Posts in Category: Breaking News

तनहुँको शुक्लागण्डकी च्यवनधाममा महायज्ञ सुरु

तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव सुरु भएको छ । सोमबारदेखि सुरु भएको धार्मिक महोत्सव साउन २६ गतेसम्म जारी रहनेछ ।

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा विगत एक दशकदेखि हरेक साउनमा सप्ताह ज्ञान महायज्ञ हुदै आइरहेको छ । धर्मको माध्यमबाट समाजको उत्थान तथा विकास गर्ने उदेश्य राखेर महायज्ञ गरिएको हो ।

धार्मिक महोत्सवको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’ ले संयुक्त रुपमा उद्घाटन गरे । महोत्सवको उद्घाटनपश्चात सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले मानवसभ्यताको विकास गर्न धर्म र शिक्षा सँगसँगै लैजान आवश्यक रहेको बताए । उनले च्यवनधामको विकासमा संघ र प्रदेश सरकारसँग सहकार्य गरेर बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले च्यवनधाम धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने सम्भावना रहेको बताए । ‘च्यवनधामलाई वरपरको गन्तव्यसम्म जोड्न आवश्यक छ’, उनले भने ।

उद्घाटनपूर्व शुक्लागण्डकी–४ दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वारबाट बाजागाजासहितको ¥याली निकालिएको थियो । सोमबार ब्रत बसेर शिवको पुजा आराधाना गर्ने भक्तजनले मन्दिर परिसर भरिभराउ थियो ।

महायज्ञ अवधिभर प्रातकालीन योज्ञ विज्ञान, दैनिक हवन, रुद्री, पाठ परायणसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प हुने मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिका सचिव दुर्गादत्त सापकोटाले बताए । उनका अनुसार ग्रहशान्ति, तुलादान लगायतका कार्यक्रम हुनेछन् । पण्डित ईश्वर रेग्मीद्वारा झाँकीसहित कथावाचन हुने जनाइएको छ ।

महायज्ञको अवसरमा अन्तर विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘साँस्कृतिक सहिष्णुतामा च्यवनधामको भूमिका’ विषयक प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्छ । मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क, महादेवको मुर्ति लगायत संरचना निर्माण गरिएको छ ।

सेती नदी किनारको जग्गा २०६७ सालबाट मन्दिरसहितका पूर्वाधार निर्माण सुरुआत गरिएको थियो । अहिले मुक्तिनाथ जान हिँडेका भक्तजन शुक्लागण्डकी च्यवनधाम दर्शनका लागि पस्ने गर्छन ।

गण्डकीमा दुई विधेयक प्रमाणीकरण

पोखरा

गण्डकी प्रदेश सभाले पारित गरेको दुई विधयेक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई वटा विधयेक प्रमाणीकरण गरेका हुन् ।

‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण भएको हो ।

‘गण्डकी प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रदेश प्रमुखको कार्यालयकी सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दुवै विधेयक प्रमाणीकरणका लागि साउन १२ गते प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख छ । विधयेक प्रमाणीकरण भएसंगै अब ऐनको रुपमा कार्यान्वयन हुनेछ ।

क्यानडाका नेपालीले यसपालिको तीज समिक्षा अधिकारीसँग मनाउने

क्यानडा

लोकप्रिय गायिका समिक्षा अधिकारी तीज विशेष कार्यक्रमका लागि क्यानडा आउने भएकी छन् । उनले क्यानडाका विभिन्न शहरमा सांगीतिक प्रस्तुती दिनेछिन् ।

क्यानडामा रहेका नेपालीलाई गायिका समिक्षा अधिकारीको सांगीतिक प्रस्तुतीमा झुमेर तीज मनाउने तारतम्य माउण्ट एभरेष्ट टेलिभिजन र गन्तव्य इन्टरटेनमेन्टले मिलाएको हो ।

क्यानडाका मुख्य शहर मिसिसागा, टोरन्टो, क्यालगरी, एडमन्टन लगायतका शहरमा समिक्षाका विशेष प्रस्तुती रहने माउण्ट एभरेष्ट टेलिभिजन क्यानडाका सञ्चालक वसन्त कार्कीले बताए ।

नेपालको झल्को मेटाउन संगीतिक प्रस्तुतीसहितको तीज विशेष कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

कोकिल स्वरकी धनी समिक्षाले गाएका तीज गीत यतिबेला निकै चर्चामा छन् । पछिल्लो साता सार्वजनिक भएको ‘नाँइ भनेसी नाँइ’ ले चर्चा बटुल्दैछ ।

‘पृथ्वी छोडेर’, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतलाई दर्शकस्रोताले निकै मन पराएका छन् ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

काठमाडौं

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।

उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए ।

तनहुँमा इभी माइक्रो दुर्घटना हुँदा ९ जना घाइते

पोखरा

तनहुँमा इभी माइक्रो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माईक्रो दुर्घटना भएको हो ।

दिउँसो साढे २ बजेको समयमा चालकले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किदा माइक्रो सडकमै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चालकसहित माइक्रोमा १२ जना सवार थिए । ९ जना घाइतेलाई उद्धार गरेर प्रदेश अस्पताल दमौली पठाइएको छ । घाइते ७ जना सामान्य र २ जनाको अवस्था मध्यम रहेको छ ।

माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका– ४ बस्ने २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्यटक पर्खिरहेको ढोरपाटनको जल्पाताल (फोटो फिचर)

बागलुङ

हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूल । अग्ला पहाडमा ठोक्किदै छिनभरमै कुँइरोको लुकामारी । मुटु छुने बतासको सुस्केरा । कलकलाउदै बग्ने पानीको धुन । पहाडलाई सिरानी हालेर मस्त छ जल्पाताल ।

बर्खा लागेसँगै बाग्लुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पातालले रुप फेरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ताललाई दुवै पालिकाले आ–आफ्नो दाबी गर्छन । यतिबेला चल्तीमा रहेको गन्तव्य ढोरपाटनको शीरैमा रहेको तालले पर्यटकको पदचाप पर्खिरहेको छ ।

जल्पाताल ढोरपाटन पुग्ने पर्यटकका लागि ‘कुमारी गन्तव्य’ हो । स्थानीय भेडा गोठालो बाहेक निकै कम पर्यटकको पदचापले जल्पाताल वरपरको पाटनलाई स्पर्श गरेको छ । तर, जो पुग्छन् उनीहरुलाई मोहनी नै लगाउँछ ।

समुन्द्रि सतहबाट झन्डै ४ हजार ४०० मिटरको उचाइमा अवस्थित जल्पाताल ढोरपाटन उपत्यकाबाट तीन दिनको पदयात्रामा पुग्न सकिन्छ । जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रबद्र्धन गर्न सक्ने हो भने तालसम्म पुग्ने पर्यटकको संख्या निकै बढ्नेछ ।

ढोरपाटन सिकार आरक्षभित्र पर्ने ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ । त्यसैले पूर्वाधारको विकास, प्रबद्र्धनसँगै संरक्षणको आवश्यकता छ ।

गण्डकी उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत

पोखरा

गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भए । सदस्यमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य रहेका छन् ।
देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने अधिवेशनमा संकल्प गरिएको छ ।

२०७७ सालमा स्थापना भएको परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन् । परिसंघले विगतमा प्रदेश तथा संघीय सरकारलाई बजेटसम्बन्धी सुझाव दिने, ‘इन्सुर’ परियोजनामार्फत प्राविधिक तालिम सञ्चालन गर्ने र पोखरामा आयोजित औद्योगिक व्यापार मेलामा उद्योगीहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने काम गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष बर्तौलाले बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले देशलाई परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट बाहिर निस्कन सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए । उनले अत्यावश्यक वस्तुबाहेक अन्य आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति निर्माणमा जोड दिए । ‘नयाँ उद्योग स्थापना गरी रोजगारीका अवसर सिर्जना गरेर उज्ज्वल भविष्यको खोजीमा विदेश जान बाध्य युवाहरूलाई स्वदेशमै रोक्नु हाम्रो प्रमुख लक्ष्य हो,’ उनले भने ।

बर्तौलाले श्रमिकहरूलाई आकर्षक पारिश्रमिक र सुरक्षित भविष्यको प्रत्याभूति दिँदै गण्डकी प्रदेशलाई एक औद्योगिक हबको रूपमा विकास गर्न पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । नवर्तमान अध्यक्ष विनोद शर्मा न्यौपानेले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै परिसंघका गतिविधि र भावी योजनाबारे जानकारी गराएका थिए ।

क्यानाडाको सबै भन्दा ठुलो नेपाली मेला १७ औ हिमालयन मेला अगष्ट ९ मा हुदै

क्यानाडका नेपाली समुदायको सांस्कृतिक पहिचान र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन मेलाको १७औं संस्करण अगस्ट ९ का दिन हुने भएको छ।

टोरन्टोको नेथन फिलिप स्क्वायरमा आयोजना हुने मेला नेपालीज कम्युनिटी सर्भिसेज एन सी सी एस को २५औं रजत जयन्तीसँगै परेकाले विशेष बनाउने तयारी गरिएको छ। क्यानाडामा नेपाली संस्कृती,कला,पहिचान लाई चिनाउने सबै भन्दा पुरानो र जेठो संस्था ले बर्षेनी यो मेलाको आयोजना गर्ने गरेको छ ।

संस्थाका का महासचिव सुदर्शन सापकोटाका अनुसार यसपटकको मेला विगतका वर्षहरूभन्दा फरक हुने र धेरै दर्शका को उपस्थिती हुने छ। दिउँसो १ बजे औपचारिक उद्घाटन भई साँझ ९ बजेसम्म चल्ने मेलामा हजारौ दर्शकको उपस्थिति हुने छ।

त्यस अवसरमा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ। ‘भ्वाइस अफ नेपाल’ सिजन–६ र ‘भ्वाइस अफ किड्स’ सिजन–२ का कोचसमेत रहेका खेम सेन्चुरी लगायत क्यानामा मा रहनुे हुने नेपाली कलाकार तथा व्याण्डहरुको प्रस्तुति रहने जनाइएको छ।

यसका साथै, नेवा, तामाङ, थारु, गुरुङ र मधेसी समुदायले आफ्नो परम्परागत नृत्य, बाजागाजा र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन्। यी झाँकीहरूमा प्रत्येक समुदायको पहिरन, चालचलन र सांस्कृतिक प्रतीकहरू समावेश हुनेछन्।

