमुख रामकुमार आचार्य र कांग्रेसबाट निर्वाचित नेत्रावती डवजोङको उप प्रमुख सितामायाँ गुरुङ चयन हुनु भएको हो।

सात सदस्यीय कार्य समितिमा स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसको महासंघको अध्यक्षमा पाण्डे र उपाध्यक्ष कांग्रेसको कोटाबाट जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन हुनुभएको छ ।

 

३७ सदस्यीय कार्य समितिमा स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्षमा पाण्डे र उपाध्यक्ष कांग्रेसको कोटाबाट जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन हुनु भएको छ भने कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन हुनु भएको छ ।

कार्य समितिको नामावलीहरुमा निम्न अनुसार रहेको छ।
अध्यक्ष : लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका
उपाध्यक्ष : लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका
महासचिव : खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका
सचिव : पार्वती सुनुवार, फिक्कल गाउँपालिका
कोषाध्यक्ष : उमेश भट्ट, अजयमेरु गाउँपालिका

त्यस्तै सदस्यहरुमा :
रामकुमार आचार्य थाक्रे, गाउँपालिका अध्यक्ष
सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष
इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष
लोकबहादुर मोक्तान, कैलाश गाउँपालिका अध्यक्ष
गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष
रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष
जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष
वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष
भवानी न्यौपाने, तिनाउ गाउँपालिका (वडासदस्य)
हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष
तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष
मञ्जु मल्ल खजुरा गाउँपालिका उपाध्यक्ष
दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष
प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष
दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष
सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष
उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष
सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष
सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष
दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष
विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष
निशान्त शर्मा, चिसंखगढी गाउँपालिका अध्यक्ष
शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष
दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष
लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष
भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष
पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष
सञ्जु प्याकुरेल, तादी गाउँपालिका उपाध्यक्ष
दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष
दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष
अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष रहनु भएको छ।

धादिङ महोत्सवमा बृहत कृषि मेला तथा प्रदर्शनी हुने, उत्कृष्ट हुने कृषकलाइ नगद पुरस्कार

आठौँ धादिङ महोत्सव २०७९ मा बृहत कृषि मेला तथा कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ ।
कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सवस्थलमा बृहत कृषि मेला तथा प्रदर्शनी हुन लागेको हो ।
कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाइ ९ विधामा बर्गिकरण गरिएको छ । हरेक विधामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान हात पार्नेहरुलाइ नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषि प्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा खाद्यान्न बाली समुह, दलहन बाली समुह, आलुवाली समुह, तरकारी बाली समुह, काउली बाली समुह, फलफुल बाली समुह, नगदेबाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवा आदी) मा प्रतिस्पर्धा गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङका प्रमुख होमनाथ लंसालले जानकारी दिनुभयो ।
किसानहरुले उत्पादन गरेको कृषि उपजहरु महोत्सव आयोजना स्थलमा पुस ६ गते विहान १० बजेदेखि ५ बजेसम्म र ७ गते विहान ७ बजेदेखि ११ बजेसम्म दर्ता गर्न सकिने महोत्सव मुल आयोजक समितिले जनाएको छ । प्रतिस्पर्धामा भाग लिएका सवै कृषकहरुको सवै समुहको उत्पादनलाइ प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीमा भाग लिन धादिङका कृषकहरुलाइ महोत्सव मुल आयोजक समितिले अनुरोध समेत गरेको छ ।
किसानहरुको कृषि उत्पादन बृृद्धि गराउन प्रोत्साहन गर्न तथा उनीहरुको मेहनतलाइ सम्मान गर्नको लागि कृषि उपजहरुको प्रतिस्पर्धा गराइएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो।

