मौवाखोला/
धादिङ क्षेत्र नम्बर १ (२) का नेकपा एमाले उम्मेदवार इन्जििनियर गजेन्द्र थपलियाले विपदको बेला कसरी बस्ती र राजमार्ग जोगाउन सकिन्छ भन्ने स्पष्ट योजना रहेकोले मौवाखोलाबासीले प्राविधिक भएको नाताले आफूलाई मत दिन आग्रह गर्नुभएको छ ।
मंगलबार बिहान मतदाताहरु समक्ष आफ्नो योजना सहित सहभागि हुनुभएका थपलिया धादिङ चितवन सिमानामा रहेको मौवाखोला क्षेत्रमा प्राकृतिक विपत्तीको समयमा विपद रौक्न पहल गर्नुभएको स्मरण गर्दै आफूलेस्थाइ समाधानका लागि पहल गर्ने उहाँको प्रतिवद्धता छ ।
मतदाता भेटघाटको समयमा बुबाकोमृत्यु भएका कारण भेटघाट गर्न नपाएपनि मतदाताहरुले स्पष्ट योजना र समृद्ध नेपाल बनाउने अभियानकर्ताकोरुपमा सघाउन आग्रह गर्नुभयो।
एमाले प्रदेश सभाका उम्मेदवार थपलियाको बुबाको मृत्यु भएका कारण सार्वजनिक कार्यक्रममा पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुनुभएका थपलियाले मतदाताहरु मिस गरेको र थोरैसमय प्रचार गर्ने कार्यक्रममा आइपुगेको उहाँले मतदाताहरुलाईमत दिएमा आफूलेजनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिद्धलेक÷ नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार भूमि त्रिपाठी गाउँ गाउँ मत माग्दै घरघरमा पुगनु भएको छ ।
सिद्धलेकको मगर बाहुल्य रहेको वडा नम्बर ३ र ४ को घरघरमा वृद्धहरु, युवाहरु र खेतबारीमा काम गरिरहेका मतदाताहरु भेटेर मत माग्नु भएको छ।
खासगरिबुढी गण्डकी जलविद्युत परियोजना निर्माणमा लाग्ने, एक घरएक धाराका लागि योजनाहरु ल्याउन आफू पहल गरेर लाग्ने, शुशासन र विकासका विषयमा आफू प्रतिवद्ध भएको एमाले उम्मेदवार त्रिपाठीले बताउनुभएको छ ।
घरघर र टोलटोलमा पुगनु भएका मतदाताहरुले सिद्धलेकको विकासका लागि निरन्तर लाग्न आग्रह गर्नुभएको छ।
प्रदेश सभाका उम्मेदवार इन्जीनियर गजेन्द्र थपलिया शोकमा परेको भएपनि मतदाताले गाउँको विकासको भिजन भएको नेता आएका छन् । आगामी दिनमा विकासको सपना साकार पार्न गाउँ आएर काम गर्न नागरिकहरुको अपेक्षा छ ।
सिद्धलेक गाउँपालिकाको छापथोक, आरुबास, भेडाबारी, मैदान, कमलाबारी, इटपानी, छाप, बसन्त लगायतका स्थानमा मतदातालाई भेट गर्नुभएका त्रिपाठीले मजुवामा समेत किसानहरु मतदातालाई सम्बोधन गर्नुभएको छ। कृषिको विकासका लागि स्पष्ट खाका ल्याएकोले एमालेलाई मत दिन र फुटेर गएका जनताका दुस्मनलाई परास्त गर्न त्रिपाठीको आग्रह छ ।
–––
साङकोष÷ नेकपा एमाले धादिङ क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार खेमप्रसाद लोहनीले जनताको दुःख,समस्यालाई एमाले मात्रै सम्बोधन गर्ने बताउनुभएको छ । आईतबार धादिङको नीलकण्ठ नगरपालिकाको वडा नं १२ मा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले स्थानीय स्तरमा भएका जनताको दुःख, समस्यालाई नेकपा एमाले मात्रै सम्बोधन गर्ने वताउनुभएको हो ।