खाना र व्यवसायिक स्टलहरू पनि मेलाको अर्को महत्वपूर्ण पक्ष हुनेछ। करिब २० वटा फुड स्टलमा मम, सेलरोटी, आलु अचारजस्ता परम्परागत नेपाली परिकारका साथै बर्गर, फ्राइज र आइसक्रिमजस्ता लोकप्रिय खानेकुराहरू उपलब्ध हुने आयोजकले जनाएको छ।

यसबाहेक, कन्सल्टिङ सेवा, अध्यागमन, घरजग्गा, बीमा, गहना व्यवसाय, हस्तकला र कपडा लगायत १० भन्दा बढी व्यवसायिक स्टलहरूले नेपाली व्यवसायीहरूलाई आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछन्।

महासचिब सापकोटाका अनुसार क्यानाडाका प्रधानमन्त्री, प्रान्तीय प्रिमियर, संघीय र प्रान्तीय सांसदहरू, टोरन्टोका मेयर र नगरस्तरीय अधिकारीहरूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको छ। कार्यक्रमले नेपाल र क्यानाडा बिचको द्धिपक्षिय सम्बन्धलाई थप सुमुधुर बनाउन टेवा पुग्ने छ ।कार्यक्रमको टाइटल प्रायोजन पोख्रेल ल ले गरेको छ ।

जसले मनि चेन्जर चलाएर अवैध कारोबार गरे

पोखरा

अवैध रुपमा विदेशी विनिमय कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झन्डै ७६ लाख रुपैयाँसहित कास्की प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय महुमुद्विन एम अहमद, झापाको दमक नगरपालिका–४ चियादोकन घर भइ हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहमदले कास्की र रुपेन्देहीमा रेष्टुरेन्ट सञ्चालन गर्दछन् । बुढाथोकीले पोखराको लेकसाइडमा हिलारी मनि चेन्जर र पौडेलले सगरमाथा मनि चेन्जर सञ्चालन गर्दै आइरहेका छन् ।

अवैध रुपमा विदेशी विनिमय कारोबार भइरहेको सूचना पाएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अमेरिकी १०० डलर १९६ थान, ५०० यूरोको ३ थान, २९९ यूरोको ८ थान, १०० यूरोको १ थान, नेपाली १००० रुपैयाँको ४ हजार ३७३ थान, नेपाली १०० रुपैयाँको ७ थान बरामद गरिएको छ ।

बरामद भएको रकम हालको मुद«ा दर अनुसार नेपाली ७५ लाख ९६ हजार ९०० रुपैयाँ हुन आउने कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कसुरमा पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेको तीनै जनालाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थपेर अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

कसैले यो ऐन अन्तर्गत विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा प्रचलित कानून बमोजिम बैंकबाट ईजाजतपत्र लिनु पर्नेमा सो नलिई त्यस्तो कारोवार गरेमा वा परिच्छेद ९(क) बमोजिमको फरफारखको प्रक्रियामा बाधा पु¥याएमा यस ऐन बमोजिम कसूर गरेको मानिने उल्लेख छ ।

खेतमा धाँजा फाटेपछि आकाश हेर्दै बस्छन् किसान

तनहुँ

तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनकी बिमला गैह्रेको खेत र मन दुईतिरै धाँजा फाँटेको छ । पर्याप्त पानी नपर्दा खेतमा सिंचाई नभएर धाँजा फाट्यो । बडो मेहनतले रोपेको धान चर्को घामले सुकेरै जान्छ की भन्ने सुर्ताले मन ।
असार १० गते बुडुवा फाँटको साढे तीन रोपनी खेतमा उनले रोपाइँ गरेकी थिइन् । त्यसयता पर्याप्त बर्षा नभएको उनको भनाइ छ । ‘बुडुवा खोलामा पानी बढेको छैन । तल्लो भागसम्म कुलोबाट लगाएको पानी नै आइपुग्दैन्’, उनी भन्छिन्, ‘सारै समस्या भो । कसरी जोगाउने भन्ने चिन्ताले सताइरहेको छ ।’

उनका अनुसार बुडुवा फाँटमा पानीको समस्याले रोपेको धान जोगाउन मुस्किल भएको सम्भवत पहिलो पटक हो । ‘यस्तो धाँजा फाटेको अहिलेसम्म थाहा थिएन । यसपाली के भो कुन्नी यस्तोविघ्न भयो’, उनले सुनाइन् । सिंचाइको व्यवस्था भए बर्षभरीलाई पुग्ने धान जोगाउन सकिने उनलाई लागिरहेको छ ।

विमलाको जस्तै समस्या छ ऋषिङपाटनकै देवीराज अधिकारीलाई पनि । उनी भन्छन्, ‘रोप्न त जेनतेन गरेर खेत रोपियो । पूरै धाँजा फाटेको छ । हप्ता दिन पानी परेन भने त सबै मर्ने अवस्थामा छ ।’
फाँटभन्दा तलपट्टि उर्लेर सेती नदी बगेको हेर्छन् । सिँचाईको अभावले फाँटैभरी खेत सुकेर धान मर्ने अवस्थामा पुगेको देख्दा उनको मन अमिलो हुन्छ । उनका अनुसार बुडुवाफाँटमा झन्डै एक हजार ६०० रोपनी क्षेत्रफलमा धान खेती लगाइन्छ । सबैतिर पर्याप्त पानी नभएको अधिकारीले सुनाए ।

