Posts By सम्पादक

निःशुल्क पाइने औषधिमा पैसा असुल्दै जिल्ला अस्पताल धादिङ

सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भने पनि धादिङका सरकारी स्वास्थ्य संस्थाहरुले शुल्क लिएको पाइएको छ। सरकारी स्वास्थ्य संस्थाहरुले टाउको दुखेको औषधिमा समेत शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।

नीलकण्ठ नगरपालिका–३ का गणेश बुढाथोकी धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधिमा शुल्क असुल्ने गरेको बताए। ‘कहिले शुल्क लिन्छन्, कहिले औषधि छैन भन्छन्। कर्मचारीको मनलाग्दि हो कि प्रशासनको आदेश ? सरकार निःशुल्क औषधि देऊ भन्छ, त्यहि औषधिलाई अस्पताल पैसा असुल्छ,’ उनले भने, ‘हिलोले खाएको ठाउँमा लगाउने औषधि पहिले निःशुल्क लैजान्थें। अहिले दुईवटा औषधिको एक हजार ५५ भन्यो।’

सरकारले निःशुल्क गरेको औषधिलाई सरकारी अस्पतालले नै शुल्क लिएपछि उनले बाहिरैबाट सो औषधि किने। ‘पहिले दुई पटकसम्म निशुल्क लिएको औषधि अहिले कसरी शुल्क लाग्ने भयो ? सरकारले ९८ प्रकारका औषधि निशुल्क दिने भनेको छ । तर धादिङ अस्पतालले यसरी शुल्क लिनु गलत हो,’ उनले भने।

नीलकण्ठ– ३ कै सीता तामाङ पनि निःशुल्क पाइने औषधिलाई धादिङ अस्पतालले पैसा लिएको बताउँछिन्। ‘मुखमा घाउ आएर अस्पताल गएको थिएँ,’ उनले भनिन्, ‘अस्पताल फार्मेसी नजिकै ९८ प्रकारका निःशुल्क औषधि हेर्दा भिटामिन बी कम्प्लेक्स पनि रहेछ। तर अस्पतालले एक पाताको ४५ रुपैयाँ लियो। दम, टिडी, टिटीलगायत अन्य थुप्रै औषधिको पनि पैसा लिन्छ।’

औषधि माग्दा फार्मेसीले शुल्क लाग्ने औषधि नै दिने गरेका छन्। ‘निःशुल्क त व्यानर र पर्दामा सिमित छ । औषधिको नाममा सर्वसाधारण ठगिएका छन्,’ उनले भनिन्, ‘निशुल्क र शुल्क लिने औषधि एकै ठाउँबाट विक्री वितरण भइरहेको छ । बिल पनि नमागी दिँदैन । धेरैलाई कुन पैसा लाग्ने, कुन नलाग्ने थाहा नै हुँदैन । पैसा मागे दिने हो, पर्दैन भने ए निशुल्क रहेछ भन्ने घर फर्कने हो।’

विमा गरेकाहरुले निःशुल्क पाउने औषधिसमेत नपाएको सेवाग्राहीको गुनासो छ। अस्पतालले एकै ठाउँबाट निःशुल्क र सःशुल्क औषधि विक्री वितरण गर्दा सेवाग्राहीहरु मारमा परेका हुन्।

अर्का सेवाग्राही मननारायण श्रेष्ठले अस्पतालमा एक साता बिताए । दमको रोगी आमाको उपचारमा आएका उनले निःशुल्क र शुल्क लाग्ने औषधिको विषयमा जानकारी नभएको बताए। ‘कुन औषधि निःशुल्क, कुनलाई पैसा परेको थाहा नै भएन,’ श्रेष्ठले भने, ‘अस्पतालले निःशुल्क औषधि दिन्छ भन्ने थाहा थिएन।’ उनले स्वास्थ्य बिमा समेत गरेका छन्। उनले भने, ‘निःशुल्क र विमा गरेकालाई औषधि वितरण भनेर टाँसिएको झ्यालै बन्द छ।’

निःशुल्क औषधिमा पैसा लिएकाे छैन : मेसु भण्डारी
सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क वितरण भइरहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रुद्रमणि भण्डारीको जिकिर छ। निःशुल्क भनिएका प्लेन औषधिबाहेकको अन्य औषधिको मात्र शुल्क लिने गरिएको उनले बताए।

‘अहिले मानिसहरुले जथाभावी औषधि सेवन गरिदिँदा निःशुल्क भनिएको ९८ प्रकारका औषधिले काम नगर्ने अवस्था पनि आउन सक्छ। त्यसैले प्लेन औषधि भन्दा पनि कम्बिनेशन औषधि बिक्रि भइरहका छन्,’ उनले भने, ‘प्लेन औषधि निशुल्क हो। तर प्लेन औषधिमा अन्य कुनै औषधि थपिएको कम्बिनेशन हो भने पैसा तिर्नुपर्छ। किनकी हामीले पनि टेण्डर गरेर ल्याउनुपर्छ।’

