Posts By सम्पादक

मतदाताको खेतबारीमा डम्बर तामाङ

मंसिर ४ को निर्वाचन मिति नजिकिएसंगै धादिङ निर्वाचन क्षेत्र नम्बर २ (२) का राप्रपाका उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
खासगरि धान भित्र्याउने समय भएका कारण मतदाताहरु घरमा नभेटिएपछि उम्मेदवार खेतबारीमा पुग्नु भएको छ ।
उत्तरी विकटका जनताको हितमा काम गर्ने बताउँदै गाउँगाउँ पुग्नु भएका उम्मेदवार तामाङ गंगाजमुना गाउँवपालिकाको बसेरी, बुढाथुम, पुग्नु भएको छ । वर्ष लागेपछि गाउँमा यातायात साधन नचल्ने अवस्थामा समस्या भोगिरहेका मतदाताहरुको अपेक्षा अनुसार त्रिपुरासुन्दरीको सल्यानटार क्षेत्रबाट बसेरी रोड पिच गर्ने काममा आफू प्रतिवद्ध भएर लाग्ने उहाँको भनाइ छथियो । मतदाताहरु खेतबारीमा आइपुगेका उम्मेदवारलाई ताली बजाएर स्वागत गरेका थिए ।
–––

पार्टी अध्यक्ष ओलीद्वारा समवेदना व्यक्त

कुम्पुर÷
आफ्नो पिताको मृत्यु भएर आसोचमा बस्नु भएका धादिङ क्षेत्र नं १ प्रदेश सभा २ का नेकपा एमाले उम्मेदवार, बुद्धिजीवी परिषद् महासचिव, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिको विकास विज्ञ सल्लाहकार ईन्जिनियर गजेन्द्र थपलियालाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले समवेदना पत्र पठाउनुभएको छ ।
थपलियाको पिता शिव प्रसाद थपलियाको ८९ बर्षको उमेरमा निधनको ८ औ दिनमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलिबाट हस्तलिखित समवेदना पत्र पाटि स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश ईन्चार्ज काशीनाथ अधिकारीले बुधबार हस्तान्तरण गर्नुभयो ।
एमाले अध्यक्ष ओलीको समवेदना पत्र संग नेकपा एमाले स्थायी कमिटी सदस्य एवं लेखा आयोगका अध्यक्ष डा.।पुष्पराज कडेल, लेखा आयोग सदस्य मिनराज कडेल, जिफन्ट महासचिव लक्ष्मण शर्मा, प्रचार विभाग सदस्य चेतन अधिकारी, प्रदेश कमिटी सदस्य धुर्ब बिक, रङ्ग थपलिया लगायतका एमाले नेताहरु समवेदना दिन थपलियकाको घर पुग्नु भएको थियो ।
–––

जनताको मागको आधारमा विकासका काम गरे ः डा.रामकुमार अधिकारी

मैदी÷
नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको मागको आधारमा विकासका काम गरेको बताउनुभएको छ ।
बुधबार धादिङको ज्वालामुखी गाउँपालिकाको मैदीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार डा.अधिकारीले अघिल्लो पाँच बर्षे कार्यकालमा जनताको मागको आधारमा विकासका काम गरेकोउल्लेख गर्दै निरन्तर जनताकालागि लागि रहने बताउनुभएको हो ।
डा.रामकुमार अधिकारीले सम्पूर्ण धादिङबाशीको समृद्धिको सपना साकार पार्न, अधुरो र अपूर्ण विकास विकास पूर्ण बनाउन, निष्ठा र आदर्शको राजनितिलाई प्रवद्र्धन गर्नको लागि यसपटक पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।उहाँले गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर एमालेका उम्मेदवारलाईमतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् । उहाँले बुधबार ज्वालामुखीगाउँपालिका वडा नं १, २, र ३ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

राष्ट्रको स्वाभिमानलाई बलियो बनाउन एमालेको विजय अपरिहार्य ः त्रिपाठी

गल्छी/
नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले नेपालको स्वाभिमानलाई थप बलियो बनाउन एमालेको विजय अपरिहार्य रहेको बताउनुभएको छ ।
बुधबार धादिङको गल्छी गाउँपालिका वडा नं ४को कार्कीडाँडामा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटकार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्दै देशको स्वाभिमानलाई थप बलियो बनाउन नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको हो ।
उहाँले नेकपा एमाले जनताको पार्टी भएकाले सदैव जनताको हितका लागि काम गरेको बताउनुभयो । एमालेलाई सबै शक्ति मिलेर हराउन लागे पनि त्यो सफल नहुने त्रिपाठीले बताउनुभयो । गाउँको विकास एमालेले मात्र गर्ने भएकाले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले धादिङको समग्र विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएकोले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँले बुधबार गल्छी गाउँपालिकाको वडा नं ४, ५ र ७ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं १ को प्रदेश (क) का उमेदवार रमेश आचार्य, एमाले गाउँकमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो।
–––