माथिल्लो क्षेत्रमा आलोपालो गरेर सिंचाई गरेपनि तल्लो क्षेत्रमा पानी नपुगेको उनको भनाइ छ । ‘आकाश हेरेर बस्नेबाहेक अरु केही उपाय छैन । हामी किसानहरु सारो मर्कामा छौं’, मौसमविद्प्रति आक्रोश पोख्दै उनी भन्छन्, ‘यसपालि त झन् धेरै पानी पर्छ भनेर आत्तिएर छिटो विउ राखियो । विउ बूढो भएर हतारमा रोप्नुप¥यो । अहिले पानी नआएर रोपो कसरी जोगाउने भन्ने चिन्ता छ ।’

तनहुँको फाँटहरुमा रोपेको धान जोगाउने चिन्ता छ । टारी खेतमा भने धान कसरी रोप्ने किसान अन्यौलमा परेका छन् । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामीछानेले आकाशे भल छोपेर रोपाइँ गर्ने पहाडी इलाकामा निकै समस्या भएको बताउँछन् । ‘माथिल्लो भेगमा रोपाइँ गर्नै समस्या छ । फाँटहरुमा पनि सिँचाईको समस्या देखिन थालेको छ’, उनी भन्छन्, ‘पर्याप्त नहुदाँ आलोपालो सिंचाई गर्नुपर्ने अवस्था छ ।’ अहिलेसम्मको अवस्थामा त्यति असर नगरेपनि लामो समय पानी नपरे धान उत्पादनमा ह्रास आउने लामीछानेको विश्लेषण छ ।

तनहुँमा ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । त्यसमध्ये यो वर्ष ७ हजार १२२ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान गरिएकोमा ८१.६७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्याङ्क छ ।
तनहुँमा जस्तै नवलपुरमा पनि रोपेको धान जोगाउन मुस्किल छ । खोलानालामा पानी वहाव नबढ्दा सिँचाईको अभावले खेतमा धाँजा फाट्न थालेको हो । फाँटहरुमा डिप बोरिङको सिंचाइले जेनतेन जोगाएको छ । बोरिङको सिंचाइको पहुँच नभएका खेत सुख्खा देखिन्छ ।

पहाडी क्षेत्रका किसान बर्षाको प्रतिक्षामा रहेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि प्रसार अधिकृत विश्वास काफ्ले बताउँछन् । ‘पानी परिरहेको छैन, पूरै सुख्खा छ । जहाँजहाँ डिप बोरिङ छ त्यहाँ अलिकति सुविधा भयो सिंचाईको’, काफ्ले भन्छन्, ‘राजमार्गभन्दा माथि टार क्षेत्रमा पूरै सुख्खा छ । अहिले किसानहरु चिन्तित हुनुहुन्छ पानी नपरेर ।’ नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौद्धिकाली र बुलिङटार गाउँपालिकामा रोपाई सुरु हुनै नसकेको उनले जानकारी दिए ।

पर्याप्त बर्षाको अभावले गण्डकीमा रोपाई विगतको बर्षाको तुलनामा केही मात्रामा भएपनि प्रभावित देखिन्छ । यो वर्ष साउन पहिलो साता सकिदासम्म ७९.२८ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय गण्डकीका सूचना अधिकारी कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार ७४ हजार ६६४.९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान रहेको पौडेलले उल्लेख गरे । गण्डकीको हिमाली जिल्ला मुस्ताङ र मनाङ बाहेक ९ जिल्लामा धान खेती हुन्छ ।
रोपाइँ जसोतसो भएपनि धाँजा फाट्ने समस्या जताततै देखिन थालेको पौडेल बताउँछन् । ‘तथ्याङक हेर्दा त खासै फरक होइन । रोपाइँ पश्चात पानी नहुनाले धान मर्दै गएको गुनासो आउन थालेको छ’, उनले भने ।

गण्डकीमा गत वर्ष साउन पहिलो हप्तासम्म ८४.२६ प्रतिशत रोपाइँ सकिएको थियो । गत वर्ष कुल ९६ हजार ५३ हेक्टरमा धान रोपिएको हो । आर्थिक बर्ष २०८०÷८१ मा साउन पहिलो हप्तासम्ममा ८२.१३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । त्यो वर्ष ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

यो वर्ष हालसम्म सबैभन्दा धेरै लमजुङमा ८ हजार ४४०.४३ हेक्टर क्षेत्रफलमा अर्थात ९०.७७ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकीसँग तथ्याङक छ । कास्कीमा ८६.६२ प्रतिशत (१४ हजार ५० हेक्टर), बागलुङमा ८५ प्रतिशत (४ हजार ८५०.९५ हेक्टर), तनहुँमा ८१.६७ प्रतिशत (७ हजार १२२ हेक्टर), म्याग्दीमा ८०.१ प्रतिशत (३ हजार ३५ हेक्टर) रोपाइँ सकिएको छ ।

नवलपुरमा ७८.६० प्रतिशत (१४ हजार ७१३ हेक्टर), स्याङजामा ७५ प्रतिशत (१० हजार ७९२.५ हेक्टर), पर्वतमा ७० प्रतिशत (५ हजार २६ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको हो ।

