धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ ।यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आय आर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने भएको छ ।
धादिङ महोत्सव मुल आयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक वीचको छलफलमा जवाङको सुन्तलालाइ महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
राजमार्ग क्षेत्रका बजारहरुमा पोका पोका बनाएर सुन्तला विक्री वितरण भइरहेको देखेको छ, तर कहाँको हो? कसरी उत्पादन भइरहेको छ, ब्यवसायिक खेती गर्दा के के समस्या आउछन् भन्ने जानकारी दिनको लागि सुन्तलाको विक्री संगै सुन्तला खेतीको ब्यवसायिक ज्ञान बाड्न हिसावले जवाङ गाउँको सुन्तलालाइ महोत्सवमा ल्याउन लागिएको सिंखडाले जानकारी दिनुभयो ।
बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै चेपाङ सस्कृति र रहनसहन झल्कने झाँकी पनि प्रदर्शन गरिने गाउँपालिका अध्यक्ष थपलियाले छलफलका क्रममा जानकारी दिनुभयो । गाउँपालिकामा बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेकाले उनीहरुको रहनसहन र सँस्कृतिको प्रचार गर्नको लागि महोत्सवमा चेपाङ झाँकी पठाइने गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।
आगामी पुष ७ गतेदेखि १७ गतेसम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ । महोत्सवका सफल बनाउनको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर कामहरु तीव्र रुपमा अघि बढाइएको आयोजक धादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो ।
धादिङ/आठौँ धादिङ महोत्सव २०७९ मा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा रहेको महिला पञ्चेबाजाको टोलीद्धारा साँस्कृतिक झाँकी प्रस्तुत गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।
उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका विषयमा जानकारी गराइने तथा महोत्सव अवलोकन कर्ताहरुले कालो उखुको जुसको स्वाद लिन पाउने ब्यवस्था मिलाइने आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाइ सर्वपक्षिय बनाउन तथा पालिकाहरुका प्रचार योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुको प्रचारप्रसारमा सहयोग गर्न मुल आयोजक समितिले पालिकाका अध्यक्षहरुसंग गरेको छलफलका क्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले उक्त जानकारी गराउनुभएको हो ।
मंगलबार र बुधवार दक्षिणी धादिङको थाक्रे, गल्छी र गजुरी गाउँपालिका प्रमुखहरुसंग छलफल गरिएको धादिङ उद्योग बाणिज्य संघ धादिङका महासचिव एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
छलफलका क्रममा गल्छी गाउँपालिकाबाट बोट विरुवा तथा फलफुलका नर्सरीहरुको स्टल रहने गाउँपालिका अध्यक्ष केदार खतिवडाले प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै गजुरी गाउँपालिकाले पनि गाउँपालिकाको चेपाङ सस्कृति र रहनसहनलाइ प्रस्तुत गर्नको लागि पहल थालिएको बताउनुभएको छ ।
धादिङका सवै पालिका प्रमुखहरुसंग छलफल गरी पालिका भित्रका प्रदर्शन योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुलाइ महोत्सवमा समावेश गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।
धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णु थपलियाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी, संघका पदाधिकारी एवं सदस्यहरुको सहभागीता धादिङका सवै गाउँपालिका तथा नगरपालिकामा छलफल जारी रहने धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ।
टाेलटाेलको खबर:राजाराम डङ्गोल
धादिङ उद्योग बाणिज्य संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगतउपसमितिहरुले शनिवार बाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।
धादिङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा समानुपातिक मत परिणाम यस्ताे छ
धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को समानुपातिक मत गणना जारी रहेको छ ।
निर्वाचन कार्यालयले जनाए अनुसार हाल ७० हजार १२ मत गणना हुँदा रुख चिन्हमा २० हजार ८ सय ६६ मत पाएकाे छ । यसैगरि सुर्यमा १६ हजार २ सय छ मत पाएकाे छ ।
सूचि हेर्नुहाेस्
मत पाएका छन् ।
गनेकाे मत ७००१२
सदर मत ६६५३१
बदरमत ३४८१
सुर्य १६२०६
रुख २०८६६
हसिया हथौड़ा ११४५
छाता १६७
हर्न ११४
हलाे ७६४८
कलम २३८६
करुवा १७६
कुखुरा ७८१
हसियातारा ३१२
घण्टी ५७५९
३६ चुनाव चिन्हमा सयभन्दा कम मत पाएकाे छ ।
–
मिलन तिमिल्सिना ….
