Posts By सम्पादक

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशन सम्पन्न अध्यक्षमा सापकोटा सर्वसम्मत

काठमाडौं
नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको चेत्र ८ र ९ गते काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा भगिरथ सापकोटा चयन भएका छन्।

अधिवेशनले खुल्ला उपाध्यक्ष सुवर्णा श्रेष्ठ,उपाध्यक्ष शोभा गुरुङ,महासचिव बालकृष्ण शिवाकोटी,उपमहासचिब डिम प्रकाश पौडेल,सचिव रामराजा श्रेष्ठ,गोपाल खनाल, डोलनाथ खनाल र सरोज कुमार यादव र सदस्यहरुमा शिबहरी मैनाली,दलबीर भण्डारी,सरीता घले,सुर्य डाङी र छत्र बस्नेत चयन गरेको छ।

त्यस्तै निर्वाचन आयोग प्रमुख टंक बहादुर राउत र निर्वाचन आयोग सदस्य आनन्द कोइरालालाई तेस्रो महाधिवेशनले चयन गरेको छ।

धादिङ समाज जापानको छैटौँ अधिवेशन आज जापानको टाेकियाेमा हुदै

टोकियो/जापान
आज मार्च २३ तारिख जापानको टोकियोमा धादिङ समाज जापानको छैटौँ अधिवेशनको हुने भएको छ।अधिवेशन जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता हुने भएको छ।धादिङ समाज जापान सन २०१३ मा स्थापना भई जापान र नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। समाजले जापानमा बसोबास गर्ने नेपालीहरुका विभिन्न अप्ठ्यारो परिस्थितिहरुमा सहजिकरण र हातेमालो गर्दै आएको छ।

अधिवेशन मार्च २३ तारिख जापानको सिनोकुबो स्थित सोलमारी मुरा हलमा आयोजना हुने भएको छ। छैटौँ अधिवेशनले आगामी २ वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ।

गजुरीको गलौदीमा तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव हुने

धादिङ/गजुरी
धादिङको गजुरीमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने भएको छ।
जिल्ला होटल संघ धादिङको आयोजना२०८१ चैत १४ गतेदेखि २४ गते सम्म गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा हुने भएको हो।यस महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहने भएको छ।

स्थानीय खाना,कला संस्कृती तथा पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको महोत्सव उद्घाटनको अवसरमा गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह,युवा क्लब, लगायतको उपस्थितमा झाकी र्यालीको आयोजना गरिने आयोजकले जनाएको छ।महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन , सस्तो बजार, र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन्। साथै, परम्परागत बाजा प्रदर्शन र नृत्य प्रतियोगिता समेत रहनेछ।

महोत्सवले गजुरी गाउँपालिकाको संस्कृति, कृषि, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धन गर्न सहयोग पुग्नुका साथै स्थानीय र राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहने मेला आयोजक समितिले बताउनुभयो।

नेसाज कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन भाेलि जापानको ओसाकामा हुदै

जापान/ओसाका

नेपाली विद्यार्थी समाज जापान कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन भाेलि जापानको ओसाकामा हुने भएको छ।अधिवेशनको अवसरमा गायक प्रसोद कोईराला,मित्र पाेखरेल र अभिनाष तामाङको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेत हुने नेसाजका पूर्व अध्यक्ष एवं संरक्षण कृष्ण भुसालले जानकारी दिनुभयो।

अधिवेशनले नेपाली विधार्थी समाज जापान कान्साई क्षेत्रीय कमिटीको तेस्रो अधिवेशन एवं साँस्कृतिक कार्यक्रम सफल पार्न सहयोग गर्ने व्यक्तिहरुलाइ सम्मान समेत गर्ने भएको छ।

नेपाल-जापान संसदीय सहकार्य अपरिहार्य महासचिव: पाेखरेल

टोकियो जापान
जापान-नेपाल द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन र विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्न जापानको राजधानी टोकियोमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।बैठकमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. सुर्य पाठक, डा. राम गिरी तथा प्रवासी नेपाली मञ्च, जापानका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा जापानका लिबरल डेमोक्रेटिक पार्टीका सदस्य, जापानको उपल्लो सदनका संसद सदस्य तथा बजेट समितिका अध्यक्ष, साथै जापान-नेपाल संसदीय मैत्री संघका महासचिव Yosuke Tsuruho को पनि उपस्थिति थियो।