निरन्तर विकासका लागि एमालेको सरकार आवश्यक ः लोहनी

मैदी/
नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले निरन्तर विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार धादिङको ज्वालामुखी गाउँपालिकाको मैदीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटकार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले नेपालको समग्र विकासको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको वताउनुभएको हो ।
लोहनीले बिगतमा एमालेले गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको भन्दै अबको निर्वाचनमा एमालेको जितसँगै बाँकी रहेका विकास निर्माणका काम र भावी योजनाहरु पुरा गर्ने बताउनुभयो ।
नेकपा एमालेले शुरु गरेको त्यतिवेलाको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । उम्मेदवार खेमप्रसाद लोहनीलेपर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि एमालेले कार्यक्रमहरु प्रतिवद्धतापत्रमा समेत उल्लेख गरेकोले योजना बनाएर काम गर्ने बताउनुभयो ।
आफ्नो पहलमा हालसालै ज्वालामुखी गाउँपालिकाको लागि बुढीगण्डकी मैदीकोट बृहत खानेपानी आयोजना स्विकृत भएको लोहनीले बताउनुभयो ।साथै पाँच बर्षे कार्यकालमा यो क्षेत्रको लागि बिभिन्न महत्वपुर्ण काम भएको र बाँकी रहेको अधुरा काम आगामी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।उहाँले बुधबार ज्वालामुखीगाउँपालिका वडा नं १, २ र ३ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश (ख) का उमेदवार डा.रामकुमार अधिकारी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––

ज्यामरुङका श्री ५ को बायुगुठी पीडितको पक्षमा काम गर्ने खेम लोहनीको प्रतिवद्धता

धादिङ ÷धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले धादिङको ज्यामरुङ र कटुञ्जेका श्री ५ को बायुगुठी पीडितको पक्षमा आफूरहेको र आफूसँधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ लगायतको अधिकांस स्थानीय नागरिकहरुको परापूर्वकाल देखि वसोवास, खेतीपाति गर्दै आएको श्री ५ को बायुगुठी जनाएको जमिनहरु बिगत आर्थिक वर्ष २०७३÷०७४ देखि अंंशवण्डा, बेचविखन गर्दा बन्ने जग्गाधनी प्रमाणपूर्जामा जग्गा धनीको नाम थर हटाइ मोही भन्ने शब्द जनाइएको प्रति पीडित समूदायले यस वर्ष आफ्नो समस्या समाधान गर्नेलाई मात्र मत दिने जनाएका थिए । ०७३÷७४ अघि रैकर रहेको जग्गाको तिरोतिर्नमात्र गुठीलाई तिर्नेगरिएको थियो ।
श्री ५ को बायु गुठी भनिउल्लेख गरि जग्गा धनीको नाम मोही उल्लेख भएकोले सबै जग्गा धनीकोस्वामित्वमा लालपूर्जा पाउनका लागि यसअघि आफूले पहल गरेको र आगामी दिनमा आफू पदमा रहे वा नरहे पनि गुठी पीडितको लागि लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैगरि नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले एमाले सरकार बनाएर गुठीका सबैसमस्या समाधान गर्ने बताउनुभयो। श्री ५ हराइ सकेको अवस्थामा श्री ५ को बायु गुठी रहनु दुखद भएको भन्दै बायुगुठी मोही भनिएकाहरुको नाममा लाल पुर्जा दिनेकुरामा एमालेले समस्या समाधान गर्ने उहाँको भनाइ छ ।
–––

सडक पक्की बनाउन सुनौलाबजार मतदाताको माग

सुनौलाबजार/
धादिङ क्षेत्रनम्बर १ (१) का प्रदेश सभाका नेकपा एमाले उम्मेदवार डा.रामकुमार अधिकारीले यस अघि प्रदेससभा सदस्य भएर गरेको विकासका काम निरन्तर अघि बढाउन मतदाताहरुले आग्रह गरेका छन् ।
धादिङको सुनैलाबजारमा आयोजित मतदाताहरुसंगको भेटघाटको क्रममा मतदाताहरुले यस क्षेत्रकोको काम डा. अधिकारीको पहलमा भएकोले विकास रसमृद्धिका लागि निरन्तर लाग्न आग्रह गरेका छन् ।
मतदाता भेटघाटको क्रममा डा. अधिकारीले सडक पिच गरेर सदरमुकाम जोड्ने, विकासका योजनाहरुमा जनताको माग अनुसार आफूले निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँका समस्या धेरै छन् । यसलाई प्राथमिकता गरेर अति आवस्यक कार्यक्रम पहिला गर्ने, उपलब्ध श्रोत र साधन जनताका लागि प्रयोग गर्ने डा.अधिकारीकोभनाइ छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र ६ मा मा मतदताता भेटघाट गर्नुभएको छ। मतदाताहरुको अपेक्षा र आफूले जनताको लागि गरिने बाचापत्र बोकेर डा. अधिकारी चुनावी मैदानमा उत्रिनुभएको छ ।
–––