लोहनीले एमालेले जितेमा देशले जित्ने र गठबन्धनले जितेमा देश झन अध्यारो युग तिर जाने बताउनु भएको छ । देश बिकासको खाका एमालेसंग मात्रै रहेकोले एमालेले जित्नुपर्ने बताउनु भयो । अहिले गठबन्धनले जनता झुक्याएर आफ्नो स्वार्थ पुर्ती गर्ने बाटो तय गरेको बताउनुभयो । उहाँले घिमिरे जँघारबाट लिफ्ट गरि पन्डितचौर हुँदै बाहुन गाउँमा सिंचाइ गरिने भन्दै करिब डेढ किलोमीटर माथि लिफ्ट सिचाइ मार्फत सिंचाइ सुबिधा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उम्मेदवार लोहनीले आज नीलकण्ठ नगरपालिका वडा न १२ को बगैंचा, पण्डितचौर, आँगेटारी, भदुवार र वडा न १३ को मधुवन ,फ्यालेले खर्क , सेउलिमा मतदाता भेटघाट तथा घरदैलो गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं २ को प्रदेश(ख) का उमेदवार डा.रामकुमार अधिकारी,एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले नीलकण्ठ नगर कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––
पोखरा/
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले राष्ट्रियताको रक्षा एमालेलेमात्र गर्ने भएकोले जनतालेएमालेलाईरोजिरहेको बताउनुभएको छ।
देशको गुमेको भूमि फिर्ता ल्याउन एमालेले जित्नु पर्ने बताउँदै धिपाठीले विकास रसमृद्धि हाम्रै पालामा भन्ने नारा एमालेबाट मात्र सम्भव भएको बताउनुभयो ।
जनताहरु एमालेलाई बैधानिक रुपमा जनमत दिन मंसिर ४ गतेको प्रतिक्षामा रहेको उहाँकोभनाइ छ।
नेकपा एमाले संस्थाक नेता जगन्नाथ नेपाल एमालेलाई जिताउनका लागि चुनावी कार्यक्रममा सहभागि हुनुभएको छ। । एमाले संस्थापक नेपाल, उम्मेदवार त्रिपाठी लगायतका एमाले नेताहरुलाई पोखरामा पार्टी कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । मंसिर ४ का लागि गाउँ फर्केर एमालेलाई जिताउन लागि पर्ने पोखरामा बसेका एमाले कार्यकर्ताहरुले बताएका छन् ।
–––
ज्यामरुङ/
धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभाका नेकपा एमाले उम्मेदवार खेम लोहनीले शनिबार धादिङको ज्यामरुङ, कटुञ्जेका श्री ५ को बायुगुठी पीडितहरुलाइृ लालपुर्जा दिनका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएो छ।
ज्यामरुङमा बायुगुठी पीडितहरुले आयोजना गरेको कायृक्रममा श्री ५ हटेर हराइसकेको अवस्थामा जनताले दुख पाएको र गुठीको नाममा पीडित भएको अवस्थामा नितिगत रुपमा निर्णय गराउन आफैँ लाग्ने उहाँको प्रतिवद्धता छ ।
एमालेसंधैँ जनताको पक्षमा रहेकोले यसअघि पनि आफू जनताको पक्षमा लागेर समस्या समाधानका लागि पहल गरेको स्मरण गर्दै आफूलाई जनताले एमालेलाई साथ दिन आग्र्ह गर्नुभयो ।
धादिङ क्षेत्र नम्बर २ (२) प्रदेश सभाका राप्रपाका उम्मेदवार डम्बर तामाङलेसमेतएमालेसंग साथमा मिलेर आफूले गुठी पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खेम लोहनीले मतदाताहरुको घरघर र टोलटोलमा पुगेर मत माग्नु भएको छ।
सल्यानटार, चैनपुर लगायतका षेत्रमा शनिबारमतदाता भेटघाट गनुभएको छ ।
–––
धादिङ/