बैठकमा नेपाल र जापानबीचको संसदीय सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भयो। साथै, विकास निर्माण, जलविद्युत् आयोजना, कृषि क्षेत्रमा लगानी, सूचना प्रविधि तथा पर्यटन प्रवर्द्धन जस्ता महत्वपूर्ण विषयहरूमा दुई देशबीच सहकार्य गर्ने सहमति बनेको छ।

नेपाल-जापान सम्बन्धलाई नयाँ उचाइमा पु-याउने उद्देश्यले गरिएको यस छलफलले भविष्यमा नेपालमा जापानी लगानी प्रवाहलाई थप सहज बनाउने तथा दुबै देशका नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने अपेक्षा गरिएको छ।

जापानको नेपाली दूतावासमा भएको समस्याको समाधान गर्न पहल गर्नेछु:महासचिव पोखरेल

टोकियो/नेपाली राजदूतावास जापानमा राजदूत दुर्गा बहादुर सुवेदीज्यूले नेकपा (एमाले) का शंकर पोखरेलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई स्वागत गर्नुभयो। सो अवसरमा केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च, जापानका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

बैठकको क्रममा राजदूत सुवेदीले दूतावासले हाल भोगिरहेका विभिन्न चुनौतीहरू, दूतावासका महत्वपूर्ण कार्यहरू तथा हालसम्म प्राप्त प्रगतिहरूबारे प्रतिनिधिमण्डललाई जानकारी गराउनुभयो। साथै, जापानमा रहेका नेपाली समुदायका समस्या समाधानका लागि आवश्यक पहल गर्न महासचिव पोखरेलसमक्ष आग्रह गर्नुभयो।

महासचिव पोखरेलले प्रवासी नेपालीहरूको हकहित र सेवाका लागि प्रतिबद्ध रहेको बताउँदै, दूतावासको कर्मचारी लगायत आवश्यक नीतिगत पहलका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, प्रवासी नेपाली मञ्च, जापानका प्रतिनिधिहरूले जापानमा रहेका नेपाली समुदायका मुद्दाहरू उजागर गर्दै तिनको समाधानका लागि सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी सम्मानित

धादिङ/नेपाल पत्रकार महासंघ धादिङका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारी सम्मानित भएका छन् ।

पत्रकारिता मार्फत सामाजिक रुपान्तरमा योगदान गरेको भन्दै गल्छी गाउँपलिका–६ मा रहेको सक्सेस एकेडेमीले आफ्नो १४औँ वार्षिकोत्सबको अवसरमा सम्मान गरेको हो ।

पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान उच्च आदर्श स्थापित गर्दै सत्य पारदर्शी र समाजमा सकारात्मक परिवर्तनका लागि अध्यक्ष अधिकारीलाई सम्मान गरिएको थियो । सक्कसेस एकेडेमीका अध्यक्ष शिव अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले दोसल्ला ओढाएर र सम्मानपत्र दिएर सम्मानित गरे ।

पत्रकारिताको धर्म, यसको आचारसंहिता पालन गर्दै सामाजिक आर्थिक रुपान्दरका लागि निरन्तर कलम चलाइरहन सम्मानले अझै हौसला थपेको सम्मानित हुनुभएका अधिकारीले बताए ।

जापानको पुँजी सहित प्रविधि, शिप र क्षमता देशको लागि प्रयोग गर्नुस् :महासचिव पाेखरेल

