धादिङ-अदालत विशुद्धजनआस्थासँग जोडिएको संस्था भएको जिल्ला अदालत धादिङका प्रमुख तथा न्यायाधीश गोपाल प्रसाद बास्तोलले बताएका छन् ।
नागरिकहरुले धेरै आशा र अपेक्षा गरेको संस्था अदालत भएको भन्दै बास्तोलाले अदालत प्रतिको विश्वास गुम्न नदिने स्पष्ट पारे ।
सामाजिक सञ्जालबाट अदालत प्रति भ्रम फैलाउने काम गरीरहेको भन्दै उनले सञ्चार माध्यमले त्यस्ता भ्रमलाई चिर्नुपर्ने दायित्व थपिएको बताए । जिल्ला अदालत धादिङको आयोजनामा आज धादिङबेसीमा सम्पन्न भएको सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
अन्तरक्रिया कार्यक्रममा धादिङ जिल्ला अदालतबाट यस आर्थिक बर्षको ५ महिनामा भए गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । धादिङ जिल्ला अदालतका श्रेष्तेदार माधव भण्डारीले संचारकर्मीसंग अन्तरक्रिया राख्नुको उदेश्य, नागरिकको दृष्टिकोमा अदालत र संचारकर्मी, अदालती समाचार संकलन र यसका स्रोत, धादिङ जिल्ला अदालतको वर्तमान अवस्था लगायतको विषयमा सहजिकरणगरेका थिए ।
धादिङ जिल्ला अदालतको पछिल्लो तथाङ्कलाई हेर्ने हो भने यो चालु आर्थिक वर्षमा जम्मा ६ सय ३३ वटा मुद्धा दर्ता भएको छ । दर्ता भएका मुद्दा मध्ये सबै भन्दा बढि सम्बन्धबिच्छेद र सबैभन्दा कम वन पैदावर सम्बन्धीको मुद्धा दर्ता भएको श्रेस्तेदार भण्डारीले जानकारी दिए । चालु आर्थिक बर्षमा २ सय ४१ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको छ । जसमा १ सय २६ फछयौट भएको छ भने १ सय १५ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ । यसैगरी वन पैदावर तर्फ ११ वटा मुद्धा दर्ता भएकोमा २ वटा मुद्धा फछयौट भएको छ भने ९ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ । अदालतका प्रमुख तथा न्यायाधीश बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा न्याधिस गिता श्रेष्ठ, श्रेष्तेदार माधव भण्डारी, तहसिलदार ध्रवप्रसाद सुवेदी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
दिनमा ४ देखि ५ जनासम्म पक्राउ पर्ने गरेका छन् । जसमध्ये लागुपदार्थ सेवनमा बढि पक्राउ परेको प्रमुख न्यायाधीश बास्तालाले बताए ।
काठमाण्डौ – अर्थमन्त्री डा। प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् ।
आउँदो वैशाख ९ र १० गते काठमाण्डौमा आयोजना हुने तय भएको तेस्रो लगानी सम्मेलनबारे आज सोमवार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री महतले भने , ‘नेपालमा धेरै माग छ, आपूर्ति कम छ । त्यस कारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्बर क्षेत्र हुन् ।’
लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा आफू लागेको अर्थमन्त्री महतको भनाइ छ । ‘साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र छन् । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ’, उनले भने ।
काठमाडौं – सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले रु यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ रु यो बहस अन्तरक्रियाको सुरूवात हो ।’
उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए । उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ(आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे ।
अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ
अस्ट्रेलिया सरकारले आउँदो २ वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ । यो सङ्ख्या कोभिड–१९ महामारीअघिको जस्तै छ ।
नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसामा त्यति सहज हुने छैन । गृहमन्त्री क्लेर ओ नीलले आज सोमवार पत्रकार सम्मेलन गर्दै सरकारको १० वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्नुभयो ।