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का प्रदेश सभा उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको अदालतबाट एमाले सरकारमा पुनस्थापित हुने बताउनु भएको छ। राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दैप्रदेश सभा उम्मेदवार डा. अधिकारीले जनताको शक्ति एमालेमा केन्द्रीत भएको र अदालतको परमादेशबाट एमालेलाई हटाएपनि जनताले पुनः स्थपित गराउने बेला आएको बताउनु भएको हो ।
आफ्नो भूमि आफ्नो आफ्नो भन्न नसक्नेहरुलाई जनताको अदालतबाट हराएरएमालेलाई बैधानिक रुपमा सरकारमा विकासका लागि पुर्याउने डा. अधिकारकिोभनाइ छ।
–––
सीताराम अधिकारी–
उत्तरी धादिङको तत्कालिन सेर्तुङ गाविसको बोराङ (हाल रुबीभ्याली गाउँपालिका वडा नम्बर ४) मा दर्जङ तामाङ र आमा उर्पामायाँ तामाङका कान्छो सन्तानको रुपमा जन्मनुभएका ४६ वर्षीय डम्बर तामाङ यतिखेर मतदाताहरुसंग गाउँको विकास गाउँकै मान्छेको अगुवाइमा भनेर गाउँ हिड्नु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य डम्बर तामाङ धादिङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशससभा सदस्यका उम्मेदवार हुनुहुनछ ।
राप्रपा गठन भएपछि राप्रपाका केन्द्रीय प्रभावशाली नेता बुद्धिमान तामाङको सहयोगि, ०६९ मा राप्रपाको जिल्ला समिति सदस्य हुँदै डम्बर तामाङ राप्रपाको केन्द्रीय नेतृत्वमा पुग्नु भएको हो ।
यसअघि २०७४ को प्रदेशसभा सदस्यका प्रत्यासी हुनु भएका तामाङ १५ हजार ७ सय ७५ मत ल्याएर झिनो मतले पराजित हुनुभएको थियो । बैदेशिक बसाइबाट गाउँमै आएर सामाजिक तथा आर्थिक विकासका लागि क्रियाशिल हुनुभएको थियो ।
यतिखेरनेकपा एमालेसंगको तालमेलमा प्रदेशसभामा एमालेले समेत राप्रपालाई मत दिने राप्रपाले यस प्रदेश बाहेक प्रतिनिधि सभा र अन्य प्रदेशसभामा समेत एमालेलाई सघाउने सहमति अनुसार बलियो उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको छ।
धेरैले जनतालाई विकासको सपना देखाएर अहिलेसम्म योजनावद्ध काम गर्न नसकेकोको अवस्थामा विकट उत्तरी धादिङको लापा र तिप्लिङसम्म पक्की रोड ल्याउने उहाँको प्रतिवद्धता छ । गाउँमा ल्याइने सडकबाट सामान गाउँमा मात्र ल्याउनेनभइ गाउँमा उत्पादन बढाएर बाहिर पठाउनेसमेत योजना ल्उने योजना लिएर गाउँगाउँ मतदाताको घरमा पुग्नु भएका तामाङविकास, रोजगार, शिक्षापर्यटनको विकासमा काम गर्ने लक्ष्य लिएका छन् । एक पालिका एक प्राविधिक शिक्षालय, शिक्षकको विषयत दरबन्दी, स्वास्थ्य क्षेत्रका विकासर ग्रामीण अस्पतालको विकास गर्ने योजना तामाङसंग छ । उत्तरीका क्षेत्रमा आफु, जौ, कोदो, जडिबुटी खेती गरेर उत्पादन र आर्थिक विकासका एकिकृति कार्यक्रम ल्याइने उहाँको भनाइ छ ।
नेपालकौ गौरबकोरुपमा रहेको जस्ताखानी रुबीभ्यालीमा रहेकोलेयसको संचालन गरिरोजगारी सिर्जना गराउने महत्वकांक्षी योजना समेत तामाङसंग छ ।
राष्ट्रिय गौरबको बुढी गण्डकी जलविद्युत परियोजना, मध्यपहाडी पुष्पलाल राजमार्ग, सडक पुल, रुबीभ्याली एकिकृत विकासकार्यक्रम, गणेशहिमाल राष्ट्रिय निकुञ्ज, गरीवि निवारणका कार्यक्रम, सामाजिक सुरक्षाका कार्यक्रम, भूमि व्यवस्थापनका कार्यक्रम, एक घर एक धारा, पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र विकास, सामाजिक र आर्थिक विकासमा विशेष टेवा, कृषिलाई आधुनिकिीकरण र व्यवसायिकीकरण जस्ता योजनाहरु सहितको प्रतिवद्धता पत्र समेत सार्वजनिक गरि सर्वसाधारणसामु पुग्नु भएका राप्रपाका उम्मेदवार डम्बर तामाङ धादिङ क्षेत्र नम्बर २ (२) मा राप्रपाको उम्मेदवार हुनुभएकोलेजियी गराउन आग्रह गर्नुभएको छ ।