टोकियो
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कमाएको पुँजी मात्र पठाएर देश नबन्ने बताउनु भएको छ । टोकियोमा आईतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आयोजना गरेको नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जापानको प्रविधि, शिप र क्षमता देशको लागि प्रयोग गर्न आग्रह गरेका हुन ।
शानको लागि लगानी हैन स्वाभिमानको लागि लगानी गर्न एनआरएनहरूलाई आग्रह गर्नु भयो । लगानी गर्ने भनेर घोषणा मात्र गरेर नहुने बताउदै हुनेहरूले देशमा दत्त-चित्त भएर लगानी गर्न आग्रह गर्दै देश बनाउनको लागि हामी आएको हौं, समस्या आउदा भाग्दैनौ देश बनाएरै छाड़ने जिकिर गर्नु भयो ।
एक प्रसंगमा पोखरेलले देशमा राजनीतिक दल जस्तो विदेशमा आएर संघ-संगठन धेरै हैन बलिया र सर्व स्वीकार्य बनाएर समयको ख्याल गर्न समेत जापानवासी नेपालीलाई आग्रह गर्नु भयो ।
महासचिव पोखरेलले परदेशमा आएर एक-आपसमा मिलेर बस्न समेत अनुरोध गर्दै जापानीबाट हामीले समयको पालना, कामको सम्मान र अनुशासनको पालना गर्नु पर्ने बताउनु भयो।
राज्य कमजोर भयो भने देश नबन्ने बताउदै देश बनाउन प्रधानमन्त्रीको अधिकार पावरफुल हुनुपर्ने बताउनु भयो ।
राजनीतिक स्थायित्व र देश बनाउन दुई ठुला पार्टी मिलेको बताउदै देशमा समस्या छ लगानीको वातावरण छैन भन्ने भाष्य गलत रहको बताउनु भयो ।

त्यस्तै एमाले केन्द्रीय सदस्य सूर्य प्रसाद पाठकले परदेशमा दुःखले कमाएको पुँजी र प्रविधिको उचित ब्यवस्थापन गर्न आग्रह गर्नु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे लगायतको उपस्थिति रहको थियो ।

खुला कार्यक्रम अघि एमाले पार्टीको संगठित सदस्यहरूको लागि मात्र आन्तरिक प्रशिक्षण गराएको थियो । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानका अध्यक्ष कुलचन्द्र खरेलको सभापतित्वमा सचिव राजेन्द्र श्रेष्ठले संचालन गरि कार्यक्रम सम्पन्न भयो ।

प्रेस चौतारी नेपाल धादिङको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

धादिङ
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन भएका छन् । शनिबार धादिङबेसीमा सम्पन्न एघारौं जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।अधिवेशनले उपाध्यक्षमा रेख बहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिल अछामी , सहसचिवमा विनोद तमु र विरमान तामाङ तथा कोषाध्यक्षमा उपेन्द्र अधिकारी लाई सर्वसम्मत चयन गरेको छ।
यस्तै सदस्यहरुमा सुदिप अधिकारी, रिता कुमारी सारु ,अशोक श्रेष्ठ र शर्मिला शाक्य चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्रीहजुर सिलवाल र नानु कार्की तथा प्रदेश प्रतिनिधिहरुमा लक्ष्मी भुजेल, रिता कुमारी सारु,सुदिप अधिकारी र विरमान तामाङ चयन भएका छन् ।

धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा आयोजना गरिएको अधिबेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज डा.खेम लोहनीले गर्नु भएको थियो ।श्रीहजुर सिलवाल ( राजन) को अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रमलाई एमालेका केन्द्रिय सदस्य डा. लोहनीका साथै प्रेस चौतारी नेपालका नेता विश्वमणि सुवेदी,उपाध्यक्षद्धय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, केन्द्रिय सदस्य शालिग्राम नेपालले सम्वोधन गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अधिबेशनको अवसर पारेर प्रेस चौतारी धादिङले हरेक बर्ष बितरण गर्दै आईरहेको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार २०८१ का लागि कृषि रेडियोका कार्यरत पत्रकार उपेन्द्र अधिकारीलाई प्रदान गरिएको थियो ।यसै गरी अधिबेशनको अवसर पारेर नेपाल पत्रकार महासंघ धादिङको कार्य समिति तथा प्रदेश र केन्द्रमा निर्वाचित हरुलाई पनि सम्मान गरिएको थियो ।

भूमि आयोग धादिङका नव नियुक्त अध्यक्ष पन्तद्वारा पदभार ग्रहण

धादिङ
भूमिसम्बन्धी समस्या समाधान आयोग धादिङका नव नियुक्त अध्यक्ष हरिप्रसाद पन्तले पदभार ग्रहण गर्नुभएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा धादिङका लागि नियुक्त अध्यक्ष पन्तले वुधवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै अध्यक्ष पन्तले संविधानले प्रत्याभूत गरको नागरिकका मौलिक हकको कार्यान्वयन गर्न आयोगमा अवसर मिलेको बताउँदै भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिमा रहेको आयोगको कार्यालयमा पूर्व सांसद खेमप्रसाद लोहनी, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उप्रमुख कुलमान विश्वकर्मा, मुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतको उपस्थितिमा अध्यक्ष पन्तले पदभार ग्रहण गर्नु भएको थियो ।