बालिका शिक्षाका स्थानीय सरकारले जोड दिन आग्रह

धादिङ ।
बालिका शिक्षाको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनेभएकोले यसका लागि काम गर्न जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले आग्रह गर्नुभएको छ।
मंगलबार धादिङबेसीमा शिक्षा पत्रकार समाजले आसमान नेपालको सहयोगमा आयोजना गरेको बालिका शिक्षाको नितिगत पैरवी तथा सिकाइ आदानप्रदान कार्यक्रममा शिक्षाको अधिकारप्राप्त गर्न बालिका शिक्षाका लागि सक्रियरुपमा काम गनुपर्नेमा जोड दिनुभयो ।
जिल्लाको १२ विद्यालय क्षेत्रमा यसअघि आसमान नेपाल, भि.एस.ओ र युके.एडद्वारा संचालन गरेको ‘किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएकोेले कार्यक्रमकोनिरन्तरताका लागि आग्रह समेत गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख अधिकारीले किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम उद्धेश्य अनुसार अगाडी बढीरहेको र पछिल्लो समय नितिगत भन्दा व्यवहारिक पक्ष कमजोर बन्दै गएकाले जिम्मेवार निकायहरुले गैरजिम्मेवार काम नगर्न अनुरोध पनि गर्नुभयो ।
जिल्ला समन्वयसमितिका उपप्र्मुख कुलमान वि.कले महिलालाई सशक्तिकरण र सक्षम बनाउने भएकोले शिक्षामा नै जोड दिनु पर्ने बताउनुभयो । स्थानिय, प्रदेश र संघ सरकारले खासगरिपछाडी पारिएको समुदायका बालिकाका लागि गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारसंग मिलेर साझेदारनिकायहरुले काम गनुपर्ने बताउनुभयो ।
जिल्ला शिक्षा समन्वय ईकाई धादिङका कृष्णकुमार श्रेष्ठले मिलेर काम गर्न चाहेको वताउनुभयो । उहाँले अन्य पालिकाहरुसंग पनि सहकार्य गरेर यस्ता किसिमका कार्यक्रम संचालन गर्नु पर्ने वताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नगरपालिका शिक्षाको विकासका लागि आवस्यककार्यक्रम गरिरहने बताउनुभयो ।
आसमान नेपालकी कृती केशरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, सहयात्री समाजकी राधिका सापकोटा, दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मगराती, बिभिन्न पालिकाका शिक्षा शाखाका प्रमुख, बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षक लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रम संचालन पत्रकार सिताराम अधिकारीले गर्नुभएको थियो ।
हिंसापीडित बालिका, विद्यालय बाहिर रहेका बालिकाहरुको शिक्षामा सहभागि गराउन बाधा र चुनौतीहरु धेरैरहेकोले यसलाई स्थानीय सरकारले समाधान गर्नका लागि सघाउनु पर्ने सहभागिहरुको माग रहेको थियो ।
–––

“कुँडो” बनाएर गाइबस्तुलाई खुवाउने सामानबाट अचार

धादिङ ।
कूँडोको रुपमा गाइबस्तुलाई खुवाउने खनियाबास र गंगाजमुनाका महिलाहरुले अचारबनाउन थालेका छन् ।
आफ्नै बारीमा पाइने सामाग्रीहरुबाट अचार बनाएर विक्रि गर्न सकिने भएपछि गंगाजमुना र खनियाबासका महिलाहरु तालिम लिएपछि खुसी भएका छन् ।
लप्सीको अचार, अमारोको अचार, गुन्द्रुक र भट्मासको अचार, मिक्स अचार, अमलाको क्याण्डी र मस्यौरा बनाउने सीप सिकाइएकोले समूदायमा आफूहरुले अचार बनाउन थालिएको बजारसमेत व्यवस्थापनका लागि लागेको खनियाबास गाउँपालिकाका पूर्णिमा तामाङले बताउनुभयो ।
केही कच्च पदार्थको अभाव भएका जस्तै अमलाको अचार, अकबरे खुर्सानीको अचार, गुन्द्रुक तथा सिन्कि बानउने विधि र आवश्यक सामाग्रीहरूको मात्राको बारेमा छलफल गरिएको थियो ।
“आफ्नै घरवरीपरी पाइने चिजबाट यस्ता मिठा परिकार बनाउन सकिने रहेछ । यस्तो तालिम पहिले नै लिन पाएको भए कति राम्रो हुने थियो”े पूर्णिमा तामाङको भनाइ छ।
स्थानीय स्तरमा नै भएका कच्चा पदार्थ जुन कुहिएर जाने या गाई भैंसिलाई कुँडो बनाएर खुवाउनु पर्ने वस्तुबाट यस्तो राम्रो र मिठो अचार बन्ने रहेछ ।
गंगाजमुना, खनियाबास र रुविभ्यालीमा पोषण सुरक्षाका लागि कृषि, खानेपाने, स्वच्छता तथा सरसफाई र प्राकृतिक संसाधन बिच अन्तरसम्बन्ध परियोजनाको समूहमा आवद्ध महिलाहरु तालिममा सहभागि भएपछि अचार बनाउन थालेका हुन् ।
सबै वडाबाट सहभागिता रहेको आचार नाउने तालिम लिएपछि आफ्नै बारीमा पाइने तरकारी तथा खाद्य सामाग्रीबाट शुद्ध र अर्गानिक अचार बनाउने सिप लिएपछि आफूहरुले अचार बनाउन थालिएको महिलाहरुले बताएका छन् ।
बि.एम.जेड. र डब्लु एच.एच.को आर्थिक साझेदारीमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) मार्फत धादिङको गंगाजमुना, खनियाबास र रुविभ्यालीमा पोषण सुरक्षाका लागि कृषि, खानेपाने, स्वच्छता तथा सरसफाई र प्राकृतिक संसाधन बिच अन्तरसम्बन्ध परियोजना सञ्चादलनमा रहेको छ ।
तालिममा गंगाजमुनामा ३२ महिला सहित ३५ जना र खनियाबासमा २३ जना महिला सहित २७ जनाको सहभागिता रहेको लिबर्डकाशम्भु बस्नेतले जानकारी दिनु भयो।
समूदायका महिलाहरुको आर्थिक विकासका लागि आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा अचार बनाउन रेखा शर्मा चौधरीले गर्नु भएको थियो ।