–––
त्रिपुरासुन्दरी÷ धादिङ क्षेत्र नम्बर २ (२) मा राप्रपाका उम्मेदवार डम्बर तामाङ मतदाता भेटघाटमा व्स्त हुनुहुनछ।
निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुको माग अनुसार शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा मतदाताहरुलाई भेटघाट गनुभएको हो ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र राप्रपाबीच तालमेल गरेर उम्मेदवार उठाएपछि संयुक्त प्रचार भइरहेको छ।
गाउँपुग्नु भएकाउम्मेदवार तामाङसंग मतदाताको अपेक्षा विकास गर्ने नेता आवस्यक रहेको बताएकाछन् । मतदाताको अपेक्षा अनुसार जनताको लागि काम गर्ने उम्मेदवार तामाङले प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
सीताराम अधिकारी–
प्रदेश साम्सद भएर जिल्लामा विकासको आधारप्रस्तुत गर्ने विकासबादी नेताको रुपमा परिचित नाम हो डा.रामकुमार अधिकारी । धादिङको धुवाकोटमा बुबा छन्दलाल र आमा तुलसीदेबि अधिकारीका छोरा अधिकारीले पब्लिक हेल्थमा महाराजगञ्ज मेडिकल कलेज, चिकित्शाशास्त्र अध्ययन संस्थान, त्रिभुबन बिश्वबिद्यालयबाट विद्यावारिधि (पिएचडि) गनुभएको छ ।
समाज शास्त्रमा एमए एमफिल गर्नुभएका समाज डा अधिकारीले नेपाली समाज र यसको प्रवृत्तिको विश्लेषण गर्नसक्ने क्षमता भएकाले जनसमूदायबाट रुचाइएका नेताकोरुपमा चिनिनुभएको छ ।
डा. अधिकारीले राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (ल्ब्क्त् ) बाट २०७५ सालमा नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार पाउनु भएको थियो। राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (ल्ब्क्त्) ले नेपालको बैज्ञानिकको सूचिमा डा. अधिकारीलाई सूचिवद्ध गरेको छभने भारत सरकारलेसमेत बैज्ञानिकको सूचिमा डा. अधिकारीको नाम उल्लेख गरेको छ । ।
सि एम ए क्याम्पस, धादिङको बि सं २०५२ देखि २०५६सम्म क्याम्पस चिफ भएर काम गर्दा प्राविधिक शिक्षाको सुरुवात गराएर विकासको अवधारणा शिक्षामा लागु गर्नुभएको थियो। त्यतिखेरसिएमए अध्यानगरेकाहरु यतिखेर जिल्लाको विभिन्न भागमा सरकारी सेवामा कार्यरत छन्।
नेपाल सरकारको चिकित्सकको रुपमा दोलखा, अछाम, कंचनपुर, मकबानपुर, सल्यान, ललितपुर, काठमाण्डौ जिल्लामा बि सं – २०५७ देखि २०६५ सम्म सेवा गर्दाका अनुभवले समाजको विविधता र सामाजिक विकासको प्रवृत्तिकोसमेत अनुभव डा.अधिकारीसंग छ । मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्सेस, कठमाण्डौमा सह प्राध्यापकको रुपमा समेत बि.सं. २०६८ देखि २०७५ सम्म अध्यापन गर्नुभयो । बि.स.ं २०६८ देखि २०७० सम्म मनमोहन मेमोरियल शिक्षण अस्पातलको ब्यबस्थापन समितिको सचिबको रुपमा हालसम्म पनि कार्यरत रहनु भएको छ। डा.अधिकारीका बेसिक मेडिसिन – बि सं २०५६ सालमा, आकश्मिक व्यबस्थापन र संभाबित निदान – बि सं २०५८ सालमा, फार्मेसी, फार्माकोलोजी र आधारभुत चिकित्सा – बि सं २०६७ सालमा पुस्तक प्रकाशन भएको छ । धेरै अनुसन्धानात्मक लेखहरुसमेत प्रकाशित छन्। धादिङको सल्यानटारमा धेरै मात्रामा देखा परेको हात्तिपाइलेबारे उहाँले सोधपत्र तयार गर्नुभएको छ । यो हालका यसविषयमा जानकारीराख्न चाहनेहरुले खोजी गरेर अध्यान गर्न पाउने छन् ।