निःशुल्क र शुल्क लाग्ने सबै औषधि किन एकै ठाउँबाट विक्री वितरण भन्ने प्रश्नमा उनले भने, ‘१५ बेड क्षमताको अस्पताल ५० बेडमा सञ्चालन भइरहेको छ। अन्य विशेषज्ञसहितको सेवाहरु पनि विस्तार भएका छन्। दरबन्दिअनुसार पदपूर्ति छैन । कर्मचारी अभाव र स्टोरका कारण निःशुल्क, विमा र शुल्क लाग्ने औषधि एकै ठाउँबाट विक्रि गरिएको हो।’नयाँ पत्रिकाबाट

राजेन्द्र पाण्डेलाई एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।

अध्यक्ष माधवकुमार नेपाल राजनितीक भ्रमणका लागी आज श्रीलंका प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए ।पाण्डे धादिङ क्षेत्र नं.१ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य पनि हुन्।

अर्यालका अनुसार अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित् कार्यक्रम र दक्षिण एसियाली कम्युनिष्ट तथा बामपन्थी पार्टीहरुको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलंका गएका हुन् ।

वडा अध्यक्ष र सदस्यको धम्कीपछि आत्महत्या

काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव आठ दिन देखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफै वार्ता गराइरहेको छ ।

‘बुबालाई आत्महत्या गर्न बाध्य पार्नेहरुविरुद्ध किटानी जाहेरी दिएका छौँ’–छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘प्रहरी जाहेरी दर्ता नगरी दिन दिन वार्ता भन्दै टारिरहेका छन् । जाहेरी दर्ता नगरी शव बुझ्दैनौ ।’ भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षिया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्तविरुद्ध पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन आइतबार पनि धुलिखेलमा वार्ता गराइएको छ । २०८० असार १० गते बिहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो । बाँकी रकम यथाशीघ्र भुक्तानी गर्ने र जग्गा पास गर्ने सहमति भए पनि रकम दिन आनाकानी गर्दै आएका थिए । रकम नदिने र जग्गा पास समेत नगरी जर्बजस्ति भवन निर्माण गरेको र पुन थप भवन निर्माण गर्न तथा शौचालय निर्माण गर्नका लागि जग खन्ने, निर्माण सामाग्री जम्मा गर्ने कार्य गर्न लागेको भन्दै ठडेन्द्रबहादुर पन्त सहितले अवरोध गर्ने प्रयास भएको थियो ।

२०८० असार २ गते वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, भीमेश्वर महिला कृषि समूहकी अध्यक्ष दानकुमारी महत खत्री भएको स्थानमा ठडेन्द्रबहादुर पन्त सहित गएर रकम माग गरेका थिए । खरिद गरिएको जग्गाको तत्काल रकम दिन अनुरोध गर्नु भएको छ । रकम नदिँदासम्म उक्त स्थानमा निर्माण कार्य रोक्न गरेको अनुरोधलाई अस्वीकृत गर्दै वडा अध्यक्ष श्रेष्ठ, संस्थाकी अध्यक्ष तथा वडा सदस्य समेत रहेकी दानकुमारी खत्रीले हामी जनप्रतिनिधि हौँ , तेरो घरको बत्ती समेत काट्छौँ, जन्म दर्ता सिफारिस कागज पत्र दिँदैनौ, सामाजिक बहिस्कार गर्छौ तिमिहरुले सकेको गर भन्दै धम्की दिएका थिए । ताराबहादुर पन्तले उक्त जग्गामा रोपेको मकै उखेलेर फालिदिएर जग्गामा जर्बजस्ति निर्माण कार्य गरी मानसिक यातना र धम्की दिएका थिए । धम्की पछि विक्षिप्त भएका ठडेन्द्रबहादुर पन्तले सोही जग्गाको नजिकै लप्सीको बोटमा नाम्लोको पासो लगाई असार १० गते बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।

पीडितहरुले सोही कारण आफ्ना बाबु ठडेन्द्रबहादुर पन्तले आत्महत्या गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा कारबाहीको माग गर्दै दिएको जाहेरी जनप्रतिनिधिले रोकेर छलफल गराइरहेका छन् । जनप्रतिनिधिहरु आफै अपराधलाई संरक्षण गर्न तर्फ उन्मुख भएको भन्दै स्थानीयहरूले आपत्ति गरेका छन् । निमित्त प्रहरी प्रमुख डिएस्पी ढुण्डीराज न्यौपानेले प्रहरीमा आएको जाहेरी दर्ता हुने बताउनुभयो ।नेपाल समाचारपत्रबाट

नेकपा एमालेको एजेन्डालाई कार्यनयन गर्न धादिङ एमालेलाई उपाध्यक्ष पाेखरेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इतिहास बोकेको भबिस्यको योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ।

नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषदलाई सम्बोधन एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि आग्रह गर्नुभयो । आर्थिक सम्वृद्धि, राष्ट्रियता, सामाजिक एकता र देश बनाउने जागरणको एजेण्डा एमालेको भएकोले व्यवहारमा कार्यन्वयन गर्नका लागि पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।सबै जाती धर्म समूदायको विविधतामा एकता एमाले एजेण्डा भएपनि एमालेलाई सिध्याउनका लागि पहिचान बादीको नाममा एमाले विरुद्ध मानिसहरुलाई उचालिएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

नेकपा एमाले तिन तहको नेतृत्व विकास गर्नका लागि ४० वर्ष माथी, ३० देखि ४० वर्ष र ३० वर्ष मुनिको नेतृत्व विकासका लागि रणनितिक रुपमा एमालेले संगठन विकास थालेको बताउनुभयो ।

कार्यक्रमलाई नेकपा एमाले धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले पार्टी सुदृढिकरण अभियान संगै सशक्क्त बनाउन एकजुट भएर लाग्न एमाले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न जिल्ला प्रतिनिधि परिषदले आगामी कात्तिक सम्मा जिल्ला अधिवेशन, चैत सम्ममा पालिका अधिवेशन र त्यसपछि वडा टोल अधिबेशन गर्ने निर्णय गरेको छ।

४ सय ५० जिल्ला प्रतिनिधि परिषद सदस्य सहभागि बैठकले युवाहरुलाई पार्टीमा ल्याएर ४० प्रतिशत युवाको सहभागिता गराउने, राजनितिक प्रशिक्षण दिने, र बामपन्थी बहश संचालनका लागि पुस्तकालय संचालन गर्ने निर्णय गरेको छ।

जिल्ला प्रतिनिधि परिषदले पार्टीको इतिहास लेख्नका लागि जिल्लाका पार्टी जिल्ला संस्थापक जगन्नाथ नेपालको संयोजकत्वमा समिति समेत गठन गरेको छ।समसामयिक ९ बुँदे प्रस्ताव पारित गर्दै जिल्ला प्रतिनिधि परिषद सम्पन्न भएको थियो ।

किन गयनन् प्रमुख प्रशासकिय अधिकृत अधिकारी प्रधानमन्त्री प्रचण्ड आएको कार्यक्रममा

धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारी आफ्नै पालिकामा प्रधानमन्त्री प्रचण्ड आएको कार्यक्रममा सहभागी भएनन्।साेमबार विहान गजुरी वडा नं.१ स्थित धादिङ बहुप्राबीधिक शिक्षालयको छात्रा हाेस्टेल उद्घाटनमा उपस्थित भएका अधिकृत अधिकारी दिउँसो वडा नं.१ मै रहेको आदर्श बहुमुखि क्याम्पसको नवनिर्मित भवन उद्घाटनमा उपस्थित नभएको खुलेको छ।

साेमबार बिहान धादिङ बहुप्राबीधिक शिक्षालयको छात्रा हाेस्टेल उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कटेलले गरेका थिय।दिउँसो भारत सरकारको सहयोगमा नबनिर्मित आदर्श बहुमुखी क्याम्पसको भवन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिय।वागमती प्रदेशका मुख्य मन्त्री,धादिङ जिल्लाका प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डे,रामनाथ अधिकारी,जनप्रतिनिधि,जिल्ला सुरक्षा संयन्त्रका सबै उपस्थिति हुदा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय उपस्थित नभएकोमा शंका व्यक्त गरेका छन्।

अधिकृत अधिकारी दिनभर गाउँपालिका कार्यालयमै रहेको खुलेको छ।अधिकृत राजु अधिकारीलाई क्याम्पसले छुट्टै पत्र समेत काटेर उपस्थितिको लागि अपिल गर्दा पनि अटेर गरेर कार्यक्रममा उपस्थिति नभएको क्याम्पस प्रशासन बताउँछन्।यसबारे प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीसङ्ग बुझ्न सम्पर्क गर्दा फाेन उठेन।

प्रधानमन्त्री प्रचण्ड आएको कार्यक्रममा विद्यालय बालबालिकाको प्रयोग

सोमबार गजुरी गाउँपालिका वडा नं.१ स्थित आदर्श बहुमुखी क्याम्पसको भारत सरकारको सहयोगमा नबनिर्मित भवनको उद्घाटन गर्न नेकपा माओबादी केन्द्रका अध्यक्ष एव नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएका थिय।