सल्यानटार कुमाल र दरई समूदायको समस्या समाधान गर्ने डम्बर तामाङको प्रतिवद्धता

सल्यानटार / धादिङ क्षेत्र नं २ (२) का प्रदेश सभा राप्रपाका उम्मेदवार डम्बर तामाङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
नेकपा एमालेसंग तालमेल गरि प्रदेशसभामा राप्रपाको उम्मेदवार रहेको छ । प्रतिनिधिसभामा खेम लोहनीलाईसूर्य चिन्हमा र प्रदेश सभामा राप्रपाका डम्बर तामाङलाई जिताउन आग्रह गर्दै उम्मेदवार तामाङ कुमाल र दरई समूदायको घरदैलोमा पुग्नु भएको हो ।
लामो समयदेखि विकास र समृद्धिको सपना देखाएर पनि गाउँको विकास नभएका कारण आर्थिक वृद्धि गर्न नपाएका पछाडी पारिएका दरई कुमालहरुले गाउँमा विकासका काम गर्नेलाई मत दिने बताएको स्थानीय संगिता कुमालले बताउनुभयो ।
जनताको माग अनुसार आफू प्रदेशस सभामा पुगेर विकासका कार्यक्रमहरु ल्याउने र गरिवहरुको आर्थिक विकास गर्ने कायृक्रम संचालन गर्ने उम्मेदवार तामाङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले र राप्रपाका नेता कार्यकर्ता सहभागि भएका छन् ।
–––

दुर्गमबस्तीको विकास एमालेले मात्र गर्छ ः भुमि त्रिपाठी

जवाङ ÷ नेकपा एमाले उम्मेदवार गाउँमा पुग्दा गाउँबासीले भव्य स्वागत गरेका छन् ।
दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका स्थित जबाङ पुग्नु भएका एमाले प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठीलाई गाउँबासीले फूलमालाले स्वागत गरेका हुन् ।
मतदाता भेटघाटमा पुग्नु भएका त्रिपाठीसहित एमाले नेताहरुलाई गाउँबासीले फुलको माला बनाएर घरघरबाट ल्याएरस्वागत गरेका थिए ।
एमाले नेताहरुलाई गाउँबासी आफैँ मादल समेत घरबाट ल्याएर स्थानीय भाकामा गित गाएर समेत गरेका थिए। गाउँको विकास पहिले पनि एमालेले गर्न सुरु गरेकोले अबको दिनमा समेत एमालेले विकास गर्नका लागि माग समेत गरेका छन् ।
धादिङ क्षेत्र नं १ को नेकपा एमालेका संघिय सांसद उम्मेदवार भुमि त्रिपाठीले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
सोमबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.१० जवाङमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभयो ।
धादिङको समग्र विकासका लागि योजना बनाएर अघि बढेको भन्दै उहाँले विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभयो ।सत्ता गठबन्धनले अहिलेसम्म राम्रो काम गर्न नसकेको र भविष्यमा पनि गर्न नसक्ने भएकाले एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।
दुर्गम बस्तीको विकास गर्न एमालेनै चाहिने भन्दै उम्मेदवार त्रिपाठीले चेपाङहरुको जिवनस्तर उकास्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘धादिङको टोलटोलमा एमाले पुगिसकेको छ,नागरिकको माग बमोजिम विकासका काम गर्दै आएको छ ।’ गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा काम गर्न एमालेनै आवश्यक भएको बताउनुभयो । साथै समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा ३ सय भन्दा बढि सहभागी जवाङबासीले महिला भवन बनाउनको लागि सहयोग गर्न र जितेपछी गाउँमा आउन आग्रह गरेका छन् । गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई भव्य स्वागत गरिएको थियो। उहाँले आज सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ को बिशालटार, वडा नं ३ को ओरवाङ लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभा सदस्य उम्मेदवार भूमि त्रिपाठी बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ को टोलबस्तीमा मतदातासंग भेटघाटमा हुनुहुन्छ ।
–––

