काठमाडौ – नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका संघीय सांसद पूर्णबहादुर तामाङ कान्छारामले आफुले पाउदै आएकाे तीन महिनाकाे तलब सुविधा रसुवाका बाढी पिडितका लागि प्रदान गर्ने घाेषणा गरेका छन् ।
नेपाल सरकारले आफुलाई प्रदान गर्ने गरेकाे सुविधाबापतकाे रकम बाढी पिडितका लागि प्रदान गर्ने बताएका हुन । सांसद तामाङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए ।
रसुवामा आएको बाढीबाट प्रभावित परिवार र उक्त क्षेत्रको पुनः निर्माण तथा राहतका लागि साे रकम उद्वारकाेषमा जम्मा गरेर सहयाेग गर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयलाई पत्र मार्फत रसुवाका बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको आफनो तलब कोषमा जम्मा गर्ने जानकारी गराएकाे सांसद तामाङकाे सचिवालयले जानकारी दिएकाे हाे ।
प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै सांसद तामाडले उक्त अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन् ।
जुलाई ४, ब्राम्पटन क्यानाडा
बसन्त कार्की
क्यानाडाको सबै भन्दा पुरानो क्लब लाली गुराँस कल्चर एण्ड स्पोर्टस क्लबले आयोजना गर्ने नेपाली मेलाका लागी नेपालकी बहुचर्चित गायिक शान्ति श्री परियार नेपाल बाट क्यानाडाका लागी प्रस्थान गरेकी छन् । नेपाल बाट क्यानाडा आएर बसोबास गरेका नेपालहरुका माझ गर्बिलो ईतिहास बोकेको लाली गुराँस क्लबले बर्षेनी नेपाली मेला संचालन गर्दे आईरहेको छ । बिगत केही बर्षहरुमा नर्थ अमेरिकामा नै सबैभन्दा ठुलो धनराशीको भलिबल खेल आयोजना गर्दे आएका्े क्लब ले गत बर्ष देखी नेपाली मेला आयोजना गर्दै आईरहेको छ । नेपाली कला संस्कृती मार्फत क्यानाडमा नेपाल चिनाउने अभियान स्वरुप यो मेला आयोजना गरीएकाृे क्लबका अध्यक्ष कृजल के.सी.ले माउन्ट एभरेष्ट टेलिभिजन लाई बताउनु भयो । कार्यक्रममा स्थानिय कला संस्कृति नेपाली परिकार का रेष्टुरेन्ट नेपाली भेषभुषाका स्टल तथा स्थानिय कलाकारहरु को मनोरन्जनात्मक प्रस्तुती हुने आयोजक सदस्य दिनेश बिष्ट ले जानकारी दिनुभयो । कार्यक्र सफल पार्नका लागी क्यानाडको ग्रेटर टोरन्टो क्षेत्रका सबै नेपाली समुदाय,व्यपारी,समाजसेवी एकजुट भएर लागीरहेको एन.आर.एन.ए.अभियान्ता अभिमन्यु बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको टाइटल स्पोनर्स पोख्रेल ल ले गरेको छ।
जुलाई ४, ब्राम्पटन क्यानाडा
बसन्त कार्की
क्यानाडाको सबै भन्दा पुरानो क्लब लाली गुराँस कल्चर एण्ड स्पोर्टस क्लबले आयोजना गर्ने नेपाली मेलाका लागी नेपालकी बहुचर्चित गायिक शान्ति श्री परियार नेपाल बाट क्यानाडाका लागी प्रस्थान गरेकी छन् । नेपाल बाट क्यानाडा आएर बसोबास गरेका नेपालहरुका माझ गर्बिलो ईतिहास बोकेको लाली गुराँस क्लबले बर्षेनी नेपाली मेला संचालन गर्दे आईरहेको छ । बिगत केही बर्षहरुमा नर्थ अमेरिकामा नै सबैभन्दा ठुलो धनराशीको भलिबल खेल आयोजना गर्दे आएका्े क्लब ले गत बर्ष देखी नेपाली मेला आयोजना गर्दै आईरहेको छ । नेपाली कला संस्कृती मार्फत क्यानाडमा नेपाल चिनाउने अभियान स्वरुप यो मेला आयोजना गरीएकाृे क्लबका अध्यक्ष कृजल के.सी.ले माउन्ट एभरेष्ट टेलिभिजन लाई बताउनु भयो । कार्यक्रममा स्थानिय कला संस्कृति नेपाली परिकार का रेष्टुरेन्ट नेपाली भेषभुषाका स्टल तथा स्थानिय कलाकारहरु को मनोरन्जनात्मक प्रस्तुती हुने आयोजक सदस्य दिनेश बिष्ट ले जानकारी दिनुभयो । कार्यक्र सफल पार्नका लागी क्यानाडको ग्रेटर टोरन्टो क्षेत्रका सबै नेपाली समुदाय,व्यपारी,समाजसेवी एकजुट भएर लागीरहेको एन.आर.एन.ए.अभियान्ता अभिमन्यु बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको टाइटल स्पोन्सर पोख्रेल ल ले गरेको छ।
३० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग उधारो सम्झौता गरेसँगै संसद नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसको संयोजनमा नेकपा एमाले र माओवादी केन्द्रबीच दुई बुँदे सम्झौता भएपछि प्रतिनिधि सभाको बैठक १८ औं दिनमा नियमित कार्यसूचीमा प्रवेश गरेको हो ।
सम्झौताको पहिलो बुँदामा भिजिट भिसामा हुने अनियमितता र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सरकारले आवश्यक सहयोग गर्ने भनिएको छ ।
दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिवद्धता छ । छानबिन पश्चात नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यक्त गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको छ ।
सम्झौतामा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिन तयार भएको थियो ।
तर अरु विपक्षी दल रास्वपा र राप्रपा भने गृहमन्त्रीको राजीनामाको अडानमा कायमै रहे । उनीहरूको नाराबाजीका बीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
संसद्मा जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरकारले आवश्यक छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेर । भिजिट भिसाको सम्बन्धमा देखिएको समस्याबारे अध्ययन एवं छानबिन गर्न सरकारले एक महिनाभित्र समिति बनाउने प्रतिबद्धता जनाए ।
अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडेकाे विमान दुर्घटना भएकाे छ । भारतको गुजरातस्थितअहमदाबादमा बिहीबार विमान दुर्घटना भएको हाे ।
अहमदाबादबाट लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमानले अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
काठमाडौं – नेपालमा पहिलोपटक याैनाङ्ग परिवर्तनकाे सल्यक्रिया सफल भएकाे छ । त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको हाे ।
यसअघि विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले लिङ्ग परिवर्तन गरेकाे चर्चा आउथ्याे । तर अब भने नेपालमा पनि याे संभव भएकाे छ । नेपालमा पहिलो पटक ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ ।
अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिएका छन् ।
अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा जयनमान श्रेष्ठले जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर (पिटर) मा लिङ्ग परिवर्तन शल्यक्रिया गरिएकाे र हाल उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
डा. श्रेष्ठले विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा, प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको बताए । उनले भने “अब लिङ्ग परिवर्तन शल्यक्रिया गर्न विदेश जानुपर्न पर्दैन ।” श्रेष्ठका अनुसार नेपालमै उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख रुपैयाँ खर्चमा गर्न सकिने छ ।
अस्पतालका प्लास्टिक सर्जन प्राडा ईश्वर लोहनीले शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवा सञ्चालन गर्ने जानकारी दिए ।