शिक्षा ऐनका साथै बालबालिकाको हक अधिकारमा १८ बर्ष भन्दा कम उमेरका बालबालिकालाई सभा सम्मेलनमा सहभागी  गराउन नपाउने निति हुदाहुदै गजुरी वडा नं.१ पत्तालिनि आधारभुत विद्यालयबाट ६ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी गराएका थिय।जुन पत्तालिनि आबि देखि कार्यक्रम भएको स्थान आदर्श बहुमुखी क्याम्पसको दुरि ३ किलोमिटर रहेको छ।चर्काे घाममा बिद्यार्थी हिडायर लेरायपछि चौतर्फी बिराेध भएको छ।पत्तालिनि आबिका प्रअ हरि बहादुर श्रेष्ठ सरलाई ३ किलोमिटरको बाटोमा चर्काे घाममा विद्यार्थी किन पठाएको सर भनेर प्रश्न गर्दा वडा अध्यक्ष र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी पठाउनुस् भन्नुभयो मैले पठाय,वडा अध्यक्ष नै वडा शिक्षा समितिको संयोजक हुनुहुन्छ।त्यसैले मैले हार्न सकिन।

त्यस्तै आदर्श मावि गजुरीबाट पनि ६ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी गरायका थिय।सहभागी भएका अधिकांश सबै विद्यार्थी १८ बर्ष भन्दा कम उमेरका रहेका थिय।भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सङ्गै बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कटेल,प्रतिनिधि सभा सदस्य एवं क्याम्पस सञ्चालन समिति अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे,प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी,भारत सरकारको प्रतिनिधि,स्थानीय जनप्रतिनिधि,जिल्ला सुरक्षा संयन्त्रका प्रमुख लगायतको उपस्थिति रहेको थियोे।परराष्ट्रमन्त्री मन्त्री र भारतीय राजदूत आउने भनेर सुचना जारी भएतापनि परराष्ट्रमन्त्री र राजदूत भने कार्यक्रममा उपस्थिति भएका थियनन्।

आदर्श माविबाट लगभग २०० जना विद्यार्थी लेर गएको र कार्यक्रम सकिय पछि पुनःपठनपाठन कार्य अगाडि बढायको एक शिक्षक बताउँछन्।पत्तालिनि आबिबाट भने ६ देखि ८ सम्मका ३७ जना विद्यार्थी सहभागी गराएको बताउँछन्।पढ्न पठाएको आफ्ना छाेराछाेरीलाई चर्काे घाममा कार्यक्रममा हिडायर लगेकोमा दु:ख लागेको पत्तालिनि आबिका एक अभिभावकले बताए।

धादिङमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका ३३ घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ११ गते धादिङ बेसीमा सम्पन्न गरेको छ ।

मानव अधिकार वर्ष पुस्तकमा समेटिने ३३ घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले घटनाहरुबारे अभिलेख प्रस्तुति गर्नु भएको थियो।

सन् २०२३ जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ३३ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु अभिलेख भएको अभिलेखमा उल्लेख छ ।
हत्याका ३, कुटपिटका २, गाउँसभा झडपको १, बालक कुटपिटका १, बाल बलात्कारका ८, बालयौन दुरव्यवहार, तथा बालबलात्कार प्रयासका ४, महिला बलात्कारका ३, महिला बलात्कार प्रयासका ६, मानव बेचविखनका २, कथित बोक्सीआरोपका १, बहुविवाहको १, आत्महत्या दुरुत्साहनको १ घटना इन्सेकले अभिलेख गरेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले मानव अधिकार स्थान अनुसार र परिवेश अनुसार उपभोग गर्दा फरक फरक विषयलाई मानव अधिकारका रुपले व्याख्या गर्ने गरिएको बताउनुभयो ।
मानवअधिकारलाई स्थानीय रुपमा फरक किसिमले बुझ्नु पर्ने उहाँको धारणा थियो । इन्सेकले अभिलेख गरेको घटनालाई इतिहासको रुपमा रहेकोले धन्यवाद दिनुभयो ।

धादिङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष विश्वराज अधिकारीले आत्महत्या दुरुत्साहन मुद्दा मनपरी रुपमा आएको र कानूनीरुपमा भएको व्यवस्थाको दुरुपयोग भएकोले सबै आत्महत्या दुरुत्साहनलाई गम्भीर रूपमा लिन नसकिने बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल बागमती प्रदेशका अध्यक्ष गायत्री खतिवडाले विपदको समयमा तत्काल राहत उद्धार गर्नुपर्ने स्थानीय सरकारले विस्थापित भएर बसेको धेरै समय भइसक्दा पनि त्रिपाल समेत नदिएर स्थानीय सरकारले मानव अधिकार विरोधी काम गरेको बताउनुभयो ।

नेपाल मानव अधिकार संगठनका धादिङका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारी, विष्णुकुमार श्रेष्ठ, खिल गीरी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, दलित अधिकारकर्मी बेगबहादुर सुनार, अपाङ्गता अधिकारकर्मी राजु रेग्मी, धादिङ अस्पतालका कृष्णलाल उप्रेती, लगायतले मानव अधिकार व्यक्तिको अधिकार भएकोले राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्रियाशील मानवअधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागिता थियो ।