समृद्धि र विकासका लागि एमालेले जित्नै पर्ने ः उम्मेदवार खेम लोहनी

सुनौलाबजार/ नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार खेम प्रसाद लोहनीले नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र ६ मा मतदाता भेटघाट तथा घरदैलो गर्नुभएको छ ।
सोमबार मतदाता भेटघाट गर्न जनताको घर घरमा पुग्नु भएका लोहनीले देशलाई अग्रगमन र समृद्धि तर्फ लैजान नेकपा एमालेले बहुमत ल्याउन आवश्यक रहेकोले जसरी पनि नेकपा एमालेका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभयो ।
नेकपा एमालेले ९ महिने सरकारको पालादेखि शुरु गरेको योजनाहरु, देश विकासको सपना र लक्ष्यलाई पूरा गर्न नेकपा एमालेको बहुमत प्राप्त सरकारले मात्रै गर्न सक्ने भएकोले मतदाताले ढुक्क भएर नेकपा एमालेलाई मत दिन आग्रह गर्नुभयो ।
विपन्न नागरिकको जिवनस्तर सुधार र महिला, दलित, अपाङ्ग, जेष्ठनागरिक सवैको सामाजिक सुरक्षाको ग्यारेन्टी नेकपा एमाले मात्रै गर्ने भएकोले नेकपा एमाले पार्टीलाई मत दिएर जिताउन लोहनीको अनुरोध छ ।
गाउँमा यस अघि भएका यावत विकासका काम एमालेको जितले मात्र जनताको जित हुने बताउँदै सडक, खानेपानी, व्यवसायिक शिक्षा एमालेले नारामा मात्रनभइ व्यवहारमा गरेर देखाउने उम्मेदवार लोहनीको भनाइ छ ।
नेकपा एमाले प्रतिनिधिसभा उम्मेदवार लोहनी र प्रदेशसभा उम्मेदवार डा रामकुमार अधिकारी विकास र र समृद्धिको कुरा लिए मतदाताको घरदैलोमा पुग्नु भएको हो ।
–––