काठमाडौ – नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आइतबार पहाडी सहित १८ जना विरुद्ध बिशेश अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।
अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएको ठहर गर्दै निर्देशक पहाडी सहित १८ जनाविरूद्ध ३३ करोड बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको छ । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक पहाडी अर्याल र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल सहितलाई प्रतिवादी बनाएको छ ।
मुद्दा दायर गरिएका अन्यमा टेलिकममा तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्तिय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमुल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धकहरू राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण र परमात्मा भट्टराईसहित छन ।
आरोपीहरूविरूद्ध ३३ करोडको बिगो मागदावी गरिएको छ । नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगायतका समस्या भएपछि नयाँ प्रणाली जडान गर्नुपर्ने निर्णय भएको थियो । तर प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फो कम्पनीलाई मर्मत सम्भारको जिम्मोवारी दिएको थियो ।
हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतका लागि विना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाइएको थियो । नयाँ प्रणाली जडानका लागि टेण्डर प्रक्रियासमेत अगाडि बढिसकेको अवस्थामा सुनील पौडेल प्रबन्ध निर्देशक बनेर आएपछि टेण्डर नै रोकिएको थियो । पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमको रकम चुहावट भएको र त्यसवाट ३३ करोड नोक्सानी भएको दाबी अख्तियारले गरेको छ ।
बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको आगलागी पीडितहरूलाई गैर आवसीय नेपाली संघ (एनआरएनए) ले पाँच लाख सहयोग गर्ने भएकाे छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने संघले जनाएको छ।
बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे। उनले नेपालीहरूको सुख दु:खमा एनआरएनए सधैँ सँगसँगै रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु एक – एक लाख जम्मा गर्ने बैठकले निर्णय गरेको छ ।
बुढीगंगा नगरपालिका ६ साफे-मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रवार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन् । स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको थियाे ।
झापा- अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर बालककाे मृत्यु भएकाे हाे ।
तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
उनीहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए ।
उपचारका लागि लगेकाे बालकलाई डाक्टरले मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिए ।
काठमाडौ – नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण निजामती कर्मचारीकाे तलब दाेब्बर बनाउनु पर्ने बताएका छन् । सांसद बस्नेतले सुशासन प्रवर्द्धनका तथा भ्रष्टाचार नियन्त्रणका लागि कर्मचारीकाे तलब दाेब्बर बनाउनु पर्ने बताए ।
राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्दै उनले बढ्दो महङ्गीलाई ध्यानमा राखेर कर्मचारीको तलब दोब्बर बनाउनुपर्ने बताए हुन्। ‘कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने सुनिन्छ, के साँच्चै कर्मचारी भ्रष्ट छन् ? महङ्गी र कालोबजारी छ, प्रहरी, सेना र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च पुग्छ? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि तलब दोब्बर वा तीन गुणा बढाउनुपर्छ,’ उनले भने ।
