धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभुती शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । स्थानीय टोलवासी दाताहरुको सहयोगमा स्थापना गरेको शालिक नीलकण्ठ नगरपालिका-३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले अनावरण गरेका हुन् ।
राष्ट्रिय विभुतीको सम्मान र जनमनमा विभुती स्थापित गराउने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेसी बीचबजारको चौतारोमा शालिक स्थापना गरिएको बीच बजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।
शालिकसँगै कलात्मक ढुंगेधारा पनि निर्माण गरी संचालनमा ल्याइएको छ । चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुननिर्माण गरिएको छ । गाउँगाउँबाट सदरमुकाम आइपुगेकाहरु सुस्ताउने चौतारो परिषरमा बनेको शालिक, ढुंगेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ ।
गजुरी/
नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ ।
मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा अभिमुखीकरण गरिएकाे हाे ।
शर्मा लामा जेड आई सी जी जे भी निर्माण व्यवसायीको आयोजनामा एस एम इ सी पी इ सी को सुपरिभिजन सडक विभागको सहयोग र विश्व वैङक को आर्थिक तथा प्राविधिक सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नौविसे मलेखु सडक खण्ड स्तरोन्नती सँग सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर हरुको सहभागितामा सम्पन्न गरिएको थियो । कार्यक्रममा एच आई भी एडस के हो यसवाट कसरी वच्ने यसको रोकथाम तथा न्युनिकरणका उपायहरु निर्माण क्षेत्रमा एच आई भी एडस को जोखिम लगायत लैंगिक हिंसा , हिंम्सा कसरी भैरहेको छ निर्माण क्षेत्रमा हुने हिंसा , न्युनिकरणको उपायहरु जस्ता विविध पक्षको वारेमा जानकारी गराईएको छ ।
कार्यक्रममा ३२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले, नानु कार्कीले सहयोगीको भुमिका र कार्यक्रम सञ्चालन सोही निर्माण व्यवसायीकी लैगिक हिंसा न्यूनिकरण अफिसर विपना प्याकुरेलले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन शर्मा लामा जेड आई सी जी जे भी निर्माण व्यवसायीका सामाजिक विज्ञ नर्मदा अर्याल ले गर्नुभएको थियो
चेपाङ समुदायको वाहुल्य रहेको बागमती प्रदेशको तीन जिल्लामा प्रदेश सरकारले भदौ २२ गते चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागिको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मेरो पोषण साथी मोबाईल एपको शुभारम्भ गर्नुभएको छ । मोबाइल एपले गर्भवती तथा सुत्केरी, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
सोमवार मन्त्रालयमा आयोजित मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालीहरुको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तिमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।”
त्यसैगरि स्वास्थ्य मन्त्रालयका सचिव देव कुमारी गुरागाईले स्वास्थ्य सबै नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । मोबाइल एपले पोषण व्यवहारका साथसाथै नेपाल सरकारले प्रदान गर्ने आधारभुत स्वास्थ्य सेवाको उपभोग गर्न प्रोत्साहन पनि र्ने सचिव गुरागाईंले बताउनु भयो ।
सोहि कार्यक्रममा स्वास्थ्य र पोषणसँग सम्बन्धित डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको पनि शुभारम्भ गरिएको छ । डिजिटल लाइब्रेरीले स्वास्थ्यकर्मी, विद्यार्थी वा यो विषयमा रुची राख्ने सबैको लागि नेपालमा आधारभुत स्वास्थ्य र पोषण सम्बन्धी दस्तावेजहरु एकै स्थानमा सहजरुपमा उपलब्ध गराउने लक्ष्य लिएको बताइएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव संगिता मिश्र, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह, अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङ्गेच, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल लगायतले मेरो पोषण साथी मोबाइल एपले गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गर्नुभयो । एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने उहाँहरुको भनाइ छ ।
नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा युएसएआईडी र सुआहारा कार्यक्रमले सहयोग गरेको छ ।
युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले विकास गरेको मेरो पोषण साथी एप प्लेस्टोरबाट डाउनलोग गरी एन्ड्रोइड मोबाइलमा सजिलै प्रयोग गर्न सकिने कार्यक्रममा जानकारी गराइएको थियो ।
आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा नमुना बगेश्वोरी बहुमुखी क्यम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सरसफाइ तथा वृक्षरोपण कर्याक्रम सम्पन भएको छ।अनेरास्ववियु जिल्ला कमिटी धादिङका सहसचिव एवं गल्छि गाउँपालिका वडा नं.७ मा अवस्थित नमुना बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु सभापति अन्दाज श्रेष्ठको अनुसार तेजपत्ता,अमलाद,धुपि,चाप,कल्कि फुल र अम्बा गरेर १३० विरुवा सारेको बताउँछन्।
अनेरास्ववियु आदर्श बहुमुखी क्याम्पस कमिटीको आयोजना बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।आज शुक्रबार क्याम्पसमा बकाईनाे,तेजपत्ता ,कल्कि फुल बिरुवा सारेको क्याम्पस कमिटी अध्यक्ष सुरेश श्रेष्ठले बताए।
धादिङको गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा अबस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु गठन भए सङ्गै रचनात्मक कार्यक्रम गर्दै आईरहेको छ।बृक्षाराेपण कार्यक्रममा स्ववियु सङ्गै क्याम्पस प्रमुख लगायत क्याम्पस प्रसाशनको सक्रिय सहभागीता रहेको थियोे।
सीताराम अधिकारी
धादिङबेसी भर्याङभुरुङ सडकमा हतारमा कामसक्नका लागि ठेकेदार कम्पनीले माटोमाथी ढलानको काम गरिरहेको छ ।पटक पटक म्याद थपेर पनि २ सय दिन जरिवाना तिरेर काम गर्दै गरेको ओल्डवाइज सुसान जेभि नामक ठेकेदार कम्पनीले स्याउली भर्याङभुरुङ खण्डमा गरिएको नालाको छेउको भागको ढलानमा माटोमाथी नै काम गरिरहेको भेटिएको हो ।
संचारकर्मीहरुको टोली सो क्षेत्रमा पुग्दा नालाको ढलान भइरहेको थियो। घरमा हामी ढलान वा सिमेन्टको वाल लगाउँदा यसरी माटोमाथी नगर्ने भएकोले सडक बनाउँदा पनि माटो माथी ढलान गर्नु नपर्नेमा कसरी ढलान गरेको भनेर स्थलगत रुपमा हेरिएको संचारकर्मी बिनोद तमुले बताउनुभयो ।यतिखेर ठेकेदार कम्पनीले नाला ढलान गर्ने र सडकमा ग्राभेल मिलाउने काम भइरहेको छ । १३ किलो मिटरसडक पिच गर्ने प्रयोजनार्थ भइरहेको काम कमसल काम भइरहेको फिल्डमा खटिएको इन्जिनियर बलराम मण्डलले बताउनुभयो।
बागमति प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाले ठेक्काको काम भइरहेको छ।
६ करोड ५४ लाख ठेक्कामा गत बैशाखमा काम सम्पन्न गर्नेगरि काम भएको भएपनि ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण ठेक्का रकमको १० प्रतिशत रकम जरिवाना तिर्नेगरि २ सय दिन अथवा कात्तिक मसान्तमा पिचको काम सम्पन्न गर्नेगरि काम भइरहेको र अनुगमन समेत भइरहेको बागमति प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका सूचना अधिकारी पारस पाण्डेले जानकारी दिनुभएको छ ।
१३ किलोमिटर पिच गर्ने सडकको ४ महिना काम गर्नेसमय बाँकी हुँदा ३० प्रतिशतमात्र काम सम्पन्न भएको पाण्डेको भनाइ छ ।हतारमा काम गरिरहेको बताउने ठेकेदार कम्पनीले इस्टमेट र कार्यालयले गरेको ठेक्काको काम गरिरहेको साइड इन्चार्ज प्रभाकर बस्नेतले बताउनु भयो ।
हतार हतारमा काम गरिरहेको ठेकेदार कम्पनीले माटोमाथी गरिरहेको ठलान र कमसल संरचना बनाउँदै गरेको विषयमा स्थानीय रुपमा समेत प्रश्न गरिएको उपभोक्ता एवं संचारकर्मी बिरमान तामाङले बताउनुभयो ।
गजुरी/ राष्ट्रिय स्वतन्त्र पार्टीले गजुरी गाउँपालिका कमिटि सभापतिमा मिलन डल्लाकाेटिलाई चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आज शनिबार भएको गाउँपालिका स्तरीय भेलाले डल्लाकाेटिलाई सभापतिमा चयन गरेको हाे।स्वतन्त्र पार्टीका उपसभापति एवं संघीय सांसद डोल प्रसाद अर्याल,संसद डा.ताेसिमा कार्कि,रमेश प्रसाई,बसुमाया तामाङ,जिल्ला सभापति सुर्यमणि पाठक लगायतका नेताको उपस्थितिमा भएको गाउँपालिका स्तरीय भेलाले ११ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको स्वतन्त्र पार्टी गजुरीले बताएको छ।