अध्ययन र संघर्षबाट खारिएका बौद्धिक नेता खेम लोहनी

 केशव अधिकारी
धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनीको जन्म २०१७ साल साउन २२ गते धादिङको चैनपुर गाँउ विकास समितिको वडा नम्बर ३ हालको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा भएको हो । अंग्रेजीमा एम.एड र ग्रामीण विकासमा एम.ए सम्मको अध्ययन पुरा गर्नुभएका लोहनीले समाजशास्त्रमा पिएचडिको तयारी गरिरहनु भएको छ ।
२०३५ सालमा बिद्यार्र्थी राजनितीवाट वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएका लोहनीले २०३६ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा तत्कालिन नेकपा मालेको बिद्यार्थि संगठनको प्रारम्भिक कमिटीको अध्यक्ष र स्ववियुको कोषाध्यक्षको जिम्मेवारी वहन गर्नुभएको थियो । यसैगरी २०३९ सालमा त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरको सदस्य हुंदै २०४० सालमा अनेरास्ववियु वागमती अंचल क्षेत्रीय कमिटीको उपाध्यक्ष हुनुभएका लोहनी २०४२ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मंच धादिङको अध्यक्ष भएर जिल्लाको पार्र्टी राजनितीमा सक्रिय रहँदै आउनु भएको छ ।
पार्टी संगठनले दिएको हरेक जिम्मेवारीलाई कुशलतापुर्वक वहन गर्दै अगाडी बढ्ने क्षमता भएका कारण लोहनीलाई २०४४ सालमा पार्टीले जिल्ला पञ्चायतको जनपक्षिय उपसभापतीको उम्मेदवार समेत वनाएको थियो । २०४२ सालदेखिनै जिल्ला पार्टीमा सक्रिय रहनुभएका लोहनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ ( प्ररायुसंघ नेपाल ) हालको राष्ट्रिय युवा संघको २०४७ सालमा स्थापना भएलगत्तै धादिङ जिल्ला समितिको संस्थापक अध्यक्षको बनेर नेत्तृत्व सम्हाल्नु भएको थियो । पार्र्टीमा विभिन्न तहको जिम्मेवारी सम्हाल्दै अघि बढ्नेक्रममा २०४७ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाउनुभएका लोहनीले २०५१ देखि २०५४ सम्म जिल्ला कमिटीको उपसचिवको जिम्मेवारी समेत बहन गर्नु भएको थियो । २०४९ सालमा जिल्ला विकास समितिको सभापती पदमा उम्मेदवारी दिएर पराजित हुनुभएका लोहनीले २०५४ सालमा भने जिविस सभापती पदमा विजय हासिल गरेर पांच बर्ष सम्म कुशलताका साथ जिल्ला विकास समिति संचालन मात्रै गर्नु भएन जिल्लामा विकासका योजना तयार पारी कार्यान्वयनको शुरुवात गर्नुभएको थियो । लोहनीले जिविस सभापति भएको बेला ल्याउनुभएको विकासका योजना र कार्यक्रमहरुका कारण अहिले पनि उहां समाजमा लोकप्रिय रहनुभएको छ । जिविसको सभापती हुंदा धादिङको मुहार फेर्ने कामको अगुवाई गर्नुभएका लोहनीको नेत्तृत्वमा रहेको तत्कालिन जिल्ला विकास समितिलाई धादिङको विकास र निर्माणका लागि स्वर्णिम अवधि समेत मानिन्छ ।
नेकपा एमालेको वाग्मती अञ्चल कमिटीको सदस्य एवम स्कुल विभाग प्रमुखको जिम्मेवारी पुरा गर्दै पछिल्लो समयमा वाग्मती अञ्चल कमिटीको सदस्य एवम राष्ट्रिय प्रतिनिधी परिषद सदस्यको जिम्मेवारीमा रहनुभएका लोहनी २०६९ फागुन १८–२० धादिङबेसीमा सम्पन्न पार्टीको सातौं जिल्ला अधिबेशनवाट एमालेको जिल्ला अध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको थियो । जिल्ला अध्यक्ष बहाल रहेकै बेला पार्टीको नवौं महाधिबेशनबाट केन्द्रिय सदस्यमा चयन भएपछि लोहनीले २०७१ साल साउन ३ गते नेकपा एमाले धादिङको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कमिटीका उपाध्यक्ष भुमि त्रिपाठीलाई दिनु भएको थियो । २०७० सालमा लोहनी पार्टीको जिल्ला अध्यक्ष रहेकै बेला नेकपा एमालेले त्यति बेलाको ३ वटै क्षेत्रमा आफ्ना सूर्यध्वजा बाहक उम्मेदवार जिताउन सफल हुनु भएको थियो ।
एमालेको नवौं महाधिबेशनवाट केन्द्रिय सदस्य चयन हुनु भएका लोहनी १० औं महाधिबेनबाट पनि केन्द्रिय सदस्य निर्वाचित भई अहिले धादिङ जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।
राजनिती संगै विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएका लोहनी नेपाल चिन हिमालय मैत्री समाज (नेचिप्स) को केन्द्रिय सदस्य एवम धादिङ जिल्ला अध्यक्ष, मदन भण्डारी फाउण्डेशनका साथै धादिङ सामुदायिक आंखा केन्द्रको अध्यक्षको जिम्मेवारी पनि वहन गरि सक्नु भएको छ ।
राजनितीसंगै अध्ययन र सामाजिक क्षेत्रका कार्यलाई पनि निरन्तरता दिदै आर्ईरहनुभएका लोहनी सुशासन, क्षमता अभिबृद्धि लगायतका बिषयका राष्ट्रिय स्तरका प्रशिक्षक समेत हुनुहुन्छ । आंफुसंग भएको सिप र क्षमतालाई सहि काममा सदुपयोग गर्नुपर्छ भन्ने मान्यता लोहनीको छ । कम वोल्ने र तार्किक बिषयवाट अभिव्यक्ति दिने लोहनीको बिशेषता हो ।
२०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका लोहनीले ५ बर्षको अवधिमा जे जति काम गर्नु भएको छ त्यसले जिल्लाको निर्वाचन क्षेत्रको विकास र परिवर्तनका लागि महत्वपूर्ण स्थान ओगटेको छ ।
क– प्रतिनिधि सभामा महत्वपूर्ण भूमिका
प्रतिनिधि सभा सदस्यका रुपमा लोहनी संसदमा राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त निती दायित्व अनुगमन,निरिक्षण मूल्याङ्कन समितिको सदस्यका रुपमा संसद भित्र बिशेष भूमिका निर्वाह गर्नु भएको थियो । यसै गरी प्रतिनिधि सभा अन्र्तगत रहेको महिला बालवालिका तथा सामाजिक समितिको सदस्यको हैसियतले २५० वटा कानूनको प्रस्तावक हुनुका साथै ९२ वटा कानून पारित गराउन लोहनीको समेत सक्रिय सहभागिता रहेको थियो ।
ख– सडक निर्माण र स्तर उन्नती
सांसद भएपछि हरेक नागरिकले आफ्नो गाउँ ठाउँमा केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वभाविक भएको उहाँ वताउनु हुन्छ । यसैक्रममा जिल्लाको २ नम्बर क्षेत्रमा सडक पूर्वाधार र विकासका केही कामको शुरुवात लोहनीले गराउनु भएको छ ।
लोहनीको अगुवाईमा भएका मुख्य योजनाहरुमा धादिङबेसी–साङकोष तिप्लिङ सडक निर्माण तथा स्तरोन्नती, लामो समय देखि रोकिन पुगेको मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई निरन्तरता, निर्वाचन क्षेण रणनैतिक सडक अन्र्तगत सिरुवेसी,गोलाङ, आगिन्चोक, फुलखर्क रि सडक निर्माण कार्यको सुरुवात गर्न सफल हुनु भएको छ ।
यसै गरी धादिङबेसी भ¥याङ भुरुङ सडक कालोपत्रे गर्ने योजना तर्जुमा तथा कार्यान्वयनमा सांसद लोहनीको भूमिका रहेको छ । यसै बिचमा धादिङबेसी सल्यानटार सडक कालोपत्रे भएको छ भने धादिङबेसी सुनौलावजार सडकलाई कालोपत्रे गर्ने कार्य भईरहेको छ ।
ग– बुढीगण्डकी जलविद्युत आयोजनामा जनताको साथ
राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलबिद्युत्त आयोजनाको मुआव्जा बितरण कार्यलाई व्यवस्थित बनाउन सांसदको हैसियतले लोहनीले सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो । जसको परिणामस्वरुप मुआव्जा वितरण अन्तिम चरणमा पुगेको छ।
घ– पूर्वाधार निर्माणमा योगदान
विकासका पूर्वाधार अन्र्तगत भुकम्पले भत्किएका बिद्यालय, स्वास्थ्य चौकी, स्थानीय तहका कार्यालयहरुको पक्कि संरचना निर्माणका लागि पनि लोहनीले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयन चरणमा समन्वय र सहयोग पु¥याउनु भएको थियो । लोहनीको पहलमा गंगाजमुना गाउँपालिकाको बसेरीमा जिल्लाकै सबैभन्दा लामो ४ सय मिटरको झोलुङ्गे पुल निर्माण भएको छ भने रि झार्लाङ जोड्ने झोलुङ्गेपुल निर्माणको लागि प्रकृया अघि बढेको छ ।
ङ– सल्यानटारमा खानेपानी आयोजना केन्द्रीय सरकारको लागनीमा भूमिका
खानेपानीको सबैभन्दा दुःख रहेको सल्यानटारमा २७ करोडको बेहत खानेपानी आयोजना निर्माण शुरु भएको छ भने २३ करोडमा मैदीकोट खानेपानी, ५ करोडको कार्कीगाँउ खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन तहमा लोहनीले खेल्नु भएको भूमिका निकै महत्वपूर्ण रहेको छ ।
च– सिंचाइ आयोजना निर्माण र साँस्कृतिक क्षेत्रको संरक्षण
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सतह सिंचाई, लिफ्ट सिंचाई, धार्मिक तथा सांस्कृतिक क्षेत्र संरक्षण, सामाजिक संस्थाहरुको भौतिक संरचना निर्माण जस्ता कार्यका लागि पनि सांसदको हैसियतबाट लोहनीको योगदान रहेको छ ।
त्यसै गरी भुकम्पबाट क्षती ग्रस्त भएका बास्तविक पिडितका लागि राहत उपलव्ध गराउन, घर बनाउने रकम विनियोजन गर्न पनि उहाँले निकै भूमिक खेल्नु भएको थियो ।
–––