सबैभन्दा कम गोरखामा ६५.३४ प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँको १० हजार १४० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा साउनको पहिलो हप्ता सकिदासम्म ६ हजार ६२५ हेक्टरमा मात्रै रोपाइँ भएको हो ।

पर्याप्त पानी नपरेकै कारण गोरखामा रोपाइँ बढ्न नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ सुमन भट्टराईले बताए । यो हप्ता पानी परेकाले रोपाँइ भइरहेको उनको भनाइ छ । ‘अघिल्लो हप्ता पानी नपर्दा अपेक्षित रुपमा रोपाइँ बढ्न सकेन’, उनले भने । सिंचाईको समस्या पालुङटारकै फाँटमा पनि देखिएको उनले सुनाए ।

गण्डकीमा यो वर्ष पर्याप्त बर्षा भएको छैन । नेपालको चेरापुञ्जी भनेर चिनिने कास्कीको लुम्लेस्थित जलमापन केन्द्रमा पछिल्लो हप्ताको रेकर्डले पनि उतिसारो बर्षा देखाउदैन ।

गत शुक्रबार २.६, शनिबार ०.२, आइतबार अत्यधिक २१५.६, सोमबार ३८.२, बुधबार २६.२ मिलिलिटर बर्षा मापन गरिएको छ । मंगलबार र बिहिबार भने बर्षा नै भएन ।

नेपाली समुदायको सशक्तिकरणका लागि समिक्षा कार्कीको उम्मेदवारी

क्यानडा

एनआरएनए क्यानडाको महिला उपाध्यक्षमा समिक्षा कार्कीले उम्मेदवारी दिएकी छन् । सशक्त नेपाली समुदाय निर्माणको दिशामा लाग्ने उद्घोषका साथ समिक्षाले उम्मेदवारी दिएकी हुन् ।

अलब्रेटाको एक कर्पोरेट ल फर्ममा ह्युमन रिर्सोसेस म्यानेजरका रुपमा कार्यरता समिक्षाले नेपाली समुदायसँग सहकार्य गर्दै आपतकालीन सहयोग, महिला सशक्तिकरण र सामाजिक सेवाका अभियानमा उल्लेखिय भूमिका निभएकी छन् ।

अग्रज र अनुजलाई सँगै लिएर अगाडि बढ्न सक्ने क्षमता आफूमा भएको उनले बताइन् । ‘एनआरएनएलाई क्यानाडाको सरकारसँग सहकार्य गर्दै अगाडि बढाउने कोशिष रहनेछ’, उनले सुनाइन् ।

महिला पुरुषलाई सँगै डो¥याएर हिँड्ने उनको भनाइ छ । ‘महिलालाई विशेषत त उद्यमसँग जोड्नेछुु’, समिक्ष भन्छिन्, ‘आत्मनिर्भर कसरी बनाउने ? संस्कार, संस्कृति र मौलिकता कसरी नबिर्सने ? र जोगाउन के–के गर्न सक्छौं सबै मिलेर काम गर्नेछु ।’

‘सामाजिक परिवर्तन शब्दले होइन, कामले मात्र सम्भव हुन्छ । र म गर्न सक्छु’, समिक्षाको उद्घोष छ ।

क्यानाडा बसाइको छोटो अवधिमै नेपाली समुुदायमाझ लोकप्रिय उनी महिला र युवतीहरूका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न रुचाउछिन् । ‘गोपनीयता, सहज पहुँच र सहानुभूतिको आधारमा परामर्श, समर्थन र आत्मबल बढाउने कार्यक्रम मेरो पहिलो प्राथमिकता हुनेछन् । यस क्षेत्रमा मेरो प्रयास सदैव रहनेछ । जुन मैले विगतमा पनि गर्दै आएकी छु’, आफ्ना योजना सुनाउदै उनले भनेकी छन् ।

आफूले जितेमा आपतकालिन उद्धार कोष स्थपना गर्ने उनको लक्ष्य छ । ‘प्रकृतिजन्य प्रकोपको बेला समयमै राहत पु¥याउने उद्देश्यले अग्रिम तयारीसहितको विशेष आपतकालीन कोषको व्यवस्था गर्नु संस्थागत रूपमा दूरदर्शी निर्णय हुने छ । यसले संकटको समयमा सहकार्य, समन्वय र प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय सुधार ल्याउनेछ’, उनको विश्वास छ ।

नेपाल क्यानडा डायास्पोरा फोरम नीति निर्माण गर्दै लगानी, शिक्षा र आपसी सहकार्यलाई प्रवद्र्धन गरिने योजना रहेको समिक्षा बताउछिन् । युवापुस्तालाई ‘इन्र्टनसिप’, ‘मेन्टरसिप’ र ‘भोलेन्टियरिङ’ जस्ता अवसरले नेतृत्व विकास क्षमता तिर्खान आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

सामाजिक उत्तरदायित्व वहन अन्तर्गत निजि कम्पनीबाट आर्थिक संकलन गर्ने उनले लक्ष्य राखेकी छन् । आफू महिला उपाध्यक्ष पदमा निर्वाचित भएमा क्यानडामा रहेका नेपाली समुदाय र संस्थाबीचको पुल बन्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘जसले हाम्रो साझा पहिचानलाई सशक्त बनाउनेछ । हरेक अन्त्यमा मेरो प्रयास रहनेछ ‘म गर्न सक्छुु’ भन्ने आत्मविश्वासका साथ । म केवल उम्मेदवार होइन, तपाईंहरूको आवाज, तपाईंहरूको प्रतिनिधि बन्नेछु ।’