डा. अधिकारीले २०३८ सालबाट अमृत क्याम्पसमा अनेरास्वोबियुको सचिब भइ राजनितिक यात्रामासंगठित हुनुभएको थियो। पंचायती राज्य व्यवस्थामा भूमिगत जिवन र नेकपा मालेको संगठित सदस्य बन्नु भएका अधिकारी नेकपा एमालेको नेर्तत्वमा २०४७ पछि निरन्तर हुनुहुन्छ।
नेपाल बुध्धिजिबी परिषदको केन्द्रिय सदस्य, नेकपा एमाले स्वास्थ्य बिभागको केन्द्रिय सदस्य, शिक्षा बिभागको केन्द्रिय सदस्यकोरुपमा काम गरेर जिल्लादेखि केन्द्रसम्मकोराजनितिक बहसमा समेत खरोउत्रन सक्ने बौद्धिक नेता हुनुहुन्छ । हाल नेकपा एमाले बागमती प्रदेश सदस्य, स्वास्थ्य बिभाग प्रमुख समेत हुनुहुनछ ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट २०३६८ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा बिजयी भएको र सामाजिक बिकास राज्य मन्त्री भइ काम गर्दा विकासबादी र विकासको लागि केही गर्नु पर्छ भन्ने सोच भएको नेताको छवि बनाउनु भएको छ ।
डा. अधिकारीको पहलका ठूला योजनाहरु
धेरै लामोसमयदेखि सडक खनिएरपनि पिच नभएको साङकोष तिप्लिङ सडक यस वर्षबाट ७६ करोड रुपैयाँ बजेट पेर चरङगे षेत्रमा पिचकोकामको ठेक्का लागेर कामसुरु भएको छ।
बुढीगण्डकीबाट खानेपानी लिफ्ट गरेर खानेपानी समस्या भोगिरहेका ज्वालामूखी गाउँपालिकाको चार वडामा खानेपानी ल्याउने लिफ्ट खानेपानी योजनाको डिपिआरभएरकामसुरु भएको छ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा निर्माणसुरु भएको शहिद पार्क बहुवर्षिय योजना हो। पार्क र यसमा चिडियाखाना समेत रहनेगरि योजना भएकोले यसको निर्माण केही वर्षमा सम्पन्न हुने छ।
धादिङबेसी भर्याङभुरुङ सडक कालोपत्र, देउराली, काउले नुवाकोट सडक कालोपत्रे, पाल्पाभञ्ज्याङ, साँधभञ्ज्याङ सडक कालोपत्रे, धादिङबेसी कभर्डहल निर्माण, नवदुर्गा पक्की पुल निर्माण, मायाँदेबिपुल कटुञ्जे, नेत्रावती डबजोङ अस्पताल, थोलखोला मानेडाडाँ लिप्टिङ खानेपानी आदी ठूला योजनाहरु केही सम्पन्न भए भने धेरै योजनाहरु निर्माणको चरणमा छन् । साना फुटकर योजनाहरु टोलटोलमा मागको आधारमा काम भएकोले डा रामकुमार अधिकारी यस क्षेत्रको विकासको सुत्रधारको रुपमा जनताले लिएका छन् ।
एक घर एक धारा, पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र विकास, सामाजिक र आर्थिक विकासमा विशेष टेवा, कृषिलाइृआधुनिकिीकरणरव्यवसायिकीकरण गर्ने खालका योजनाहरु ल्याउनपहल गर्ने योजना सहित डा अधिकारी धादिङ क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएको छ । सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरिन्छ।
–––