जोगिमारा दुर्घटनामा २० घाइते

धादिङ, १९ कात्तिक
यात्रुलिएर काठमाण्डौबाट रुकुम पश्चिम जाँदै गरेको बस शनिबारसाँझ धादिङको जोगिमारामा दुर्घटना भएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत सडकबाट पल्टिएर त्रिशुली नदी किनारमा पुगेको बा ४ ख ५७ २० नम्बर बसमा सवार यात्रु मध्ये २० जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो ।
घाइते यात्रुको स्थानीयबासी, नेपाल प्रहरी लगायतले उद्धार गरेका छन् । घाइतेहरुको मलेखुमा रहेको शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र गजुरीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे छानविन भइरहेको प्रहरी नायव उपरिक्षक रिमालले जानकारी दिनुभयो । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
–––

विकासका पर्याय अनि चिकित्सा क्षेत्रका सफल व्यक्ति धादिङमा चुनावी मैदानमा

धादिङ/ धादिङ क्षेत्र नं २ प्रदेश सभा १ का नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका डा. रामकुमार अधिकारी विगत लामो समयदेखि चिकित्सा क्षेत्रमा क्रियासिल रहनु भएको छ।
पब्लिक हेल्थमा PhD सम्मको अध्ययन गर्नु भएका उहाँले मानव शास्त्रमा एम फिल गर्नु भएको छ।
२०५२ देखी स्वास्थ्य क्षेत्रमा रहनु भएको उहाँ २०५७-२०६५ सम्म नेपाल सरकारको चिकित्सकको रूपमा विभिन्न जिल्लामा कार्य गर्नु भएको छ।
मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा सह -प्राध्यापकको रुपमा अध्यापन समेत गराउनु भएको थियाे।अाधारभुत अाैषधी, अाक्मिक ब्यबस्थापन र संभाबित निदान साथै फार्मेसी, फार्माकोलोजी र आधारभुत चिकित्सा लगाएत चिकित्सा क्षेत्रको किताबहरु समेत लेख्नु भएकाे छ ।
डा. अधिकारीले नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार – बि सं – २०७५ साल – राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिश्ठान (NAST )बाट समेत पुरस्कृत हुनु भएको थियो।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ – २ (१) बाट २०३६८ मत सहित बिजय हासिल गर्नुभइ जन अपेक्षा अनुसारको काम गरेको भन्दै जनता सामु परिचित रहनु भएको छ। प्रदेस सभा सदस्यले पनि विकासका धेरै काम गर्न सकिन्छ भन्ने व्यवहारिक उदाहरण दिनुभएका डा. अधिकारी स्वच्छ छवि र जनताकाे मनमा बस्न सफल हुनु भएकाे छ ।
विकासका लागि अगुवा रअब्बल चिकित्सक नेकपा एमालेका उम्मेदवार डा.राम कुमार अधिकारी धादिङ २ प्रदेश सभा १ मा भोट माग्नको लागि जनताहरुको घरदैलोमा पुग्नु भएको छ। काेराेना कालमा धादिङकाे स्वास्थ्य क्षेत्रकाे लागि लागिरहनु भएका डा. अधिकारी उहाँकै याेगदानका कारण धादिङ अस्पतालले प्रगति गर्न सकेकाे स्वास्थ्यकर्मीहरुकाे भनाइ छ ।
प्रदेश सभामा जहिले पनि जनताकाे पक्षमा अावाज उठाउनु भएकाे थियाे । यतिखेर घरघर पुग्दा जनताकाे अपार मायाँ र भव्य स्वागत समेत हुने गरेकाे छ । अाफ्नाे काम हेरे भाेट दिन मतदाताहरुसंग अाग्रह गर्नु भएकाे छ ।