क्यानडामा रहेका नेपाली समुदायको सामूहिक भविष्य निर्माणमा आफूलाई मतदान गरेर जिताउन उनको अपिल छ ।

एन.आर.एन.क्यानाडको महासचिबमा युवा व्यवशायी रमेश भट्टराईको उम्मेदवारी

एन.आर.एन.क्यानाडको महासचिबमा युवा व्यवशायी रमेश भट्टराईको उम्मेदवारी
क्यानाडको नेपाली समुदायमा छोटो समयमा स्थापती व्यवशायी हुन रमेश भट्टराई । लमजुंग घर भई काठमान्डौलाई कर्म थलो बनाएका रमेश क्यानाडमा मात्र नभई नेपाल मा स्थापती व्यवशायी हुन । केही बर्ष देखी परिवार सहित क्यानाडा बस्दै आएका रमेश रियल स्टेट,बिमा एड्भाइजर तथा रेष्टुरेन्ट व्यबशायी समेत हुन । क्यानाडका बिभिन्न सामाजिक संघ सस्थांमा समेत आवद्ध रमेश यसपाली एन.आर.एन.ए. मार्फत नेपाली क्यानाडियेन समाजमा समाज सेवा गर्नका लागी अगाडी बढेका छन् । एन.आर.एन.ए. क्यानाडको २०२५ २७ का लागी महासचिब पदका लागी उनले उम्मेदवारी प्रस्तुत गरेका छन् । सामाजिक भाबले स्वस्फुर्त भएकोले आफै सबैको साझा उम्मेद्वार भएको र आफु कुनै गुट दल बिशेषको नभै सबै नेपाली समुदायको साझा उम्मेद्वार भएको उनको दाबी छ । सबै नेपाली संघ संस्था,साथी भाई तथा व्यबशायीहरुको पनि उनले आफुलाई साथ रहेको उनको दाबी छ । उनले आफु निर्बाचित भए खास गरी क्यानेडियन सरकारले प्रदान गर्ने बिभिन्न सेवा सुबिधा लाई नेपाली समुदाय संग जोड्ने,क्यानेडियन दुताबास नेपालमा खोल्नका लागी एन.आर.एन.ए. को बोर्ड मार्फत बिशेष पहल गर्ने,नब आगन्तुक र बिधार्थीहरुको सहयोगको लागी बिशेष प्याकेज निर्माण गर्ने साथै क्यानाडमा बिशेष नेपाली बहुउदेश्यि भवन निर्माणका लागी पहल गर्ने आफनो योजना रहेको उनको जिकिर छ । २०२५ जुलाई २७ मा हुने निर्बाचनमा सहभागी भई हाम्रो लाई होइन राम्रो लाई र महासचिबको पदमा आफुलाई मतदान् गरी बिजयी गराइदिनुहुन नेपाली समुदाय संग अपिल समेत गरेका छन् ।

‘वाइडबडीमा अख्तियार प्रमुख राईमाथि नै अनुसन्धान नहुनु चयनमुखी अनुसन्धान हो’

७ साउन, काठमाडौं। विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएकोमा प्रश्न उठाएको छ ।

तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाही लगायतमाथि दायर भ्रष्टाचार मुद्दाको फैसला सार्वजनिक गर्दै विशेष अदालतले निर्णय प्रक्रियामा संलग्नमध्ये व्यक्ति छानेर अभियोजन भएकोमा प्रश्न उठाएको हो । विशेष अदालतले अख्तियारको त्यो कामलाई चयनमुखी अभियोजन भनेको छ ।

‘एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई गर्ने जस्तो चयनमुखी दृष्टिकोण अबलम्बन गरिएको देखिन्छ । चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्त विरुद्ध हुन्छ’ विशेष अदालतले बुधबार सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ।’

नेपाल वायुसेवा निगमको २ वैशाख, २०७३ को सञ्चालक समितिको बैठकले दुईवटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यतिबेला पर्यटन मन्त्रालयका सचिव रहेका प्रेमकुमार राई नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्ष समेत थिए ।

राई नेतृत्वको सञ्चालक समिति बैठकले निगमको आर्थिक विनियमावली २०६५ को विनियम २३६(१) अनुसार दुईवटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । विनियम २३६(१) मा नयाँ विमान खरिदको कार्यविधि सम्बन्धी व्यवस्था छ भने विनियम २३६(२) मा पुरानो विनियम खरिदको कार्यविधि छ ।

नियम सञ्चालक समितिले नयाँ विमान खरिदको निर्णय गरेपछि सोझै निर्माण कम्पनीहरुबाट विमान खरिद गर्नुपर्नेमा एक हजार घण्टासम्म उठेको विमान खरिद गर्ने भनी पुरानो विमान खरिदको प्रक्रिया अवलम्बन गरेको थियो । त्यतिबेला निगमले विमान खरिदसम्बन्धी निर्णय गर्दै खरिद प्रस्तावको अध्ययन गरी प्रतिवेदन पेश गर्न उपसमिति गठनको निर्णय गरेको थियो ।