सांसद बस्नेतले आगामी आवको बजेट राम्रो र सन्तुलित भएको तर प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र चाहिने बताए। ‘बजेट सत्तारुढ दलको दस्तावेज मात्र होइन, यो राष्ट्रिय आकांक्षाको प्रतीक हो,’ उनले भने, ‘यो तथ्य र रकम मात्र नभई देशको भविष्य देखाउने दिशामा अग्रसर छ, जनअपेक्षा अनुसार कार्य पूरा गर्ने प्रतिबद्धता चाहिन्छ।’
९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई थुनामा बाहिरै रहेर कानूनी प्रक्रिया अघि बढाउन दिन अस्वीकार गरेको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, तुलसीपुर बुटवल इजलासको आदेश सदर गरेको हो ।
लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीको आर्थिक कारोबारमा संलग्न रहेको देखिएको भनेको छ ।
‘लामिछानेले आफू मिति २०७७/०९/३० मा मात्र कम्पनीमा प्रबन्ध निर्देशकका रुपमा नियुक्ति लिएको पाएकाले सो अगाडिको आर्थिक कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको भन्ने जिकिर लिएको भए तापनि…’, आदेशमा भनिएको छ, ‘निजले कम्पनीमा प्रबन्धक निर्देशकको पदमा नियुक्ति पाउनु अगाडि नै मिति २०७७/०७/०२ को सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशकको हैसियतले उपस्थित भएको देखिन्छ र सो बैठकले ग्लोबल आईएमई बैंकको कालोपुल शाखामा खाता सञ्चालन गर्ने निर्णय गरेको देखिन्छ ।’
त्यो खातामा जिबी राई, छविलाल जोशी वा रवि लामिछानेमध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने भनी निर्णय गरेको देखिएको समेत भनिएको छ ।
‘सोही निर्णय बमोजिम खोलिएको कम्पनीको खातामा सहकारी संस्थाबाट पटकपटक रकम आएको देखिँदा सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा यी निवेदक प्रबन्ध निर्देशक हुनुपूर्वदेखि नै संलग्न भएको देखिन आयो’, आदेशमा भनिएको छ ।
हाल लामिछाने जिल्ला कारागार रुपन्देहीमा थुनामा छन् । यसअघि जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, पछि उच्च अदालतले जिल्लाको आदेश उल्ट्याउँदै थुनामा पठाउने आदेश गरेको थियो । त्यसपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर भैरहवा लगिएको थियो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जाँदैछिन्। चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार साँझ चीन प्रस्थान गर्न लागेकी हुन्।
राष्ट्रपतिको कार्यकाल सकिएपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
नेकपा एमालेका सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भण्डारी चीन जान लागेकी हुन्।
उनी दस दिन चीन भ्रमणमा रहने छिन्। भ्रमणका क्रममा भण्डारी महत्त्वपूर्ण द्विपक्षीय राजनीतिक भेटघाट र संवादमा सरिक हुने स्थायी कमिटी सदस्य कर्ण थापाले जानकारी दिए।
‘चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा उहाँ चीन जान लाग्नुभएको हो। भ्रमणमा रहँदा उहाँले एउटा महत्त्वपूर्ण राजनीतिक गोष्ठीमा मन्तव्य दिनुहुनेछ। त्यो गोष्ठीमा नेपालका अतिरिक्त चीनले अन्य छिमेकी मुलुकका महत्त्वपूर्ण राजनीतिक व्यक्तित्वहरूलाई आमन्त्रण गरेको छ। उहाँ त्यो कार्यक्रमको प्रमुख अतिथि र वक्ता पनि हो,’ थापाले भने।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका थिए। भोलिपल्ट स्वदेश फर्किएका थिए।