धादिङ कारागारका बन्दीका लागि टेलिभिजन हस्तान्तरण

धादिङ, १9 कात्तिक
बैदेसिक रोजगारीबाट फर्किएका एक युवाले धादिङ कारागारलाई शुक्रबार टेलिभिजन उपलब्ध गराउनुभएको छ।
कारागार कार्यालयमा ज्यामरुङका शिव पाठकले टेलिभिज उपलब्ध गराउनुभएको हो ।
पाठकले कारागार कार्यालयका प्रमुख जेलर धनिराम शर्मालाई टेलिभिजन हस्तान्तरण गर्दै कारागारका बन्दीहरुलाई सूचनार मनोरञ्जनका लागि प्रयोग गर्न उपलब्ध गराएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, अधिवक्ता तोलाकुमारी पाठक, धादिङ अस्पतालका कृष्णलाल उप्रेती लगायतको सहभागिता थियो ।
धादिङ कारागारमा २१ जना महिला कैदीबनदी सहित ३ सय ६ जना रहेका छन् । यो संख्या क्षमता भन्दा दोब्बर बढी हो ।
–––

कठिन संघर्ष र जनताबाट अनुमोदित भूमि त्रिपाठीको जिवनी

-केशव अधिकारी

धादिङ क्षेत्र नं.१ प्रतिनिधिसभा उम्मेदवार भूमि त्रिपाठी
धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट भूमी प्रसाद त्रिपाठी दोश्रो पटक चुनावी मैदानमा उत्रनु भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएको त्रिपाठीको यस पटक नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे संग मुख्य प्रतिस्पर्धा हुँदैछ ।
२०४३ साल देखि निर्वाचनमा भाग लिंदै आएका कुनै वेलाका आफ्ना गुरु अहिले बाटो बिराएर अन्यत्र लागेकाले तिनै सही बाटो उँदै थिति र विधि सिकाउन त्रिपाठीले चुनाव जित्नुपर्ने अबस्था रहेको छ । त्रिपाठीको उत्साह र जोश जांगरलाई धादिङ १ का जनताले साथ दिने भएका छन् ।
तीन दशक अघि देखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीे २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गरेर प्रतिनिधि सभा सदस्य विजयी हुनुभएको थियो । वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका त्रिपाठीले त्यति बेला ४९ हजार १ सय २१ मत ल््याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गर्नु भएको थियो ।यस पटक सत्ता गठवन्धनले एमाले धादिङका संस्थापक हाल एकीकृत समाजवादीमा रहेका राजेन्द्रप्रसाद पाण्डेलाई साझा उम्मेदवार बनाएको छ । यस क्षेत्रमा दल र स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी रहेपनि पाण्डे र त्रिपाठीका बिच निकै कडा प्रतिस्पर्धा भएपनि जनताले त्रिपाठीलाई विजयी गराउन बिश्वास गरिएको छ ।
गजुरीको आदर्श माध्यमिक विद्यालयमा २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनु भएको थियो ।