नेपाल वायुसेवा निगमको २ वैशाख, २०७३ को सञ्चालक समितिको बैठकले दुईवटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यतिबेला पर्यटन मन्त्रालयका सचिव रहेका प्रेमकुमार राई नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्ष समेत थिए ।
त्यतिबेला पर्यटन सचिव रहेका राई अवकाशपछि अख्तियारको प्रमुख बनेका छन् । उनले आफूले गरेको निर्णयसम्बन्धी फाइल आफै नेतृत्वको आयोगबाट अनुसन्धान गराएका थिए भने मुद्दा चलाउने निर्णय गर्दा प्रक्रियाबाट समेत अलग भएका थिएनन् ।

विशेष अदालतले त्यतिबेलाको पहिलो निर्णयमा नै अख्तियारबाट कुनै अनुसन्धान नभएकोमा प्रश्न उठाएको हो । ‘खरिद प्रकृयामा संलग्न अन्य व्यक्तिहरुको हकमा मात्र सोही निर्णयको भ्रष्टाचारजन्य कसूरको माग दावी लिई मुद्दा दायर हुन आएको देखिन्छ’ विशेष अदालतले वाइडबडी भ्रष्टाचारको फैसलामा भनेको छ, ‘खरिद प्रकृयामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोप दावी लिइएको देखिन आउँदैन ।’

प्रेमकुमार राई नेतृत्वको सञ्चालक समितिको निर्णयको निरन्तरता अनुसार विमान खरिदको प्रक्रिया टुंगिएको भन्दै विशेष अदालतले खरिद ऐन तथा नियमावली विपरित वाइडबडी खरिद भएकोमा सबै भुक्तानीलाई बिगो नबनाएकोमा प्रश्न गरेको हो ।

गैरकानूनी रुपमा विमान खरिद भएको आरोप पनि लगाउने तर मूल्यवृद्धि र उडान भर्दाको अधिकतम तौल(म्याक्सिमम टेक अफ वेट– एमटीओडब्लु) घटाएको बाहेकमा प्रश्न नउठाएको भन्दै विशेष अदालतले अरु प्रक्रियालाई अख्तियारले समेत स्विकार गरेको भनी टिप्पणी गरेको छ ।

नेपाली समुदाय र युवा सशक्तिकरणका लागि समिक्षा कार्कीको उम्मेदवारी

क्यानडा

एनआरएनए क्यानडाको महिला उपाध्यक्षमा समिक्षा कार्कीले उम्मेदवारी दिएकी छन् । सशक्त नेपाली समुदाय निर्माणको दिशामा लाग्ने उद्घोषका साथ समिक्षाले उम्मेदवारी दिएकी हुन् ।

अलब्रेटाको एक कर्पोरेट ल फर्ममा ह्युमन रिर्सोसेस म्यानेजरका रुपमा कार्यरता समिक्षाले नेपाली समुदायसँग सहकार्य गर्दै आपतकालीन सहयोग, महिला सशक्तिकरण र सामाजिक सेवाका अभियानमा उल्लेखिय भूमिका निभएकी छन् ।

अग्रज र अनुजलाई सँगै लिएर अगाडि बढ्न सक्ने क्षमता आफूमा भएको उनले बताइन् । ‘एनआरएनएलाई क्यानाडाको सरकारसँग सहकार्य गर्दै अगाडि बढाउने कोशिष रहनेछ’, उनले सुनाइन् ।

महिला पुरुषलाई सँगै डो¥याएर हिँड्ने उनको भनाइ छ । ‘महिलालाई विशेषत त उद्यमसँग जोड्नेछुु’, समिक्ष भन्छिन्, ‘आत्मनिर्भर कसरी बनाउने ? संस्कार, संस्कृति र मौलिकता कसरी नबिर्सने ? र जोगाउन के–के गर्न सक्छौं सबै मिलेर काम गर्नेछु ।’

‘सामाजिक परिवर्तन शब्दले होइन, कामले मात्र सम्भव हुन्छ । र म गर्न सक्छु’, समिक्षाको उद्घोष छ ।

क्यानाडा बसाइको छोटो अवधिमै नेपाली समुुदायमाझ लोकप्रिय उनी महिला र युवतीहरूका लागि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न रुचाउछिन् । ‘गोपनीयता, सहज पहुँच र सहानुभूतिको आधारमा परामर्श, समर्थन र आत्मबल बढाउने कार्यक्रम मेरो पहिलो प्राथमिकता हुनेछन् । यस क्षेत्रमा मेरो प्रयास सदैव रहनेछ । जुन मैले विगतमा पनि गर्दै आएकी छु’, आफ्ना योजना सुनाउदै उनले भनेकी छन् ।

आफूले जितेमा आपतकालिन उद्धार कोष स्थपना गर्ने उनको लक्ष्य छ । ‘प्रकृतिजन्य प्रकोपको बेला समयमै राहत पु¥याउने उद्देश्यले अग्रिम तयारीसहितको विशेष आपतकालीन कोषको व्यवस्था गर्नु संस्थागत रूपमा दूरदर्शी निर्णय हुने छ । यसले संकटको समयमा सहकार्य, समन्वय र प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय सुधार ल्याउनेछ’, उनको विश्वास छ ।

नेपाल क्यानडा डायास्पोरा फोरम नीति निर्माण गर्दै लगानी, शिक्षा र आपसी सहकार्यलाई प्रवद्र्धन गरिने योजना रहेको समिक्षा बताउछिन् । युवापुस्तालाई ‘इन्र्टनसिप’, ‘मेन्टरसिप’ र ‘भोलेन्टियरिङ’ जस्ता अवसरले नेतृत्व विकास क्षमता तिर्खान आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