(यहाँ रहेको फोटोमा रातो घेराभित्र राजेन्द्र पाण्डे, हरियो घेराभित्र मेरो बा र निलो घेराभित्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ । २०३६ सालमा हेटौंंडामा भएको पहिलो राष्ट्रिय शिक्षक सम्मेलनको लागि धादिङ जिल्लाबाट प्रतिनिधित्व गरेको बेला ।)
अब चाहिँ पाण्डेसँग म र बा जोडिएको प्रसँग र सम्झना :
अलिअलि याद छ, २०४६ सालअघि स्कुल पढाउने बासँगै केही नौला मान्छे घरमा आइरहन्थे । हजुरबालाई बा भन्थे, हजुरबाको आमा अर्थात मेरो हजुरआँबै र बाको आँबैलाई आमा भन्थे । हामीलाई भतिज भन्दै काखमा लिन्थे, माया गर्थे । घरभित्र बसेर घण्टौंसम्म शिक्षा र राजनीतिको कुरा गर्थे । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका रणनीति बनाउँथे । पुलिससँग लुकीलुकी हिँड्थे । पुलिस खोज्दै घर आइपुग्थ्यो । कहिलेकाहीँ स्कुलबाटै समातेर लैजान्थ्यो ।
बाको साथमा कहिलेकाहीँ घर आउने र बेलाबेला प्रहरीकोमा सँगै बस्नेमध्ये एक थिए राजेन्द्र पाण्डे । पछि थाहा भयो, धादिङमा कम्युनिष्ट पार्टी स्थापना गर्ने, शिक्षक संगठन खोल्ने र पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्नेमध्ये मेरो बा र पाण्डे पनि हुन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लागेकै कारण धादिङका केही शिक्षकसँगै बा र राजेन्द्र पाण्डेको पनि जागिर खोसियो । जागिर गुमेपछि पाण्डे राजनीतिमै केन्द्रित भएर लागे । मेरो बा घरव्यवहार छाडेर राजनीतिमा लाग्न सक्नुभएन ।
यत्तिकैमा २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो । लामो समय जेल परेका पाण्डे निस्किए । त्यसपछि पनि उनीसँग बेलाबेला भेट हुन्थ्यो । बा, हजुरबा, हजुरआँबैसँगै हामी केटाकेटीसँग पनि मिठो बोल्थे । २०४८ सालको चुनावमा उनी धादिङ ३ बाट उठे, हाम्रो क्षेत्रबाट गंगालाल तुलाधर ।
चुनावी अभियानकै क्रममा एकपटक पाण्डे हाम्रो घरमा पनि पुगे । बुढी भएकी हजुरआँबैलाई भने : ‘आमा अब धेरै चिन्ता गर्नुपर्दैन, टंकजी (मेरो बा)को खोसिएको जागिर पुनर्बहाली हुन्छ । तर हामीलाई जिताउनुपर्छ, भोट हाल्न जानुपर्छ है ।’
नातिको पुनर्बहाली हुन्छ भन्ने सुनेपछि आँबैको अनुहार उज्यालो भयो । मलाई बोकेर भए पनि चरिमारेटाहार लैजाओ भन्नुभयो र पाण्डेले भनेजसरी भोट खसाल्नुभयो । पाण्डे र तुलाधर दुवैले जिते । सांसद भए । जागिर छोडेर बसेका मेरो बालाई ‘अस्थायी दरबन्दीमा पढाउँदै गर्नुस्, तपाईंको पुनर्बहाली हुन्छ’ भनेर आश्वासन दिए ।
बाले पनि त्यसै गर्नुभयो । आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै त्यो कार्यकाल बित्यो । नातिको पुनर्वहाली कहिले होला भनेर आशा गरेर बस्नुभएकी हजुरआँबै बित्नुभयो ।
त्यसपछि अर्को चुनावमा उनीहरु नै उम्मेदवार भए । पहिलेजस्तो घरमा आउन छोडे । कहिलेकाहीँ गाडीमा धादिङ ओहोरदोहोर गरेको देखिन्थ्यो । गोठालो जानुहुने हजुरबासँग कहिलेकाहीँ गाडी रोकेर भन्थे रे ‘बा टंकजीको काम सुरु भैसकेको छ, अब चाहिँ पक्का हुन्छ ।’ हजुरबालाई होला जस्तो लाग्यो, हजुरआँबैले जस्तै हजुरबाले पनि पत्याउनुभयो र भोट दिनुभयो । पाण्डेले दिएको आश्वासनअनुसार छोराको पुनर्बहाली हुन्छ कि भनेर पर्खंदापर्खंदै हजुरबा पनि बित्नुभयो ।