२०५४ सालमा एमाले पार्टी विभाजन भएपछि त्रिपाठी धादिङ फर्केर सक्रिय राजनीतिमा लाग्नु भएको हो । २०५४ सालमा नेकपा एमाले धादिङको सदस्य २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष, २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष, २०७८ मा पुन एमाले धादिङको अध्यक्षको जिम्मेवारी त्रिपाठीले पाउनु भएको थियो ।
धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखुमा जन्मेका त्रिपाठीले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ ।
े झट्ट हेर्दा कडा मिजासको जस्तो देखिने त्रिपाठी जनता संग छिट्टै घुलमिल हुन सक्ने नेताका रुपमा चिनिनुहुन्छ । २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका त्रिपाठीले ५ बर्षको अवधिमा धादिङ जिल्लाका हरेक समस्यालाई पटक पटक सदनमा राखी सरकारको ध्यानकर्षण गराउन सफल हुनु भएको थियो ।
त्रिपाठीले उठाएका मुद्धाहरु मध्ये नौविसे नागढुंगा सडक खण्डमा हरेक दिन हुने सवारी जामका कारण विरामीले एम्बुलेन्स भित्रै मर्नु पर्ने अबस्थाको अन्त्य गर्न बैकल्पिक सडकको माग पुरा गर्न तत्कालिन प्रधानमन्त्री केपि ओलीले शिलान्यास गरेर शुरु भएको सिस्नेखोला थानकोट सुरुङ मार्गलाई मुख्य रुपमा लिन सकिन्छ । त्यसै गरी धार्के सितापाईला सडक स्तरोन्नती पनि त्रिपाठीको अगुवाईमा सम्पन्न भएको योजना हो ।
त्रिपाठीको अग्रसरतामा तत्कालिन सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन शुरु गरेको छ । धादिङ, मकवानपुर र चितवन तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि उपयुक्त मानिएको सो पदमार्गको सबैभन्दा धेरै भाग त्रिपाठीकै निर्वाचन क्षेत्रमा पर्दछ ।
भूमि त्रिपाठी प्रतिनिधिसभामा प्रतिनिधित्व गरेपछि धेरै पूर्वाधार विकासका काम भएको छ। जनताको मागको आधारमा पूर्वाधार विकास साझेदारीका काम भएको छ । गत वर्ष सांसद त्रिपाठीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त हुने चार करोड बजेटका लागि विभिन्न १९ वटा शिर्षकमा योजना छनोट गर्नु भएको थियो। ।
विनियोजित योजनाहरुमा धुनिबेसी नगरपालिका डुम्रिचौर किटिनी बागखोर सडक धुनिबेसी १ को लागि २० लाख, केरावारी थली मनकामना सडक धुनिबेसी ७ का लागि १५ लाख, धुनिबेसी– ३ को दमाढुङ्गा कात्तिके कोल्पु्खोला सडक १५ लाख र कृषि रेडियो भवन निर्माणका लागि १५ लाख रहेको छ । यि कामहरुसम्पन्न भएका छन् ।
थांक्रे गाउँपालिकामा केवलपुर हरिहर भोजकुमारी माविलाई १० लाख, जुंगेखोला कान्लेफाँट, चुलिखेत सिंचाईका लागि १५ लाख, सातकिला, लुईकिल हाप्सेचौर सडकका लागि १५ लाख, घलेगाउँ कुलो भालुखोल्छा पर्खाल निर्माण तथा मर्मतका लागि १५ लाख र पोखरीचौर होमस्टे, पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ को काम सकिएको छ ।
कार्यक्रम अन्र्तगत गल्छी गाउँपालिकामा ३ वटा योजना छनौट भएका छन । जस्मा गल्छी ५ मा छरछरे सागिने थालचौर विताँडाँडा सडकका लागि ४५ लाख , गल्छी ८को सुन्तलीचोक हरबोटे कोल्पुसडक १०लाख र गल्छी गाउँपालिका–७ को ठूलाखेत सिमबवजार सडकका लागि १० लाख वजेट विनयोजित थियो । सांसद त्रिपाठीले गजुरी गाउँपालिकामा ३ वटा योजना छनौट गर्दै वजेट विनियोजन गर्नुृ भएको छ । गजुरी गाउँपालिकामा वडा नम्बर ५ मा साँदीखोला मानेभन्ज्याङ देउराली सडकका लागि २० लाख, ८ नम्बर वडाको सप्तकन्या ठूलोबाङ्गे हुंदै मकवानपुर जोड्ने सडकका लागि लागि ३० लाख र गजुरी २ को अमिलटार डाँडागाउँ बेलभन्ज्याङ सडकका लागि १५ लाख रुपैयाको विकासका काम भएको थियो। सिद्धलेक गाउँपालिकामा २ वटा मात्रै योजना परेको भएपनि सबैभन्दा धेरै रकम विनियोजन गरिएको छ । सिद्धलेकको १, २ र ३ नम्बर वडालाई समेट्ने गरि बैरेनी, पिपलनलाङ, ठाँटी सडक कालोपत्रेका लागि ५० लाख र सिद्धलेक ७ मा कागधारा, आदमटार सडक निर्माणका लागि २० लाख वजेट विनियोजन गरि काम समेत भयो ।
कार्यक्रम अन्र्तगत वेनिघाटरोराङ गाउँपालिकामा झिर्नीदोभान वडा कार्यालय बटडाँडा, हुँदै जरुङ जोड्ने सडकका लागि ५० लाख र रावलडाँडा बिद्यालयदेखि लेवाङ जाने सडकका लागि १६ लाख ४० हजार रुपैया बिनियोजन गरि कार्यक्रमहरु सकिएको छ ।
विकासका लागि लाग्ने, महाभारत पर्यटन मार्ग पहिल्याएर आफैँ गाउँ हिडेर योजना सम्पन्न गर्ने काम समेत त्रिपाठीले सहजरुपमा गर्नभएको छ ।
–––