खेलकुद महासंघ सिद्धलेक गाउँपालिकाको अधिबेशन सम्पन्न:अध्यक्षमा प्रविन श्रेष्ठ चयन

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ सिद्धलेक गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।सोमबार सिद्धलेक गाउँपालिका पार्टी कार्यालय बुङचुङमा अधिवेशन सम्पन्न भएको हो।

अधिबेशनले प्रविन श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन भएको छ।प्रमुख अतिथि समेत रहेका नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी सदस्य एवं धादिङ्ग जिल्ला इन्चार्ज सगुन थापा मगरले कार्यक्रममा सम्बोधन गर्दै युवाहरुलाई खेलकुद र संगठनमा आवद्ध हुन अभिप्रेरित गर्नु भएको थियो ।अन्तराष्ट्रियस्तरमा देशलाई चिनाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने गरेको मगरले बताउदै खेलको माध्यमबाट राष्ट्रको शिर उच्च हुने उहाँले बताउनुभयो।

धादिङ्ग जिल्लामा अझै पनि खेललाई निरुत्साहित गरिएको छ।जिल्लामा खेलाडीहरू असंख्य भएतापनि उनीहरूको क्षमता अभिवृद्धि गर्न र प्रोत्साहन गर्न जिल्लाको स्थानीय सरकार चुकेको मगरले बताए।यसैले महासंघले संगठन मार्फत खेलाडीहरूलाई जोडेर एकबद्ध गरी उनीहरुको क्षमतालाई अभिवृद्धि गर्दै जिल्लामा स्थानीय सरकारसमक्ष खेलाडीहरूको क्षमता अभिवृद्धि साथै खेलाडीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु पहल गर्ने प्रमुख अतिथि समेत रहेका मगरले बताए।

यसैगरी कार्यक्रममा नेकपा सिद्धलेक गाउँपालिका पार्टी कमिटी अध्यक्ष कमला शर्मा अधिकारीले खेलाडीहरूलाई खेलमा क्षणिक लाग्ने वा आफ्नो रुची सोचेर लाग्ने मात्र नभई खेललाई नै पेशा बनाएर अगाडि बढ्न युवाहरुलाई सुझाव दिनुभयो।कार्यक्रममा महासंघ जिल्ला कमिटी सदस्य एवं सिद्धलेक गाउँपालिका इन्चार्ज विज्ञान इटानी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य कमल सिलवाल, सिद्धलेक गाउँपालिका भलिबल संघका अध्यक्ष सन्दिप थापा मगर, लीलानाथ थपलिया लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनले प्रविन श्रेष्ठ अध्यक्ष,उपाध्यक्ष विदुर इटनि,उपाध्यक्ष कमल श्रेष्ठले,सचिव पम्फा श्रेष्ठ,सहसचिव पदम नाथ पौडेल,काेषाध्यक्ष मनाेज गिरि,सदस्यहरु:अभिषेक मगर,श्याम गिरि,विश्वास गिरि,प्रेम आले मगरलाई चयन गरेको छ।

धादिङको ३ पालिकामा विवादमा गाउँसभा : रुबीभ्यालीमा झडप, केही घाइते

सीताराम अधिकारी/धादिङ
संविधान अनुसार गाउँ सभामा नीति तथा कार्यक्रम पेस गर्ने अन्तिम दिन धादिङका तिन वटा पालिकामा पारदर्शिताको विषयलाई लिएर विवाद चर्किएको छ भने उत्तरी धादिङको रुबी भ्यालीको गाउँ सभामा झडप भएपछि केही सर्वसाधारण घाइते भएका छन् ।

प्यालदोर हिमालको फेदीमा रहेको विकट रुबीभ्याली गाउँपालिकाको गाउँ सभामा गाउँपालिका अध्यक्ष रामसिंह तामाङले प्रहरी सुरक्षाकाबीचमा नीति तथा कार्यक्रम पेस गर्नुभयो ।

गाउँसभा सुरु हुनै लाग्दा राप्रपाबाट निर्वाचित वडा अध्यक्ष प्रशान्त तामाङको नेतृत्वमा आएको जुलुसले गाउँसभा स्थल तोडफोड गरेको थियो ।

राप्रपाले मुक्रावदेबी माविमा अध्यापनरत उत्तमलाल तामाङलाई पालिकाले श्रोत व्यक्ती बनाएर पालिकामा राखेपछि विद्यालय पढाइ प्रभावित भएको भन्दै गाउँ सभामा जुलुस गरेको थियो ।

गाउँ सभामा झडप भएपछि रुबीभ्याली गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय मिलामा तामाङ, ३० वर्षीय अमुक तामाङ, शिक्षक ऋषिराम खनाल लगायतका घाइते भएका छन् । सबै घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