पदभार ग्रहण कार्यक्रममा पूर्व सांसद लोहनीले पन्तको नियुक्तिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा सक्रिय योगदान पुग्ने विश्वास गर्नुभएको थियो । आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने, अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरण लगायत विषयलाई समेट्ने गरी काम गर्न पनि लोहनीले सुझाव दिनुभयो ।

नेपाल सरकारले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम देशभरका विभिन्न जिल्लाका अध्यक्षहरू चयन गर्ने क्रममा धादिङ जिल्लाका लागि पन्तलाई नियुक्त गरेको छ ।

आजदेखि सुरु हुने पहिलो धादिङ लोक सांस्कृतिक महाेत्सवको उप-प्रधानमन्त्री शिंहले उद्धघाटन गर्ने

धादिङ
धादिङबेशीमा आज देखि लोक सांस्कृतिक महोत्सव हुँदैछ । ‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित पहिलो पटक धादिङमा लोक सांस्कृतिक महोत्सव हुन लागेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजनामा हुने महोत्सवको उद्धघाटन नेपाल सरकारका उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले गर्नुहुने भएको छ ।

धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।

कलाकारहरुको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवद्र्धन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको छ। आज देखि सुरु हुने महोत्सव माघ २० गतेसम्म चल्नेछ।

एमाले महासचिव पाेखरेल जापान आउदै:प्रवासी नेपाली मञ्च जापानले खुल्ला अन्तरक्रिया गर्ने

जापान
एमाले महासचिव शंकर पाेखरेल जापान आउने भएका छन्।प्रवासी नेपाली मञ्च जापानको प्रवासी नेपालीहरुको अवसर र चुनौती बिषयक खुल्ला अन्तरक्रियालाई सम्बाेधन गर्न,महासचिव पाेखरेल र केन्द्रीय सदस्य डा.सुर्य प्रसाद पाठक फेब्रवरी १ तारिक जापान आउने भएका हुन्।

प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक प्रशिक्षण सहित जापानको मुख्य तीन शहरमा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो ।
जापानमा रहेका नेपालीहरूसंग प्रवासको चुनौती र राज्यले गर्नु पर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने आयोजकले जनाएको छ।

खुला कार्यक्रममा उपस्थितिको लागि संघ-संस्थाका नेतृत्वहरूलाई निमन्त्रणा गरेको छ।प्रवासी नेपाली मञ्च जापानको आन्तरिक प्रशिक्षण कार्यक्रममा मञ्च सम्वद्व सदस्य तथा सल्लाहकारहरूको उपस्थित हुने प्रवासी मञ्चले बताएको छ।२०२५ फेव्रवरी १ तारिक जापानको नागोयामा पनि आन्तरिक प्रशिक्षण हुने भएको छ । बिहान ११ बजेबाट आन्तरिक प्रशिक्षण हुने नागोयाका क्षेत्रीय कमिटीले जानकारी दिएको छ।

नागोयामा फेव्रवरी २ नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा खुला अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । प्रवासी नेपाली मञ्च जापानले आन्तरिक प्रशिक्षण बिहान १० बजे देखी ३ बजेसम्म र त्यस पश्चात् जापानवासी संग खुला अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।

ओकिनावामा फेव्रवरी ९ तारिख दिउसो १ बजे देखी ५ बजे सम्म प्रशिक्षण र अन्तरक्रिया एमाले केन्द्रीय सदस्य डा.सूर्य प्रसाद पाठकको प्रमुख उपस्थितिमा प्रशिक्षण हुने छ ।ओकिनावा क्षेत्रीय कमिटिका सदस्यहरू, सल्लाहकारहरू , बिभागीय र मञ्च सम्वद्व सदस्यहरूको प्रशिक्षण र त्यसपछि खुला हुने भएको हो ।

धादिङ जिल्लाकै पुरानो किराञ्चोक कार्किडाँडा माबि स्थापनाको १०० बर्ष पूरा:शताव्दी महोत्सव गरिंदै