सभापति मिलन डल्लाकोटी,उप-सभापति राम बहादुर तामाङ,सचिब रामहरी न्यौपाने,कोषाध्यक्ष रश्मी बाबा नरसिंह जी गजुरे,सदस्य दीपक उप्रेती,तारा लामा,राजेश कुमार गजुरेल,लिला बहादुर लामा,बिनोद अधिकारी,अन्जली अधिकारी,सगुन कार्की भण्डारी सहितको ११ सदस्यीय कमिटी गठन गरेको हाे।
धादिङ, २४ असार –
जगंलमा पाइनेखानयोग्यवनस्पतिको स.रुक्षण गरिजनताकोआम्दानी बढाउनेयोजना ल्याउने कार्यक्रमका लागि उत्तरी धादिङका तिन गाउँपालिका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । जंगली खानयोग्य वनस्पतिहरुको योगदानबारे लिवर्ड र वेल्थ हंगर हिल्फेले गरेको अध्यायन प्रतिवेदन सार्वजनिक गर्दै गंगाजमुना, खनियाबास र रुबीभ्याली गाउँपालिकामा अध्इायन गरेको लिर्वडका वरिष्ट वनस्पति विज्ञ शम्भु बस्नेतले बताउनुभयो ।
यस क्षेत्रका मानिसहरुले १४ देखि २८ प्रतिशत जंगली वनस्पतिले आफ्नो तरकारीको छाकटार्ने गरेको पाइएको छ । तौलको आधारमा तरकारी १७ दशमलब २ प्रतिशत, मसला १३ दशमलब ६ प्रतिशत र फलफुल १९ दशमलब ६ प्रतिशत जंगली वनस्पतिले मानिसले गर्ने उपभोगको हिस्सा लिने गरेको तथ्य सार्वजनिक गरिएको थियो । मानिसलेउपभोग गर्ने २ सय ५७ वनस्पति मध्ये १ सय ७० वनस्पति खानेगरेको प्रतिवेदनमा उल्लेख छ ।
पारिवारिक पोषण तथा खाद्य सुरक्षामा जंगली खानयोग्य वनस्पतिको योगदानबारे चर्चा गर्दै खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले नागरिकको पोषण स्थितिमा सुधार गर्न वनस्पतिहरुकोसंरक्षण गरि आम्दानी गर्ने कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्दै केही काम सुरु गरिसकेको बताउनुभयो ।
गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले कृषि सामुदायिक वन संग समन्वयगरि जंगली खानगोइ वनस्पतिको संरषण कार्यक्रम गर्ने, स्थानीय सरकारले वन ऐन बनाएर कार्यान्वयनमा ल्याउने कार्यक्रम सुरु गरिएकोले सरोकारवालाहरुले जनताको कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो । रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फे लामाले पोशिलो हुने भएको जंगली खान लायक बस्ुहरुको सुरक्षा सम्बन्धी कार्यक्रम लयने बताउनुभयो ।
बन डिभिजन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले जैविक विविधताको संरक्षण गर्न, वनस्पति जो खान लायक छ तिनिहरुको वृद्धि गर्न सामुदायिक बन समूह लगायतका उपभोक्ताले आम्दानी बढाउनेगरि लाग्नु पर्ने बताउनुभयो । गंगाजमुना र खनियाबास गाउँपालिकाले जलवायुमैत्री जैविक विविधता तथा जंगलमा पाइने खान लायक वनस्पतिबारे स्थानीय पाठ्यक्रममा समावेश गर्ने योजना लउने समेत बताउनुभयो ।
सीताराम अधिकारी/धादिङ
आफैंले बनाएको प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ विपरीत आफ्ना समर्थकहरुलाई विरोधका बाबजुद सिद्धलेक गाउँपालिकाले छात्रवृत्ति वितरणको अन्तिम तयारी गरेको छ ।
सिद्धलेक गाउँपालिकाभित्र बसोबास गर्ने, कक्षा १ देखि एसईईसम्म सिद्धलेकका सामुदायिक विद्यालयमा अध्यायन गरी प्लस उत्तीर्ण गरेपछि अन्य सरकारी छात्रवृत्ति नपाएका, प्राविधिक विषय अध्यायन गर्ने र अध्यायन गर्न भर्ना भएकाहरुलाई कलेज तथा विश्वविद्यालयमा तिरेको बिलको आधारमा ५० हजारदेखि १ लाख ५० हजारसम्म छात्रवृत्ति दिने सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको राजपत्रमा उल्लेख छ ।
स्नातक र स्नाकोत्तर प्राविधिक विषयमा अध्यायन गर्नका लागि गरिब भएका कारण अध्यान गर्न नसकेकालाई सहयोग पुग्ने अपेक्षासहित ०७९ फागुन २९ गते कार्यपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ स्वीकृति गरेर स्थानीय राजपत्रमा उल्लेख गरेकोमा हाल वितरण गरिएको छात्रवृत्ति नियम विपरीत भएको सिद्धलेकका रकिम अन्सारीले बताउनुभयो ।