२०६३ सालको परिवर्तनपछि राजेन्द्र पाण्डे स्थानीय विकासमन्त्री भए । मन्त्री भएको केही दिनमा उनीसँग भेट भयो । भेटमा उनले भने, ‘भतिज सांसद मात्रै हुँदा बुवाको काम गर्न सकिएन, अब मन्त्री भएँ, शिक्षा मन्त्रालय मेरो नभए पनि मैले त्यति काम गर्न सक्छु, ढुक्क हुनु ।’ मैले उनले भनेअनुसार बाको कागजात बोकेर मन्त्रालय धाएँ । बाले त आश मारी सक्नुभएको थियो, तर मलाई अलिअलि भए पनि आशा थियो । तर भएन ।
त्यसपछि गंगालाल तुलाधर शिक्षामन्त्री भए । बा र मलाई सँगै राखेर तुलाधरले भने, ‘अब टंकजीको काम मैले गर्ने हो । ढुक्क हुनुहोस्, अब तपाईंको पुनर्वहाली हुन्छ ।’
त्यतिबेलासम्म बा डेढघण्टा उकालो ओरालो गरेर पढाइरहनुभएको थियो । उनले पनि कागजात दिन भने । फेरि उसैगरी मैले उनलाई कागजात बुझाएँ । तुलाधरको कार्यकालमा पनि आश्वासन बाहेक केही भएन ।
बालाई त काम हुन्छ भन्ने आशा मरिसकेको थियो । तर २०५४ सालको सरकारी कार्यदलको प्रतिवेदनमा विना शर्त पुनर्वहाली हुनुपर्ने सूचिमा मेरो बाको समेत नाम भएको र बाको बारेमा सबै थाहा पाएका मन्त्रीहरुले नै हुन्छ भनेपछि पक्कै होला भन्ने मलाई चाहिँ आशा थियो । तर पाण्डे र तुलाधरले मेरो आशा पनि मारिदिए ।
बालेजस्तै आशा मारेर बसिरहेको बेला केही महिनाअगाडि शिक्षामन्त्री देवेन्द्र पौडेलले बाजस्तै अन्यायमा परेका अरु शिक्षकलाई न्याय दिएको खबर आयो । मैले राजेन्द्र पाण्डेसँग जिज्ञासा राखेंं। मुख्यमन्त्री भएका उनले फेरि पनि आश्वासन दिए, ‘म एकपटक शिक्षामन्त्रीलाई भेटेर भन्छु । तिमीले पनि भेट र सबै कागजात देउ । पक्कै हुन्छ ।’ मैले त्यसै गरें । मन्त्री पौडेललाई बाको बारेमा सबैथोक भनें । उनले ‘अरु केहीको पनि यस्तै केस भएकाले हुन्छ, बामाथि अन्याय भएकै रहेछ’ भने । म फेरि आशावादी भएँ । बालाई पनि आशावादी हुन भनें ।
बेलाबेला शिक्षामन्त्री पौडेलका सहयोगीहरुलाई सम्झाउँथे । उनीहरुले पनि एकैलटमा सबैको हुन्छ भने । साँच्चै होला त ? पाण्डेले शिक्षामन्त्रीलाई भेटेर भने होला त भन्ने खुल्दुली लाग्यो । दुई चारपटक मुख्यमन्त्री पाण्डेलाई फोन गरें । उनले त्यसपछि फोन उठाएनन् । मैले फोन गर्न छाडें । पाण्डेको सट्टा शिक्षामन्त्री पौडेलका सहयोगीहरुले आश्वासन दिए । त्यत्तिकैमा चुनाव आयो, त्यो आशा पनि सकियो ।
यसपालि हाम्रै क्षेत्रबाट राजेन्द्र पाण्डे उठे र चुनाव जिते । पहिले उनको मतदाता हजुरआँबै र हजुरबा अनि बाआमा र काकाकाकी हुनुहुन्थ्यो । अहिले हामी र भतिजहरु पनि थपियौं । उनीसँग पहिलेको त्यो आश्वासन छ कि छैन अब खोज्नु पनि छैन । अब बालाई न्याय देउ भनेर भिक माग्नु पनि छैन ।
बाले २०३२ सालदेखि २०४२ सालसम्म स्थायी शिक्षकको रुपमा काम गर्नुभयो । पञ्चायती व्यवस्थाविरुद्ध लागेकै कारण जागिर खोसियो । राजेन्द्र पाण्डेहरुको आग्रहमा २०४८ सालदेखि अस्थायी शिक्षक भएर काम गर्नुभयो । पुनर्वहाली हुन्छ भन्ने उनीहरुकै आश्वासनमा थप २३ वर्ष ८ महिनासम्म डेढ घण्टाको उकालीओराली धाउनुभयो । उमेरहदका कारण अवकाश भएर रित्तो हात फर्कनुभयो ।