सामाजिक उत्तरदायित्व वहन अन्तर्गत निजि कम्पनीबाट आर्थिक संकलन गर्ने उनले लक्ष्य राखेकी छन् । आफू महिला उपाध्यक्ष पदमा निर्वाचित भएमा क्यानडामा रहेका नेपाली समुदाय र संस्थाबीचको पुल बन्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘जसले हाम्रो साझा पहिचानलाई सशक्त बनाउनेछ । हरेक अन्त्यमा मेरो प्रयास रहनेछ ‘म गर्न सक्छुु’ भन्ने आत्मविश्वासका साथ । म केवल उम्मेदवार होइन, तपाईंहरूको आवाज, तपाईंहरूको प्रतिनिधि बन्नेछु ।’

क्यानडामा रहेका नेपाली समुदायको सामूहिक भविष्य निर्माणमा आफूलाई मतदान गरेर जिताउन उनको अपिल छ ।

डेटा सुरक्षाको एजेन्डासहित सन्तोष दाहालको उम्मेदवारी

क्यानडा

एनआरएनए क्यानडामा उत्तरदायी नेतृत्व आवश्यकता रहेको बताउँदै सन्तोष दाहालले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । जुलाई २७ मा हुने निर्वाचनमा दाहालले उम्मेदवारी दिएका हुन् ।

एनआरएनए क्यानडालाई च्यारिटेबल संस्थाको रुपमा रुपान्तरण गर्ने उनको मुख्य एजेन्डा रहेको छ । ‘सिआरए अन्तर्गत च्यारिटी दर्ता, कर, छुट, सरकारी अनुदान, पारदर्शी संस्थागत फन्डिङमा काम गर्नेछु’, उनले भने । सदस्यको आवाजमा आधारित एनआरएनए क्यानडाको मूल कानुन संशोधन पनि उनले उठाएको मुद्वा हो ।

एनआरएनए नागरिकताको व्यवहारिक कार्यान्वयनमा जोड दिने उनको वरिष्ठ उपाध्यक्षका उम्मेदवार दाहालको उद्घोष छ । ‘नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गरी सम्पत्ति स्वामित्व, नागरिकताको कानुनी स्पष्टता र हक अधिकार सुनिश्चित गर्ने रणनीति अवलम्बन गरिनेछ’, उनी भन्छन्, ‘विशेषतः एनआरएनए नागरिकता प्राप्त गरेपछि अघिल्लो नेपाली नागरिकतामा खरिद गरिएका सम्पत्तिको सुरक्षित रूपान्तरणका लागि स्पष्ट र कार्यान्वयनयोग्य कानुनी प्रक्रिया निर्माणमा पहल गर्नुपर्नेछ ।’

संघीय, प्रान्तीय सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै परियोजनामा आधारित लगानीमार्फत संस्थाको दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्ने दाहालको लक्ष्य छ । डायस्पोरा मैत्री कार्यक्रम सञ्चालन गर्ने, अपातकीलन सहायता कोष स्थापना गरेर नेपाली समुदायलाई संस्थागत सहयोग गर्ने, स्मार्ट नेतृत्व मुल्यांकन र पारदर्शिता लगायत एजेन्डा उठाएका छन् ।

डेटा सुरक्षामा शून्य सहनशीलता अबको नेतृत्वको केन्द्रबिन्दु हुनुपर्ने उनले सुनाए । ‘हालै सार्वजनिक भएको एनआरएनए क्यानाडा सदस्य डेटा लीक घटनाले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ । हजारौँ सदस्यहरूको संवेदनशील जानकारी लिक हुनु नेतृत्वगत लापरवाहीको स्पष्ट उदाहरण हो’, उनले भने । डेटा सुरक्षामा शून्य सहनशीलताको ऐतिहासिक प्रतिबद्धता उनले जनाए ।

डेटा गोपनीयताको आचारसंहिता निर्माण, साइबर सुरक्षा प्रणाली लागू, डेटा इनक्रिप्शन र सदस्य अनुमतिमा आधारित प्रणाली, कानुनी जवाफदेही संयन्त्र कार्यान्वयनमा ठोस कदम चाल्ने भएकाले आफूलाई मतदान गरेर निर्वाचित गराउन मतदाता समक्षको उनको अनुरोध छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका खेलेका दाहालले नेपाली अन्तर्राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रममा नेपालको औपचारिक प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल र क्यानडाबीचको सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्ध सुदृढ पार्न प्रतिबद्ध रहेको उनले सुुनाए ।

१३ वर्षदेखि क्यानडामा रहेको नेपाली समुदायसँग सामाजिक क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । नेपाली क्यानडेली डायस्पोरा समुदायको नीति निर्माण, नेतृत्व विकास, संस्थागत सुढृणीकरण र समन्वयको अभियन्ताको छवि सन्तोषले बनाएका छन् । उनी हाल एसोशियसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) का उपाध्यक्ष भएर काम गरिरहेका छन् । एएनए ४२ औं अन्तर्राष्ट्रिय सम्मेलन २०२५ क्याल्गरीको मानर्थ संरक्षक समेत हुन् ।