गाउँ सभामा मुक्राव देवीका शिक्षक समेत जुलुस गर्दै आएको र झडप भएको भन्दै मुक्राव देवी माविका शिक्षक ऋषिराम खनाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

गाउँसभा विवाद भएपनि अध्यक्ष रामसिंह तामाङले प्रहरीको सहयोगमा नीति तथा कार्यक्रम हतार हतार पढेर महुमतले पारित गरेको छ ।

सिद्धलेक गाउँपालिकामा भने गाउँ सभामा पेस गरिने पनि निती तथा कार्यक्रम कार्यपालिका सदस्यहरूसँग छलफल नगरिएपछि बहुमत सदस्यले विरोध जनाउँदा जनाउँदै गाउँ सभामा नीति तथा कार्यक्रम पेस गरिएको छ ।

उपाध्यक्ष सबिता अर्यालसहित २२ जना गाउँसभा सदस्यले निती तथा कार्यक्रम कार्यपालिकामा पेस नगरी सिधै गाउँ सभामा ल्याएको भन्दै विरोध जनाएर गाउँसभा बहिस्कार गरेका थिए । ३७ जनाको गाउँसभा सदस्य भएको सिद्धलेकमा २२ जना गाउँसभा सदस्यले नीति तथा कार्यक्रमले वैधानिक बाटो नअपनाएको भन्दै लिखित रुपमा असहमति जनाएपनि सभाहल बन्द गरेर नीति कार्यक्रम पेस गरिएको र आफूहरुले विरोध गरी रहेको कार्यपालिका सदस्य भगवती तिवारीले बताउनुभयो ।नीति तथा कार्यक्रम जबरजस्ती पढेपछि केही गाउँसभा सदस्यलाई जबरजस्ती उपस्थितिमा हस्ताक्षर गराएर बहुमत पुर्‍याइएको आरोप असहमत पक्षको छ ।

गाउँपालिका पटक पटक अनियमितताको आरोप लाग्दै आएको छ भने प्रमुख प्रशासकीय अधिकृतहरु पनि गाउँपालिका आएपछि सरुवा भएर जाने गरेको छ ।

सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले नितितथा कार्यक्रममा छलफल नभएका कारण बजेट समेत नबनाएको बताउनुभयो ।

सभाहल भित्र झडपको स्थिति आएपछि प्रहरीको सहयोग लिएर सभा सञ्चालन गरिएको थियो । असहमत पक्षले विरोध गरिरहेको बेला केही वडा अध्यक्षले गाउँसभा सदस्य रङ्ग थपलियामाथि आक्रमणको प्रयास गरेका थिए ।

नेत्रावती डबजोङ गाउँपालिकामा असार ९ गतेको सभा स्थगित भएपछि आइतबार बिहान कार्यपालिका सदस्यहरु जम्मा नहुँदै गाउँसभा सुरु गरिएको थियो । गाउँ सभामा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

गाउँपालिकामा भएका खर्च विवरणहरु सार्वजनिक गर्न माग गर्दा पनि बेवास्ता गरेको, सामान खरिद गरेको विवरण र खर्च पारदर्शी भएको भन्दै ७ राजनीतिक दलले तालाबन्दी गरेको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस र  मंगोल नेशनल अर्गनाइजेशनले अनियमितताको विरोध गर्दै सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेको  रास्वपाका उत्तम अधिकारीले बताउनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिकामा बजेट पेस गर्ने कार्यसूची सार्वजनिक भएको छैन।

नेकपा एमाले धादिङको जनसंगठन भेला तथा प्रशिक्षण सम्पन्न

गायत्री खतिवडा/धादिङबेशि

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र इन्चार्ज भानुभक्त ढकालले नेकपा एमालेलाई चारैतिरबाट घेराबन्दी गरिरहे पनि त्यसलाई चिरेर आगामी ०८४ को निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । बजारमा नयाँ नयाँ झुटको एजेन्डा खडा गरि एमाले पार्टी र अध्यक्षका विरुद्ध अफवाहको षड्यन्त्र भैरहेकोले पार्टीका जिम्मेवार कार्यकर्ताले त्यस्ता गलत प्रवृत्तिको भण्डाफोर गरि पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो ।

आइतबार धादिङ बेशिमा नेकपा एमाले धादिङले आयोजना गरेको जनसंगठको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता ढकालले नेकपा एमाले हिजो पनि आज पनि र भोलि पनि पहिलो पार्टी भएको र आगामी ०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभयो ।