जनताको मत एमालेमा छ। ः एमाले उम्मेदवार खेम लोहनी
धादिङ÷ नेकपाएमाले धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार खेम लोहनीले जनताले एमाले मन पराएको अवस्थामा जनमतको रक्षा गर्न एमाले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा उमाले अगुवा कार्यकर्ताहरुलाई धादिङबेसीमा शुक्रबार सम्बोधन गर्दै लोहनीले जनताको सुरक्षा र जनताको साथमा रहेर काम गर्न आग्रह गर्नुभयो ।
विकाससमृद्धिको जग एमालेले बसालेको र जनताकोअपेक्षा एमालेसंग भएकोले जनताले एमालेमन पराएको हो । सूचनार संचारकोयुगमा अघिल्ला चुनावहरुमा अनियमित मतदान भएको जानकारी भएरपनि सबै ठाउँमा अबैधानिक मतदान रोक्न नसकेको बताउँदै यस पटक जनताको साथमा लागेर एमाले कार्यकर्ताले अबैधानिक मतदान रोकेर छाड्ने दावी गर्नुभयो ।
–––
फूलखर्क/
राप्रपा धादिङ क्षेत्र नम्बर २ (२) का उम्मेदवार डम्बर तामाङले मतदाता भेटघाटको क्रममा गंगाजमुना गाउँपालिका वडा नम्बर का मतदाताहरुसंग भेटघाट गर्दै यस क्षेत्रको विकासमा आफूले ध्यान दिने बतउनुभएको छ ।
गंगाजमुना गाउँपालिकाको अघिल्लो स्थानीय सरकारले गाउँमा सडक बनायो तर यसलाई पक्की बनाउन र वर्षाको समयमा चल्ने बनाउन सकिएको थिएन ।
मतदाता भेटघाटमा पुगेका राप्रपाका उम्मेदवार तामाङ समक्ष सडक र खानेपानी मूख्य समस्या भएकोले जनताको समस्यामा नेता चुनिएपछिकाम गर्न माग गरेका छन् ।
उम्मेदवार तामाङले एकघर एक धारा, सडकलाई १२ महिना चल्ने बनाउन आफू लाग्ने र गाउँबासीको समस्यामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा राप्रपाका जिल्ला स्तरका नेताहरु र नेकपा एमालेका नेताहरुको सहभागिता रहेको छ।
–––
गाेगनपानी/
नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले सुशासन र समृद्धिका लागि मतदाताले नेकपा एमाले रोजेको बताउनुभएको छ ।
बिहिबार धादिङको गल्छी गाउँपालिका वडा नं ८ को गोगनपानिमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले स्थायी सरकार, सुशासन र समृद्धिका लागि आम मतदाताहरुले नेकपा एमालेलाई रोजेका बताउनुभएको हो ।
एमालेले विगतमा सुरु गरेको बिभिन्न महत्वपुर्ण यात्रालाई निरन्तरता दिन मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयोे । समृद्ध नेपाल सुखी नेपाली समग्र नेपालीको चाहना भएको बताउदै त्रिपाठीले भन्नुभयो,‘ एमाले बलियो भएमात्रै राष्ट्र बलियो हुन्छ,देशमा विकासको लहर ल्याउन एमालेले जित्नुपर्छ ।
त्रिपाठीले गोगनपानीको समृद्धिको लागि मौका पाउदाँ केही थालनी गरिएको र अब बाहै्र महिना सवारी चल्ने गरी सडक कालोपत्रे गर्ने पहिलो काम हुने बताउनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य १ (क) का उमेदवार रमेश कुमार आचार्यले समग्र विकासको लागि नयाँ ऐजेण्डाका साथ क्रियाशील रहेकाले नेकपा एमालेलाई बिजयी गराउन मतदातालाई आग्रह गर्नुभयो।
गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठी र आचार्यलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँहरुले बिहिबार नै गल्छी गाउँपालिकाको वडा नं ८ को रानिमाला,चकमके लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य नरेश खतिवडा, प्रदेश सभाको समानुपातिक उम्मेदवार उमा सिंखडा, एमाले धादिङका जिल्ला तहका नेताहरु, नेकपा एमाले गल्छी गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––
ज्वालामुखी/
नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले जनताको जीवनस्तर उकास्नु एमालेको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
बिहिबार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त चुनावी अभियान अन्तरगत ज्वालामुखी गाउँपालिका वडा नं ५ खरिमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लोहनीले यस्तो बताउनुभएको हो ।
उहाँले आम मतदाताहरू नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आतुर रहेको बताउनुभयो। नेकपा एमालेले शुरु गरेको गाउँ विकासको अभियानका कारण अहिले जिल्लाका धेरै ठाउँमा मोटरबाटोको सुविधा पुगेको, गाउँ गाउँमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न भौतीक पूर्वाधार निर्माणको काम शुरु भएको भन्दै एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले एमालेलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
जनता स्थिर सरकारको पक्षमा रहेको भन्दै उम्मेदवार लोहनी एमालेका लागि नभई देश बनाउनका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ ।
साथै आफ्नो पाँच बर्षे कार्यकालमा धादिङ क्षेत्र नं २ मा बिभिन्न महत्वपुर्ण काम भएको र बाँकी रहेको अधुरा काम आगामी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।
उहाँले बिहिबार ज्वालामुखी २ को चैनपुर, ज्वालामुखी ५ खरिको भद्वार छापथोक, मैदान, धुसेनी लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा राप्रपाकी समानुपातिक उम्मेदवार बिना लामा, एमाले धादिङका जिल्ला तहका नेताहरु, नेकपा एमाले ज्वालामुखी गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
–––
धुवाकोट÷नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का उम्मेदवार डा रामुकमार अधिकारीले सुशासन र विकास आफ्नो एजेण्डा भएको बताउनुभएको छ ।
आफ्नो जन्म थाले धुवाकोटका मतदाताहरुसंगथ प्रतिवद्धता व्यक्त गर्दै शुशासन रविकास एजेण्डामा परेको उहाँको भनाइ छ ।
मतदाताहरुले विकासका लागि डा. अधिकारीले अघि सारेका एजेण्डाहरु कायाृन्वयन गर्नका लागि समेत सहयोग गर्ने बताउँदै समाजको माग अनुसारको काम गर्न आग्रह गनुभयो ।
समाजको अनगिन्ती आवस्यकता भएकोले एकै पटक सबै आवस्यकता पुरा नभएपनि प्राथमिकताकोआधारमा निरन्तर काम गरी जनताको सेवामा लाग्ने डा. अधिकारीको प्रतिवद्धता रहेको छ ।
–––
प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचन नजिकिएसंगै एमाले स्थानीय कार्यकर्ताहरु जनतालाई भोट हाल्न सिकाउँदै गाउँगाउँ पुगेका छन् ।
गजुरी गाउँपालिका विभिन्न वडामा घरघर पुगेर एमाले कार्यकर्ताहरुले जनतालाई मतदान गर्ने तरिका सिकाइरहेको गजुरी गाउँपालिका नेकपा एमालेका अध्यक्ष माधव भण्डारीले बताउनुभयो ।