‘यसबाट पनि चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारसँगको पूर्वराष्ट्रपतिज्यूको सम्बन्ध थाहा हुन्छ। उहाँलाई चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले महत्त्वका साथ लिएको हामीले पाउँछौं। अहिलेको भ्रमण पनि नेपाल–चीन सम्बन्धको आयाम विस्तारकै महत्त्वपूर्ण कडीका रूपमा बुझ्नुपर्छ,’ थापाले भने।
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागबीच पनि छलफल र अन्तर्क्रियाको आयोजना गरिएको थापाको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारी जेठ १९ गते स्वदेश फर्किने कार्यतालिका छ।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाउन खोजेको चर्चा छ।
त्यसो त उनले गण्डकी, कोशी, लुम्बिनी लगायत प्रदेश पुगेर एमालेका नेता–कार्यकर्तासँग भेटघाट, छलफल समेत गरेकी थिइन्।
उनले एमालेमै फर्किने इच्छा व्यक्ति गरिरहेकी छन् भनेर चर्चा भइरहँदा उनको यो विदेश भ्रमणलाई पनि अर्थपूर्ण रूपमै लिनुपर्ने एमालेका नेताहरूले बताएका छन्।
८ जेठ, काठमाडौं । गत चैतमा अन्दाजी ५५/५६ वर्षका एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । युवतीको सुन्दर तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै एक्सेप्ट गर्छन् ।
फेसबुकमा साथी बनेको एक सातासम्म दुवैतर्फबाट कुनै हाई-हेल्लो केही हुँदैन ।
एक सातापछि ‘टिकटक गर्ल’बाट म्यासेज आउँछ- हाई । सरकारी कर्मचारीले तुरुन्तै जवाफ फर्काउँछन्- हेल्लो ।
हाई-हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । पहिला सामान्य परिचय गरेर म्यासेन्जर गफिन थालेका उनीहरू एकअर्कामा आकर्षित हुन्छन् ।
गफगाफ भएको एक हप्तापछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन् । युवतीबाट कफी पिउने प्रस्ताव आएपछि ती सरकारी कर्मचारीले सहमति जनाउँछन् ।
गफगाफ भएको एक सातापछि उनीहरूको ठमेलमा भेट हुन्छ । फेसबुकमा ‘टिकटक गर्ल’ नाम गरेकी युवतीको तर्फबाट दुई जना ठमेल आउँछन् । ती सरकारी कर्मचारी पनि ठमेल पुग्छन् । पहिलो भेटमा उनीहरू कफी खाएर छुट्टिन्छन् ।
यसको एक सातापछि फेरि ‘टिकटक गर्ल’बाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आउँछ । यो प्रस्ताव ती कर्मचारीले स्वीकार्छन् र ठमेल पुग्छन् ।
यो मध्य वैशाखको घटना हो । ठमेलको एक रेष्टुरेन्टमा उनीहरूको खानपिन सुरु हुन्छ । तीनैजनाले मदिरा पिउँछन् । तर ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै मात्र मदिरा पिउँछन् र सरकारी कर्मचारीलाई सर्भ गरिरहन्छन् ।
पिउँदापिउँदै सरकारी कर्मचारी अचेत भइसकेका हुन्छन् । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् ।
पूर्ववत रूपमा ती सरकारी कर्मचारी आफ्नो कार्यालय जाने-आउने गरिरहेकै थिए । तर ठमेलमा मदिरा सेवन गरेर अचेत भएको करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । ती सरकारी कर्मचारीले पहिलाकै जस्तो असेप्ट गर्छन् ।
साथी बनाए लगत्तै सरकारी कर्मचारीको म्यासेन्जरमा भिडिओ, फोटो सहितको म्यासेज आउँछ । त्यसपछि भने उनी १० दिनअघिको ठमेलको घटनामा पुग्छन् ।
‘टिकटक गर्ल’को हनी ट्रयापमा सरकारी कर्मचारी, काठमाडौंमा घर-जग्गा बार्गेनिङ