गाउँपालिकाले अघिल्लो गाउँसभाबाट गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसलाई ५ लाख, मलेखुमा रहेको जयवागेश्वरी ५ लाख, नीलकण्ठमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसलाई ५ लाख र प्राविधिक शिक्षालय गजुरीलाई २ लाख ८० हजार रुपियाँ सहयोग गर्ने उल्लेख गरेको थियो । यो कार्यक्रमअन्तर्गत हालसम्म पनि अनुदान रकम उपलब्ध नगराएको सिद्धलेक गाउँपालिकाले वर्षको अन्त्यमा हतारहतार सूचना प्रकाशन गरी कार्यविधिविपरीत प्राविधिक नपढेका माध्यमिक तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको हो । यसका लागि गाउँपालिकाले वैशाख २५ गते ७ दिनको सूचना दिएर छात्रवृत्ति लिनका लागि सूचना आह्वान गरेको जनाएको छ तर छात्रवृत्ति लिन आवश्यक गरिबहरुले सूचना नै जानकारी नभएको बताएका छन्।
गाउँपालिका छात्रवृत्ति व्यवस्थापन गर्न गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा बनेको समितिले निवेदन परेकामध्ये माध्यमिक तहका ४२ जनाबाट २० जनालाई ५०÷५० हजार दिने गरी असार ३ गते नाम छनोट गरेको जनाएको छ ।
कार्यविधिमा इन्जिनियरिङ, चिकित्सासास्त्र, बीएससी नर्सिङ, वन, कृषि भेटेनरी आदिलाई दिने भनिएकोमा प्राविधिक विषय नै नभएको आदर्श बहुमुखी क्याम्पसमा अध्यक्षन गर्ने ६ जना छन् । प्लस टुपछि दिने छात्रवृत्तिमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ८ जनालाई दिने सिफारिस छ भने प्राविधिक विषयमा अध्यायन गर्नेलाई दिने कार्यविधिमा स्पष्ट भए पनि ६ जना त शिक्षा संकायमा रहेको छनोट समितिले सार्वजनिक गरेको नाममा उल्लेख छ ।
छात्रवृत्ति छनोट समितिले छानेको नामका २० जनालाई ५०÷५० हजार रुपियाँ उपलब्ध गराउनका लागि पालिकाले तयारी गर्दै बैंक खाता खोलेर आउन मंगलबार छात्रवृत्ति दिन बोलाइएकाहरुलाई पठाइएको प्रमुख प्रशासकीय अधिकृत राजन फुयालले बताउनुभयो । कार्यविधि र छनोट भएकाहरुको विषय फरक परेको अवस्थामा पछि कार्यविधि सच्याउने पनि फुयालको भनाइ छ ।
पहिले रकम वितरण गरेरपछि कार्यविधि सच्याउने नेपालको कानुनविपरीत विषय हो । शिक्षा शाखाका प्रमुख रामेश्वर पुडासैनीले कार्यविधि विपरीत नभएको बताउनुभएको छ । शिक्षा समितिका सदस्य एवं वडा अध्यक्ष झकबहादुर थापामगरले हतारमा कार्यविधि पारित गरिएको र छलफल नभएको अहिले वितरण गरिने छात्रवृत्तिबारे कार्यपालिकामा छलफल नभएको बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनुभएन । पटकपटकको गरिएको टेलिफोन उठाउनुभएन । अध्यक्षलाई पठाइएको म्यासेजसमेत रेसपोन्स गर्नुभएको छैन ।
नागरिक समाजको तर्फबाट पालिकामा पटकपटक यसबारेमा जानकारी माग्दा समेत अधुरो सूचना दिने गरेको र नियमविपरीत छात्रवृत्ति बाँड्ने कार्यको विरोध गरिरहने रकिम अन्सारीको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं ।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उहाँले आफूहरुको संकल्प रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले देशब्यापी स्वरुप लियो । देशको पहिलो शक्ति बनिसक्यो । यो शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तात्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धि तिर जान सकिन्छ र समाजवाद तिर पनि देशलाई डो-याउन सकिन्छ भनेको थिएँ । र, कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाई प्राप्त पनि भयो । जनतामा ठूलो उभार र उत्साह देखापर्यो । कम्युनिष्ट समर्थक र शुभेच्छुकमा ठूलो उत्साह र उभार देखापर्यो ।
प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरुमा एउटा आतंक जस्तो भयो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म यसमा कसैलाई दोषारोपण गर्दिन । हामी एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नु पर्दछ । किनकी विश्वभरिकै कम्युनिष्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष विभाजन र रुपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको छ ।