राजनीतिप्रति वाक्क हुनुभएका बालाई पहिले पाण्डेहरुसँग पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा लागेको र उनीहरुकै कुरा पत्याएर बसेकोमा पछुतो छ कि छैन सोधेको छैन । ‘तपैं अन्यायमा परेको हो, न्याय हुन्छ, हामी छौं’ भनेर पाण्डेहरुले आश्वासन दिंदै झुक्याएकोमा कहिलेकाहीँ मलाई पनि दुःख लाग्छ । तर बा राजेन्द्र पाण्डेहरुले जस्तो २०४८ सालपछिको फोहोरी राजनीतिमा लाग्नुभएन, हामीलाई पनि लाग्न प्रेरित गर्नुभएन र उनीहरुलेजस्तो अरुलाई पूरा नहुने आश्वासन बाँड्दै पनि हिँड्नु भएन, त्यसमै चाहिँ आनन्द लाग्छ । (फेसबुकबाट साभार)
धादिङ, / झिनो मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ धादिङ–२ को प्रदेससभा२ बाट विजयी हुनुभएको छ। राप्रपामा उम्मेदवार तामाङले प्रतिद्वन्दीभन्दा १ सय ३१ मतान्तरले विजयी हुनुभएकोहो । तामाङ १४ हजार ४ सय ८१ प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी ५ दलिय सत्ता गठबन्धनका तर्फबाट नेकपामओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त गर्नुभएको छ । यसैगरि मंगोल नेशनल अर्गनाइजेसनका सन्तोषकुमार तमाङले ४ सय ८७ प्राप्तगर्नुभएको छ धादिङ क्षेत्रनम्बर २ को प्रदेश सभा २ मा ६२ हजार ९ सय ४१ मतदाता रहेकोमा २९हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । धादिङको यसक्षेत्रमा राप्रपा र एमालेले चुनावी तालमेल गरेका थिए ।आफूनिर्वाचित भएपछि तामाङले जनताका लागि विकासका काममा सबैसंग साझेदारीगरेर अघि बढ्ने बताउनुभएको छ। –––
धादिङ ।
धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको दुईअाेटा शिल टोडिएको पाईएको छ भने बाहिर सिल भेटिएकाे भनेर राप्रपा र एमाले कार्यकर्ताहरु प्रदर्शा गरेका छन् । चारअाेटा केन्द्र काे मतदान गरिएकाे मतभन्दा ९२ मत पत्र भेटिएको थियाे ।
बिहान ९:३० देखि राेकिएकाे मतगणना २ नम्बर क्षेत्रकाे प्रतिनिधि सभा, प्रदेशसभाकाे मतगणना राेकिएकाे छ ।
गंगाजमुना मण्डली मावि-५ (क), त्रिपुरासुन्दरी गाउँ पालिका-२ वडा कार्यालय (क), खनियाबासगाउँ पालिका-४ गणेशकुण्ड मावि (ख) र रुबिभ्याली गाउँ पालिका-४ मुक्रापदेवी माविको मतगणनाका लागि तयारी गर्दा यस्ताे अवस्था भेटियकाे हाे ।
यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेकाे मुचुल्का अाएकाे थियाे । मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएकाे हाे ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडी छन् ।
पछिल्लो मत गणनामा जगत सिंखडाको ९ हजार ८ सय ९ मत र डम्बर तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले धादिङको विकासमा एमालेको विकल्प अरु पार्टी हुन नसक्ने बताउनुभएको छ ।बिहिबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्यादुलमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले यस्तो बताउनुभएको हो । उहाँले एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सकिने बताउनुभयो ।
मुलुकको विकास र समृद्धिका लागि एमालेले काम गरेको भन्दै राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो ५ बर्षे कार्यकालमा विविध काम भएकोले अब समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । कार्यक्रममा एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