ठमेलमा सँगै मदिरा पिएका युवतीसँगै अर्धनग्न अवस्थामा खिचेका फोटा, भिडिओ उनको म्यासेजमा आउँछ । काठमाडौंमा एउटा घर नदिए बलात्कार कसुरमा फसाउनेसम्मको ब्ल्याकमेलिङ पनि हुन्छ ।
‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।
‘काठमाडौंमा एउटा घर दिनू, नभए चार आना जग्गा । होइन भने मिडिया समेत लिएर प्रहरीमा जान्छु र बलात्कारमा केस हालेर फसाइदिन्छु,’ यस्तो प्रकृतिको म्यासेज ती सरकारी कर्मचारीलाई आउँछ ।
म्यासेजमा घरजग्गा नदिए फसाउनेसम्मको ब्ल्याकमेलिङ गर्दै भिडिओ, फोटा आइरहेकै बेला कर्मचारीको सम्पर्कमा दुई पुरुष पनि पुग्छन् । एक जनाले भने मेरो आफन्त दिदी-बहिनीलाई यस्तोसम्म गर्ने भन्दै धम्क्याउँछन् भने अर्का पुरुषले म मिलाउँछु भन्दै फकाएजस्तो गर्छन् ।
एउटाले धम्क्याउने र अर्काले केही रकममा भए पनि केस मिलाउँ नत्र गाह्रो हुन्छ भन्दै फकाउँछन् ।
फोटा, भिडिओ सार्वजनिक गरेर बेइज्जत गर्नेदेखि बलात्कारको कसुरमा मुद्दा हालेर फसाउनेसम्मको ब्ल्याकमेलिङ भएपछि ती सरकारी कर्मचारी पनि आजित हुन्छन् । र, केही सिप नलागेपछि उनी हिजो (बुधबार) मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् ।
माथिको सम्पूर्ण घटना बताएपछि प्रहरीकै योजनाअनुसार ती सरकारी कर्मचारीले ‘टिकटक गर्ल’लाई सुरुमा ५ लाख दिने र बाँकी रकम पछि दिँदै जाने गरी कुरा गर्छन् । र, उनीहरुबीच सहमति पनि हुन्छ ।
अनि ती सरकारी कर्मचारीले आफ्नो कार्यालयबाट नजिकैको ठाउँ हनुमानस्थानमा ५ लाख रुपैयाँको चेक दिन ‘टिकटक गर्ल’लाई बोलाउँछन् । सरकारी कर्मचारीले आफ्नो नामको प्राइम कर्मसियल बैंकको ५ लाखको चेक ‘टिकटक गर्ल’लाई दिन्छन् । त्यही बेला दुई ‘टिकटक गर्ल’लाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्छ ।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७ सल्लाघारी घर भइ काठमाडौं हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।
उनीहरूले आपराधिक लाभ लिने उद्देश्यले ‘टिकटक गर्ल’ नाममा फेसबुक बनाएर युवाहरूलाई हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्य बनाएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
प्रहरीले आँचलको नामको ५ लाखको चेक उनीबाट बरामद गरेको छ भने दुई थान मोबाइल पनि नियन्त्रणमा लिएको छ । हनी ट्रयापमा पारेर रकम असुल्ने उद्देश्यले नै उनीहरूले ती सरकारी कर्मचारीलाई साथी बनाएको र ठमेलमा मदिरा सेवन गरेर अचेत बनाएपछि आफूहरू सँगै सुतेको जस्तो देखाउने गरी अर्धनग्न फोटा खिच्ने र भिडिओ बनाएको खुलेको एक अनुसन्धान अधिकृत बनाउँछन् । अर्धनग्न फोटा र भिडिओ खिचेपछि ती सरकारी कर्मचारीलाई त्यही छाडेर उनीहरू आफ्नो गन्तव्यतर्फ लागेका थिए ।
त्यसपछि दुई पुरुष समेतको सहयोगमा धम्क्याउने र थर्काउने गरी रकम असुल्ने उनीहरूको नियत देखिएको एसपी आचार्य बताउँछन् । यो आपराधिक लाभको कसुरमा संलग्न रहेको आरोपमा लागेका दुई पुरुषको पहिचान भइसकेको प्रहरीले बताएको छ । तर अहिलेसम्म उनीहरू भने पक्राउ परेका छन् ।
क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ ।
चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए ।भण्डारी क्यानाडा मा नेपाली सिनेमा,कला,सस्कृतिको जगेर्नामा संरक्षण गर्ने पछिल्लो समयका अभियान्ता हुन
एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न लागेको हो ।
अहिले क्यानडामा थुप्रै नेपालीहरु बसोबास गर्ने भएकाले उक्त चलचित्र क्यानडाको विभिन्न सहरहरूमा समेत प्रदर्शन हुने भएको हो ।
विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ ।
चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहेको छ ।
चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहेको छ ।
२ जेठ, काठमाडौं । पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका सांसद मोहन बस्नेतले अर्बौं रुपैयाँको भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) जडान गर्ने नीतिगत निर्णय गरेको दावी गरेका छन् ।
भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिएका उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गरेको अध्ययन भन्दै उनले २०६८ सालदेखि आठ वर्षको विचमा कल बाइपासबाट मात्रै एनसेलले १२ अर्ब रुपैयाँ कर छलेको विवरण सार्वजनिक भएको जिकिर गरेका छन् ।
उनले बयानमा भनेका छन्, ‘अरबौं राजस्व घोटाला गरिरहेको परिस्थितिमा राज्यले चुप लागेर टुलुटुलु हेरिरहन मिल्दैन, विधि र प्रकृया अनुसार यस्ता आर्थिक अनुशासनहीनतालाई रोक्न मेरो पालामा प्रयासको थालनी भएको हो ।’
नेपाल टेलिकम, एन्सेल जस्ता दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई वित्तीय अनुशासन कायम गराउने उद्देश्यले कल बाइपास नियन्त्रण गर्न र राजस्व चुहावट रोक्न आफूले प्रयास गरेको भन्दै उनले पछि सर्वोच्च अदालतले पनि आफ्नो कामलाई बल पुग्ने र पुष्टि हुनेगरी फैसला गरेको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘यो टेरामक्स सम्बन्धी निर्णय गरेपछि केही विवादहरु सिर्जना गर्न खोज्दा सर्वोच्च अदालतले पनि मैले सहमति दिएको विषयलाई पुष्टि र आवश्यकता बोध गराई बल पुग्नेगरी परमादेश जारी गर्ने फैसला दिएको छ ।’ यद्यपि सर्वोच्च अदालतको फैसला भने टेरामक्स प्रविधिको अन्तरवस्तुसँग नभई केवल ठेक्कापट्टासँग सम्बन्धित छ ।
यो पनि पढ्नुहोस
अख्तियारमा राजनीतिको छाया : उस्तै निर्णयमा दुई मन्त्रीलाई उन्मुक्ति, बस्नेतलाई मुद्दा
उनले बयानमा भनेका छन्, ‘मैले सदनियतले भ्रष्टाचारजन्य क्रियाकलापलाई रोक्न र आर्थिक अनियमिततालाई रोक्ने उद्देश्यले आफूले काम गरेको कुरा पनि निवेदन गर्न चाहन्छु ।’
मोहन बस्नेतको बयानको सारसंक्षेप
मेरो कार्यकालमा केवल अर्बौं रुपियाँ दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले कलवाइपास गरेर हिनामिना गरेको कुरा सार्वजनिक मात्र भएन, त्यस बेला बङ्गाली नागरिक रुवेल चौधरी लगायत दर्जनौँ व्यक्तिहरू राजश्व हिनामिनाको केसमा पक्राउ परेका थिए ।
त्यही पृष्ठभूमिमा मैले राजश्व हिनामिना भएको कुरालाई रोक्दै आर्थिक अनुशासन कायम गर्ने पवित्र उद्देश्यले दूरसञ्चार प्राधिकरणले ल्याएको नीतिगत प्रस्तावमा सहमति गरेको हुँ ।
आर्थिक पक्ष र ऐन कानुन मिलाएर आवश्यकताअनुसार काम गर्ने काम दूरसञ्चार प्राधिकरणको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २० मा सरकारले प्राधिकरणलाई निर्देशन दिन सक्ने र सरकारले आफैले दूरसञ्चार सेवा सञ्चालन गर्न गराउन सक्ने भन्ने रहेकोले नेपालमा कल बाइपास प्रकरण वा राजश्व हिनामिना नियन्त्रण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यले दूरसञ्चार प्राधिकरणले ल्याएको नीतिगत प्रस्ताव ठानेर मैले सहमति दिएको थिएँ ।