समाजवादी मोर्चा प्रती लक्षित गर्दै स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आफ्नो कुनै भबिस्य नदेखेपछी दुनियाँलाई भ्रममा पार्न र आफ्ना कार्यकर्ता तह लगाउन मोर्चा गठन गरेकोले यसको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा जनसंयन्त्रको बागमती प्रदेश इन्चार्ज रचना खड्काले नेकपा एमालेले मिशन ०८४ लिएर अगाडि बढेकोले वडा तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरण गर्नुपर्ने बताउनुभयो।नेता खड्काले एमालेको जनबर्गिय संगठनका युवाहरूले एमाले पार्टीले बिगतमा गरेको राम्रो कामको प्रचार गर्दै अहिलेको सरकारले गरेको गलत कामको भण्डाफोर गर्नुपर्ने बताउनुभयो।

प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले नेकपा एमाले पार्टीले ०८४ मा ८० प्रतिशत भोट आफ्नो पक्षमा ल्याउने बताउनुभयो ।नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य नरेश खतिवडा , गंगादेवि श्रेष्ठ , उमा नेपाल लगायतका नेताहरुको आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले धादिङको २३ वटा जनबर्गिय संगठनको केन्द्रिय सदस्य , प्रदेश सदस्य , जिल्ला सदस्य तथा पालिका कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

बसाइँ सरेर आउनेलाई राक्सिराङ गाउँपालिकाले घर उपहार दिने

बसाइँ सराइँ गरेर आउनेलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत् दुर्गम भेगबाट बसाइँसराइँगरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गर्न अन्यत्रबाट गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ‘घर उपहार’ नीति अघि सारेका हुन्।

‘गाउँपालिकाका दुर्गम भेगहरूबाट बसाइँसराइँ भई सुगम पालिकाहरूमा जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्र गाउँपालिकाभित्रबाट बसाइँ सरी आउने आकर्षित गर्न सुन्दर समाज, हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ।

घरको स्वरूप र बनोटबारे कार्यविधि बन्न बाँकी रहेको पनि बताइएको छ।

त्यस्तै उसले विपद्को दृष्टिकोणले जोखिमयुक्त मानिएका खरको छानोको प्रतिस्थापन गर्ने नीति लिएको छ।

सरकारी वा संस्थागत अनुदानबाट निर्मित तथा निजी घरहरूमा एकै रंगको रंग लगाएर गाउँपालिकाको पहिचान कायम गर्ने समेत नीति ल्याएको छ।

त्यसका लागि हरेक घरको एउटै रंग, सुन्दर शान्त राक्सिराङ कार्यक्रम अघि सारेको छ।सेताेपाटिबाट

प्रधानमन्त्री प्रचण्ड भाेलि धादिङको गजुरी आउने

नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धादिङको गजुरी आउने भएका छन् ।

गजुरी गाउँपालिका वडा नं.१ मा अवस्थित नेपाल भारत मैत्री आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्न भाेलि असार ११ गते आउन लागेको क्याम्पस प्रमुख रामचन्द्र अर्यालले जानकारी दिनुभयो।

प्रधानमन्त्री  प्रचण्ड सँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल,परराष्ट्र मन्त्री,नेपालका लागि भारतिय राजदुत पनि कार्यक्रममा आउने स्रोतले जनाएको छ।

नेत्रावती डबजाेङ गाउँपालिकामा पारदर्शिताकाे माग गरेपछि गाउँसभा नै स्थगित

सीताराम अधिकारी
नेत्रावती डबजाेङ गाउँ पालिकामा चालू आर्थिक वर्ष ०७९/८० मा भएका खर्च र कार्यक्रम बारे गाउँपालिका उपाध्यक्ष सीतामाया गुरुङ सहित कार्यपालिका सदस्यहरुले पारदर्शिताको माग गरेपछि गाउँसभा स्थगित भएको छ ।

गाउँसभा भनी गाउँसभा सदस्यलाई समेत बोलाएर पारदर्शिताको विषय उठेपछि गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले सूचना टाँसेर गाउँसभा स्थगित गर्नुभएको छ ।

गाउँपालिका उपाध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले गाउँपालिकामा भएका कर्मचारी संख्या, कर्मचारी पारिश्रमिक, संचार महसुल, सवारी साधन मर्मत खर्च, इन्धन खर्च, मसलन्द खर्च, पत्रपत्रिका छपाई सूचना प्रकाशन खर्च, सेवा तथा परामर्श खर्च, औषधी खरिद तथा स्वास्थ्य शाखाको खर्च, लगायत १९ बुँदामा असहमति जनाएपछि विवाद भएको थियो।

करार सेवा शुल्क, सरसफाइ सेवा शुल्क, कार्यक्रम खर्च, फर्निचर तथा फिक्चर्स खर्च, पूजीगत परामर्श खर्च, भैपरि आउने पूजिगत खर्च, मेसिनरी तथा औजार खर्च आदीबारे गाउँपालिकामा सम्बद्ध पक्षलाई स्पष्ट पार्न आग्रह गरिएपछि कार्यपालिका सदस्यहरुलाई पटक पटक माग गर्दा पनि जानकारी नदिएपछि आफूहरु बाध्य भएर गाउँसभाको समयमा नै खरो उत्रिनु परेका वडा नम्बर ४ का वडाअध्यक्ष तिलबहादुर गुरुङले बताउनुभयो ।