सन् २०२३ को जुन महिनामा विदेशबाट ५ लाख १० हजार मानिस अस्ट्रेलिया पुगेका छन् । यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । तर गृहमन्त्रीले आफ्नो सरकारले आप्रवासीको सङ्ख्या नियन्त्रण गर्ने र देशमा भित्रिने मानिसको सङ्ख्या वार्षिक ५० प्रतिशतले घटाउने बताएका बीबीसीले जनाएको छ । यो रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ । अब विद्यार्थीले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुनेछ । दोस्रो भिसा आवेदन दिनेहरूका हकमा थप समीक्षा हुने भएको छ । त्यस क्रममा विद्यार्थीले आफूले गर्न खोजेको थप अध्ययनको प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्नेछ
धादिङ– नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गण्डकी प्रदेश सकेर बागमती प्रदेश प्रवेश गरेको छ ।
यात्रामा रहेको टोलीलाई आरुघाटमा भव्य स्वागत गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशको टोलीले बागमतीको टोलीलाई झण्डा हस्तान्तरण गरेर धादिङ प्रदेश गराएको हो ।
बागमती प्रदेश प्रवेश गर्नुअघि गोरखाको आरुघाटतर्फ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताए । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उनको भनाई थियो ।
गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्ला र बागमती प्रदेशमा पर्ने धादिङ जिल्लाको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर आज दिउसो नुवाकोटतर्फ लागेको छ । आज नुवाकोटमा सभा सकेर त्यही बास बस्ने कार्यक्रम छ ।
नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो । एक हजार आठ ७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।
यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू संकल्प यात्रामा रहेका छन् ।
एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा शुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ ।
सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा। इरिका हुबाचेकले आफ्नो जीवनकाल हिमाली जीवनशैली अध्ययनमै बिताइन् ।
अस्ट्रियाका हिमाली क्षेत्रको जनजीवन बुझेपछि उनी आइपुगिन्, नेपाल र भारतीय हिमाली क्षेत्रमा । डा। इरिका व्यवसायिक फोटोग्राफर त थिइनन् । तर, जहाँ पुग्थिन्, त्यहाँको अझ त्यसमा पनि विशेष गरी महिलाको जीवनशैली क्यामेरामा कैद गर्थिन् ।
नेपाल र भारतका थुप्रै हिमाली भेगमा पुगेपछि उनले ‘संसारका जुनसुकै कुनाका हिमाली भेगका मानिसहरुको जीवनशैली एउटै रहेछ’ भन्ने निष्कर्ष निकालिन् ।
‘आमाको राम्रो बानी थियो । उहाँ जहाँ पुग्नुहुन्थ्यो, त्यहाँका गाउँलेकै लुगा लगाएर उहाँहरुजस्तै काम पनि गर्नुहुन्थ्यो’, डा। इरिकाकी छोरी इर्मट्रड हुबाचेकले भनिन्, ‘यसले उहाँलाई हिमाली भेगको जीवन बुझ्न झनै सजिलो बनाइदियो । गाउँलेहरु पनि मज्जाले खुल्थे ।’
इरिकाले आफ्नो ‘रिसर्च’को समयमा हजारौं किलोमिटर दूरीका हजारौं किसानसँग लामालामा कुराकानी गरेको छोरी इर्मट्रडले सुनाइन् ।
डा। इरिकाले खिचेका फोटो म्युनिख, बर्लिन, मिलान, न्यूयोर्कलगायत देशमा प्रदर्शन भइसकेको छ । सन् २०१० मा उनको मृत्यु भयो । त्यसपछि छोरी इर्मट्रडले आमाको सपना पछ्याउँदै क्यामेरामा हिमाली जीवन कैद गर्न सुरु गरिन् ।
‘म व्यवसायिक फोटोग्राफर होइन । खास भन्ने हो भने म संगीतकर्मी हुँ । लेख्छु पनि’, सन् १९७१ मा काठमाडौं र कलकत्तामा कन्सर्ट गरेको सम्झिँदै भनिन्, ‘तर, आमाको सपना पछ्याउँदै म पनि हिमाली जनजीवनबारे फोटो खिच्न सुरु गरें ।’
तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन र रहनसहन उतारेका छन् । उनीहरुले झन्डै ५ दशक अवधिमा फरक फरक भूगोलका हिमाली भेगमा खिचेका तस्वीरमा एउटै रहनसहन र उस्तै जीवनशैली भेटिन्छ ।
‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्’, इर्मट्रडले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४÷१५ जनासम्म एकै परिवारमा बस्छन् ।’
पोखरामा जारी आठौं पर्वतीय महोत्सवमा भाग लिन इर्मट्रड अस्ट्रियादेखि नेपाल आएकी थिइन् । आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’