यसैगरी धादिङ क्षेत्र नम्बर १ (२) का प्रदेश सभा उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले बुधबार बेनिघाट रोराङको शितलबजार र सिद्धलकेको मावि खोला, बुङचुङ, कालिदह,सुविटार लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ।
धादिङ /
धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनी चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका लोहनीले ५ बर्षको अवधिमा जे जति काम गर्नु भएको छ त्यसले जिल्लाको निर्वाचन क्षेत्रको विकास र परिवर्तनका लागि महत्वपूर्ण स्थान ओगटेको छ ।
उहाँको कार्यकालमा लामो समय देखी धादिङको भुभागमा रोकिएको मध्य पहाडी लोकमार्ग लाई सुचारुमा ल्याउन, संघीयतालाई कार्यन्वयन गर्दै प्रदेश र स्थानीय तह लाई स्रोत साधनले भरिपुर्ण गर्न, धादिङबेसी सल्यानटार सडकलाई कार्यन्वयनमा लेराउन, धादिङ बेसी ,सांकोस तिपलिङ्ग सडक कालोपत्रे काम र कार्यान्वयन हुँदै (हाल चरङ्गेसम्म ठेक्का प्रक्रिया भइ निर्माणको चरणमा ल्याउन लोहनीको महत्वपूर्ण भूमिका रहेको छ ।
उहाँको पहलमा दर्जनौं भन्दा बढी पक्की पुलको निर्माण र केही निर्माणकार्यको लागि ठेक्का प्रक्रियामा, र विभिन्न ठाउँमा रहेका तुईन हरुलाई झलुङ्गे पुलमा परिणत गरिएका, धादिङ्ग बेसी भर्याङ्ग भुरुन्ङ सडक पिच लगाएत बाकी काम निर्माणाधीन अवस्थामा, सिमबेसी –गोलाङ्ग –फुलखर्क सडक कालोपत्रेको लागि रकम विनियोजित सङै निर्माणकार्य भैइरहेको, धादिङको उत्तरी भेगलाई केन्द्रीय प्रसारण लाईन बिस्तार गरि विद्युतिकरण गरिएको छ।
प्रतिनिधि सभामा महत्वपूर्ण भूमिका
प्रतिनिधि सभा सदस्यका रुपमा लोहनी संसदमा राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त निती दायित्व अनुगमन,निरिक्षण मूल्याङ्कन समितिको सदस्यका रुपमा संसद भित्र बिशेष भूमिका निर्वाह गर्नु भएको थियो । यसै गरी प्रतिनिधि सभा अन्र्तगत रहेको महिला बालवालिका तथा सामाजिक समितिको सदस्यको हैसियतले २५० वटा कानूनको प्रस्तावक हुनुका साथै ९२ वटा कानून पारित गराउन लोहनीको समेत सक्रिय सहभागिता रहेको थियो ।
सडक निर्माण र स्तर उन्नती
सांसद भएपछि हरेक नागरिकले आफ्नो गाउँ ठाउँमा केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वभाविक भएको उहाँ वताउनु हुन्छ । यसैक्रममा जिल्लाको २ नम्बर क्षेत्रमा सडक पूर्वाधार र विकासका केही कामको शुरुवात लोहनीले गराउनु भएको छ ।
लोहनीको अगुवाईमा भएका मुख्य योजनाहरुमा धादिङबेसी–साङकोष तिप्लिङ सडक निर्माण तथा स्तरोन्नती, लामो समय देखि रोकिन पुगेको मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई निरन्तरता, निर्वाचन क्षेण रणनैतिक सडक अन्र्तगत सिरुवेसी,गोलाङ, आगिन्चोक, फुलखर्क रि सडक निर्माण कार्यको सुरुवात गर्न सफल हुनु भएको छ ।
यसै गरी धादिङबेसी भ¥याङ भुरुङ सडक कालोपत्रे गर्ने योजना तर्जुमा तथा कार्यान्वयनमा सांसद लोहनीको भूमिका रहेको छ । यसै बिचमा धादिङबेसी सल्यानटार सडक कालोपत्रे भएको छ भने धादिङबेसी सुनौलावजार सडकलाई कालोपत्रे गर्ने कार्य भईरहेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनामा जनताको साथ
राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलबिद्युत्त आयोजनाको मुआव्जा बितरण कार्यलाई व्यवस्थित बनाउन सांसदको हैसियतले लोहनीले सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो । जसको परिणामस्वरुप मुआव्जा वितरण अन्तिम चरणमा पुगेको छ।
पूर्वाधार निर्माणमा योगदान
विकासका पूर्वाधार अन्र्तगत भुकम्पले भत्किएका बिद्यालय, स्वास्थ्य चौकी, स्थानीय तहका कार्यालयहरुको पक्कि संरचना निर्माणका लागि पनि लोहनीले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयन चरणमा समन्वय र सहयोग पु¥याउनु भएको थियो । लोहनीको पहलमा गंगाजमुना गाउँपालिकाको बसेरीमा जिल्लाकै सबैभन्दा लामो ४ सय मिटरको झोलुङ्गे पुल निर्माण भएको छ भने रि झार्लाङ जोड्ने झोलुङ्गेपुल निर्माणको लागि प्रकृया अघि बढेको छ।
सल्यानटारमा खानेपानी आयोजना केन्द्रीय सरकारको लागनीमा भूमिका
खानेपानीको सबैभन्दा दुःख रहेको सल्यानटारमा २७ करोडको बेहत खानेपानी आयोजना निर्माण शुरु भएको छ भने २३ करोडमा मैदीकोट खानेपानी, ५ करोडको कार्कीगाँउ खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन तहमा लोहनीले खेल्नु भएको भूमिका निकै महत्वपूर्ण रहेको छ ।
सिंचाइ आयोजना निर्माण र साँस्कृतिक क्षेत्रको संरक्षण
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सतह सिंचाई, लिफ्ट सिंचाई, धार्मिक तथा सांस्कृतिक क्षेत्र संरक्षण, सामाजिक संस्थाहरुको भौतिक संरचना निर्माण जस्ता कार्यका लागि पनि सांसदको हैसियतबाट लोहनीको योगदान रहेको छ।त्यसै गरी भुकम्पबाट क्षती ग्रस्त भएका बास्तविक पिडितका लागि राहत उपलव्ध गराउन, घर बनाउने रकम विनियोजन गर्न पनि उहाँले निकै भूमिक खेल्नु भएको थियो ।
धादिङ ।
आफ्नो बुबाकोमृत्युका कारण चुनाव प्रचार गर्न जनतासंग जान नपाएर तिनदिनको प्रचारमा निस्कनु भएका नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ (२) प्रदेश सभाका सदस्य गजेन्द्र थपलिया जनताको घरदैलोमा पुग्नु भएको छ।
सिद्धलेकको सलाङघाट, बेनिघाट रोराङ, गजुरीको टोलटोलमा पुग्नु भएका थपलियालाई जनताले स्वागत गर्दै विकास गर्ने योजना भएको उम्मेदवार आएकोमा खुसी व्यक्त गरेका छन् ।
जनताले पेशाले इन्जिनियर भएका थपलिया आउँदा आशा पलाएको छ। बाढी पहिरो र विपदबाट प्रभावित बेनिघाट गजुरी गाउँपालिकाका जनताले उपयुक्त पात्र पाएको बताएका छन् ।
मतदाताको मागलाई जनताको सहभागितामा प्राथमिकताको आधारमा योजना बनाएरकाम गर्नका लागि आफूप्राविधिक मानिस राजनिति गर्न जनताको घरदैलोमा आएको बताउनुभयो ।
धादिङको तुइन विस्थापनमा ठूलो योगदान गर्नुभएका थपलिया एमाले सरकारको समयमा विकास विज्ञ सल्लाहकारको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
एमाले लेखा आयोग अध्यक्ष डा पुष्प कँडे, सदस्य मिनराज कँडेल लगायतले इन्जिनियरको प्रवेशले विकासको स्पष्ट खाका आएको र यसले समृद्धिका लागि योगदान पुग्ने बताउनुभएको छ।
धादिङ,
नेकपा एमालेका सूर्य ध्वजाबहाक उम्मेदवारहरु सहितको निवाचन प्रचार प्रसारको गति तिब्र भएको छ ।
धादिङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य का लागि एमालेका उम्मेदवार भूमि त्रिपाठी, प्रदेस भा सदस्य उम्मेदवार रमेश आचार्यर गजेन्द्र थपलियाको सहभागितामा धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा जनप्रदर्शन समेत गर्दै मतदाताहरुलाई विभिन्न बजारहरुमा सम्बोधन गर्नुभएको थियो ।