३ नम्बर वडा अध्यक्ष सुरेश गुरुङले हिसाब माग्दा नदिएपछि आफूहरुले गाउँपालिका अध्यक्ष समक्ष उपाध्यक्ष सितामाया गुरुङ समेत १६ जना गाउँसभा सदस्यले चालु आर्थिक वर्षको बजेट खर्च स्पष्ट नपारेकोरआगामी वर्षका लागि नीति प्रशासनिक खर्च लगायतका बजेट चित्तबुझ्दो नआएकोले हिसाब किताब नआएसम्म गाउँसभामा सहभागी नहुने लिखित पत्र बुझाएको बताउनुभयो ।

आर्थिक पारदर्शिता आफूले खोजेकोले सबै कार्यपालिका सदस्यहरु समेत सहमत भएपछि एक भएर आवाज उठाउनु परेको गाउँपालिका उपाध्यक्ष सितामाया गुरुङ (चोदेन) ले बताउनुभयो ।

आफू गाउँपालिका राष्ट्रिय महासंघमा समेत रहेकोले अनियमितता हेरेर बस्न नसकिएको बताउँदै उपाध्यक्ष गुरुङले पार्टीको सिद्धान्तले पनि जनतालाई धनी बनाउन लाग्नु पर्नेमा लाग्न नसकोले जनताको तर्फबाट हिसाब किताब खोजेको बताउनुभयो ।

गाउँ सभाका लागि पालिका अगाडी पुगेका गाउँसभा सदस्य पत्रकार र अन्य सर्वसाधारण समेत सभा नभएपछि घर फकिएका छन् । संचारकर्मीहरुले भने किन गाउँसभा भएन भनेर गाउँपाकिला अध्यक्ष रिजाललाई प्रश्न गर्दा जवाफ दिन मान्नु भएन ।

औषधी खरिद, प्रशासनिक खर्च, कर्मचारी तलब लगायतका विषयमा समेत जानकारी नभएका कारण स्पष्ट पारेर मात्र गाउँसभा हुनु पर्ने बताउँदै प्रशासनिक तलब भत्ताभन्दा धेरै कम विकास खर्च देखाएको र आगामी वर्षका लागि बजेट उपाध्यक्षको सहमति विना ल्याउन खोजेपछि जनप्रतिनिधिहरु रुष्ट भएका छन् ।

खेलकुद महासंघ जिल्ला कमिटी धादिङद्वारा गल्छीबजार सरसफाइ

७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले गल्छी बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।देशभर नै अहिले लामखुट्टेबाट सर्ने डेङ्गुले आक्रमण गरिरहेको हुँदा आफ्नो वरपर सफा राख्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय कमिटी उपाध्यक्ष निरेशलाल महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै मदन जयन्तीको अवसर पारेर खेलकुद महासंघले देशभर नै सन्देशमुलक कार्यक्रमहरूको आयोजना गरी भण्डारीको स्मरण गरिरहेको बताउनु भयो ।

 

सरसफाई कार्यक्रममा खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज सगुन थापा मगर, खेलकुद महासंघको बागमती प्रदेश कमिटी सदस्य विवेक गिरी, जिल्ला कमिटी सदस्यहरु विज्ञान इटानी, शिव गिरी, प्रकाश श्रेष्ठ, खेलकुद महासंघ गल्छी गाउँपालिका इन्चार्ज निरज ढुंगाना, छाङगेश्वरी महिला समुहकी अध्यक्ष गीता खरेल, गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामबाबु खड्का, महिला समुहकी प्रतिनिधि देवकी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

छाङगेश्वरी महिला समुहको सहयोगमा आयोजना भएको कार्यक्रम नेपाल खेलकुद महासंघ जिल्ला कमिटीका अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अनेरास्ववियु धादिङको २४ औं जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा श्याम लामा

अनेरास्ववियु धादिङको २४ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ।गजुरीको आदर्श बहुमुखी क्याम्पसमा असार ८ र ९ गते भएको अधिबेशनले श्याम लामाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

अध्यक्ष रक्तिम रेग्मीको अध्यक्षतामा भएको अधिबेशनको खुल्ला सत्रमा अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता रहेको थियोे।भने बन्दसत्रको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष नारायण घर्ती रहेका थियोे।

अधिबेशनले अध्यक्ष श्याम लामा उपाध्यक्ष सविन नेपाल ,गगन सिंह बस्नेत,सचिव रेशम श्रेष्ठ,सह-सचिव उज्वल के.सी,नवीना थापा,अन्दाज श्रेष्ठ,आमोश तामाङ,कोषाध्यक्ष सदिक मियाँ चयन गरेको छ।