यो इर्मट्रडको आठौं नेपाल भ्रमण हो । पहिलो पटक सन १९८९ मा नेपाल आएकी उनी पहिलो भ्रमणमै नेपालले मोहनी लगाएको बताउँछिन् ।
‘संसारका सबै हिमाली जीवनशैली र मानिसहरु एकै प्रकारको भए पनि नेपालीहरु साह्रै इमान्दार छन् । पहिलो पटक आउँदा नै म प्रभावित भएँ’, उनले सुनाइन्, ‘यो मेरो आठौं नेपाल भ्रमण हो । तर, अझै अरु वर्षहरु पनि आइरहन पाऊँ भन्ने लागेको छ ।’
फोटोग्राफीकै दौरान इर्मट्रडले नेपालका लाङटाङ, आमादब्लम, मुस्ताङलगायत थुप्रै हिमाली क्षेत्रमा लामो समय बिताएको सुनाइन् । ‘नेपाल र सिक्किमका हिमाली जनजीवनको फोटो खिच्न यहाँ मैले लगातार २ वर्ष पनि बिताएको छु’, उनले भनिन्, ‘मुस्ताङ मलाई साह्रै महंगो लाग्यो ।’
हुबाचेक आमाछोरीले लामो समय लगाएर फरक–फरक मितिमा खिचेका फरक–फरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएका छन् ।
इर्मट्रड अर्को वर्ष नेपालको पश्चिमी भूगोलका हिमाली क्षेत्रमा जाने योजना बनाइरहेकी छन् । डोल्पा, हुम्ला, जुम्लालगायतका हिमाली क्षेत्र पुग्ने उनको धोको छ । तर, त्यसभन्दा अगाडि आफूले लेखिरहेको किताबलाई मूर्तरुप दिने तयारीमा छिन् ।
‘फ्रेन्च भाषामा पहिल्यै प्रकाशित भइसकेको छ । अब अरु भाषामा अझै धेरै सम्पादन गरेर प्रकाशन गर्नुछ । अर्को वर्षसम्म सक्ने गरी योजना बनाएको छु’, इर्मट्रडले भनिन्, ‘यसमा नेपाललगायत हामी पुगेका हिमाली क्षेत्रका किसानहरुको सबै जीवनशैली देखाउने प्रयास गर्नेछु ।’
बद्लिँदै हिमाली जीवनशैली
पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएका तस्वीर नियाल्ने हो भने अस्ट्रियाका तस्वीर प्रायः आमा डा। इरिकाले ९० को दशक वरिपरि खिचेकी देखिन्छ भने छोरी इर्मट्रडले त्यसपछिको समयमा । उनी यसअघि सन् २०१६ मा नेपाल आएर हिमाली महिलाहरुको फोटो खिचेकी थिइन् ।
तस्वीरमा तत्कालीन समयमा अस्ट्रियाका हिमाली क्षेत्रमा जुन जीवनशैली थियो, झण्डै ५० वर्षपछि नेपाल र भारतका हिमाली क्षेत्रको जीवनशैली ठीक त्यही ठाउँमा छ । तर, आफूहरुले समयको फरक भन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् ।
जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् ।
‘पहिले हामी पुग्नेबेला अर्कै थियो । घरहरु पनि फरकफरक भइसके । हुन त विकासको क्रमलाई रोक्न सकिँदैन । तर, यसमा ध्यान दिन भने जरुरी छ’, उनले भनिन्, ‘अहिले त हिमाली भेगका महिलाहरुको हातहातमा मोबाइल छ । इन्टरनेटमा भुल्न थालिसके ।’
नेपाल पर्वतारोहण संघले बर्षेनी आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारबाट सुरु भएको हो ।
जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् ।
उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे प्रकाश पारेको थियो ।
किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र काला पत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ ।
आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी आदि खेल पनि समावेश गरिएको छ
साभार अनलाईन खबर
काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको टिप्पणी गरेका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले आज काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू भएको आरोप लगाएका हुन् ।
“आर्थिक रूपले सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ । तर बैंक फस्टाइरहेको र बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो रु,” देश आर्थिक मन्दीमा रहँदा पनि बैंक प्रभावित नभएको भन्दै उनले अगाडि थपे, “मैले त भन्ने गरेको छु, सबभन्दा ठूलो मिटरब्याजी बैंकहरू भए । त्यसैले बैंकर्सहरू मसँग रिसाउनु पनि भएको छ ।”
सरकारले कृषिमा पाँच प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको उनको भनाइ छ । किसान १०र२० लाख ऋण लिन जाँदा नदिने तर अर्बपतिले म कृषिमा लगानी गर्छु भनेर गए बैंकले तुरुन्तै दिने गरेको उनको आरोप छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् ।
‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग यातायात र पारवहन सम्झौता गर्यो भने र देशमा सुशासन ल्यायो भने सरकारबाट सबै मिलेर अठ्याउँछन्’, उनले भने । भारत रिसाउने भन्दै चीनसँग सहयोग लिन डराउँदा नेपालमा धेरै विकासका कामहरु ठप्प भएको उनले दाबी गरे ।
‘शेरबहादुर प्रधानमन्त्री हुँदा पश्चिम सेती किन नबनेको भनेर सोधे, चीनलाई दिन मिल्दैन, चीनलाई दियो भने भारतले विद्युत किन्दैन भन्नुभयो’, ओलीले भने, ‘भारतले सबै ठाउँको बिजुली किन किन्नुपर्यो, हामीले यहाँ उद्योगहरु संचालन गरेर विद्युत त्यहाँ प्रयोग गरे हुन्न रु’
नेपालको आर्थिक अवस्था सुधारका लागी चीनका राष्ट्रपतिले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अन्य पार्टीका नेताहरु भारत रिसाउँछ भन्दै सहयोग लिन डराएको उनले बताए ।
‘म प्रधानमन्त्री भएका बेला चीन पुगेर राष्ट्रपति सी जिन पिङसँग नेपालको आर्थिक अवस्था खस्कियो के गर्ने होला भने, उहाँले तपाईंहरु उत्पादन गर्नुस् हामी सबै किनिदिन्छौं र उत्पादन बढाउन के सहयोग गर्नुपर्छ त्यो पनि गर्छौ भन्नुभयो, फर्केर नेपाल आएपछि छलफल गरे तर सबै पार्टीका नेताहरु चीनको सहयोग लियो भने भारत रिसाउँछ पो भन्नुहुन्छ’, उनले भने ।
नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको उनको भनाइ छ । भारतकै कारण पोखरा र लुम्बिनीको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार डराएको उनले बताए ।
पोखरामा बनेको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार आफैं डराएको उनले जानकारी दिए । ‘त्यो एयरपोर्ट चल्न नदिएको पनि के भन्नु सरकारले चलाएको छैन, कसैले चल्न पाउँदैनस् भनेर भित्र भनेपनि बाहिर त भनेको छैन’, उनले भने ।
चीनलाई मात्र पर्यटक लिएर आउन आग्रह गर्ने हो भने करिव दश लाख पर्यटक आफ्नै बिमानमा राखेर सिधै पोखरा आउने उनले बताए । त्यस्तै लुम्विनी एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान भए बुद्ध धर्मालम्वीहरुको ओइरो लाग्ने उनले जानकारी दिए ।
टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने स्पष्ट पारेको छ ।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने बताए।
गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् ।
सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन छिन् । दोस्रोमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड, तेस्रोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चौथोमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन्
काभ्रेपलाञ्चोक – इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बुधवार बिहान गाडी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा ९१ हजार ६ सय ५० किलो० चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाण्डौ जाँदै गरेको बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको ३३ बोरमा चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न ठाउँबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत धुलिखेल–९ को काभ्रेभञ्ज्याङमा गएको कात्तिक तेस्रो हप्ता जाँचका क्रममा गाडीबाट अवैधरूपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरेको थियो ।
विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात हुँदा किसानमा खुशी छाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए । उनले भने, ‘परिवारका अरू सदस्य काठमाडौँ गयो । हामी जस्तै यिनलाई पनि भोक लाग्छ त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म ।’ हिमपात भएपछि चिसो बढेको उनले बताए ।
त्यसैगरी, मनाङ ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएका बताए ।