प्रतिनिधि सभाका उम्मेदवार त्रिपाठीले प्रत्येक गाउँपालिकाको केन्द्र तथा वडा जोड्ने सडक कालो पत्र गर्नका लागि रकम विनियोजन गर्न प्रयत्न गर्ने, झोलुङगे पुल आवश्यक ठाउँमा निर्माण गर्ने, प्रत्येक वडामा रहेको स्थानीय सडक ग्राभेल गर्ने तथा ती सडकहरुमा स्थायी प्रकारको ड्रेनको विकास गर्न वजेट विनियोजन गर्न पहल गर्ने, आवश्यक ठाउँमा पक्कि पुलको व्यवस्था गर्न वजेट विनियोजन गराइने, पालिकाको प्रत्येक वडाको पायक पर्ने ठाउँमा सामुदायिक भवन बनाइने, धार्के, रामकोट,काठमाण्डौ, बैकल्पिक मार्गकोे पिच गर्ने कार्यको थालनी गरिने बताउनुभयो ।
भिमढुंगा, लामिडााडा तथा गल्छी सहडकलाइ पर्यटकिय मार्गको रुपमा विकास गरिने, बेनिदोभान, परेवाटार गल्छी पक्कि सडक आदी महत्वपूर्ण योजना ल्याएने उहाँको भनाइ छ ।
रार्जमार्गमा ट्रमा सेन्टर निर्माणको काम सुरु गर्ने र जनतालाई आफ्नै क्षेत्रमा विषेशज्ञ स्वस्थ्य सेवा उपलब्ध गराइने प्रतिवद्धता त्रिपाठीको छ।
प्रत्येक गाउँपालिकामा डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिने, पालिका स्तरमा स्नातकतहसम्मको कलेज निर्माण, प्रत्येक पालिकामा आर्युवेद तथा योग केन्द्र स्थापना माध्यमिक विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला आदी गर्ने भएकोले नागरिकलाई मत दिन आग्रह गर्नुभयो । एकघर एक धारा, पर्यटकीय क्षेत्र प्रवर्धन, उत्पादनको आधारमा कृषि प्रवर्धन र अनुदानको व्यवस्था एमालेले मात्र गर्नसकिने भएकोले जनताले एमालेको सूर्य चिन्ह रोज्ने दावी छ ।
एमालेको ड्रिम परियोजनाको रुपमा समानान्तर राजमार्ग रहेकोले विकासको फड्को मार्नका लागि पनि आवस्यक रहेको छ । महाभारत क्षेत्र भएरचितवन निस्कने पदमार्गको महाभारत क्षेत्रमा बसोबास गर्नेको आर्थिक स्तरसुधारका लागि काम गर्छ । आफूलेल्याएको योजनाहरु सम्पन्न गर्नका लागि आफूलाई मत दिन आग्रह गर्नुभयो । औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीको बैधताका लागि कानून निर्माण गरि सुरक्षित उत्पादनका लागि कार्यक्रम ल्याइने त्रिपाठीको मूख्य कार्यक्रम रहेको छ ।
धादिङ,
प्रदेश सभाका साम्सदले विकासका धेरैयोजना ल्याउनसक्छ भन्ने प्र्माणित गरेर आफूलाई जनताका नेता बनाउन सफल नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का सूर्य ध्वजाबहाक उम्मेदवार डा.रामकुमार अधिकारीको योजना आफ्नो षेत्रमा कसरी विकास योजना ल्याउने भन्ने छ।
निर्वाचन प्रचारप्रसार र मतदाताको घरघरमा पुग्दै गर्दा भेटिनुभएका डा. अधिकारीले निर्वाचन सकिए लगत्तै आफू फुलमाला थाप्न नभइ योजना आयोग लगायतका विकास अड्डामा गएर योजनाहरु राख्न लगाउने बताउनुभएको छ ।
धादिङको ज्यामरुङ बाहेक निलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका क्षेत्रमा विकास योजना आफूले विशेष पहल गर्ने बताउनुभयो । धादिङ बेसी तिप्लिङ सडकको पिच, नेत्रावती डबजोङको अस्पताल, धादिङबेसी भर्याङभुरुङ सडकको पिच, अन्य सडकको ग्राभेल र नयाँ सडकको स्तर उन्नती गरिने योजनाहरु सहित ५ सय भन्दा धेरैसाना योजनाहरु रहेको जानकारी दिँदै डा. अधिकारीले स्वास्थ्यक्षेत्रको सुधारमाआफू लाग्ने बताउनुभयो ।