बेनिघाटरोराङ गाउँपालिकामा बुधबारबाट मतदातालाइ भोटहाल्ने तरिका सिकाउन थालेका छन् ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ बाट मंगलबार नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेका छन् ।
पार्टी कार्यकर्ताहरु घरघर पुगेर जनतालाई मत दिने तरिका सिकाउँदै हिडेको ले जनताहरुले खुसी व्यक्त गरेका छन् । नमूनामतपत्र र स्वस्तिक छाप लिएर गाउँपुगेका एमाले कार्यकर्ताहरु खेतबारी र गोठालो गएको ठाउँमै पुगेर मत दिने तरिका सिकाइरहेको र मतदाताहरु खुसी भएको नेकपा एमाले सिद्धलेकका अध्यक्ष कमला शर्माले बताउनुभएको छ ।
–––
धादिङ ।
स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु गठबन्धनको चुनाव प्रचार गर्दै हिडिरहेका छन् ।
आचारसंहिता विपरित बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया गठबन्धनको चुनाव प्रचार गर्दै कात्तिक २२ गते बेनिघाट रोराङ गाउँपालिका–२ मा पुगेका छन् ।
गठबन्धनका उम्मेदवारको चुनावी सभा र मतदाता भेटघाटमा घरघर पुगेर थपलियाले गठबन्धनलाई जिताएमा गाउँको विकास गरिने बताएर मतमाग्दै हिडेको बेनिघाटरोराङ गाउँपालिका–२ काविष्णु थापाले जानकारी दिनुभयो ।
सो गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ पनि निर्वाचनमा मत माग्र्दै हिडिरहेका छन् । जठबन्धनले आयोजना गरेको सभा र मतदाता घरदैलामा गाउँमा हिडिरहनुभएको छ ।
निलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना गठबन्धनको सभामा मन्तब्य व्यक्त गरेको फोटो समेत सामाजिक संजालमा भेटिएको छ । उहाँले विकासका कामका लागिगठबन्धनले जित्नै पर्ने भन्दै आचारसंहिताको उल्लंघन गरेको निलकण्ठ नगरपालिका–१२ का दयाराम लम्सालले बताउनुभयो ।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ पनि गाउँगाउँमा भोटमाग्दै हिड्नु भएको छ। गजुरी गाउँपालिकाको विभिन्न वडामा गठबन्धनको भेटघाट तथा सभामा समेत मात माग्दै हिड्नु भएको सामाजिक संजालमा भेटिएको छ । आचारसंहिता उल्लंघन गर्दै जनप्रतिनिधिहरुले यसको धज्जी उडाएका छन् ।
यसैगरि गठबन्धनका उम्मेदवारहरु आचार संहिता विपरित रंगिन पोष्टकार्ड छापेर वितरण गर्दै हिडेका छन् ।
समानुपातिक उम्मेदवार सोम्बले तामाङले रंगिन कार्ड बनाएर प्रचारप्रसार गरिरहेको अवस्थामा भेटिएको छ । उहाँ नेकपा माओवादी केन्द्रका बागमति प्रदेशका समनुपातिक उम्मेदवार हुनुहुन्छ ।
यसैगरि गठबन्धनका उम्मेदवार गोबिन्द लम्सालले रंगित कार्ड बनाएर गाउँमा बितरण गरेको भेटिएको छ ।
उम्मेदवार र जनप्रतिनिधिहरुले आचार संहिता विपरित कार्य गरेको सम्बन्धमा आचार संहिता अनुगमन कर्ता पुरुषोतम शर्माले सम्बन्धीतहरुलाई सचेत गराइएको र अर्को पल्ट पनि यस्तो कार्य भेटिएमा कारबाहीको प्रकृयामा अघि बढ्ने बताउनुभयो ।
यता निलकण्ठ क्याम्पसमा अध्यापन गर्ने राधारमण आचार नेपाली काँग्रेसको झण्डा बोकेर चुनावी प्रचारमा भेटिनुभएको छ । उहाँहरुको फोटो समेत सामाजिक संजालमा चुनाव प्रचार गरेको अवस्थामा समेत भेटिएको छ ।
–––