उनले भने, ‘अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ । हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घरबाहिर निस्कनै मुस्किल भएको छ ।’
किसान गुरुङका अनुसार चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ । हिमपात भएपछि स्थानीयवासीमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरु खुसी भएका हुन् ।
यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए । उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे ।
सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ । हिमपात भएपछि स्थानीयवासी, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उनी भन्छन्, ‘जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’
उनी छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कछन् । छोरीलाई स्कुल छाडेपछि अनिताको अटोको काम सुरु हुन्छ ।महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताको भनाइ छ ।
‘अटो चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु,’ उनले भने, ‘महिला भएर पनि अटो चलाउन सक्छौ ? भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’
अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर–घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाई देखेर स्वदेश फर्किएका छन् । ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु’, उनले भनिन्, ‘मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ ।’
महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले बताए । ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’, उनले भने, ‘महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’
महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् ।
गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको सेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
एनसेलको सेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
शर्माका अनुसार यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा शीघ्र अध्ययन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन्।
आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु भएको छ। २ अर्ब लगानीमा नवलपरासीमा उद्योग स्थापना गरिएको हो। उद्योगमा आजदेखि नै उत्पादन सुरु भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन्। व्यापारिक घराना खेतान समूहले नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो। उक्त समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गरेको थियो।
रेडबुलको ट्रेडमार्क प्रयोग गरी नेपालमै उत्पादन गर्न समूहलाई उद्योग विभागले लाइसेन्स दिएको थियो। खेतान समूहको अंशबण्डासँगै यसको उत्पादन राजेन्द्र खेतानका भाइ प्रेमप्रकाश खेतानले गर्नलागेका हुन्।
विदेशी ब्राण्ड नेपालमा उत्पादन गर्दा प्रविधि हस्तान्तरण ऐनअनुसार रोयल्टी वा लाभांश दिनुपर्ने हुन्छ। अहिले खेतान समूहले रोयल्टी बुझाउने निर्णय गरेको छ।
ऐनअनुसार बनेको नियमावलीले रोयल्टी बुझाउँदा ५ प्रतिशत नाफाबापतको १५ प्रतिशत लाभांश दिनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार ५ प्रतिशत रोयल्टी दिने गरी खेतान समूह अघि बढेको हो।
हाल रेडबुलको आयात गर्न पाइँदैन। डा. युवराज खतिवडा अर्थमन्त्री रहँदा साढे ४ वर्षअघि सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात प्रतिबन्ध गरेका थिए। जसमा रेडबुल पनि परेको थियो।
यसले नेपाली बजारमा निकै लोकप्रिय पेयपदार्थ रेडबुललाई मार परेको थियो। अहिले नेपाली बजारमा रेडबुलजस्तै देखिने इनर्जी ड्रिंक्सहरु बिक्रीवितरण भइरहेका छन्।
खेतान समूहका अनुसार सरस बेभरेजको कार्यालय धादिङको धुनिबेसीमा स्थापना भइसकेको छ। त्यसको प्लान्ट भने नवलपरासीमा छ।
वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योगमा २ अर्ब लगानी गरिएको छ।