साङमा निर्माणधिन पार्कलाई चिडियाखाना समेत बनाएर विकासका लागि काम गरिने योजना सुनाउनु भएका डा. अधिकारी यस क्षेत्रका जनताका लोकप्रिय नेताको रुपमा चर्चित हुनुभएको उहाँका विपक्षीहरुले समेत बताउने गरेका छन् ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले राजेन्द्र पाण्डेले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाउनुभएको छ ।
मंगलबार राजमार्ग क्षेत्रमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले भन्नुभयो,‘मैले ३० बर्ष विकास गरे भनेर भ्रम छर्ने काम भैरहेको छ,त्यो ३० बर्ष राजेन्द्र पाण्डेले गरेको काम एमालेले गरेको हो उहाँ ब्यक्तिले गरेको होइन ।’ नेपालको समृद्धि र बिकास नेकपा एमालेले मात्रै गर्न सक्ने भन्दै बिकास र समृद्धिका लागि सुर्यमा मत हाल्न आब्हान गर्नुभयो ।
त्रिपाठिले ३० औँ बर्ष एमालेबाट अवसर लिएर जनताको मत बेच्नेहरूलाई जनताले मंसिर ४ मा जनताको अदालतले फैसला गर्ने बताउनुभयो । एमालेले जनतालाई सुखी बनाउन र देशलाई समृद्ध बनाउन काम गर्ने प्रतिबद्धता गर्नुभयो ।
उहाँले आज मौवाखोला, मजिमटार, चरौदी, बिसालटार, बेनिघाट, सित्तल बजार, रिचोकटार, मलेखु खोला बजार, गजुरी बजारका मतदातासँग भेटघाट गर्नुभएको छ ।यस्तै उम्मेदवारत्रिपाठी र प्रदेश सभाका उम्मेदवार गजेन्द्र थपलिया ताल्तीमा अायाेजित सभालाई सम्बाेधन गर्नुभयाे । गाउबाट अाएका नागरिकहरुले जनताकाे अावाज र अावस्यकता अनुसार काम गर्न अाग्रह गरेका थिए । कार्यक्रममा उम्मेदवार हरुले जनताका लागि विकास र राेजगारीका लागि काम गर्ने बताउनुभयाे । कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जिनियर गजेन्द्र थपलिया, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
धादिङ/
प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका टिकानिधि काप्रीले जनता नै आफ्नो आधार भएकाले जनताले साथ दिने बताउनु भएको छ ।
नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका काप्रीले मंगलबार पत्रकार सम्मेलन यस्तो बताउनु भएको हो
ठुला दलहरुले बाटो बिराएकाले दलहरुको अवस्थाको विरुद्ध उम्मेदवारी दिएकाले आफुलाई जनताले साथ दिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसले आफूलाई कारबाही गरेर पूर्णस्वतन्त्र भएको बताउँदै काप्रीले आफुप्रचार प्रसारमा लागि रहेको र उम्मेदवारी कायम रहेको उहाँको भनाइ छ।
ठुला दलका नेताहरुले निर्वाचन जितेर पटक पटक अवसर पाएतापनि जिल्लाको विकास निर्माणका काम, शुसासन कायम गर्न नसकेको पनि काप्रीले बताउनुभएको छ । त्यस्तै उहाँले ठुला दलहरुप्रति जनताको सहानुभुति नरहेको पनि आफू जनताकोउम्मेदवार भएकोले जित सुनिश्चित भएको बताउनुभयो।
स्वतन्त्र उम्मेदवार काप्रीको पक्षमा राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय सदस्य बलबहादुर इटनीले बक्तव्य दिनुभएको छ । हामी नेपाली हाम्रो नेपाल नामक स्वतन्त्र र शुशासनको अभियान चलाउनु भएका दशरथ भण्डारी, दिपेन्द्र राज शर्माले समेत टिकानिधि काप्रीलाई जिताउन लागि परेको बताउनुभयो ।