सेवा प्रदायकहरू मध्ये एनसेलको ग्राहक बढ्ने तर राजस्व घटने, आ.व. २०७४/७५ को तुलनामा आ.व. २०७८/७९ मा करिव २१ अर्व वार्षिक रुपमा राजश्वमा कमी आएको हुँदा के कति कारणले आम्दानीमा कमी आएको हो भन्ने सत्य तथ्य पत्ता लगाउन पनि यो प्रविधि जडान गर्न आवश्यक भएकोले मैले सहमति दिएको हो ।
दूरसञ्चार ऐन, २०५३ को परिच्छेद ४ को दफा १८ र २० मा नेपाल सरकारको विशेष अधिकार प्रयोग गरेर पनि मन्त्रीको हैसियतले देशको हितका लागि राजश्व चुहावट रोक्ने पवित्र मनसायले काम गर्न नेपाल दुरसञ्चार प्राधिकरणले सहमतिको लागि पेश गरेको वार्षिक कार्यक्रममा आफुले थप कार्यक्रम समेत समावेश गर्ने निर्णय गरी सहमति दिएको हुँ ।
संविधानमा भएको गोपनियता सम्बन्धी कुरा मलाई थाहा छ तर दूरसञ्चार प्रदायक संस्थाहरूले कल बाइपास गरेर राजश्व ठगी गरेको कुरालाई रोक्ने विधि प्रयोग गर्ने मैले दिएको सहमति वा निर्देशन यो विषयसँग बिलकुल फरक छ ।
गोपनियताको हकमा सबै जनताको गोपनियताको हकमा अतिक्रमण गर्न पाइँदैन । कुनै विशेष प्रयोजनको लागि विशेष व्यक्ति वा समूह लक्षित विधायिकाले कानुन बनाउन सक्छ तर मैले दिएको सहमति नेपाल दूरसञ्चार प्राधिकरणलाई, यो विषयसँग सम्बन्धित छैन र राजश्व रोक्ने विधिसँग माक्र सम्बन्धित छ ।
वैयत्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ बारे मलाई जानकारी थियो । त्यससँग सम्बन्धित सर्वोच्च अदालतको फैसला मलाई जानकारी थिएन । तर अदालतको आदेश बमोजिम हुनु पर्नेमा सहमत छु ।
अपराध अनुसन्धान बाहेकमा व्यक्तिगत सूचना लिन दिन नसकिने विषय मलाई जानकारी थियो तर (टेरामक्सको विषय) कल बाइपास राजश्व हिनामिनासँग मात्र सम्बन्धित छ । धेरै दुरसञ्चार सेवा प्रदायक सँस्थाहरुले कल बाइपास गरेर राजश्व हिनामिना गरेका छन् तर एनसेलले सबै भन्दा बढी कर छली गरेको छ, सीआईबीले समेत प्रमाणित गरेको छ ।
यो सवालमा म मात्र होइन प्रत्येक देशभक्त नेपालीहरूले प्रयास गर्नुपर्छ भन्ने पनि मेरो भनाई छ । तत्कालिन परिस्थितिमा दुरसञ्चार सेवा प्रदायक सँस्थाहरुले व्यापक रुपमा कल बाइपास गरी अरबौं राजश्व घोटाला गरेको प्रकरण चली दर्जनौं व्यक्तिहरु थुनामा राखी कारबाही अगाडी बढाएको थियो ।
यो पृष्ठभूमीमा टेरामक्स शब्द अगाडि आयो, मेरो बुझाइमा टेरामक्स भनेको टेलिफोन सिष्टममा ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल गर्ने विधि र प्रक्रिया हो, कसैको गोपनियता भङ्ग गर्नेगरी कल डिटेल हेर्ने होइन, मलाई जानकारी भएको यही हो ।
सीआईबीले नै एनसेलले २०६८ बाट २०७६ सम्म १२ अर्बभन्दा बढी राजश्व कल बाइपास गरेर हिनामिना गर्यो भनेर तथ्याङ्क सार्वजनिक गरेको छ भने बाँकी कति हो कति छ ।
टेलिफोन वा दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले गैरकानुनी ढङ्गबाट वार्षिक अर्बौं राजश्व घोटाला गरिरहेको परिस्थितिमा राज्यले चुप लागेर टुलुटुलु हेरिरहन मिल्दैन, विधि र प्रकृया अनुसार यस्ता आर्थिक अनुशासनहिनतालाई रोक्न मेरो पालामा प्रयासको थालनी भएको हो ।
मैले सिङ्गो नेपाल र नेपालीहरूको हितका लागि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई वित्तीय अनुशासन कायम गराउने उद्देश्यले कलवाइपास गरी राजश्व ठगी गर्ने धन्दालाई निरुत्साहित गर्ने र राजश्व कानुन अनुसार वृद्धि गराउने प्रयोजनको लागि प्रयास गरेको छु ।
टेरामक्स निर्णय गरेपछि केही विवादहरु सिर्जना गर्न खोज्दा सर्वोच्च अदालतले पनि मैले सहमति दिएको विषयलाई पुष्टि र आवश्यकता बोध गराई बल पुग्नेगरी फैसला दिएको छ ।