भुवन भण्डारी /तपाईंको न्यूज
धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना भएको १०० बर्ष पुगेको छ । स्थापनाको एक सय बर्ष पुगेको खुसीयालीमा बिद्यालयले यहि माघ १९ देखि २१ गते सम्म विभिन्न बिधामा कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव मनाउने भएको छ ।

शताब्दी महाेत्सवको अवसरमा गल्छी गाउँपालिका स्तरीय अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, शिक्षक बिद्यार्थीहरुबाट नृत्यका साथै पूर्व शिक्षक, बिद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान कार्यक्रम गर्न लागिएको बिद्यालयका शिक्षक नवराज लामिछानेले तपाईंको न्यूज डटकमलाई जानकारी दिनु भयो ।

बिक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा मावि गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो बिद्यालयको रुपमा चिनिन्छ । धेरै बर्ष सम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको छ ।

धादिङ जिल्लाभर चार वटा भाषा पाठशाला स्थापना हुँदा सात सय किराञ्चोक क्षेत्रलाई समेटेर १९८२ सालमा यस बिद्यालयको स्थापना भएको थियो । बिद्यालयमा अध्ययन गर्ने पूर्व बिद्यार्थी मध्ये उच्च तहमा पुग्नेमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकाल, पूर्व न्यायाधिश दामोदर पुरुष ढकाल, प्रा.डा.रामचन्द्र गौतम ,प्रा.डा.डिल्ली प्रसाद गौतम( हाल स्वर्गिय) पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल,प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल लगायत हुनुहुन्छ ।

भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय,२०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको यस बिद्यलायबाट अहिले सम्म ७९४ जनाले एसएलसी एसइई र २०० जनाले १२ कक्षा उतिर्ण गरेको बिद्यालय परिवारले जानकारी दिनुभयो । महाेसत्वले शैक्षिक उन्नयनको मार्ग चित्र काेर्ने बिश्वास लिईएको छ।

धादिङ बेनिघाट राेराङका शिक्षा अधिकृत पाठक इन्टेग्रिटी आइकन नेपाल २०२४ मा छनौट

धादिङ/अकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा धादिङको वेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठक इन्टेग्रिटी आइकनमा छनौट हुनु भएको छ ।
आइकनमा छनौट भएका पाँच जनाको नाम सोमबार सार्वजनिक भएको हो । यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट धादिङका पाठक सहित ३४९ वटा मनोनयन प्राप्त भएकोमा विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जनाको नाम सार्वजनिक गरेको जनाएको छ ।

छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप-समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको थियो।
छनोट भएका पाँचै जनालाई यहीँ आउँदो माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिनेछ।

सल्यानटारका एमाले नेता पन्त भूमि आयोग धादिङको अध्यक्षमा नियुक्त

धादिङ सल्यानटारका एमाले नेता पन्त भूमि आयोग धादिङको अध्यक्षमा नियुक्त भएका छन्।भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा एमाले धादिङका नेता हरि प्रसाद पन्त नियुक्त भएका हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै धादिङको अध्यक्षमा एमाले जिल्ला नेता पन्तलाई नियुक्त गरेको हो।नेकपा एमाले त्रिपुरासुन्दरी गाँउपालिका कमिटीको पूर्व अध्यक्ष समेत रहेका पन्त अध्यक्षमा नियुक्त भए भने सदस्यमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कि शर्मिला विक नियुक्त गरिएको छ।विक पनि एमाले कार्यकर्ता हुन् । बाँकी सदस्य नेपाली काँग्रेसको सिफारिसमा नियुक्त हुनेछन्।

सरकारले सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्न आयोगको गठन गर्दै आएपनि खासै परिमाणमुखि काम भने हुने गरेको छैन । यस्तो आयोग नेता निकटका व्यक्तिलाई पालैपालो जागिर खाने उपयुक्त स्थान बन्दै आईरहेको छ।कार्यकर्ता व्यवस्थापनको लागि यस्ता आयोगको उपयोग हुने गरेको पाईन्छ।जिल्ला अध्यक्षको तलब सुबिधा सरकारको सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहकाे सेवा सुविधा प्राप्त गर्नेछन्।